


नेपालीहरुको मुख्य चाड दशै विदाको उपयोग गर्दै असोजको सुरु देखिनै मृख्य पर्यटकीय सिजनमा अन्नपुर्ण पदयात्राको मुख्य पर्यटकीय स्थल मुस्ताङ्गको विभिन्न क्षेत्र घुम्नको लागि विदेशी पर्यटक सँगसँगै नेपालीहरुको घुइचो लागेको छ । खासगरी युवा पुस्ताका नेपालीहरु मुस्ताङ भ्रमणमा निकै आकषिर्त भएका छन् ।
यस क्षेत्रमा शान्ति बहालीपछि पर्यटक आमगनको संख्या निकै बढेको छ । पर्यटकीय मुख्य सिजन सुरुवातसँगै माथिल्लो मुस्ताङ, जोमसोम, मार्फा, मुक्तिनाथ लगायतका क्षेत्रहरुमा विदेशी पर्यटकहरुको लस्कर बढ्दैछ । हिन्दुहरुको महान चाड बडादशैको सुरुवातसँगै खासगरी मुक्तिनाथ जाने पर्यटकहरु बढेपनि दशैको बिदा र मौसम सफा भएका कारण पर्यटकीय याममा यस क्षेत्रमा नेपाली पर्यटकको घुइचो बढेको पर्यटन व्यवसायीको भनाई छ ।
" मुस्ताङमा वर्षोनी नेपाली पर्यटकहरुको बढ्दै छन्, तल्लो मुस्ताङको तुलनामा माथिल्लो मुस्ताङमा पनि नेपालीहरु निकै आउन थालेका छन्," माथिल्लो मुस्ताङको चराङमा होटल व्यवसाय गर्दै आएकी माया विष्ट भन्छिन् ।
असोज लाग्नासाथ दैनिक बेनीदेखि रुप्से झरनासम्मको मोटरबाटोमा एउटै बसले आठ दश खेप ओसार्दा पनि नेपालीहरुको भीड नघटेको बरु बस नपाउनेहरु हिडेरै जाने गरेको बेनी रुप्से बसका चालक पुनम पुनले बताए । उनका अनुसार अहिले पनि दैनिक डेढ दुइसय नेपाली मुस्ताङ लागीरहेका छन् ।
पोखराका अनन्त कोइराला र काठमाण्डौ महाराजगञ्जका मदन अर्यालले मुस्ताङको भौगोलिक बनौट, हिमाली दृश्य, सांस्कृतिक सम्पदा र मुक्तिनाथ दर्शनीय पर्यटकीय गन्तव्यका कारण विदेशीसँगसँगै नेपालीहरु पनि घुम्ने क्रम बढेको अनुभव सुनाउँछन् । मोटरबाटोको निर्माणले विदेशी पर्यटकलाई वैकल्पीक पदयात्रा मार्ग बनाउनुपर्नै यहाँका व्यवसायीको आवाज उठेको छ । अन्नपुर्ण संरक्षण क्षेत्र आयोजनाले वैकल्पिक पदयात्रा मार्गको अध्ययन गरी निर्माणको प्रक्रियालाई अघि बढाएको छ ।
धार्मिक स्थल मुक्तिनाथ, मार्फा, लोमान्थाङ्ग, जोमसोम, तातलैया, कुण्ड, उच्च हिमाली गाउँ, गुम्वा लगायतका क्षेत्रमा नेपाली पर्यटकहरु पनि प्रशस्त मात्रामा बढेका छन् । अन्नपुर्ण संरक्षण क्षेत्र कार्यालय एक्याप मुस्ताङका अनुसार सन् २००६ को तुलनामा २००७ मा मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या ४२ प्रतिशत बढेर २३ हजार २२६ पुगेको छ ।
जबकी २००५ मा १९ हजार १२१ पर्यटक भित्रिएकोमा २००६ मा १४ प्रतिशतले घटेर १६ हजार ३५६ पर्यटक मात्र पदयात्राका लागि यस क्षेत्रमा आए ।
