

स्वरमा निखार भएका अमित पल तेस्रो इन्डियन आइडल का उपविजेता । सिलाङ मेघालयका २४ वर्षउनि एक कम्युटर सफ्टवेयर कम्पनीमा कार्यरत छन् । पहिलो पटक नेपालमा कर्न्सटका लागि धरान, झापा हुदै पोखरा आइपुगेका अमित यहाँ आम पोखरेली युवायुवतिको ढुकढुकी बन्न पुगे ।
उनको स्वरमा सवै नतमस्तक पनि भए । भद्र र भावुक स्वभावका अमितलाई पोखरामा अटोग्राफका लागि थुप्रै प्रशंशकहरुले घेरा हाले । तर कलाकारको जिम्मा लिएका केही व्यक्तिहरुले हस्तक्षेप गरेर अटोग्राफ लिने धेरैको चाहना अधुरो रहन पुग्यो । संचारमाध्यमलाई अन्तवार्ता लिन समेत उनिहरुले हस्तक्षेप गरे । उनिहरुको दबाबका बीच पनि छोटो समयमा शिव शर्माले पोखरा ग्रेण्ड र पोखरा विमानस्थलमा अमित पल संग गरेको कुराकानी:
१, पहिलो पटक नेपालमा कार्यक्रम प्रस्तुत गर्न पाउँदा कस्तो महशुस भयो ?
- पहिलो कुरा त मलाई नेपालको अनुपम सौर्न्दर्यले मोहित पार्यो । नेपालीहरुको ब्यवहार र कलाकार प्रति गरिने सम्मानजनक शैली अझ बढी राम्रो लाग्यो । नेपाली भुमिमा पहिलो पाइला राख्दा मलाई र्स्वर्गमै टेकेको आभाष भयो । नेपाली दर्शकले म र मेरो गायन शैलीलाई मन पराएको देख्दा ममा हर्षो सिमा छैन । म एकदमै खुशि भएको छु ।
२, यस्तो सदभाव र माया पाउँछु भनेर सोच्नु भएको थियो त ?
- मैले नेपालमा यति सम्म माया पाउछु भनेर सोचेको थिएन । तर आज सोचे भन्दा बढी नेपाली संगीतप्रेमीहरुले म प्रति माया दर्शाउनु भयो । मलाई अहिले यो कुरालाई शब्दमा व्यक्त गर्न पनि कठिन भइरहेको छ । म उहाँहरु प्रति निकै आभारी छु ।
३, नेपालका प्रशंसकहरु कस्तो लाग्यो तपाईलाई ?
- मैले यो कुरा तपाईलाई हद्यबाट नै भनिरहेको छु मलाई नेपाली प्रशंसकहरु आत्मिय र मायालु लाग्यो । उहाँहरुले मलाई जुन सम्मान दिनु भयो त्यसले मलाई नेपालमै आईरहु जस्तो भएको छ । मैले यस्तो सपनामा पनि सोचेको थिइन । पुन फेरी म यो मायालाई साट्न दोहोराएर नेपाल आउने वचन पनि सवैलाई दिन चाहन्छु ।
४, तपाईलाई इन्डियन आइडल नै बन्न नपाएकोमा पछुतो छैन ?
- बिल्कुलै त्यस्तो कुनै पछुतो छैन । मेरो अति नै मिलनसार साथी प्रशान्त इन्डियन आइडल बनेकोमा मलाई गर्व लागेको छ । प्रशान्त तामाङ इन्डियन आइडल बन्दा जति नेपालीहरु खुशी भए त्यतिकै खुशि मलाई पनि लागेको छ । पछुतो मान्नु पर्ने मलाई केही छैन मैले सवैबाट माया पाइरहेको छु ।
५, तर अल इन्डिया भरी तपाई नै इन्डियन आइडल हुने आशा राखेका थिए भनिन्छ नि ?
- आशा राख्नु स्वभाविक हो । मलाई माया गर्ने प्रशंसकहरुले त्यो आशा राखे होलान् । यसलाई मैले उहाँहरुले दिनु भएको हौसला र प्रेरणा ठान्दछु । तर मलाई प्रशान्त आइडल बनेर म उपविजेता बनेकोमा कुनै दुख छैन । मैले यसलाई आफनै सफलता ठानेको छु किनकी प्रशान्त मेरो अतिनै घनिष्ट भएको छ ।
६, तपाईलाई नेपाली गीत संगीत कत्ति मन पर्छ ?
- मलाई इन्डियन आइडलको क्रममा प्रशान्त संगको सामिप्यले नेपाली गीत संगीत प्रतिको मोह हर्लक्कै बढ्यो । प्रशान्त संग नेपाली भाषा धेरै सिक्ने मौका पनि पाए । त्यसो त मैले नेपाली सिनेमा दिपशिखाका लागि दुईवटा गीत गाइसकेको छु । मेरो कर्मथलो सिलाङमा पनि धेरै नेपालीहरु छन् उहाँहरुबाट पनि केही नेपाली भाषा सिक्ने मौका पाए । म नेपाली गीत संगीत मात्र हैन नेपाली भाषा र संस्कृति प्रति पनि त्यतिकै आशत्ति भएको छु ।
७, भनेपछि अव हिन्दीको अलवा भविष्यमा नेपाली गीत पनि गाउनुहुन्छ ?
