सविता शेरचन - कुशल डिजाईनर
शिव शर्मा 'चञ्चल'
पोखरा



पोखरामा फेसन शो हुने वित्तिकै झट्ट सविता शेरचनको नाम आउछ । अहिले पोखरामा सविता र फेसन पर्यायवाची नै भइसकेको छ । अहिले पोखरामा चलेको वुटिक पनि उनकै हो । वुटिकमा आउनेहरुको भीड त्यतिकै मात्रमा वढेको छ । फेसनपारखीहरुको भीड त्यतिकै वढेको पक्कै होइन । समयअनुरुप को डिजाइनको निर्माण र उनको आफनै आचरणगत शैली पनि कारक वनेको छ । एक वर्षे फेसन डिजाइनिङको कोर्षपुरा गरेपछि उनि फेसन डिजाइनिङको क्षेत्रमा हुत्तिएकी हुन । २ वर्षअगाडी महेन्द्रपुलको व्यस्त वजारमा खोलिएको सेभी वुटिक हरेक फेसनप्रेमी पोखरेलीहरुको रोजाइ वन्न पुगेको छ ।
दिदिको प्रेरणाले फेसन डिजाइनिमा हुत्तिएकी सविता को सानैदेखिको रुची पनि यस क्षेत्रमा लाग्ने थियो ।

अहिले आएर रहर पुरा भएको मा उनि हषिर्त छिन् । उनि यस संगै जापनिज भाषाकी शिक्षिका पनि  हुन । उनले विगत ३ वर्षदेखि जापानिज भाषा पनि शिक्षण गदै आएकी छिन् उनको फेसन डिजाइनिङ क्षेत्रको वारेमा केन्द्रित भएर गरिएको कुराकानी ।


१.  तपाई  फेसन डिजाइनर हुनुहुन्छ, फेसनलाई कसरी परिभाषित गर्नुहुन्छ  ?

फेसन समयको डिमान्ड  हो  । समयको परिवर्तन संगै हरेकको चाहना आफुलाई कसरी स्मार्ट वनाउने भन्ने रहेको छ । स्मार्ट वन्नका लागि सुहाउदो पहिरन आवश्यक छ । समयको माग अनुरुप चल्नु तथा आफुलाई त्यही रुपमा परिवर्तन गर्नु नै फेसन हो ।


२.  तर कतिपय ले त अझै पनि फेसनलाई नकारात्मक रुपमा लिन्छन् ?

त्यो त फेसनको अर्थ नवुझनेहरुले भन्ने कुरा हो । फेसन भन्नाले उच्छृङखल मात्र हुन्छ भन्ने सोचाई राख्नेहरुले मात्र यसलाई नकारात्मक रुपमा लिन्छन् । समयलाई नवुझनेहरुले मात्र फेसनलाई नकारात्मक रुपमा लिएका हुन ।


३.  फेसन डिजाइनिङमा तपाईको प्रवेश कसरी भयो ?

पहिलो कुरा कुनै क्षेत्रमा लाग्न आफनो इच्छा पनि हुनुपर्दछ । मेरो पनि सानै देखि नै यस क्षेत्रमा लाग्ने रुची थियो । यसका साथै ९ वर्षजापान वर्साईवाट स्वदेश आए पछि ममा फेसन डिजाइनिङ सम्वन्धि तालिम लिने उत्कण्ठ जागृत भयो र तािलम पनि लिए । पोखरामा वुटिकको अभाव खडकेको देखे र त्यो अभाव पुरा गराउन वुटिक खोले र यस क्षेत्रमा होमिए ।


४. कति भयो तपाईको यस क्षेत्रमा लागेको समय ?

चार वर्षो अवधि वितिसकेको छ ।


५. यस क्षेत्रमा लागेर  के पाउनु भयो ?

त्यस्तो ठुलो उपलब्धि नभए पनि नाम भने कमाए जस्तो लाग्छ । यसका साथै धेरै थोरै दाम पनि । मुल कुरा त आत्मसन्तुष्टि नै हो । सवैले फेसन डिजाइनरको रुपमा आफुलाई चन्दा त्यो भन्दा ठुलो खुशि अरु केही लाग्दैन ।


६. वुटिक प्रतिको धारणा अहिले कस्तो छ ?

