ENTERPRENEUR Archive
पिता टिका राम बास्तोला र माता सिता बास्तोलाका कान्छा सुपुत्रका रुपमा वि.स.२०२६ साल फागुन २७ गते पोखाराको महेन्द्रपुलमा जन्मिनु भएका अनुज बास्तोला आजको समयमा आईपुग्दा सफल युवा उद्यमीको रुपमा चिरपरिचित बन्न सफल हुनुभएको छ
 वेलायतमा होटल म्यानेजमेन्टको अध्ययन सकेपछि पोखराका किरण केसी उतै जमिसकेका थिए । तर उनलाई विदेशमा जमेर बस्न त्यति निको लागेन । मन- मनै धेरै गमे उनि र केही गर्नुपर्छ भनेर स्वदेश फर्किए । धेरै नेपाली युवाहरु अमेरिका वेलायतको मुख ताकीरहेको वेला उनि भने आफनो 'स्टेन्डर' जागीर छोडेर स्वदेश फर्किए ।
पोखराका प्रसिद्ध युवा उद्यमी निरञ्जन श्रेष्ठ हाल लक्ष्मी हाउसका कार्यकारी निर्देशक हुनुहुन्छ । सुजल फुड्स, सफल दुध लगायत खाद्यजन्य पदार्थ उत्पादनको क्षेत्रमा नेपालमा महत्वपूर्ण स्थान ओगट्न सफल लक्ष्मी हाउसले श्रेष्ठको नेतृत्वमा दिनदिनै ब्यबसायिक सफलता पाउदै गएको छ ।
१३ बर्षअघि अघिल्लो पुस्ताको ब्यबसाय काँधमा थापेर ब्यबसायिक क्षेत्रमा प्रबेश गर्नुभएका सुशीलमान प्रधानाङग सँग अहिले आफ्नो भन्दा पनि संस्थाको पहिचान दरिलो छ । पोखराबाट ब्यबसायिक यात्रा शुरु गरेको उहाँको सेलवेज डिपार्टमेन्टल स्टोरले अहिले राजधानी काठमाडौको समेत बजार कारोबारको ठुलो हिस्सा ओगट्छ ।
  पोखराकै चर्चित Business House गोशली हाउस अहिले भर्खरै ३० नाघेका युवाको काँध मा छ । करोडौको कारोबार सँगै नेपालको आर्थिक बिकासको सपना बोकेका युवा उद्यमी सुनिल गोशेली युवा उद्यमीहरुको संस्था NYEF Pokhara Chapter -YES  को अध्यक्ष छन्
पोखरामा फेसन शो हुने वित्तिकै झट्ट सविता शेरचनको नाम आउछ । अहिले पोखरामा सविता र फेसन पर्यायवाची नै भइसकेको छ । अहिले पोखरामा चलेको वुटिक पनि उनकै हो । वुटिकमा आउनेहरुको भीड त्यतिकै मात्रमा वढेको छ ।
झट्ट हेदा कुनै सिनेमाको हिरो जस्तो देखिने २६ वर्षौ युवा हँसिलो लवजमा भन्दै थिए-'सवैले युवा उद्यमी भन्छन्, तर मलाई अझै धेरै सिक्न बाकी छ ।' हो त यति कम उमेरमै यतिका धेरै जिम्मेवारी सम्हाल्नु चानचुनै कुरा पक्कै हैन ।