पोखरामा अन्तराष्ट्रिय फुटबलको मज्जा
शिव शर्मा चञ्चल
पोखरा



साहित्य कला र संस्कृतिमा जसरी पोखरा धनी छ खेलुकदमा पनि उतिकै धनी छ । यहा हप्ता बिराएर खेलुकद प्रतियोगिताहरु हुने गरेका छन् । जुन प्रतियोगिताहरु जिल्ला, क्षेत्रिय र राष्ट्रिय स्तरका नै किन नहुन । ती प्रतियोगिताहरुले राष्ट्रिय स्तरमा उतिकै महत्व राख्ने गरेका छन् । यही यस्तै नियमित खेलप्रतियोगिताकै कारण पोखराको खेल पर्यटनको संभावनालाई बढावा दिएको छ । खेलुकदमा पनि फुटबल प्रतियोगिता त झन पोखराको पर्याय नै बनिसकेको छ । फुटबल प्रतियोगिता भनेपछि पोखरेलीहरु पनि मरिहत्तै नै गर्छन् ।

धेरैको रोजाई नै फुटबल हुने गरेको छ । आहा फुटबल पोखराको सबै भन्दा लोकप्रिय खेलकुद प्रतियोगिता हो । आहा फुटबल प्रतियोगिताले पोखरालाई राष्ट्रिय मात्र हैन अन्तराष्ट्रिय स्तरमै परिचित गराउने काम गरेको छ । यसका लागि यहा?का खेलुकद प्रेमीहरु जुर्मुराएका छन् । आहा गोल्डकप फुटबलले यहा?को खेल पर्यटनलाई बढावा दिइरहेको कुरालाई भने कसैले पनि नर्कान मिल्दैन । खेलकुद को माध्यमबाट पनि पोखराले आफनो पहिचान दरिलो बनाइरहेको छ । स्तरीय फुटबल प्रतियोगिताहरु आयोजना गरेर खेलकुदमा राम्रो स्थान बनाइहरेको पोखरामा यस पटक भने अन्तराष्ट्रिय स्तरकै फुटबल प्रतियोगिताको चाजोपाजो जुरेको छ । नेपालको राष्ट्रिय टोली र पाकिस्थान संग प्रतियोगिता हुन लागेको हो । यो ऐतिहासिक अवसर जुटाइदिएको छ फुटबलको गरिमामय संस्था फिफाले । पोखरा रंगशालामा चैत १२ र १४ गते हुन लागीरहेको यो ऐतिहासिक प्रतियोगितालाई हरेक फुटबलप्रेमीहरुले निकै महत्वका साथ हेरेका छन् । त्यसो त यो एक महत्वपुण फुबटल प्रतियोगिता पनि हो । प्रतियोगिता हुने खबरले फुटबलका पारखीहरु पनि उतिकै उत्साही बनेका छन् । चैतको उर्खमाउलो वातावरण रंगशालामा हुने यो खेलले झनै तताउने छ ।

आफनै घरेलु मैदानमा अन्तराष्ट्रिय स्तरको प्रतियोगिता हेन पाउ?दा उत्साही नहुने कुरा पनि भएन । यस्तो अवसर पोखरेलीहरुल पहिलो पटक पाउदैछन् । प्रतियोगिताको तयारीका लागि एन्फा कास्कीले सबै तयारीहरु पुरा गरिसकेको छ । दुइ देश बीचको मैत्रीपुण सम्बन्धलाई अझ प्रगाढ तुल्याउन प्रतियोगिता हुन लागेको हो । एन्फाले यसपटक गतिलो कामको थालनी गरेको छ । राजधानीबाद हावी भइरहेको खेलुकदको त्यो परिपाटीलाई यसपटक तोडिएको छ । राजधानी बाहिर पोखरा रंगशालालाई अन्तराष्ट्रिय खेलका लागि छनौट गर्नु आम खेलप्रेमी पोखरेलीहरुका लागि खुशीको कुरा हो ।यो मोफसलको खेलुकदको विकासको शुरुवात पनि हो । त्यसो त पोखरा रंगशाला कुनै पनि अन्तराष्ट्रिय खेल खेलाउनका लागि अति नै उत्कृष्ठ रहेको छ । मैदानमा बाक्लो हरियो दुबोले कार्पेट बिछ्याएको जस्तै भएको छ । अर्थात पोखरा रंगशालाको मैदान अन्तराष्ट्रिय स्तरकै मैदान जस्तै देखिएको छ । दशरथ रंगशाला भन्दा कम देखिदैन पोखरा रंगशाला । रंगशालाको मैदान मात्र हैन पर्यावरणीय दुष्टिकोणले पनि उतिकै लाभदायक छ । यही अवसरलाई एन्फाले सदुपयोग गरेको हुन सक्छ । अवका दिनमा यसरी नै अन्तराष्ट्रिय खेलुकद प्रतियोगिताहरु पोखरा रंगशालामा गराउनका लागि अहिले पाएको मौकाको सदुपयोग गर्न आम पोखरेली खेलप्रेमीहरु एकजुट हुनु परेको छ । गुट फुटको राजनिति देखी टाढा रहन सकियो भने मात्र यहा?को समग्र खेलकुदको विकास संभव हुन्छ । अहिले हुन लागेको यो फुटबल प्रतियोगिता सवै खेलप्रेमी पोखरेलीहरुका लागि गर्वको कुरा हो ।

