पोखरामा फस्टाउदो रात्री मनोरञ्जनस्थलहरु
शिव शर्मा 'चञ्चल'
पोखरा

पोखरा-आहा कति झलल्ल । उज्यालोमा के हुन्थ्यो यस्तो । डान्स डिस्को र रमाइलो त रातमै गजव । रात्री जीवनमा अलौकिक आनन्द लिन पाए पछि यसै भन्छन् युवायुवतिहरु पनि । रात पर्न थाले पछि मनोरञ्जन र रमाइलोको खोजीमा भौतारिने युवायुवतिहरु डिस्को डान्स सगै होटल रेष्टुरामा डिनरमा पनि रमाउछन् । 

 यो अवस्थावाट अव पर्यटकीय नगरी पोखरा पनि अछुतो छैन । हुन त यहा धेरै सौखिनहरु पनि छन् उनिहरु घरमा भन्दा प्राय रातीको डिनर लिन होटल रेष्टुरा मै पुग्छन् । दिनभरी थकान सवै विर्सन रमाइलो गरी रात्री जीवनमा ।

यही भएर आजभोलि राती अवेर सम्म पनि जागा हुन थालेको  छ पर्यटकीय नगरी पोखरा । वारमा काटा लगा वोलको  गीतमा नाच्ने युवतिको पछि पछि नाच्नेहरु साधारण देखि उच्च तहका व्यक्तिहरु पनि कम्ति हुदैन ।

युवायवतिकै हाराहारीमा व्यस्कहरु पनि रमाउने गरेका छन् रात्रीजीवनमा । त्यसो त रात्री जीवनमा रमाउने नाममा यहाँ अश्लिलताको खेती पनि हुने गरेको छ । लेकसाइडकै एक होटलमा अश्लिल नृत्य नचाउदा नचाउदै प्रहरीले वारका सञ्चालकलाई पक्राउ गरेका थिए । तर यस्तोमा सुरक्षाकर्मि पनि घुलमिल हुने गरेको एक रेष्टुरा सञ्चालक वताउछन् । मनोरञ्जनका नाममा अर्कोतिर अवैध धन्दा पनि यहाँ हुने गरेका छन् ।

यो शहर जति जति विकसित हुदै गएको छ त्यतिनै मात्रमा यहा रात्री मनोरञ्जन स्थलहरु पनि फस्टाउदै गएको छ । वारमा पुगेर डिस्को नाच्न मात्र होइन त्यहाको रमाइलो हेर्ने पनि पुग्ने गर्छन् । तर डिस्कोमा नाच्नकै लागि म प्राय पुग्ने गर्छु प्राय डिस्कोमा भेटिने एक युवति आफनो नाम नछाप्न आग्रह गदै भन्छिन्- रातीमा आएर डिस्कोमा नाच्नुको वेग्लै अर्कै छ । पाकाहरु पनि आजभोलि डिस्कोमा जम्न थालेका छन् ।

 रात्री मनोरञ्जन स्थल केवल यहा? डिस्को मात्र होइन रेष्टुरामा दोहोरी र गजल पनि उतिकै तात्ने गरेको छ । गजल रेष्टुरेन्टमा गजल सुन्ने र दोहोरी रेष्टुरेन्टमा दोहोरी सुन्ने जमात पनि कम छैन यहा । गजल र दोहोरी सुन्नेमा युवायुवतिको सख्या भन्दा व्यस्क र पाकाहरेको  सख्या यहा अधिक हुने गरेका छन् । पोखराको व्यस्त वजारमा रहेको होटल दिपशिखा वार एण्ड रेष्टुरेन्टमा दोहोरीमा रम्नेहरु रातमा अधिक हुने गर्छन् । उच्च तहका परिवारहरु दोहोरीमा झुम्मिने गर्छन्, रेष्टुरेन्टका सञ्चालक चित्र अधिकारी वताउछन् । रातमा मनोरञ्जनका लागि कार्यक्रम पनि उतिकै आयोजना हुन्छन् । पोखरेलीहरुको चहाना मनोरञ्जन प्रति वढदै गए पछि सोही  अनुरुपका रमाइला इभेन्ट्सहरु हुन क्रममा वृद्धि हुदै गएको छ ।

राजधानी संगै दोस्रो ठुलो शहर पोखराको जीवन रमाइलो र घमाइलो हुन थालेको धेरे भएको छैन । त्यस्तै तीन चार वर्षमात्र भएको छ । यहाका अधिकाश वासिन्दाहरु विदेशमा छन् । उनिहरु यहाँ आए पछि सोही अनुरुपको विदेशी शैलीको चाहना राख्ने गर्छन् । त्यही भएर पनि यहाको रात्री जीवन मनोरञ्जनपूर्ण र जागा वन्दै गएको हो । पोखरामा विशेष गरी लेकसाइड क्षेत्रमा मनोरञ्जनमा रमाउने जमातहरु अधिक छन् । क्लव आमर्स्र्टरडम क्याफे एवं वार मा प्राय पारिवारिक पार्टिमा रमाउने देखि प्रेमी प्रेमी पनि डिनर संगै संगीतमा मग्न हुन आउने गरेको वारका सञ्चालक रामचन्द्र भट्टर्राई वताउछन् । यहाँ हप्ता विराएर राती वारमा लाइभ व्यान्ड कर्न्सट पनि हुने गरेको  छ । क्लव क्लचरको रुपमा विकसीत हुदै छन् रेष्टुराहरु । त्यही भएर स्वदेशी तथा विदेशीहरु रात्री मनोरञ्जनमा वढी आकषिर्त हुने गरेका छन् ।

होटल रेष्टुरा जानु रातभर गीत संगीतको तालमा रमाउनु यहँका सौखिनहरु को दिनचर्या वनि सकेको छ । यहाँ भित्रिने विदेशीहरु पनि रातभरी होटल रेष्टुरामा गीत संगीतको तालमा रमाउने गरेका भेटिन्छन् । मुलुकको स्थिति सहज भए पछि मनोरजन प्रतेको चाहनामा अझै वृद्धि हुदै गएको होटल सञ्चालकहरुको धारणा पाइन्छ । राती अवेर सम्म दोहोरीमा रमाउन र गेट दुगेदर गर्न आउनेहरुमा कुनै कमि आएको छैन, दीपशिखा होटल एण्ड गजल रेष्टुरेन्टका सञ्चालक चित्र अधिकारी वताउछन् । उनेको  रेष्टुरामा राती पारिवारिक भेटघाटसंगै गजलको विछट्टै रमाइलो हुने गर्छ ।

अहिले पोखरा डिस्को डान्स रेष्टुरेन्ट संगै दोहोरी रेष्टुरेन्टहरुको सख्या पनि वढदै गएको छ । रातीमा मनोरञ्जन लिन चाहनेहरुको अभिरुची लै दोहोरी रेष्टुरा खोल्ने चाहनेहरु हौसिएका हुन । त्यसो त समयको परिवर्तनले यहा युवायुवतिहरु पनि खुल्ला भइसकेका छन् । उनिहरुलाई पारिवारिक वन्देज पनि कम हुने गरेको छ । यही भएर युवायुवतिहरु पनि नाइट लाइफ मा रल्लिन थालेका छन् । रातीमा वारमा नाँच्न उधुमै रमाइलो हुन्छ सभागृहचोकका राजेश केसि भन्छन्-रातीमा फ्रेस पनि हुन्छ ।