


चिसो ठाँउ अनि मुटुको रोगी । हिमाली क्षेत्रको यात्रा गर्नु आफैंमा चुनौती पुण । अझ त्यसमा पनि विश्वकै उच्च हिमाली भन्ज्याङ थोराङला पास जस्तो ठाँउ । बाह्रै महिना चिसोले मुटु नै कमाउने ठन्डी । थोराङ क्रस गर्नु कुनै ठट्ट थिएन् । १३ महिना अघिमात्रै मुटुको शल्यक्रिया गरेका ऋषि बुढाथोकीले ५ हजार ४ सय १६ मिटर अग्लो हिमाली भन्ज्याङ थोराङला पास गरेपछि आफु मुटु रोगी भएको विर्सिए । 'मैलै आफैलाई जितें ।' थोराङला पास गरेपछि उनले भने-'जीवनको सबैभन्दा ठुलो उपलब्धी हासिल गरे ।' चिसोबाट बच्नुपर्ने मुटुरोगी उनी थोराङको ठन्डीलाई चिर्दै सहज पारगरेपछि उनी अरुलाई पनि थोराङ क्रस गर्न हौस्याँउछन् । भनिन्छ नि-'सकिन्छ सगरमाथा चढ्नु सकिदैन थोराङ क्रस गर्नु ।' यो भनाई विदेशीलाई मात्रै होइन अब स्वदेशीलाई पनि लागू हुदैं । मुटुरोगीको सहजा यात्रापछि बनेको थोराङ नेपालीलाई अब हाउकुजी रहेन् । थोराङपासलाई हाउकुजी नै सम्झदाँ स्वदेशी पर्यटकको पाइला निकै कम टेकिएको छ थोराङमा । विदेशीसित गएको पथप्रदर्शक र भरिया बाहेक आफु खुशी थोराङ क्रस गर्ने नेपाली नगण्य नै छन् । 'थोराङको हाउकुजी मनमा पालेर यात्रा गर्नु हुदैन् ।' सञ्चारकर्मी र्सुयचन्द्र बस्नेत भन्छन-'मानसिक रुपमा सबल र आत्मविश्वास लिएर गए सजिलै क्रस गर्न सकिन्छ ।' आन्तरिक पर्यटक-नेपाली)ले अनायासै हाउकुजी सम्झेर बीचैबाट र्फकन्छन् । अग्लो ठाँउ र धपडी गरेर हिड्दा लेक लाग्ने समस्या पनि उत्तिकै रहन्छ । ठाँउ अनुसारको बातावरणमा आफुलाई ढाल्दै अगाडि बढ्नु नै उपयुक्त हुन्छ । नेपाली लेक लाग्छ भन्ने हाउकुजीले तर्सने गरेका छन् । पहाडी क्षेत्रमा जन्मिएका नेपालीलाई खासै लेक लाग्ने समस्या भने रहदैन् । 'आँट र आत्मविश्वास चाहिन्छ ।' बस्नेत भन्छन-'लेकलाई मनभित्र हाउकुजी बनाउनु हुदैन् ।' पहाडी जनजीवनमा हुर्किएका र्सवासधारणले चिसोलाई पचाउने हुदाँ समस्या नपर्ने उनको अनुभव छ । 'स्वास्थयप्रति र्सतकता अपनाउनुपर्छ ।' उनी भन्छन-'सामान्य औषधी लिनुपर्छ । लेक लागेको अवस्थामा छिटो रेश्कु गरेर तल झार्नु बुद्धिमानी हुन्छ ।' अर्का सहकर्मी ओम हमालको पनि अनुभव उस्तै छ-'मनभित्र तर्कना गरेर दुविधा भएर हिड्नु हुदैन् ।' यात्रा शुरुहुन्छ लम्जुङको बेशीशहरबाट । बेशीशहरसम्मको कालोपत्रे मोटरबाटोपछि फेरी हुन्छ कच्ची मोटरयात्रा । करीब एकाध घण्टाको सफरपछि मोटरले भुलभुलेमा ओराल्छ । भुलभुलेबाट राउण्ड अन्नपर्ूण्ाको पदयात्राबाट अगाडि बढ्छ । वषाको मौसम पहिरोले बाटो नै अबरुद्ध बनाएको थियो । सिमसिमे पानीसँगै पाइला अगाडि बढाउनुको अनुभूति बेग्लै छ । पहिरो छिचोल्दै गन्तव्यसम्म पुग्नु नै प्रमुख चुनौती हाम्रो सामु थियो । सात घण्टाको पैदलपछि लमजुङकै स्याँगेमा पहिलो बास बसियो । अग्लो पहराको फेदीमा सिमसिमे पानीले गिज्याई राख्दा मर्स्याङदी नदीलाई सिरानीमा राखेर निदाउनुपर्ने विवशता रहृयो । विहानको झुल्के घाम अगावै यात्रालाई निरन्तरता दियौं । चारजनाको समूहमा रहेको हामी पेशाले सञ्चारकर्मी थियौं । यात्रा सबैलाई नयाँ र नौलो थियो । सबैको मनमा मनाङ अनि थोराङपासको कौतुहलता मानसपटलमा चित्रित थियो । मर्स्याङदीको बेजोड सुसाहटले पनि पदयात्रालाई रोमान्चित बनाएको अनूभूति गर्दा थकित पाइलापनि विस्तारै अगाडि बढेको अुनभव गर्यौं । १२ सय मिटरको उचाईबाट एकैचोटी २६ सय मिटरको मनाङ सदरमुकाम