अहिले सम्म पोखरा रंगशालाको मैदानमा कुनै पनि राष्ट्रिय टिम भिडेको थिएन । पहिलो पटक आकर्ष बनेको पोखरा रंगशालामा राष्ट्रिय टिम उत्रदै छ । नेपाली राष्ट्रिय टिम पाकिस्थानका फुटबल टोली बीच आमने सामने भएर भिडनका लागि तयारीमा जुटीसकेको छ । दुइ दिने यो खेललाई फिफाले अन्रताष्ट्रिय स्तरको मान्यता समेत दिएको छ । फुटबल खेलका लागि नेपाल टिमका प्रशिक्षक भीम थापा, बालगोपाल महर्जन र उपेन्द्रमान सिंहलाई प्रशिक्षक तोकिएको छ । पछिल्लो क्रममा नेपालले पनि फुटबलमा आफनो छवीलाई माथि उकास्न भने सकेको छैन । वर्षोनी नेपाली फुटबलको स्तर खस्कदै गएको छ । फिफाको वरियाता क्रममा नेपाल १ सय ८८ र पाकिस्तान १ सय ६६ औ स्थानमा रहेको छ । यो दुइ दिने प्रतियोगितामा फिफाको वरियाता क्रमको समेत निर्धारण हुने भएको छ । जेहोस पहिलो पटक पोखरा रंगशालाको मैदानमा अन्तराष्ट्रिय स्तरको फुटबल प्रंतियोगिता हुन लागेको छ त्यसमा नै हामीले सन्तुष्टिको महशुस गर्नुपर्छ । यो हाम्रो लागि ऐतिहासिक अवसर हो, एन्फा कास्कीका सल्लाहाकार सुदर्शन रञ्जितले भने-'सवै पोखरेलीहरुले प्रतियोगितालाई सहयोग गर्नुपर्छ ।'

पोखराको गौरव को रुपमा रहेको फुटबल प्रतियोगितालाई सवैले सकारात्मक रुपमा लिनुपर्छ । यस्तै प्रतियोगिताहरुले नै पोखराको खेलकुदको स्तरलाई अन्तराष्ट्रिय स्तरमा परिचित गराउदै लान्छ । अहिले हुन लागेको पाकिस्तान र नेपालबीचको मैत्रीपुण खेल पनि त्यसैको उपज हो । अहिले प्रतियोगिताको तयारीका लागि विभिन्न समिति उपसमिति गठन भइसकेको छ । ती समीतिहरु प्रतियोगिता सफल पार्न खटिसकेका छन् । प्रतियोगितामा भाग लिन पाकिस्तानबाट २१ सदस्यीय टोली पनि प्रतियोगिताको अघिल्लो दिन पोखरा आइपुग्ने छ । यस किसिमको प्रतियोगताको मज्जा लुटन पाउने भएपछि खेलप्रेमी पोखरेलीहरु हषिर्त देखिएका छन् । प्रतियोगिताको मज्जा लुटन सवै खेलप्रेमीहरु त्यही दिनको व्यग्र पर्खाइमा छन् ।