


१३ बर्षअघि अघिल्लो पुस्ताको ब्यबसाय काँधमा थापेर ब्यबसायिक क्षेत्रमा प्रबेश गर्नुभएका सुशीलमान प्रधानाङग सँग अहिले आफ्नो भन्दा पनि संस्थाको पहिचान दरिलो छ । पोखराबाट ब्यबसायिक यात्रा शुरु गरेको उहाँको सेलवेज डिपार्टमेन्टल स्टोरले अहिले राजधानी काठमाडौको समेत बजार कारोबारको ठुलो हिस्सा ओगट्छ । पोखराको चिप्लेढुंगामा र ललितपुरमा हाल सेलवेजका डिपार्टमेन्टल स्टोर्स छन् । पोखराको पृथ्वीचोकमा रहेको स्टोर भर्खरै बन्द गरिएको छ ।
सेलवेजले पोखराको सबैभन्दा ठुलो बजार कारोबारको हिस्सा ओगट्ने कुरामा बिबाद छैन । युवा अवस्था देखिनै ब्यबसायिक दक्षतामा पोख्त प्रधानाङग सँग लभ्लीपोखराडटकमका लागि शशि पोखरेलले गर्नुभएको कुराकानी :
युवा अवस्था, अझ भर्नौ केटाकेटी अवस्था देखिनै यही बजारमा ब्यबसाय सन्चालन गरिरहनुभएको छ, कस्तो अनुभव हुन्छ, अहिले गाह्रो कि पहिला ?
जतिबेला मैले ब्यबसायिक जीवन शुरु गरेँ, सायद १० कक्षामा पढ्दै थिए । त्यसबेलाको कुरा सम्झिदा प्रतिस्पर्धा त्यतिबेला पनि थियो, अहिले पनि छ । यो स्वाभाविक कुरा हो । तर शुरु मा भन्दा अहिले हामीलाई चाहिँ ब्यबसायिक प्रतिस्पर्धा कम भएको अनुभव भएको छ । अहिले बजार प्रतिस्पर्धालाई ओभरटेक गरेर जान सकिएको छ । शुरुवातका दिनहरुमा पर्यटन क्षेत्र बुम थियो । हामी दमौलीमा मान्छे राखेर पोखरा आउने यात्रुको हातमा सेलवेजको पर्चा थमाउँथ्यौ, होटलमा पुगेर हाम्रो प्रंचार गथ्र्यौ, अहिले ब्यक्तिगत रुपमा हाम्रो ब्यबसायिक दक्षता, मेहनत को कारण जुन बिश्वास हामीले प्राप्त गरेका छौँ, यसबाट बजारमा हाम्रो प्रतिस्पर्धा अलिक कम छ भन्ने अनुभव भएको छ ।
जतिबेला ब्यबसायिक क्षेत्र पुरानो पुस्ताको हातमा थियो, एउटा भर्खरको ठिटोले त्यो प्रतिस्पर्धामा प्रबेश गर्दा अप्ठ्यारो महशुश भएन ?
मेरो बाबुबाजे ब्यापारिक घरानाकै ब्यक्ति भएकोले ब्यापारमा पहिलाको पनि अनुभव थियो । म बिद्यालयमा पढ्दै पनि हाम्रो कपडाको पसल थियो, त्यसमा बेलुकी बिहान काम गर्थे । तर जब मैले आफुले पसल खोलेँ, लौ यसले अब बर्बाद गर्ने भयो, डुबाउने भयो भन्ने खालका कुरा हरु हुन्थे । भर्खर ब्यबसाय शुरु गर्दा त्यस्ता कुराले कस्तो हुन्छ भन्ने सबैले अनुभव गर्न सक्छन् । हुन त म आफै पनि अपरिपक्व थिएँ होला, तैपनि यस्ता कुराले प्रभाव त पार्यो नै ।
त्यतिबेला कतै केही सिक्न, समस्या बाँड्न वा सरसहयोग गर्ने निकाय भइदिएको भए सजिलो हुन्थ्यो भन्ने लागेन ?
