


पोखराका प्रसिद्ध युवा उद्यमी निरञ्जन श्रेष्ठ हाल लक्ष्मी हाउसका कार्यकारी निर्देशक हुनुहुन्छ । सुजल फुड्स, सफल दुध लगायत खाद्यजन्य पदार्थ उत्पादनको क्षेत्रमा नेपालमा महत्वपूर्ण स्थान ओगट्न सफल लक्ष्मी हाउसले श्रेष्ठको नेतृत्वमा दिनदिनै ब्यबसायिक सफलता पाउदै गएको छ । उहाँको नया शैली र क्षमताको नेतृत्वमा लक्ष्मी हाउस नेपालको प्रतिष्ठित ब्यबसायिक गृहहरु मध्ये अग्रस्थानमा आउन सफल भएको छ ।
अहिलेको आर्थिक राजनैतिक स्थिती तथा युवा उद्यमीहरुको प्रर्बर्द्धनको अभियानका बारेमा हामीले उहाँसँग कुरा गरेका छौँ ।
► विद्रोही कम्यूनिस्ट शक्ति सत्तामा पुगेको छ, यही स्थितीमा कुनै दिन कम्यूनिस्टको एकल शासन सत्ता चल्ने दिन आयो भने आर्थिक क्षेत्र खासगरी निजी क्षेत्रलाई कस्तो प्रभाव पर्ला भन्ने सोच्नुभएको छ ?
अहिलेको सरकारले पनि प्राइभेट क्षेत्रलाई बिश्वास गरेकै छ । यो जुनसुकै शक्ति सत्तामा आएपनि बुझ्नैपर्छ कि अब निजी क्षेत्रसँगको साझेदारी बिना देश चल्दैन । सबै काम राज्यले आफैले मात्रै गर्न सक्दैन ।
माओवादी राजनैतिक मुलधारमा आएको छ । अहिलेको संक्रमणकालीन सरकारमा छ, तैपनि त्यस्तो खास आर्थिक क्षेत्रमा उनीहरु आएर भएको भन्ने प्रभाव चाहिँ देखिएको छैन । त्यसैले निजी क्षेत्र चिन्तित हुनुपर्ने वा यसमा गम्भीर हुने स्थिती आएको छ भन्ने लाग्दैन ।
यदि माओवादीको कुनैबेला एकल सरकार आउने स्थिती भयो भने त्यतिबेला केही हुन सक्छ । तर उनीहरुले पनि आफ्नो पुरानो ढाँचाको अडान देखाउनु ब्यबहारिक सम्भव हुँदैन । ग्लोबलाइजेसन, डब्ल्यूटीओमा प्रबेश गर्ने, अनि निजी क्षेत्रको भूमिका न्यूनीकरण गराउने सम्भव हुँदैन । अन्तर्रराष्ट्रिय क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ । कुनै पनि शक्तिले अब त्यसलाई छोडेर एकलौटी निर्णय लिन सक्दैन ।
► शान्ति प्रक्रिया यो स्थितीमा पुगिसक्दा ब्यवसायिक वातावरण कति सहज अनुभव गर्नुभएको छ ?
केही हद सम्म परिवर्तनको महशुश हुनु स्वाभाविकै हो । तर आयात निर्यातमा अवरोध कायमै छ । कहिले तर्राई कहिले पहाड बिभिन्न बहानामा जलिरहेको छ । हाम्रो मुल नाका तर्राई पहिला भन्दा पनि झनै असुरक्षित र अनिश्चित बनेको छ । न केन्द्रीय तहमा नया वातावरणको अनुभुति भएको छ, न स्थानीय स्तरमा ब्यबहारमा त्यस्ता कुनै उपलब्धि देखिएका छन्. । त्यसैले अपेक्षा गरेजति त होइन, तर द्वन्द्वकालमा जस्तो अनिश्चितता र असुरक्षा तथा ब्यबसायको लागि प्रदुषित वातावरण कम भएको छ ।
► चन्दा कत्तिको दिनुपर्छ अहिले ?
यो सहयोगको कुरा हो । अघिल्ला बर्षरुमा कतिपय असहज स्थिती भोग्नुपरेपनि अहिले स्थिती त्यस्तो छैन । सामान्य सहयोगको कुरा भइनै हाल्छ ।
► युवा उद्यमी हरुको छुट्टै संगठन खोलेपछि कस्तो उपलब्धि अनुभव गर्नुभयो त ?