पहिला शूरुमा त राम्रो थिएन । वुटिक र टेलरिङलाई एउटै दायरमा रहेर हेर्ने गर्दथे । मलाई पनि यस क्षेत्रमा लाग्दा शुरुमा धेरै झमेला आइपर्‍यो । यस्तो पेशा पनि अंगाल्ने भनेर गाली गर्न थाले । तर अहिले त्यो सोचाईमा पुण रुपमा परिवर्तन आएको छ । अहिले सवैले यसको महत्व वुझेका छन् ।


७. कहिले सम्म यो क्षेत्रमा लाग्नुहुन्छ ?

आफुले चाहको क्षेत्रमा लाग्न पाएकी छु । सास र आस रहेसम्म म यस क्षेत्रमा लागिरहने छु । यो नै मेरो अठोट छ ।


८. तपाईको विचारमा वुटिक के हो ?

वुटिक फेसन डिजाइनहरुको समग्र संक्लन हो । जहा? डिजाइनरहरुले ग्राहकका डिमान्ड अनूरुपका पहिरनहरु तयार पार्ने गर्छन । अहिले समयको माग नै वुटिक भइसकेको छ ।

९.  वुटिकका ग्राहक वढी कस्ता हुने गरेका छन ?

वढी मात्रमा टिनएजर र हाउस वाइभ हुने गरेका छन् । हलिउड वलिउडको देखासिकी गरेर सोही अनुरुपको डिजाइन खोज्दै युवायुवतिहरु आउने गरेका छन् ।


१०.  वुटिकलाई टेलरिङ भन्दा दुख लाग्दैन ?

नवुझनेले त्यसो भनेका हुन् । त्यसो भन्दा दुख लाग्नु स्वभाविक हो। तर अहिले धेरैले वुझेका छन् वुटिकको महत्व ।


११. अहिले त पोखरामा धमाधम वुटिक खुलेका छन , धेरै हुदा तपाईको व्यापारमा वाधा पुग्दैन ?

जति धेरै खुल्यो उति राम्रो नि । यसो भए पछि प्रतिस्पर्धा पनि हुन्छ । उत्कृष्ठ सेवा दिने तर्फधेरैको ध्यान पुग्छ । तर रहरमा वुटिक खोल्नु भने त्यति उचित होइन । केही जानेर वुझेर खोल्दा केही फरक पदैन ।


१२.  वुटिक संचालन गरेर जीवन निर्वाह गर्न सकिन्छ ?

अवश्य सकिन्छ किन नसक्नु । कुनै पनि व्यवसाय गर्दा त्यसमा लगनशिल र निरन्तर रुपमा गर्नु पर्‍यो । वुटिक सञ्चालन गर्दा मात्र होइन जुनसुकै व्यवसाय गर्दा पनि जीवन निर्वाह गर्न सकिन्छ । हामीले वुटिक सञ्चालन गरेर आफुले मात्र कमाएका छैनौ रोजगारी पनि दिएका छौ नि त ।


१३.  तपाईले घरपरिवार वाट कस्तो सर्पौट पाउनु भएको छ ?

घरपरिवारको सहयोगले गर्दा नै म यो पेशामा टिकीरहेकी छु । मालई दिदी पनि त्यतिकै सहयोग गर्नु भएको छ । मलाई यस क्षेत्रमा निरन्तर लाग्नका लागि पुण र्समर्थन छ ।


१४.  तपाईको भावी योजनाहरु के के छन् ?

फेसनका सम्वन्धमा अझ नया नया कुराहरु जान्ने र वुझने इच्छा छ । यसका लागि फेसन डिजाइनिङको नया कोर्षो ज्ञान वटुल्न विदेश जाने योजना पनि छ । हेरौ कस्तो हुन्छ ।


१५. अन्तयमा के भन्न चाहनुहुन्छ ?

फेसनको क्षेत्र विस्तृत छ । फेसनालई सही रुपमा लिएर अनुसरण गरिदिन र्सर्वैलाई अनुरोध गर्दछु । आफुलाई समय अनुसार सवैले परिवर्तन गर्नुपर्छ । यसका लागि फेसन पनि अभिन्न अंग हो । फेसनले नै व्यक्तिको व्यक्तित्व झल्काउछ ।