हेयर डिजाइनर निल डेविड
शिव शर्मा 'चञ्चल'
पोखरा



निल डेबिड  कटवाल यो नाम सुन्ने बितिक्कै हरेकको मुखमा झुन्डिहाल्छ नेपालको चर्चित हेयर स्टालिष्ट हो भनेर । जन्मस्थान २०३१ लक्ष्मीपुर झापा । काडमान्डौमा दुइ स्थानमा नील डेविड्स सैलुन एण्ड एकेडेमीको अपार सफलता पछि अहिले उनले आफनो शाखा पोखरामा पनि विस्तार गरेका छन् । अहिले उनको हेयर सैलुनमा थरी थरीका हेयर स्टाइल चेन्ज गर्नेहरुको भीड निकै लाग्ने गर्छ । 

महिला र पुरुष दुवैलाई ध्यानमा राखेर खोलिएको हेयर सैलुन हरेक फेसन पारखीहरुको रोजाइ बनेको छ । नारायण पुरीले निर्दैशन गर्न लागेको बलिउडको सिनेमाको लागि हेयर स्टाइलको लागि पनि उनि छनौट भएका छन् । अहिले फेसनको दुनियामा उनको पनि चर्चा हुने गरेको छ । झट्ट हेर्दा उनि मोडल भन्दा पनि कम देखिदैनन् । आउनुहोस नेपालकै एक मात्र चर्चित हेयर डिजाइनर निलडेविडसको बारेमा केही कुरा थाहा पाउ । पोखराको द्धा कम्पलेक्स भित्र रहेको नीलडेविडस् सैलुन एण्ड एकेडेमीको उदघाटनको लागि पोखरा आएको बेला उनि संग लभ्लीपोखराले गरेको भलाकुसारी -


१. कसरी हेयर स्टाइलिष्ट तर्फमोह बढ्यो ?

६ वर्षअगाडी म दिल्लीमा फेसन डिजाइनिङ पढदथे । सो अध्ययनको क्रममा मैले त्यहाँका पार्लरहरुमा केटाले केटीको केश काटेको देखे । म सिंगापुर गएको बेला सवै सैलुनहरुमा केटाले केटीको कपाल काटेको देखेपछि मैले सोचे हाम्रो देशमा यो चलन कमै छ । त्यसपछि फेसन डिजाइनिङ पढीरहेको ममा एकाएक हेयर स्टाइलतिर ध्यान केन्द्रित हुन पुग्यो । म स्वदेश फर्किए र अव हेयर स्टाइलमा केही गर्छु भनेर फेसन डिजाइनिङ चटक्कै छाडेर हेयर स्टालिष्ट तर्फआकषिर्त भए ।


२. फेसन डिजाइनिङ पढदै गरेको मान्छे एकैचोटी यता हाम फाल्दा गारो भएन ?

घरबाट फेसन डिजाइनिङ पढछु भनेर हिडेको छोरो हेयर स्टालिष्ट बन्छु भन्दा आमाले अब हजम बन्ने भइस् भनेर भन्नु भयो । हुन त त्यतिबेला कुनै नेपाली युवाले यो पेशालाई अंगालीसकेका थिएनन् । त्यही भएर पनि घरपरिवारलाई कन्भेन्स गराउन शुरुमा मुस्किल भयो मलाई । आमालाई मनाएपछि पुन दिल्लीमा पुगेर जावेद हवीब संग ६ महिनाको हेयर स्र्टाईलिष्ट कोर्षा डिप्लोमा गरे । त्यहाँबाट थाइल्याण्ड पुगेर कस्मो हेयर स्कुलबाट थप ३ महिनाको एडमान्स कोर्षपनि पुरा गरे । फेरी सिंगापुर गएर कोटोनी इन्टरनेशनल हेयर स्कुलबाट क्रियटीभ कर्ट स्टाइल सिने । त्यहाँबाट फर्केर आएपछि दिल्लीमा आएर केही फेसन सोमा काम गरे । पैसा कमाए पनि त्यहाँ मैले नाम र इज्जत खासै कमाएको जस्तो लागेन । केही गर्छु भनेर नेपाल आए र निल डेविडस् हेयर सैलुन खोले । 


३. अहिलेको यो अवस्था सम्म आउनुको श्रेय कसलाई दिनुहुन्छ तपाई ?