त्यस्तो त लागेन । मैले त्यस्तो फोरमहरु पाउँदा पनि पाइन । म आफैले मेहनत गर्थे, खट्थेँ र सबैकुरा हेर्थेँ । यदि त्यस्तो भएको भए केही हुन्थ्यो होला । कहिलेकाही उद्योग बाणिज्य संघले सानो तिनो तालिम अन्तक्रिर्या चाहिँ आयोजना गथ्र्यो ।त्यस्ता फोरमहरु अहिले गठन भएका छन् । राम्रो कुरा हो । तिनले ब्यबसायिक बिकासमा राम्रो सहयोग पुर्याउँछन् । हामीले त यहाँ आफ्नै दरिलो टोली खडा गरेका छौँ । बरु बाहिर बाट बिज्ञ ल्याएर हाम्रो टोलीलाई तालिम दिने लगायतका काम अहिले हामीले गरिरहेका छौँ ।
पुरानो पुस्ताको पुख्र्यौली शैलीबाट ब्यबसायको पव्रबृत्ति नया रुपमा शुरु भएको छ, यो नया पुस्ताले नया रुपमा ल्याएको लहरले आर्थिक बजार कस्तो होला जस्तो लाग्छ ?
खुशीनै लाग्छ, अहिले केही नया र आधुनिक खालको ब्यबसाय हरु शुरु गरिएका छन् । तैपनि जस्तो हुनुपथ्र्यो त्यो त भएको छैन । पसलहरु पहिला पनि थिए, अहिले पनि छन् । तर अझै पनि जुन मोर्डन खालको राम्रो र ब्यबस्थित रुपमा बजारको बिकास चाहिँ भाको होइन ।
बजारकै कुरा गरौँ , स्वच्छ प्रतिस्पर्धाको कुरा गर्र्छौ नि, त्यो कस्तो छ अहिले ?
पोखरामा फेयर प्रतिस्पर्धा पहिला पनि थिएन, अहिले पनि छैन ।
केही गरि त्यो हुन सक्छ कि सक्दैन ?
गाह्रो कुरा हो । तर मलाई यो सजिलै हुन सक्ला जस्तो लाग्दैन किनकी कुनै पनि देशको इकोनोमि बुस्ट भएपछि मात्रै बजारका अन्य पूर्वाधार बिकास हुने हो । उपभोक्ताहरुको क्रय शक्तिनै कम छ भने गुणस्तरको कुरा भन्दा पैसा र सस्तोको भन्ने कुरा महत्वपूर्ण हुन्छ । ब्राण्डको र गुणस्तरको कुरालाई प्राथमिकता दिने उपभोक्ताको संख्या अझै पनि निकै कम छ ।
पोखराको आयस्रोत भनेको कि पर्यटन हो कि रेमिटान्स । अधिकांश आर्थिक हिस्सा सिमीत रेमिटान्सले लिएको छ। यो मात्रै क्रय शक्तिको स्थायी बृद्धिको भरपर्दो माध्यम होइन । त्यसमाथि अहिले यहाँको समुदायका ब्यक्तिहरु जो बिदेशमा छन्, उनीहरुले उतै लगानी गर्ने उतै बस्ने खालको संस्कार बिकास भइसकेको छ, यसले गुणस्तरको कुरालाई ध्यान दिने ब्यबसायीलाई राम्रो गदैन ।
मजदुर आन्दोलनको कुरा के छ - तपाईको मात्रै कुरा होइन, टेन्डको कुरा गरौँन ?
युनियन बनाउनु अधिकारको कुरा हो । मुल कुरा सिस्टममा बस्नुपर्छ भन्ने हो । मजदुरलाई पनि उसको श्रम अनुसारको अधिकार दिनुपर्छ । तर जहाँ पर्याप्त सुविधा दिइन्छ र सिस्टममा चलेको छ भने त्यहाँ युनियनबाजी हुनुहुँदेन र हुन्छ जस्तो पनि लाग्दैन ।
भ्याट बिलको प्रसंग निकै चल्छ , डबल बिलिङको आबश्यकता कस्तो छ ?
नेपालमा ब्यबसाय सन्चालन गर्न सजिलो छैन । बिदेश सँग तुलना गरेर हेर्ने हो भने कहिले काही त साह्रै निराशा लागेर आउँछ । भ्याट बिलकै कुरा गर्नेहो भने , अहिले नेपालको अधिकांश आयातको ब्यबसाय सम्हाल्ने मारवाडी छन् । सरकारले आयातमा भन्सारको ब्यबस्थालाई कडा नगर्दा त्यसले तल देखि माथि सम्म प्रभाव पार्छ । अहिले को नेपालको सिस्टम मा सामग्री मुल्यांकन र भन्सार चार्जैको प्रणाली राम्रो छैन ।
एउटै सामग्री कसैले दश मा र कसैले बीस रुपैयामा ल्याउला । तर उसले तिर्ने भन्सार मुल्य बराबर हुन्छ । दशको र बीसको सामान ल्याउने ले एउटै भन्सार तिर्नुपर्ने स्थिती भएपछि कसरी फेयर प्रतिस्पर्धाको कुरा आउँछ । राज्यको संयन्त्र यति प्रदुषित छन् कि तिनलाई प्रभावमा नपारी केही काम गर्नै सकिन्न ।
यसको अर्थ तपाईले पनि दुइवटा लेखा प्रणाली सन्चालन नगरी सुख छैन ?
