
हँसिलो अनुहार र होचो तर फुर्तिलो कदका विक्रम थकाली युवावस्थामै पोखरेली फुटबल ड्राराईभिङ सिटमा बसेका छन् । सात वर्षअघिसम्म उनी आफै फुटबल खेल्दै थिए । उनी अहिले सहारा क्लबका अध्यक्ष छन् जुन पदका लागि मोफसलको सबैभन्दा आकर्ष प्रतियोगिता आहा गोल्ड कप र एकेडेमी सञ्चालन, बारम्बारको क्लबस्तरीय स्पर्धा सहभागिता एवम् स्थापनाकालदेखि गर्दै आएको सामाजिक क्रियाकलापको नेतृत्वदायी जिम्मेवारी छ । 'सहरा-उद्देश्य' मै बाह्रै मास बिताउने थकालीसगँ केशवशरण लामिछानेले गरेको कुराकानी :
१. यो स्थितिसम्म सहारा कसरी आयो ?
सबै सदस्यहरुको लगाव र्समर्पणमाथि पोखरेलीहरुको विश्वासका कारण नै हामी यहासम्म आएका हौं । अझ तमाम पोखरेलीहरुसँगै संचारकर्मी साथीहरुले लगाएको गुनको कुनै सीमा नै छैन । यहाँ दिन राता नभनी काम गर्ने सदस्य साथीहरु हुनुहुन्छ । सदस्यसाथीहरुको जोश जाँगर नभइदिएको भए हामी यो स्थितिमा आउने थिएनौं होला ।
२. एकेडेमी कसरी शुरु गर्नुभयो । यो हिम्मत र साहस कहाँबाट आयो ?
हाम्ले २०५८ सालमै एकेडेमी चलायौं त्यति वेला ३०० जनाबाट २० जना छानेर सिकायौं । त्यसबाट के पाठ सिक्यौं भने एकेडेमी चलाउने भनेको सबै वालकहरु एउटै ठाँउमा वस्नुपर्ने नितान्त आवश्यक देखियो । किनभनें त्यो ट्रेनिङमा २ वर्षो अवधिमा हामिलाई स्कूल भिन्न हुँदा अनि विभिन्न ठाँउमा वस्दा कहिले को न आउने कहिले को न आउने गर्दा ट्रेनिङ छुट्ने गथ्र्यो । त्यसैले त्यो इउजलेस जस्तै भया तर पनि त्यसबाट उत्पादित अनिल गुरुङ थ्री स्टारबाट खेलिरहेको छ । तर पनि जुन हामिले सोचेको जस्तो निस्किएन । अभिभावकले फ्री मा ट्रेनिङ भनेपछि सोचाइ राम्रो भएन पैसा तिर्ने भए जसरी पनि पठाउने फ्री भनेपछि गए जान्छ नगए जान्न कियर लेस भयो । त्यसकारणले त्यत्रो लगानी गरेका छौं भनैं किन असहायहरुलाई नलिने - बरु उसले फुटबल खेल्न नसकेपनि खान लाउन पाउने भयो भविष्य राम्रो हुने भयो ।
फुटबलर निस्के पनि यो एउछा धर्म हुन्छ पवित्र कार्य हुन्छ भनेर त्यो नयाँ सोच लिएर असहायको फुटवल एकेडेमी भनेर अनाउन्स गरेर यसमा फुटवल खेल्न भन्दापनि जो अनाथ छ अपाङ्ग छ इउजलेस छ फुटपाथमा हिन्छ तिनी हरुलाई लिएर नयाँ शुरुवात गर्याै यो हिम्मत कसरी आयो भनें हामिले विगतमा भेरै काम गरेकमा थियौं बसपार्कमा र्सार्वजनिक शौचालय निर्माणर्थ ठूलो रकममा त्यो पनि अर्थ संकलन गरेको आधारमा उठायौं भनें सवभन्दा ठूलो सहयोग सम्पूर्ण यातायात व्यवसायीको सहयोगले काम गर्ने हौसला बढायो त्यो आँटले हामी फुटवल क्षेत्रमा लाग्यौं र पछि हामीले क्याराभान गोल्डकप गयौं त्यसको सफलताबाट आहा गोल्डकप लाई १० वर्ष एग्रिमेन्ट गर्दा हामीले यो पैसाले केही गर्न सक्छौं भनेर हिम्मत बढाएर अगाडि बड्यौं ।
३. एकेडेमी सञ्चालनको खर्च कसरी जुटीरहेको छ ?