पहिलो त आफनो जन्मदिने बाबु आमा नै हुन । झन मेरो कर्म दिने बेलायती गड फादर डेबिडले आर्थिक देखि हर प्रकारको सहयोग गर्नु भयो । असफलता नै सफलताको प्रतिक हो भनेर उहाँले मलाई हात नदिएको भए म हेयर स्टालिष्ट बन्ने थिइन ।


४. अनि कसरी भेट भयो डेविड्स संग ?

आज भन्दा ७ वर्षअगाडी भेट भएको हो उहाँसंग । ठमेलमा पार्सपोर्ट र आफनो झोला हराएर भौतारिरहनु भएको थियो उहाँ । म पनि त्यति बेला विदेशका लागि कोशिस गरिरहेको थिए । ठमेलमा मलाई भेटेपछि उहाँले पार्सपोर्ट हराएको पुलिस रिपोर्ट लेखाउनु छ भनेर भन्नु भयो । मैले आफनोतर्फबाट उहाँलाई सहयोग गरे । उहाले मलाई सहयोग गरे वापत पैसा दिन लाग्नु भएको थियो । मैले र्पैसा लिइन । मैले हेयर स्टालिष्ट पढने चाहना राखे । उहाँकै सहयोगमा मैले हेयर स्टालिष्ट कोर्षगरेको हु । । उहाँ लन्डन र्फकनु भयो । त्यहाँ गए पछि पनि मलाई टेलिफोन र पत्र पठाउन छाडनु भएन । मलाई उहाँले छोरा बनाउछु भन्नु भयो । अहिले मेरो बावु जस्तै हुनुहुन्छ उहाँ ।


५. भनेपछि तपाई हेयर स्टालिष्ट बनाउने गुरु नै हुनुहुन्छ डेभिड ?

अवश्य नै हो । गुरु मात्र हैन उहाँ मेरो भगावन नै हो । मरीसकेको बिरुवा लाई उहाँले नै जोगाइदिनु भयो । उहाँ मेरो र्सर्वे र्सवा नै हो ।


६. यदि डेभिड संग तपाईको भेट नभएको भए नि ?

उहाँ संग भेट नभएको भए म यो क्षेत्रमा आउने थिइन । सायद कला क्षेत्रमा हुने थिए होला । उहाँको भेटले नै मैले नया जीवन पाएको हुँ । एउटा हेयर स्टालिष्टको रुपमा नाम कमाएको छु अहिले ।


७. नेपालकै चर्चित हेयर स्टाइलिष्टको रुपमा चिनिन पाउँदा कस्तो लाग्छ ?

गर्वले छाती फुलेर आउछ । मैले यस क्षेत्रमा केही गरेछु जस्तो लाग्छ । तर पनि मलाई अझै धेरै गर्न बाकी छ जस्तो लाग्छ । अर्कोतिर यतातिरको व्यस्तताले साथी संगी र घरपरिवारलाई कम समय दिन पाउदा दुख पनि लाग्छ कहिले काही त ।


८.काठमान्डौमा हेयर सैलुन खोलेपछि पोखरामा खोल्ने सोच चाही कसरी आयो ?

ठमान्डौमा हेयर स्टाइलको बढदो क्रेज भयो । मेरो सैलुनमा पोखरेली दिदीबहीनीहरु आउन थाल्नु भयो । उहाँहरुले पोखरामा पनि खोल्न पर्‍यो भन्न थाल्नु भयो । हामीलाई सजिलो हुन्थ्यो भनेर बारम्बार पार्लरमा आएर भन्ने गर्नु हुन्थ्यो । त्यसैलाई ध्यानमा राखेर र पोखराको बढदो फेसनको चार्मले मलाई पोखरामा हेयर सैलुन खोल्ने उत्कण्ठा जागेको हो ।


 ९. पुरुष र महिलालाई एकै ठाउँमा सेवा दिदा अप्ठयारो हुदैन ?

