


लाहुरे बन्नका लागि तन्नेरी युवा मात्र अग्रसर हुने गर्थे । तर यस वर्षदेखि युवतिहरु पनि लाहुरे बन्नका लागि कसरत गदैछन् । बेलायत सरकारले सन् २००९ देखि नेपाली युवतिहरुलाई पनि भर्ति गर्ने निति बनाएपछि यतिबेला लाहुरे बन्न पोखरा रंगशालामा तालिम लिने युवतिहरुको हूल बाक्लिएको छ ।
विना तयारी लाहुरेका लागि जाँदा समस्या हुने भएपछि नै तालिम लिन युवतिहरुको हानथाप चल्ने गर्छ ।
किन छोरी मान्छे पनि भर्ति हुन लागेको पंकितकारको प्रश्न फुस्कन नपाउदै बाझापाटन पोखराकी १६ वषिर्या एलिसा गुरुङले जवाफ फर्काइन हालिन- 'केको छोरी मान्छे नि हामी पनि छोरा मान्छे भन्दा कम छैनौ ।' पुरुष जति कै समान हक प्राप्तिका लागि भर्ति हुन लागेकी रंगशालामा दौडदै गरेकी उनले आटिलो पारामा सुनाईन ।
उनको जस्तै फुर्ति निकालेर रंगशालामा बिट्रीस आर्मिमा भर्ति हुने रहर पालेर शारीरीक कसरत गर्ने युवतिहरुको जोश र जागर भिन्नै देखिन्छ । युवाहरुलाई चुनौती दिदै हामी पनि अव कम छैनौ भन्दै युवाहरु संगै उनिहरुले विभिन्न एक्सरसाइजहरु गरीरहेका छन् । तर सवै लाहुरे बन्नका लागि मात्र तालिम लिइ रहेका भने छैनन् । त्यो हुलको बीचमा केही भने शारीरिक तन्दुरुस्तीका लागि मात्र पनि आएका छन् । तर पनि लाहुरे बन्नैका लागि भनेर आउने युवतिहरुको सख्या भने धेरै छ । लाहुरेका लागि तालिम लिन आउने युवतिहरुमा गुरुङ, मगर नेवार बाहुन क्षेत्री सवै समुदायका छन् ।
आफुलाई बलियो प्रमाणित गराउन लाहुरे बन्ने तालिम लिने युवतिहरुको सख्या बग्रेल्ती देखिन्छ । अब त पुरुषको भन्दा लाहुरे तालिम लिने महिलाको संख्या बढी होला जस्तो छ, लोट्स टे्रनिङका किशन थापाले भने-यो पुरुषहरुलाई उनिहरुको चुनौती पनि हो । पुरुषहरुले अझै पनि महिलालाई कमजोर मानेर 'डोमीनेट' गर्नै प्रवृति कायमै छ, लेखनाथ नगरपालिकाबाट एकाविहानै आँखा मिच्दै तालिम लिन आइपुगेकी निमा गुरुङले भनिन- 'म लाहुरे बनेरै देखाइदिन्छु । ' यो उनको मात्र आत्मविश्वास हैन लाहुरेका लागि दिनहुँ रगशालामा तालिम लिइरहेका अंधिकाश युवतिहरुको पनि हो ।
लाहुरे बन्ने युवतिहरुलाई तयारीका लागि शारीरिक व्यायम संगै औपचारिक कक्षा पनि दिइने गरिएको छ । लाहुरेका लागि ब्यक्तिगत तथा संस्थागत रुपमा तालिम दिने समुह दुइ दर्जन भन्दा बढी छन् । तिनीहरुमा युवतिहरुको संख्या पनि बढदै गएको छ । शुरुमा आफनै नातीनी छोरीलाई लिएर रिटायर्ड लाहुरे प्रशिक्षक क्याप्टेन राम प्रसाद गुरुङले प्रशिक्षण शुरु गरे । अहिले युवतिहरुको बढ्दो चापले तालिम दिनै हम्म हम्मे परेको छ उनलाई । उनि भन्दै थिए- 'लाहुरेका लागि तालिम लिन चाहने युवतिहरुको संख्या हृवात्तै बढयो ।' फेरी उनिहरुलाई निशुल्क रुपमा लाहुरे तालिम दिइएको छ । युवाहरुले तालिम लिएको चार महिनाको ८ देखि १० हजार शुल्क बुझाउनुपर्छ ।
