
बिहान उघ्रेपछि लब्ली डाँडोमा मर्निङवाकमा उक्लनेहरूको लर्को लाग्छ। आज म पनि लर्कोमा परे'। हिजोअस्ती यतिखेर म फर्किसकेको हुन्थे'।
हतारोमा डाँडो उक्लँदा स्वाँस्वाँ हुनु स्वभाविकनै भयो। छाति पनि गरुङ्गो भएर आयो। रुख नभएको पहिलो विसौनीको चौतारोमा एकछिन अल्झिए'। हिजोअस्ती म यहाँ अल्झिन्नथे' माथि थाप्लोमा पुगेर मात्र रोकिन्थेँ।
चौतारो वरपर छरपस्ट रामदेव स्वामीका चेलाचेलीहरू घरी यताको घरी उताको नाकको प्वालको पोर्रा फुलाउँदै 'स्वीफ्वीं, स्वीफ्वीं' गरिरहेका थिए। कोही अटाइ नअटाइ खाएर फुलेका पेट 'ख्वार्लाक-ख्वार्लाक' हल्लाइरहेका थिए। 'हाहा हा, हाहा हा' गर्दै डाँडो नै थर्काएमान हुने गरी रावण हाँसो हाँस्नेहरूको संख्या पनि कम थिएन।
चौतारोमा बसेर व्यायाम गरिरहेकामध्य एकले हत्केलाको सूर्ति दुई औलाले चेपेर ओठमा कोच्दै भने? 'यार आज त अचम्मकै सपना देखियो नि!'
'कस्तो सपना देख्यौ र त्यस्तो ? ' नजिकै नाक थुन्दै, छोड्दै 'स्वीफ्वीं स्वीफ्वीं' गरिरहेका साथीले जिज्ञासा राखे।
अलिपर लम्तन्न परेर घरी दायाँ गोडा, घरी बायाँ गोडा तलमाथि गरिरहेका साथीले जिस्काउँदै भन्यो? 'के सपना देख्थ्यो यसले? उही राष्ट्रपति भएको सपना देखेको त होला? '
'नकरा तँ', बिहान? बिहान उडाउने कुरा गर्छस्।' सपनाको कुरा गर्ने साथी अलि झर्किए।
'के उडाउने कुरा?' गोडा उडाइरहेका साथी गोडा झारेर पलेँटी मार्दै भने? 'तँ' बिहान उठेदेखि बेलुकी नसुतेसम्म राष्ट्रपति?राष्ट्रपति भन्दै बस्ने अनि राष्ट्रपतिको सपना देखिस होला भन्दा झर्किने ? तँलाई थाहा छैन मान्छेले विपनामा जे कुरा बढी सोच्छ सपनामा त्यहीकुरा प्रतिविम्बित हुन्छ भन्नेकुरा।' दोस्रोले भन्यो।
'आ.. छोडिदेऊ त्यो राष्ट्रपति सास्त्रपतिको कुरा..' बायाँ हातले बायाँ नाकको प्वाल थिच्दै स्वीफ्वीं गरिरहेको साथीले भन्यो?'त्यो राष्ट्रपति बन्ने भन्नेकुरा त भित्ते भैसक्यो।'How-how where-where mice son run palace'
'के भनेको त्यो ?'
'के भन्नु नि ? 'कस्ता ? कस्ता कहाँ गए, मुसाको छोरा दरबार' भनेको।
'हो, मैले सपनाको त्यही मुसीको कुरा गर्न लाग्या त हो नि।
'सपनामा मुसीको कुरा ?' आर्श्चर्य मान्दै गोडा उठाउने साथीले सोध्यो।
'त्यै त म भन्दैछु।' सपना देख्ने साथीले सपनाको बयान गर्न थाले? 'बिहानीपखको सपनीमा एउटी जवान मुसी दूलाबाट निस्की। मलाई नजिकै देखेर सोधी? 'संसारमा सबैभन्दा बलवान को छ, म त्यर्सैसंग बिहे गर्छु' मैले भनेँ? 'सबैभन्दा बलवान त 'समय' छ।' उसले भनी? 'समय त मेरो मुठ्ठीमा छ, मैले जे भने' त्यही हुन्छ।' 'त्यसो हो भने र्सूयलाई मनाई हेर,' मैले भने'। 'त्यो त गरम छ हुन्न भनिन्।' र्सूयले बादल देखाए। 'बादलमा बिजुली छ हुन्न' भनिन्। बादलले पहाड देखाए। 'पहाड भारी छ हुन्न' भनिन्। पहाडले रुख देखाए, रुखले हावा? हुरी देखाए, हावाहुरीले समयलाई देखाए। अन्तत समय नै बलवान देखियो, समयले मुसीलाई दुलामै पठाएर मुसोस'गै बिहे गर्राई दिए।'
'यार तेरो यो सपना त नेपालको वर्तमान राजनीतिजस्तै रहेछ। यो हुन्न, त्यो दिन्न भन्दाभन्दै आखिर भागमा त भित्तै परेजस्तो।' - brshakya07@gmail.com
|
Musukka Hasera
Shradha Rai |
|
Khipima Khipi
Shradha Rai |
|
Binti Chha
Ang Nima Sherpa |
|
Aakha Bhari
Surendra Man Maharjan |
|
Neermaya
Prakash Lama |