सुनिल गोशेली - अध्यक्ष युवा उद्यमी संस्था [YES]
शशी पोखरेल
पोखरा



  पोखराकै चर्चित Business House गोशली हाउस अहिले भर्खरै ३० नाघेका युवाको काँध मा छ । करोडौको कारोबार सँगै नेपालको आर्थिक बिकासको सपना बोकेका युवा उद्यमी सुनिल गोशेली युवा उद्यमीहरुको संस्था NYEF Pokhara Chapter -YES  को अध्यक्ष छन् । सन् १९९६ मा MBA सिध्याउने बित्तीकै ब्यबसायिक क्षेत्रमा हात हालेका सुनील अहिले पोखराका सफल ब्यबस्थापक ब्यबसायीका रुपमा चर्चित छन् । पुरानो ब्यबसायको ढाँचालाई बदलेर उनले शुरु गरेको गोशली हाउसको कारोबारले अहिले पोखराको ब्यबसायिक कारोबारको ठुलो हिस्सा ओगटेको छ ।

श्रीमती लिना गोशली र छोरी इन्दिरा देवीका साथमा नेपालको आर्थिक बिकासको सपना पुरा गराउन लागिपरेका सुनील गोशली सँग लभ्लीपोखरा डट कमको लागि पत्रकार शशि पोखरेलले गरेको छोटो कुराकानी :


१. युवा उद्यमी ब्यबसायीहरुको बेग्लै संगठन हुनुपर्छ भन्ने के बाट अनुभव भयो ?

बेग्लै त होइन, हामी उद्योग बाणिज्य महासंघ अर्न्तर्गतको पोखरा उद्योग बाणिज्य संघकै भातृ संस्था जस्तो छौँ । अहिले सम्म ५०/६० बर्षलागेपछि ब्यबसाय जम्ने र स्थापित हुने कमाउने प्रचलन जस्तो बनेको छ । हामी नया परिस्थितीमा फुटस्टेप देखिनै ब्यबसायमा सिक्ने र स्थापित गर्ने प्रयासमा छौँ । युवा उद्यमीहरुबीच आपसमा सिकाई र सहयोगको आबश्यकता महसुस गरेर हामी संगठित हुनुपर्छ भन्ने लागेको हो । एकआपसबीच Sharing  र Training गरेर self motivation को लागि युवा उद्यमी समाजको स्थापना गरेका हौँ ।


२. ब्यबसायिक बिकासमा अहिलेको प्रबृत्ति कस्तो देख्नुभएको छ ?

अहिले देखिएका दुईवटा मुख्य प्रबृत्ति छन् । पुरानो र पूर्खा देखि गर्दै आएको ब्यबसायलाई कसरी restructuring  गर्ने भन्ने एउटा हेर्नुपर्ने बिषय हो । पुरानै प्रबृत्तिले अब को प्रतिस्पर्धात्मक स्थितीमा अघि जान सकिँदैन । मेरो अघिल्लो पुस्ता र अहिले मैले गर्ने ब्यबसाय फरक प्रबृत्ति छ । बजारमा प्रभुत्व राख्न यो आवश्यक छ ।

अर्को भनेको नया ब्यबसायीहरुको प्रबेशले ब्यबसाय गर्ने संस्कारमा पनि प्रगति भएको छ । र्ससती हेर्दा पनि नया पुस्तासँग नया जोश हुन्छ र जोखिम उठाउने क्षमता पनि बढी हुन्छ । अहिलेको Departmental Stores र Hotel हेर्ने हो भने अधिकांश मा युवा उद्यमीकै हात छ । नया आउने पुस्ताको स्पीड बढी हुन्छ । पुरानो पुस्ताकृ ठाउँमा बिस्तारै नया पुस्ता प्रबेश गर्दै जाँदा ब्यबसायिक बिकासमा नया आयाम देखिन्छ ।


३. दुई पुस्ता बीचको पुस्तान्तर प्रतिस्पर्धाको महसुस हुन्छ ?

ब्यबसाय चलाउन दुईवटा ज्ञानको जरुरी हुन्छ । एउटा Technological अर्को experience, knowledge हुन्छ । हामी नया पुस्ता भर्खरै पढेर आएका छौं । हामीसँग नया जोश छ र भर्खरै बिकास भएको नया technical knowledge  छ । यो कुरा पुरानो पुस्तासँग कम हुन्छ , तर जति हामीले सिकेर आएका छौं ब्यसाय चलाउन फिल्डमै उत्रिसकेपछि यो पर्याप्त हुँदैन । अझै जान्नुपर्ने र सिक्नुपर्ने ब्यबहारिक ज्ञान झनै जटिल हुन्छ । हाम्रो पुरानो पुस्तासँग त्यो छ । उहाँहरुले ब्यबसाय सन्चालन गर्नुको अनुभव लिइसक्नुभएको छ र त्यसमा हामी काँचा हुन्छौँ । यसैले यी  दुई पक्षकै सम्मिश्रण नभई ब्यबसाय राम्ररी जान सक्दैन । प्रतिस्पर्धाको होइन , आपसी Sharing र cooperation को स्थिती छ ।


४. ज्ञान, अनुभव, शैली र स्पीडकै बिषयमा पनि बीचमा नबउ भएजस्तो लाग्दैन ?