हामीले युवा उद्यमीको बिकासको लागि र हामी मार्फ मुलुकले नया रुपमा गति लिन सकोस् भनेर धेरै बर्षअगाडि बिभिन्न पक्षसँग यसको लागि पहल गरिरहेका थियोँ ।
आखिरमा पोखरा उद्योग बाणिज्य संघमा रमेश कर्माचार्य अध्यक्ष रहनुभएको समयमा यसले मुर्त रुप पाउन सक्यो । हामीले जति अपेक्षा गरेका थियौँ, त्यो अनुसार भयो, भएन, बेग्लै कुरा हो । तर हामीले ब्यबसायिक सिकाईमा , आपसी शेयरिङमा निकै ठुलो उपलब्धि पाएका छौँ । ब्यबसायिक रुपमा पनि नेटवर्किङको लागि समेत उपलब्धि भएको छ ।
► प्रतिस्पर्धा त एकातिर छँदैछ, ब्यबसायीहरुबीच यसबाहेक अस्वस्थ स्पर्धाको कुरा हुन्छ नि, कस्तो छ अहिले पोखराका ब्यबसायीबीचको आपसी सम्बन्ध ?
यो स्वाभाविक कुरा हो । खास गरी ब्यबसायीहरुबीच प्रतिस्पर्धा त हुनै पर्यो । त्यस बाहेक हाम्रै बिषयमा भन्ने हो भने हामीबीच राम्रो आपसी सम्बन्ध छ, सहयोगी भावना छ । तैपनि केही आन्तरिक रुपमा प्रतिस्पर्धासँग जोडिएका कुराहरु हुँदैनन् भन्ने त होइन ।
► अहिले अलि सेलाएजस्तो भयो, युवा उद्यमी समाज, के भयो ?
धेरै मेहनत गर्यौँ हामीले यसलाई स्थापना गराउन । तर एकातिर आफ्नै ब्यबसाय सम्हाल्ने चटारो अनि अर्कोतिर त्यस्ता गतिबिधीमा हात हाल्दा समय मिलाउन असाध्यै गाह्रो हुँदो रहेछ । राष्ट्रिय युवा ब्यबसायीहरुको सम्मेलन गर्यौँ, त्यसपछि पनि थुप्रै महत्वपूर्ण कार्यहरु गर्यौँ । यसले दिने उपलब्धि सँगै समयको अभाव र थकान पनि एकातिर छ भने अर्कोतिर कामको जस अपजसका कुराहरु पनि हुँदा रहेछन् । अहिले हामी केही समय आराम गर्न बसे जस्तो भएको छ, तर हाम्रो टोली भावना, केही गरौँ भन्न चाहना बाहिर गएको छैन । तर टिमवर्कको भावनामा कहिलेकाही अभाव देखिदा दिक्क चाहिँ लाग्दो रहेछ ।
► जुन महत्वाकांक्षी योजना अगाडि सार्नुभएको थियो, नया युवा उद्यमीको प्रबर्द्धन गर्ने, अहिले के भएको छ ?
यो पनि यही सेलाईमा परेको छ । हाम्रो यो योजनाले केही गर्ने क्षमता र सोचाइ भएका युवाहरुलाई सही बाटोमा ल्याएर ब्यबसायिक सफलता दिलाउन सकौला भन्ने आशा गरेका थियौँ । क्षमता भएका तर लगानीको स्रोत, पुँजि नपाएकाहरुलाई केही हद सम्म सहयोग गरौँ र प्रेरणा दिन सकौँला भन्ने हाम्रो आशा हो । यो हामीले छोडेका छैनौँ । तर अहिले यसैमा परेको छ, अलि सेलाए जस्तो ।
► अन्त्यमा, अब बजेट आउने बेला भएको छ, के आशा गर्नुभएको छ ?
चाहे जुन सरकार आएपनि निजी क्षेत्रले गर्ने आशा भनेको त्यही नै हो, निजी क्षेत्रको भूमिकालाई सरकारले राम्रोसँग बुझोस् भन्ने । हामी मिश्रीत अर्थ प्रणालीमा छौँ, सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने निती ल्याउनुपर्छ अहिले भएकालाई नै चुस्ने भन्दा पनि । करको दायरा सहज बनाउनुपर्छ , र जुन ब्यबहारिक नभएका पक्षहरु छन्, तिनमा सुधार ल्याउनुपर्छ ।
|
Musukka Hasera
Shradha Rai |
|
Khipima Khipi
Shradha Rai |
|
Binti Chha
Ang Nima Sherpa |
|
Aakha Bhari
Surendra Man Maharjan |
|
Neermaya
Prakash Lama |