पोखरेली युवा उद्यमी
शिव शर्मा 'चञ्चल'
पोखरा


 वेलायतमा होटल म्यानेजमेन्टको अध्ययन सकेपछि पोखराका किरण केसी उतै जमिसकेका थिए । तर उनलाई विदेशमा जमेर बस्न त्यति निको लागेन । मन- मनै धेरै गमे उनि र केही गर्नुपर्छ भनेर स्वदेश फर्किए । धेरै नेपाली युवाहरु अमेरिका वेलायतको मुख ताकीरहेको वेला उनि भने आफनो 'स्टेन्डर' जागीर छोडेर स्वदेश फर्किए । तीन वर्ष अघि स्वदेश फिरेका उनि अहिले यहाँ चर्चित युवा उद्यमीको रुपमा स्थापित भइसकेका छन् ।उनले पोखरा हाउजिङ, मितेरी गाउँ, गोर्खा भिलेज, केसी कन्सट्रक्सनको म्यानेजिङ डाइरेक्टरको जिम्मेवारी सम्हालिरहेका छन् ।

होटल म्यानेजमेन्ट पढेका उनि किन यतातिर हुत्तिए त उनि भन्छन्-'हजुरबावाको पालावाट नै हाम्रो परिवार यसैमा थियो, मलाई पनि यतैतिर तान्यो । ' यस अघि उनि पर्यटन क्षेत्रमा लागेर 'चेइन फास फुड' खोल्ने उद्देश्य राखेका थिए । हुन त उनलाई केही नगरी जीवनभरलाई खानेवस्ने सम्पत्तिको कुनै कमि छैन । उनका वावु सिताराम केसी यहाँका लब्धप्रतिष्ठीत उद्यमीको रुपमा गनिन्छन् ।

झट्ट हेदा कुनै सिनेमाको हिरो जस्तो देखिने २६ वर्षौ युवा हँसिलो लवजमा भन्दै थिए-'सवैले युवा उद्यमी भन्छन्, तर मलाई अझै धेरै सिक्न बाकी छ ।' हो त यति कम उमेरमै यतिका धेरै जिम्मेवारी सम्हाल्नु चानचुनै कुरा पक्कै हैन । कतिपय युवाहरु बावुबाजेको सम्पत्तिमा मोज मस्ती गरेर त्यतिकै जीवन खेरा फालीरहेका वेला उनि उदाहरण पनि वनेका छन् । शूरुको वर्षकन्सट्रक्सनको जिम्मेवारी सम्हाल्दा त निकै मुस्किल भयो उनलाई । अहिले पनि यतिका जिम्मेवारी सम्हाल्दा उनलाई भ्याईनभ्याई छ । म्यानेजिङ डाइरेक्टर मात्र भएर वसे त हुन्थ्यो सानो देखी ठुलो सवै कामको बोझ आफै लिनुपर्छ ।

ठुलो जिम्मेवारी बोध हुदाँ कहिलेकाही त कामै छाडौ जस्तो पनि हुन्छ,उनि भन्छन्-'नामकै लागि काम गरेकोले हरेश खाएको छैन । ' चार-चारवटा निर्माण कम्पनीको जिम्मेवारी एक युवाको काधँमा आउनु पक्कै पनि चुनौति पुर्ण नै मान्नुपर्छ । पोखरा स्थित घारीपाटनमा निर्माणधिन पोखरा होम्सको कन्सट्रक्सनबाट अझ बढी उनी चर्चामा आएका छन् । उनकै सोच अनुरुप तयार भएका अमेरिकन शैलीका घरहरु अहिले हरेक स्वदेशी तथा विदेशीहरुको रोजाइ वनेको छ । विदेशीहरुले पनि घरहरु वुकिङ गरेका छन् । जग्गा प्लटिङ गरेर पनि व्रि्री गर्नै सक्थे उनले । त्यो नगरी पोखराको सुन्दरतालाई बढावा दिन यस्ता नौला शैलीका घरहरुको निर्माण थाले । मितेरी गाउँ पनि कन्सट्रक्सन नै हो । यहाँ निर्माण भएका घरहरु अहिल पृथक छन् । २ सय ५० रोपनीमा निर्माण थालिएको गोर्खा भिलेज रिसोर्ट पनि उनकै कल्पना हो । यी यस्ता जिम्मेवारीले आजभोलि उनलाई एक छिन फुसद हुदैन । भन्छन् - 'पैसा कमाउने भए त विदेश नै वस्थे, नामकै लागि पो यहाँ आए । '

अहिले उनलाई काँध थाप्न संजय केसी आएका छन् । नाताले त २९ वर्षौ संजय किरणका काका हुन । तर उनिहरु दुवैजना साथीभाई जस्ता छन् । जता पनि संगै हिडछन् । दुवै मिलेर कन्सट्रक्सनको काम हाकीरहेका छन् । सजंय पनि कठिलो शरीर हेदा मोडल जस्तै देखिन्छन् । शूरुमा अरुले जिम्मा लिएको कन्सट्रक्सन दुवै मिलेर चलाउन थालेपछि सुधार आएको छ । पहिला त भद्रगोल थियो, संजयले भने- 'हामी आएपछि परिवर्तन भएको छ ।'

कर्मशमा स्नातक गरेका संजयले बैकमा जागीर खान छाडेर कन्सट्रक्सनको काममा लागे । उनि पनि किरणले सम्हालेका कम्पनीका डाइरेक्टर हुन । बैकमा पैसा गन्न छाडेर विकासको काममा लागे उनले भने-'दुवै मिलेर कन्सट्रक्सनको काममा अझ नया गर्नै सोच छ ।' उनि पनि अमेरिका हुइकीन लागेका थिए । नेपालमै केही गरौ भनेर यतै वसे । कसैको अन्डरमा बसेर काम गर्नु त पदैन उनिहरुलाई तर जिम्मेवारी भने ठुलै छ । आजभोलि चोविसै घण्टा काममा खटिएका छन् । 'काम अनुसार युवा उद्यमीको रुपमा अरुले चिन्दा खुशि नै लाग्छ', दुवैले एक स्वरमा सुनाए ।