GET_CLOSE_WITH Archive
साझ पख एकान्तमा, तिमीलाई म दोवाटोमा, आँखामा तिमीलाई आदी गीत सुन्ने वितिकै दर्शक तथा स्रोताले उनलाई चिनिहाल्छन् गायक नविन के भट्टर्राई भनेर । २०३० सालमा काठमान्डौमा जन्मेका गायक भट्टर्राई ले आफना कणप्रिय गीतहरुका माध्यमवाट स्वदेशी तथा विदेशमा रहेका नेपालीहरुको मन जित्न सफल भएका छन् ।
मै ठुली भईछु रे.............यो गीत सुनेपछि धेरैलाई अनुमान लगाउन गारो पदैन उनि को हुन भनेर । हो त अहिले पछिल्लो क्रममा चलेको गीत की गायिका हुन रेश्मा सुनुवार । दुइ एल्बम बजारमा ल्याईसकेकी रेश्मालाई अहिले गायन क्षेत्रमा स्थापित बनाएको छ । ओखलढुङ्गा खिजी चण्ढेश्वरीबाट ०४७ सालमा राजधानी भित्रिएकी गायिका सुनुवार अहिले महिला गायिकामा आफनो नाम लेखाएकी छिन् ।
अविनास घिसिङ । हिपप शैलीका गीत गाएर युवापुस्ता माझ लोकप्रिय बनेका घिसिङलाई ल्हासाको चिसो गीतले स्थापित गरायो । सिन्धुपाल्चोकका स्थायी वासिन्दा २७ वषिर्य घिसिङ ढुकढुकी अर्वाड इमेज अर्वाड पनि पाइसकेका छन् ।
मौसमी गुरुङ चर्चित पपगायिका । नेपालमा महिला गायिकाको संख्या हेर्नेको भने अति नै न्युन रहेको छ । संख्या थोरै भए पनि स्तरीय गीत गाउनेहरु नै छन् । ओखलढुङ्गा रुमजाटार पुख्यौली थलो भएकी मौसमी अहिलेकी लोकप्रिय गायिका हुन ।
भगवान भण्डारी । युवापुस्ताका लोकप्रिय लोक तथा दोहोरी गायक । जन्म २०३० साल रत्नपुर स्याङजा । खैरेनीमा गेट, फुलमा भमरा, वनमा काँढा छ , कोठी गालैमा, त्यो मन कस्तो छ, र्राईफल भिरेर, विग्रियो चाल पनि, गयौ धोका दिएर आदी चर्चित लोकदोहोरी गीतका एल्वमका गीतहरु गाउने गायक यिनै हुन ।
प्रशान्त तामाङ, नेपाली मुलका तेस्रो इन्डियन आइडल । अहिले सवैतिर उनको चर्चा छ । दार्जिलिङका यी २४ वर्षौ तन्नेरी इन्डियन आइडल घोषित भएपछि नेपाली माझ पहिलो कर्न्सट गर्न आइपुगेका हुन । काठमान्डौ र पोखरामा कर्न्सट गर्न आइपुगेका प्रशान्तको क्रेज निकै देखियो ।
तिमीले साथ छोडी दिदाँ...........  गायक जितेन लेप्चा... तिमीले साथ छोडिदिदाँ मेरो के हाल भएको छ, पाइलाहरु तिमीले मोडीदिदा मेरो बेहाल भएको छ, । अहो यति मिठो गीत कसले गाएको होला । उनि अरु केही नभई माझिएका स्वरका धनी जितेन लेप्चाले गाएका हुन । उनको एक्सट्रा एल्बममा यो गीत समेटिएको छ । हो त जीतेनलाई यही गीतले चिनायो ।
सुगम पोख्रेल, युवापुस्तका चर्चित पप गायक । जन्म २०३६ साल । उनका गीत सुन्नेहरु कम्मर मर्काएर ननाच्ने विरलै हुन्छन् । पूर्वको मोरङ मंगलवारे भलुवा स्थायी घर भएका सुगम अहिले राजधानीमा बसेर गायनमा तहल्का मच्चाएका छन् ।
वसुन्धरा भुषाल । नेपाल चलचित्रकी अभिनेत्री । जन्म २००७ साल क्षेत्रपाटी काठमान्डौ । चलचित्र क्षेत्रमा लागेर उनले चार दशक भन्दा वढी समय विताइसकेकी छिन् । नेपाली चलचित्रकी उनि पहिलो हास्य अभिनेत्री पनि हुन् । रंगमञ्चवाट उनि चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् ।
ससुरालीमा ,व्युटी नम्वर वान, फोटो फिर्ता लेउ, पिएन क्याम्पस तानसेन खस्यौली उनका लोकदोहोरी गीतका एल्वम हुन । उनका यी सवै एल्वमले नाफा कमाए । उनि नेपाल टेलिभिजन वाट प्रसारण हुने सुसेली कार्यक्रमका सञ्चालक पनि हुन । हिट्स एफएम अर्वाड देखि दर्जनौ संघ सस्थावाट सम्मानित भइसकेका छन् । निरमाया रोधी क्लवका निर्देशक र राष्ट्रिय लोकदोहारी गीत प्रतिष्ठानका केन्द्रिय सदस्य समेत हुन । छोटो समयमै उनले लोक तथा दोहोरीगीतमा आफनो भिन्नै पहिचान वनाइसकेका छन् ।