प्रष्ट छ, नेपालको यस क्षेत्रमा यसरी लाग्ने कोही पनि सेतो छैन । कसले कति गर्छ भन्ने अलग कुरा हो । तर म स्पष्ट र इमान्दार रुपमा आफ्नो ब्यबसाय स्वच्छ रुपमा चलाउँछु भनेर अहिलेको स्थितीमा सम्भवै छैन ।
नढाँटी भन्नुस् न , कति घुस खुवाउनु भा छ ?
अघिनै मैले भने, संयन्त्र कतै पनि स्वच्छ छैन, प्रभावमा नपारी कानुनी र अधिकारले दिएको कुरा पनि लिन सकिँदैन । त्यसैले यस्ता कुराहरु धेरै ठाउँमा धेरै पटक हुन्छन् । तर अहिले यसमा बिस्तारै कमी आएको चाहिँ मान्नै पर्छ ।
यति हुँदा हुँदै पनि ब्यबसायीहरुको बिकास हुन नसकेको किन होला ?
मुल कुरा सरकारको निती,ट्याक्स सिस्टम राम्रोछैन । म चाहेरपनि पारदर्शी कारोबार चलाउन सक्दिन । सेलवेजकै कुरा गर्दा यति ठुलो ब्यबसायिक गृह भएको छ, अझै कारोवार थप्दैछौँ, तर कर्पोरेट हाउसको रुपमा जान सकिने स्थिती छैन , किन भने राज्यको तर्फाट हुनुपर्नेर् जुन सहजता र ब्यबस्था थियो त्यो छैन ।
कम्यूनिस्टहरु, खासगरी माओवादी जो समाजवादी धारको वकालत गर्छन् ,ती सत्तामा जान लागेका छन् । के होला अब , वा के हुनुपर्छ भन्ने लाग्छ ?
यसले त्यति ठुलो प्रभाव पार्छ जस्तो लाग्दैन । किनभने राष्ट्र सबैको हो, पहिला पन्चायतले चलायो, त्यसपछि कांग्रेस, एमालेले चलाएका छन्, अब माओवादी आउलान्, तर मुल कुरा भनेको राज्य कानुनी शासनमा चल्नुपर्छ भन्ने हो । कम्यूनिस्ट सत्तामा आएपनि ५० / १०० बर्षअगाडिको जस्तो समाजवादी ब्यबस्था लागु गरेर जाने सम्भव कुरा होइन । समय सापेक्ष आबश्यक सुधार गरिएला तर पुजिवादी अर्थ ब्यबस्था र निजी क्षेत्रसँगको सहकार्य बिना कुनै हालतमा राज्य सफल हुनै सक्दैन । अहिले हामीले गर्ने भनेको राम्रै होस् भन्ने अपेक्षा हो । हामीलाई निर्भय र स्वच्छ रुपमा ब्यबसबयिक प्रतिस्पर्धा गर्न पाउने ब्यबस्था हुनुपर्छ, चाहे जो सुकै आएपनि त्यसले उतिसाह्रो प्रभाव पार्दैन ।
चन्दा कत्तिको तिर्नुहुन्छ ?
सत्तामा गएपनि चाहिने बाहिर भएपनि चाहिने । चुनाव आयो, चन्दा दिनै पर्यो । मैले माओवादीलाई पनि धेरै सहयोग गरेँ । थुप्रै चन्दा दिएँ । यो उनीहरुलाई गरेको सहयोग हो ।
अबको भविष्य कस्तो होला ?
निराश हुनु हुँदैन । द्धन्द्ध समाधानको दिशामा गएको छ । हामीलाई जुन वातावरण चाहिने हो , अब को नया राज्य संरचनाले त्यो दिन सकोस् भन्ने आशा गरौँ ।
|
Musukka Hasera
Shradha Rai |
|
Khipima Khipi
Shradha Rai |
|
Binti Chha
Ang Nima Sherpa |
|
Aakha Bhari
Surendra Man Maharjan |
|
Neermaya
Prakash Lama |