हुन सक्छ, तर त्यो राम्रो होइन । आखिरमा हरेक क्षेत्रमा चाहिने भनेको communication र understanding हो । हामीबीच नियमित communication भयो भने जतिपनि कुरा हुन्छन्, तिनमा आपसी समझदारी हुन्छ । एउटा गति र दिशा बाट नया स्थितीमा जाँदा पक्कै पनि बीचमा केही कुराहरु आउन सक्छन्, तर समझदारी र communication बाट तिनलाई सजिलै पाखा लगाउन सकिन्छ । त्यो ठुलो कुरा होइन ।


५. पोखरा उद्योग बाणिज्य संघसँग कस्तो छ तपाईहरुको सम्बन्ध ?

हामीलाई यसरी संगठित भएर लाग्नुपर्छ भन्ने प्रेरणा पनि पोखरा उद्योग बाणिज्य संघबाटै प्राप्त भएको हो । तत्कालीन अध्यक्ष रमेश कर्माचार्यको पदावधिको अन्तिम दिनमा हामी बिधिवत संगठित भएका हौ । हामीले आफुले गर्ने कार्यक्रमहरुमा उहाँहरुलाई सहयोगी र Promoter को रुपमा पनि राख्ने गरेका छौँ । हामी बाणिज्य संघको भातृ संगठनको रुपमा रहेका छाँ । आपसी सहयोग र सम्बन्धको राम्रो स्थिती छ ।


६. YES अर्न्तर्ग्त संगठित भएपछिका उपलब्धि के रहे ?

हामी अझै पनि प्रारम्भिक चरणमै छौँ । भर्खरै मात्रै हामी NYEF को नेर्टवर्क अर्न्तर्गत भएका छौँ । यसको शाखा नेपालभर लैजाने प्रयासछ । यसैबाट पनि ब्यबसायिक सरसहयोगका कुराहरु हुन्छन् । त्यसबाहेक हामीले यसभित्र बसेर आफुलाई पनि improve गर्ने बुझ्ने अवसर पाएका छौँ । भर्खरै मात्रै राष्ट्रिय अन्तक्रिर्या गरेका छौँ । यसले हामी बीचमा ब्यापारिक र ब्यबसायिक सम्बन्धको बिस्तार त हुनेनै भयो, त्यसबाहेक आपसी सम्बन्ध , सिकाइ र सहयोगको स्थिती पनि बिकास भएको छ ।

यसबाहेक अहिले हामी creating youth entrepreneurs भन्ने नया अवधारणामा जुटेका छौँ । हुन त हामीसँग अहिलेनै प्रशस्त रकम छैन । फण्डमा रकमको कमी छ । तर हामीले जुन अवधारणा शुरु गर्न लागेका छौँ , त्यसले idea भएका तर सहयोग नपाएर एक्लिएर बसेका ब्यक्तिहरुलाई उद्यमको क्षेत्रमा आउन सहयोग पुर्‍याउनेछ । हामी अहिले idea भएको ब्यक्ति जसलाई Fund को जरुरी छ , झण्डै ५० हजार देखि त्त लाख सम्मको सहयोग दिन्छौँ । रकमको मात्रा यो ठुलो होइन, तर यो भन्दा पनि हामीले उसलाई दिने सहयोग तथा प्राबिधिक कुराहरु बढी महत्वपूर्ण हुन्छन् । हामी यो कार्यक्रमलाई सकेसम्म बिस्तार गर्दे जाने प्रयासमा रहन्छौँ ।


७. युवा उद्यमीलाई राज्य वा अन्य कुनै पक्षबाट यस्तो भइदिए हुन्थ्यो भन्ने आधारभुत लागेका कुराहरु चाहिँ के छन् ?

हामी अहिले कुनै पनि कुरा माग्ने भन्दा पनि आफै केही गर्ने प्रतिबद्धतामा छौँ । हामीसँग सपना छ मुलुकको आर्थिक स्थिती यस्तो हुनुपर्छ भन्ने । नेपालको आर्थिक बिकासको लागि mass production को concept काम लाग्दैन भन्ने हामीले निश्चित गरिसकेका छौँ । नेपालमा यदि उचयमगअतष्यल उद्योगलाई नै प्राथमिकता दिने हो भने पनि mass production  भन्दा पनि quality production  लाई ध्यान दिनुपर्छ । जस्तो स्वीट्जरल्याण्डमा छ । त्यहाँ का उत्पादन mass production गरेर बढी बिक्री गरेर profit लिने खालका हुँदैनन् । जस्तै घडी, स्वीट्र ल्याण्डको घडी बिश्व बिख्यात छ । महँगो छ , कम छ तर त्यसैले त्यहाँको उद्यमशीलताको आधार धानेको छ । नेपालकै पनि Specific products  हुन सक्ने कुराहरु छन् । जस्तै हामी धेरैलाई थाहा छ यार्सागुम्बाको बारेमा यसैबाट पनि धेरै गर्न सकिन्छ, त्यसमा पनि ध्यान दिन सकिएको छैन । जलबिद्युतको क्षेत्रमा जति गर्न सकिन्थ्यो त्यति भएको छैन ।