मुख्य आहा गोल्ड कप बाट यसबाट उठेको एकेडेमी मै खर्च गर्र्छौं । अन्य सालमा एक चोटी संस्कृति जगेर्ना गरौं भनेर यूवा जगतलाई समेटेर देउसी भैलो खेल्छौं त्यो गर्दा संस्कृति जगेर्ना हुने विकृति हट्ने प्लस एकेडेमीलाई ठूलो सहयोग हुनें यसरी त्यहाँ बाट आएको अर्थलाई एकेडेमीमा लगाउछौं ।
४. अहिले तपाइको जोड केमा छ ? पहिला सामाजिक कामबाट शुरु गर्नुभयो प्रतियोगिता गर्नुभयो एकेडेमी पनि सञ्चालन गर्नु भा छ मुख्य जोड के लाई दिनु हुन्छ ?
हाम्रो सामाजिक कार्यक्रम भै राख्छ शिक्षा क्षेत्रमा, महिला सम्वन्धि हुन्छ युवा सम्बन्धि विभिन्न कार्यक्रम हुन्छ । तर हाम्रो ठूलो कार्यक्रम एकेडेमी हो महिनाको ७०/८० हजार खर्च हुने भनेको सानो कुरा हैन अझ हाम्ले त्यति सन्तुष्टि दिन सकेका छैनौं जुन हाम्रो बच्चालाई हाम्ले घरमा उपलब्ध गराउने हुन्छ त्यो चिज सिमित मात्रामा हुनत मान्छेले पाउनपर्ने कुरा पाइराखेको छ तर पनि अझ सम्पन्न एकेडेमी फुटवल ग्राउण्ड भएको आफ्नै निजी भवनमा यसरी हामीले एकेडेमी चलाउन सके अझै व्यवस्थित हुने सोचले यो चोटी बाट आहा गोल्डकप लाई र्सार्कस्तरिय बनाउने चाहना साहारा एकेडेेमीलाई व्यवस्थित गर्ने हाम्रो योजना । अझ व्यवस्थित भा छैन् । त्यसैले हाम्रो मेन फोकस एकेडेमी लाई छ ।
५. फोकस एकेडेमीलाई भन्नभयो अझ व्यवस्थि तगर्नलाई ग्राउण्डको कुरा छ होस्टलको कुरा छ वस्ने कुरा छ अति ठूलो महत्वकाक्षीं योजना जस्तो देखिन्छ बाहिरबाट हर्ेदा सक्नुहुन्छ त्यस्तो गर्न ?
अहिले हाम्लाई ठूलो सहयोग प्राप्त भइराखेको छ । जस्तो एकेडेमीलाई निरिक्षण गर्ने क्रममा नेपालकै प्रतिष्ठित व्यक्तिहरुबाट हेरेपछि यो एकदमै राम्रो कार्य छ यस्तो पवित्र कार्यमा हामि तपाइलाई के सहयोग गर्न सक्छौं गर्न तयार छौं भनेको हुनाले हामिले जग्गा खरिद गर्न सक्छौं भनें विभिन्न ठाँउमा प्रोपोजलहरु राख्न सक्यौं भनें हाम्रो निमार्ण कार्य उहाँहरुले गरिदिनुहुन्छकि भन्ने एक दुइ ठाँउमा कुरापनि भएको हुनाले हाम्ले यसलाई जग्गा लिएर व्यवस्थित ढंगले लाने सोचमा छौं । त्यो भविष्यका कुरा हो होला नहोला तर लक्ष्य लिनु पर्छ मान्छेले । पहिला हामीले यत्रो खर्च हुने यत्रो एकेडेमी कसरी चलाउन सक्छौं भनेर छोडेको भए यो एकेडेमी चल्दैनथ्यो होला तर आज हामी सक्षम भयौं । पाँच वर्षएकेडेमी चलाउन गाह्रो भएको छैन् । हामीलाई विभिन्न क्षेत्र बाट सहयोग भै राखेको छ । सवै सदस्यहरु निस्वार्थ भावनाले लागेको हुनाले हामीले त्यस्ता कार्य गर्न सक्छौं जस्तो लाग्छ ।
६. मोफसलमा पहिलो पटक खेलाडीहरु अनुवन्ध गर्नु भयो जबकि एकेडेमी चलाइराख्नु भा छ । आहा गोल्डकप पनि चलाइराख्नुभा छ । तर अनुवन्ध गरेका खेलाडीले राष्ट्रिय स्तरमा तपाईहरुको प्रतिनिधित्व गरेर लिग खेलीरहेको अवस्था छैन् किन नखेलेको ?