बिल्कुलै हुदैन । एकै ठाउँमा पुरुष र महिलालाई सेवा दिने भनेपछि सवैलाई पार्लर छिरेपछि मात्र ज्ञान हुन्छ । यहाँ आएपछि धेरै ले भन्न थाल्छन् साच्चिकै पारिवारिक सैलुन भनेर । यो एउटा नया प्रयोग पनि हो भन्ने मैले ठानेको छु ।


१०. पुरुष सौर्न्दर्यको होड कस्तो पाउनु भएको छ ?

पुरुष पनि हिजोआज स्मार्ट देखिन मन पराउछन् । महिलाहरुले शुरु देखि नै पार्लर जान थालेपनि अहिले पार्लर धाउनेमा पुरुषकै सख्या बढदो छ । पुरुषहरु आफ्नो सौर्न्दर्य प्रति धेरै सचेत भइसकेका छन् । पुरुषहरु महिला भन्दा धेरै अगाडी बढीसेकका छन् ।

११. तपाई भर्खर एउटा सौर्न्दर्य सामग्रीको ब्रान्ड एम्बेसडर बन्नु भएको छ नि ?
जापानको उत्पादन जिने भेरा ग्रिनटीको लागि नेपालका लागि मैले त्यो जिम्मेवारी पाएको हुँ । यो मेरो लागि ठुलो पुरस्कार पनि हो जस्तो लागेको छ ।


१२. अहिले सम्म हेयर स्टाइलनको क्रममा तपाई पुगेका देशहरु ?

सिंगापुर, वेलायत, थाइल्याण्ड, साइप्रस, इजिप्ट, लेवनान, सिरिया, बहर्राईन, कतार दुवई, भुटान र भारतका विभिन्न भागमा । अव छिट्टै अमेरिका जादैछु ।


१३. पुरुषले सौर्न्दर्यमा ध्यान दिन के गर्नु पर्ला ?

राम्रो ब्रान्डेट प्रोडक्टहरु चिनेर त्यसलाई प्रयोग गर्नुपर्छ । महिला जतिकै मेकअप गर्नुपर्छ । विहान वेलुका फेसवासले मुख धुने र हप्तामा तीन दिन जति स्याम्फु गर्दा राम्रो हुन्छ । गर्मि महिनामा बाहिर हिडनु भन्दा १५ मिनेट अगाडी सन ब्लक लगाएर हिडनु उत्तम हुन्छ ।


१४. अनि तपाई त मोडल जस्तो पनि देखिनुहुन्छ त केहीमा अफर आएको छैन ?

आएको छ म्युजिक भिडियो देखि विभिन्न एडहरुका लागि । तर मैले समय दिन सकीरहेको छैन । अहिले मैले आफनै पेशाप्रति मात्र ध्यान आकृष्ट गरेको छु । पछि समय निकालेर केही एडहरुमा भने काम गर्नु पर्ला ।


१५. (थोरै प्रसंग मोडौ) विहे कहिले र कसरी गर्नु भयो ?

मैले विहे गरेको ६ वर्षभयो । पहिला देखादेख भयो अनि पछि गएर एरेन्ज म्यारिज भयो । एउटा छोरा पनि छन् । 


१६.जिन्दगीमा प्रेम कति वटा संग गर्नु भयो त ?

प्रेम धेरै संग हुन्छन् । कस्तो खालको प्रेम भन्ने कुरा मात्र हो । तर साचो र वास्तविक प्रेम एक जना संग मात्र हुन्छ । मैले पनि एक जना संग मात्र वास्तविक प्रेम गरे र अहिले पनि गरिरहेको छु ।


१७. अन्तयमा, भविष्यमा के गर्ने लक्ष्य छ बताइदिनु होस न ?

म एउटा देशका लागि असल नागरिक बन्ने प्रयास गर्नेछु । र हेयर स्टाइलको दुनियमा नौलो काम गरेर अन्तराष्ट्रिय क्षेत्रमा नेपालको छविलाई माथि लग्ने प्रयास गर्नेछु ।