हाम्रा अहिले गर्ने कार्यक्रमहरुमा पनि हामीले sponsored by  भन्ने Concept लाई पाखा लगाएका छौँ । गएको conference  मा पनि हामीले sponsored कसैलाई भनेनौ । त्यसको साटो support लिने र supported भन्ने धारणा बनायौँ । यसले गर्दा उनीहरुलाई पनि त्यो कार्यक्रमको हिस्सा भएको अनुभव हुन्छ । जिम्मेवारी अनुभव हुन्छ र सहयोगको भावना जारी रहन्छ ।

YES Pokhara कै कुरा गर्दा हामी आफैमा ब्यस्त भएकोले पर्याप्त समय दिन सकेका छैनौ । अहिले हाम्रो आफ्नै स्थायी सचिबालय र कर्मचारी भइदिए आबश्यक सेक्रेटेरिएट काम गर्न सजिलो हुन्थ्यो भन्ने सोचेका छौँ । हामी त्यसको लागि पहल गर्दैछौँ ।


८. नितीगत तहमा युवा उद्यमीको लागि गरिनुपर्ने सुधार का कुरा के छन् ?

पहिला त मुलुकको आर्थिक क्षेत्रको बर्तमान भविष्य जे भनेपनि युवानै हो भन्ने बुझ्नुपर्छ । अहिलेको सरकारी नितीले युवा क्षेत्रलाई प्रोत्साहित गर्ने कुनै ठाउँ छैन । समग्रमा राखिएका केही युवा सम्बन्धी बुँदाहरुले समग्रतामा नै हेर्छन्, हाम्रा समस्यालाई Specific गरेर समेट्न सकेका छैनन् ।हामीले लिने शिक्षा देखि हामीलाई दिइने अवसरको लागि राज्यले कति ध्यान दिएको छ भनेर हेर्‍यो भने दिक्क लाग्छ ।युवा उद्यमीको स्थापनामा र प्रोत्साहन गर्न यस्तो खालको प्याकेज, छुट छ भनेर खोज्ने हो भने केही छैन । सरकारले राष्ट्रिय युवा निती तय गर्दा ध्यान दिनुपर्छ, यदि नया नेपालको सपना देख्ने हो भने त्यसका आधार युवाहरुको लागि पनि केही उल्लेख गर्नुपर्छ भनेर बुझ्नुपर्छ ।

अहिले मुलुकको आर्थिक क्षेत्र  remittance ले धानेको छ । तर बिदेश जाने नेपाली युवाहरुले अन्तर्रराष्ट्रीय मापदण्ड भन्दा पनि कम कमाउछन् । न तिनको काम र कमाईमा ध्यान दिन सकिएको छ, न तिनलाई कसरी उठाउन सकिन्छ भन्ने तर्फसोचिएको छ । नेपालबाट जाने कामदारहरु अदक्ष र त्यसमा पनि तल्लो दर्जामा पर्छन् । कमसेकम तिनलाई केही technical ज्ञान दिएर मात्रै पठाउन पाएपनि नेपाल आउने remittance तेब्बर हुन्छ । Skill development institute को स्थापना गरेर त्यसमा ध्यान दिन जरुरी देखिएको छ ।


९. राजनिती तरल अवस्थामा भएको बेला नया सरकार वा राजनैतिक समीकरणले कस्तो निती लिइदिओस् भन्ने चाहनुहुन्छ ?

आखिरमा निजी क्षेत्र सबैलाई चाहिन्छ । कागजमा मात्रै लेखेर पुग्दैन । समय अनुसार system मा चल्न सक्नुपर्छ । आदर्शका कुरामात्रै गरेर चल्दैन । अहिलेको संक्रमणकालमा पनि अन्तरिम कानुन त छ नि तर कानुन भन्दा पनि बलको शासन चलेको हामीले अनुभव गरेका छौँ । कानुनी राज्य र बिश्वासको स्थापना नभई कुनै पनि हालतमा बिकास हुन सक्दैन । चाहे जस्तो सुकै सरकार आएपनि मुलुकको आर्थिक क्षेत्रको सापेक्ष र सही कार्ययोजना र प्रतिबद्धता भएको आओस् । यदि स्पष्ट आर्थिक बिकासको प्रारुप भएको राज्य संरचना आयो भने हामी कुनै पनि हालतमा सँगै बढ्न सहयोग गर्न र सक्रिय हुन पाएकोमा खुशी हुनेछौ ।