मोफसलमा पहिलो पटक साहाराले खेलाडी अनुवन्ध गरीराखेको छ र हामीले अनुवन्ध गरेको आधारमा लिग कि नेपालको टिममा खेल खेली सक्यो । विसन गौचन साहाराको प्रोडक्ट हो पहिला एकेडेमीमा ।
७. हो तर तपाइहरुको आफ्ने टिम किन नवनाउनु भएको हो ?
खेलाडी आफू लिगमा खेल्नु ठूलो कुरा होइन हामी उत्पादन गर्ने काम गरिराछौं हामी लिग खेल्न गएका हौ लिगमा हामी सहभागी पनि भएको हो । हामी वी डिभिजनमा क्वालिफाई पनि भयौं तर एन्फाको विभिन्न क्राइटेरीया हुँदोरहेछ त्यसमा कारणवश वी डिभिजन दिनुभयो पछि यस्तो यस्तो कारण भएर भाइहरुलाई हामीले यो क्लबलाई दिन सकेनौं यसमा हजुरहरुले बुझिदिनुपर्यो भनेकोले ठिकै छ नियम मान्नै पर्छ भनेर हामी व्याक भयौं फेरी हामी पछि खेल्न र जान सक्थ्यौं लिगमा खेल्नलाई १/२ लाखले पुग्दैन पोखराबाट गएर २ महिना वसेर लिग खेल्न सम्भव अलि छैन तर हाम्ले त्यतिदेर आटेथ्यौं तर एकेडेमीलाई ७०/८० हजार खर्च छ यो उठाउन धौ धौ छ लिग खेल्दा वाषिर्क १०/१२ लाख वजेट छुट्टयाउनु पर्छ । त्यसैले दूइ तिर खुट्टा हाल्दा लड्छौं भनेर डुङ्गामा । त्यो सोचेर ठीक छ अहिले स्टेप वाई स्टेप जाऔं पछि यहि वच्चाहरु लिएर लिग खेल्न सक्छौं भन्ने सोचले अहिले लिगमा भाग लिएनौं ।
८. तपाईहरु फुटबलको क्षेत्रमा लागिरहनुभा छ राज्यले फुटबलमा लगानी पनि गरिरा छ मोफसलको क्लवको हैसियतले भन्दा राज्यले फुटवललाई कतिको प्रोत्साहन गर्या छ ?
हाम्रो सामाजिक काम नै हो फुटवल हाम्रो साइड काम हो । असहाय लाई राखेर सामाजिक काम गर्या छौं । हुनत साहारालाई फुटवलबाट चिन्छन तर अन्य शिक्षा , स्वास्थ्य वातावरण पनि गर्र्छौं आहा कप अन्तराष्ट्रिय भएकोले साहारालाई फुटवलबाट मात्र चिन्छन् । राज्यले फुटबललाई धेरै राम्रो काम गरेको छ । अहिले फुटवल खेलेर जिविका चल्ने भयो । एउटा राम्रो खेलाडीले मासिक २०/२५ हजार खान्छ । वर्षा दुइ तीन महिना गेम खेलेर मात्रै अन्य महिनामा पनि तलव पाउने भाछ । श्री ५ को सरकारले नगरे पनि अखिल नेपाल फुटवल संघ एन्फा ले उदाहरणीय काम गरेको छ । कार उपहार दिदैछ २३ लाख वरावरको अव खेलेर के पाउँछ भन्न कुराको त्यो पनि ज्वलन्त उदाहरण हो ।
|
Musukka Hasera
Shradha Rai |
|
Khipima Khipi
Shradha Rai |
|
Binti Chha
Ang Nima Sherpa |
|
Aakha Bhari
Surendra Man Maharjan |
|
Neermaya
Prakash Lama |