तर यसवर्षो जनवरीदेखि जुनसम्ममा भने सोही अवधिको अघिल्लो वर्षो तुलनामा १३ प्रतिशतले पर्यटक बढेर ११ हजार पुगेको एक्याप मुस्ताङका कार्यालय प्रमुख मनिष पाण्डेले राससलाई बताउनुभयो ।
" शान्ति वहालीपछिको सहज वातावरणले पर्यटक आउने क्रम बढेको छ, साथसाथै नेपालीहरु पनि मुस्ताङमा निकै बढेका छन्," एक्याप मुस्ताङ कार्यालयका प्रमुख मनिष पाण्डे भन्नुहुन्छ ।
सन् २००१ मा २० हजार ८१५, २००२ मा १४ हजार ८६७, २००३ मा १७ हजार ६९८ र २००४ मा १५ हजार पर्यटकले हिमालपारिको यो जिल्लामा भ्रमण गरेका थिए ।
मुस्ताङमा पर्ने प्रसिद्ध धार्मिक स्थलका मुक्तिनाथ मन्दिर, दामोदर कुण्डका कारण हिन्दु धर्मालम्वी नेपाली मात्र नभै भारतीय पर्यटकहरु पनि यस क्षेत्रमा भ्रमण गर्छन् । गर्मीयाममा भारतका धेरैजसो चेर्न्नई, मद्रास, बैंग्लोर, हैदराबादका हिन्दुधर्मालम्वीहरु पैदल र हेलिकप्टरबाट मानसरोवर हुँदै पनि आउने गर्छन् । मौसम राम्रो हुँदा श्री र मनाङ एअरका हेलिकप्टरले दैनिक छ देखि १० सम्म उडान गर्नै गरेको मुत्तिनाथ विकास समितिका कर्मचारी रुद्रनाथ पौडेलले बताए ।
शान्ति वहालीसँगै विदेशी मात्र नभै युवापुस्ताका नेपालीको पनि रोजाईमा मुस्ताङका विभिन्न क्षेत्र पर्नै गरेकोले पनि आन्तरिक पर्यटकको संख्या बढ्ेको र नेपाली, भारतीय र तेस्रो विश्वका पर्यटक मुस्ताङमा बढी भन्दा बढी भित्रयाउन प्रचारप्रसारको खाँचो रहेको बताइएको छ ।
सन् २००७ मा मनाङ हुँदै १४ हजार पर्यटकले पदयात्रा गरेकोमा करिव ९० प्रतिशत संसारकै र्सवाधिक उचाईको हिमाली भञ्ज्याङ्ग पाँच हजार ४१६ मिटर उचाईको थोराङ पास गरेर मुक्तिनाथ हुँदै पोखरा निस्कीएको एक्याप मनाङका प्रमुख सन्तोष शेरचनले बताए ।
म्याग्दीको वेनी, जोमसोम हुँदै मुक्तिनाथसम्म झण्डै सय किमी मोटरबाटो निर्माण भएर हिउँदमा नियमित मोटरसेवा चल्न थालेको छ । रुप्से झरनादेखि लेतेसम्म पहिरोका कारण झण्डै दुइतीन घण्टा भने पैदल हिड्नुपर्ने बाध्यता छ ।
मोटरबाटोका कारण हिमाल, पहाड, वनस्पति, जनावर, गाउँघर, जनजीवन संस्कृति हेर्दै पदयात्रा गर्न रुचाउने पर्यटकहरुलाई अन्नपुर्ण क्षेत्रका अधिकांश खण्डमा मोटर बाटो बनेर नकारात्मक असर परेकोले मुस्ताङका विभिन्न खण्डमा वैकल्पिक पदयात्रा मार्ग निर्माणको लागि बाटोको पहिचान गरी साइनवोर्डहरु राखिएको र निर्माण प्रक्रियालाई अघि बढाइएको प्रमुख मनिष पाण्डेले जानकारी दिनुभयो ।
|
Musukka Hasera
Shradha Rai |
|
Khipima Khipi
Shradha Rai |
|
Binti Chha
Ang Nima Sherpa |
|
Aakha Bhari
Surendra Man Maharjan |
|
Neermaya
Prakash Lama |