- निश्चित रुपमा म अव आउने दिनमा अझ बढी नेपाली गीतहरु गाउँने छु । नेपाली गीत गाएर अझ बढी नेपाली प्रशंसकहरुको मनमा बस्न चाहन्छु । मलाई नेपाली गीतहरुमा लोकशैलीका गीतहरु पनि त्यतिकै मनपर्छ ।
८, इन्डियन आइडलमा उपविजेता बनेपछि कत्तिको व्यस्त हुनु परेको छ ?
- अहिले व्यस्तताको कुरा गरेर साध्य नै छैन । अहिले घरपरिवारलाई पनि अलिकति समय निकाल्न पाएको छैन । फुसदको समय निकाल्न नै गारो भएको छ । देशबाहिर देखि देशभरी कर्न्सटका लागि दौडधुप गर्नु परिरहेको छ । विभिन्न कार्यक्रमहरुमा अतिथी देखि अन्तवार्ताका लागि पनि समय जुटाउनुपर्छ । व्यस्तता बढ्नु राम्रो नै हो जस्तो लाग्छ भने अर्कोतिर साथीभाईलाई समय दिन नपाउदा भने केही दुख लाग्छ ।
९, पहिला नेपालको बारेमा कत्तिको सुन्नु भएको थियो ?
- नेपालको बारेमा मैले पहिला देखि नै सुन्दै आएको हो । नेपाल प्राकृतिक सम्पदा र विश्वकै अग्लो सगरमाथाको देश हो भनेर । पत्रपत्रिकाहरु पनि नेपालको बारेमा धेरै पढेको थिए । तर प्रत्यक्ष अहिले पाइला टेक्दा पढेको र सुनेको भन्दा पनि मलाई नेपाल अझ धेरै सुन्दर लाग्यो ।
१०, भनेपछि नेपाली भाषा बोलेको बुझनु हुन्छ ?
- केही शब्दहरु त ख्याल गर्छु तर पुर्ण रुपमा बुझ्न सक्दिन । प्रशान्त संग संगत अहिले झन बढेको छ । बिस्तारै अव बुझन र बोल्न सक्षम हुनेछु भन्ने लागेको छु ।
११, सेलिब्रिटी पर्सन भएपछि युवतिहरुको फोन र प्रेम प्रस्ताव त खुब आउँछ होला नि ?
- हाँस्दै तपाईको गायकी मन पर्यो भनेर धेरैले फोन गर्नुहुन्छ । यसो भन्दा मलाई ज्यादै खुशि लाग्छ । प्रेम प्रस्ताव पनि नआउने हैनन् तर म उहाँहरुलाई मलाई भन्दा पनि मेरा गीतलाई माया गरिदिनु होला भनेर सम्झाउछु ।
१२,भनेपछि तपाईको गर्लफ्रेण्ड छ ?
- मैले गर्लफ्रेण्ड बनाउनेतिर कहिले पनि ध्यान दिइन । स्कुल र कलेज लाइफमा अध्ययनतिर ध्यान दिए । अहिले इन्डियन आइडलमा भाग लिएपछि फेरी दर्शक तथा स्रोतालाई कसरी राम्रो गीत पस्कने भनेर सोचिरहेको छु । पहिला केही गरेपछि मात्र मात्र त्यतातिर पनि सोचौला नि ।
१३, पोखरामा नेपाली युवतिहरुले तपाईलाई अटोग्राफका लागि निकै पछ्याए कस्तो लागेको छ ?
- यो त उहाँहरुले मेरो गला र कलालाई मन पराएर हो भन्ने मैले ठानेको छु । मैले मेरो देशमा जतिकै माया पाए यहाँ आएर पाए यसैमा मलाई खुशि लागेको छ ।
१४,कुनै नेपाली युवतिले तपाईलाई प्रेम प्रस्ताव राखिन भने के गर्नुहुन्छ ?
- हसिलो पारा गीत गाउदै मुसुमुसु हाँसीदेउन लैलै........................ हा हा - लामो हाँसो.
१५ अव नेपालपछि तपाईको कर्न्सट कहाँ हुदैछ ?
- अव पोखरा लगत्तै भारतको गुहाटीमा कर्न्सट छ । त्यसपछि विदेशतिर कार्यक्रममा जानुपर्छ । अहिले गाउदै हिडने काम मात्रै बढी भइरहेको छ ।
१६, भविष्य लक्ष्य के छ ?
- अवको सोचाई गीत संगीत कै क्षेत्रमा लागेर नया काम गर्नेछु । यही क्षेत्रलाई नै अव व्यवसायिक ढंगले अगाडी बढाउने छु । गीत संगीत बाहेक अरु केही सोचेको पनि छैन ।
१७ अन्त्यमा नेपाल र नेपालीलाई के भन्नु हुन्छ ?
- यो कुरा लेखिदिनु होला मलाई नेपाली संगीतप्रेमीहरुले धेरै माया दिनुभयो । जसले मलाई नेपाल र नेपाली प्रति सदभाव र माया जागेर आएको छ । म फेरी पनि नेपाल आउने छु । म यो कुरा बनावटी हैन भित्री हद्य नै खोलेर तपाईहरुको मिडिया मार्फ भनिरहेको छु ।
|
Musukka Hasera
Shradha Rai |
|
Khipima Khipi
Shradha Rai |
|
Binti Chha
Ang Nima Sherpa |
|
Aakha Bhari
Surendra Man Maharjan |
|
Neermaya
Prakash Lama |