चामेमा पुगेर त्यसदिनको यात्रालाई विट मार्यौं । नाकै ठोक्किने ठुलो पहराको चेपमा रहेको चामे बजार अनि बजार छेवैबाट बहेको मर्स्याङदी । सधै बजार क्षेत्रमा कलम चलाएका सञ्चारकर्मीलाई स्थानीय बासिन्दाले समेत हौंस्याउँदा मनमा थप उर्जा पैदा भएको थियो । पाइला अगाडि बढाउँदै तेस्रो दिनको गन्तव्य बगरछाप बन्यो । निर्माण गरिदैं गएको मोटरबाटोले पनि पदयात्रालाई सहज बनाएपनि मोटरबाटै कारण पदायात्रा मार्गमा बसेका होटल व्यवसायी भने निकै चिन्तित बनेका थिए । सडक पर्ुवाधारको नाममा आफ्नो रोजीरोटी नै खोसिने सम्भावनाले होटल व्यवसायी पिरोलिएका छन् भने अर्कोतिर स्थानीय र्सवासाधारण भने सहज यात्रा गर्न पाउदाँको खुशी बेग्लै थियो । कतै उराठिलो चट्टाने पहाड अनि हरियो घाँसे मैदानले यात्रालाई रमाइलो बनाएको थियो । प्राचीन बस्ती, बस्तीका पुराना प्रकृतिका घर पनि मनमोहक थियो । धुलो र धुवँा अनि सवारी साधानको ध्वनीलाई पन्छाउँदै हिमाली पारी पुग्दा बाटोको किनारमा बहेको मर्स्याङदी र हरिया बुट्टयान एवं अग्ला पहाडबाट झरेको झरनाले यात्राको थकाई कम भएको आभास हुन्थ्यो । ३९ सय मिटरको मनाङमा पुगेर हाम्रो यात्राले फेरी एकपटक पुणविराम लियो । स्थानीय बासिन्दासितको अन्तरक्रियाले पनि मनाङप्रति प्रष्ट चित्र कोरिसकेको थियो । मनाङबाट मनमष्स्तिकलाई एकिकृत गर्दै पुण रुपमा थोराङपासलाई केन्द्रीय गरी यात्रा अगाडि बढ्यो । थोराङ खोलाको गडगडाहटसँगै बहने चिसो हावाले मुटुलाई कम्पन गर्दै थियो । बाटोमा फुलेका फुलहरुले सुगन्ध र्छकदा यात्रालाई रमाइलो बनाएपनि त्यही फुलको गन्धले लेक लाउने समस्याले पनि उत्तिकै सताएको थियो । ढुंगे पहराबाट आउन सक्ने खतराले मनभित्र चिसो पसेको थियो । माथि उराठ लाग्दो पहरा तल थोराङखोला, केवल मानव पाइलामात्रै अटाउने बाटोबाट यात्रालाई छिचोल्नु जति कठिनाई र चुनौतीपुण थियो उत्तिकै साहसिक पनि । ४४ सय मिटरको उचाई थोराङ फेदीमा दिउँसो चारबजे पाइला टेकियो । थकान र टाउको दुखाईले समस्या बनाउँदा यात्रालाई टुंग्याउने योजनामा सबै थियौं । करीव डेढघण्टाको विश्रामपछि ४८ सय मिटर अग्लो थोराङको हाइक्याम्पमा बास बस्दा रातभर पानी परेर हिमाल नखुल्ने होकि भन्ने चिन्ताले सताएको थियो । हिउँदको सिजनमा अध्यँरी रातमा र्टच लाइटले पाइला पछ्याउदै हिड्दाँ अनुभव गर्न नपाएपनि वषायामको प्राकृतिक सौर्न्दर्यलाई हेर्दै हिड्दाको मजा बेग्लै थियो । करीव दुइघण्टाको यात्रापछि थोराङला पास पुग्दा थकान मेटिएको थियो । पर्यटकको आगमनको बृद्धिसँगै थोराङला पासमा फोहोरको समस्या बढ्दै गएको छ । मनाङबासीले थोराङला पासलाई १२ महिना खुला गर्ने योजना बनाएका छन् । १२ महिना सञ्चालन गर्न आवश्यक पर्ने रेश्कुको लागि अन्नपुण संरक्षण क्षेत्र आयोजना एक्यापले एकलाख रुपियाँ आर्थिक सहयोग समेत गरेको छ । हिउँदमा हिउँपर्दा बाटो नै नदेखिने हुदाँ युवाहरु परिचालन गरी बाटो खुलाउने स्थानीय होटल हाइक्याम्पका सञ्चालक क्युरेम गुरुङ बताउँछन् । आधा घण्टाको बर्साईपछि सिधै तल मुक्तिनाथ झर्दै यात्रालाई सहज बनायौं । आठदिनको यात्रापछि पोखरासम्म आउँदा थोराङला पास गरेको क्षण मनभित्रै ताजा छ । तस्बिर : लेखक
|
Musukka Hasera
Shradha Rai |
|
Khipima Khipi
Shradha Rai |
|
Binti Chha
Ang Nima Sherpa |
|
Aakha Bhari
Surendra Man Maharjan |
|
Neermaya
Prakash Lama |