लाहुरे बन्न चाहने युवतिहरुले जेठ १८ देखि साउन १५ सम्म फारम बुझाई सकेका छन् । फारम बुझाएपछि साउन २२ बाट ट्राइल टेष्ट लिइने जानकारी तालिम दिने प्रशिक्षकहरुले दिएका छन् । युवतिहरुले एक्सारसाइज सवै युवाहरुले गर्ने जस्तै भएपनि उनिहरुलाई भिम, सेट अप, वेट, हाइट सवै युवाहरुकै हाराहारीमा गर्नु पदैन । उनिहरुलाई केही कम हुन्छ । भर्ति हुने उमेरको हक भने युवा र युवति दुवैको एउटै हो । युवाहरु बिट्रीस आर्मिका भर्ति भएपछि लर्डाईका लागि तयार हुनुपर्छ तर युवतिहरु भर्ति भएपनि लर्डाईमा बन्दुक बाकेर जानु पदैन, पूर्व लाहुरे प्रशिक्षक यम बहादुर गुरुङले भने- 'अरु काम त सवै गर्नुपर्छ ।'
यतिबेला लाहुरे बन्ने युवतिहरुले आँटिलो र सहासिलो पाराले सवै किसिमको एक्साइजहरु गदै तालिम लिएको देख्दा सवै छक्कै पर्छन् । रामबजार की १९ वषिर्या सोनी गुरुङलाई पनि लाहुरे बन्ने रहर पलाएको छ । पारिवारिक पृष्ठभुमि नै लाहुरे भएकाले पनि उनलाई लाहुरे बन्न हौसाएको छ । पढन नै छाडेर किन लाहुरे हुन लागेको भिम तान्दै गरेकी उनले भनिन- 'के गर्नु यहाँ पढे अनुसारको जागिर नै पाइदैन । बि्रटीसआर्मिमा भर्ति भएपछि तलब सुविधा पनि त राम्रै हुन्छ नि । बि्रटीस आर्मिमा भर्ति भएको एक सामान्य सिपाहीले नै मासिक एक लाख तलब सुविधा पाउछ । तालिम लिइरहेका अधिंकाश युवतिहरु बिटि्रस आर्मिमा भर्ति भएपछि आफनो जीवन नै फेरिने तर्क राख्दै थिए । बेलायत सरकारले भुपु गोर्खा सैनिकलाई बेलायतमै स्थायी बसोवास दिने निर्णयगरेपछि पनि युवा जस्तै युवतिमा भर्तिको आकर्षा बढेको हो ।
आफनो खुट्टामा आफै उभिन, समाजमा बिट्रीस आर्मिमा भर्ति भएर आएपछि युवाहरुले पाइरहेको मान सम्मान इज्जत देखेर मलाई पनि भर्ति हुने मोह बढेको हो, बाझापाटनकी एलिसा गुरुङले भनिन- 'बेलायत सरकारले गरेको निर्णयले लाहुरे बन्न चाहने युवतिहरुको सपना साकार भएको छ । ' तर तालिम लिएका सवैलाई भर्तिमा भने लिईदैन । । उता पोखराकै अर्जुन गुरुङलाई लाहुरे संस्कार त्यति मन परेको छैन । उनि छोराछोरीलाई लाहुरे बनाउने पक्षमा छैनन् । बेरोजगारी र गरीबी समस्या आफनै ठाउमा छ उनले भने- 'तर हाम्रा पुर्खाले अहिलेका युवापुस्ताको बानी बिगारिदिए ।'
पहिलो पटक अत्यन्त कम संख्यामा बेलायत सरकारले नेपाली युवतिहरुलाई भर्तिमा लिने बताईन्छ । यो वर्षउनिहरुको ट्राइल टेष्ट मात्र लिइने छ अर्को वर्षाट नियमित रुपमा बेलायत सरकारले नेपाली युवतिहरुलाई भर्तिमा लिने भनेको छ, लाहुरे प्रशिक्षक टोप बहादुर गुरुङले सुनाए ।
|
Musukka Hasera
Shradha Rai |
|
Khipima Khipi
Shradha Rai |
|
Binti Chha
Ang Nima Sherpa |
|
Aakha Bhari
Surendra Man Maharjan |
|
Neermaya
Prakash Lama |