INTERVIEW Archive
उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम यतिखेर चर्चामा छन् । संयुक्त सरकारमा सहभागी एमालेको नेतृत्वकर्ता गौतमले शपथग्रहण लगत्तै सुरक्षा व्यवस्थामा कडाइ गर्न दिएको आदेशले रात्रिकालीन व्यवसाय जोखिममा परेको व्यवसायीहरूले तर्क गरेका छन् ।
राजकाजी गुरुङ 'करण' माओवादीमा यो नाम नयाँ होइन् । भर्खरै सम्पन्न सविधान सभाको चुनावको संविधान सभा सदस्यमा निर्वाचित हुनुहुन्छ । कास्कीको क्षेत्र नं २ बाट निर्वाचित गुरुङ माओवादीमा जनयुद्ध शुरुहुनु अगावैदेखि आवद्ध हुनुहुन्थ्यो ।
सात तालको बैंगचा शहरको रुपमा घोषणा गरिएको लेखनाथ नगरपालिकाको उद्योग वाणिज्य संघ लेखनाथको पहिचान आफनै छ । ग बर्गमा उत्कृष्ट हुदैं वर्षोनी नेपाल उद्योग वाणिज्य महासंघबाट सम्मानित हुदैं आएको लेखनाथ उद्योग वाणिज्य संघले लेखनाथ नगरपालिकाको आर्थिक, कृषि, औद्योगिक र पर्यटन विकासको लागि महत्व  पुर्ण  भूमिका निर्वाह गर्दै आएको छ ।
 नविन गुरुङ पोखरेलीको लागि नयाँ नाम भने होइन् । सहारा क्लबका पर्यायको रुपमा रहदैं आएका नविन गुरुङ फुटबल प्रेमीमाझ निकै लोकप्रिय भइसकेका छन् । सहारा क्लबको अनाथ तथा असहाय बाल खेलाडीहरुको लागि बेलायतमा बस्ने गुरुङले आर्थिक, भौतिक एवं नैतिक सहयोग गर्दै आएका छन् ।
स्वरमा निखार भएका अमित पल तेस्रो इन्डियन आइडल का उपविजेता । सिलाङ मेघालयका २४ वर्षउनि एक कम्युटर सफ्टवेयर कम्पनीमा कार्यरत छन् । पहिलो पटक नेपालमा कर्न्सटका लागि धरान, झापा हुदै पोखरा आइपुगेका अमित यहाँ आम पोखरेली युवायुवतिको ढुकढुकी बन्न पुगे ।
सँधैको प्रतिपक्षी त होइन, तर पार्टी भित्र पनि अलगधारको कुरा राख्दा कहिलेकाही त्यस्तो स्थिती आउँछ । पार्टी संगठन भित्र आफ्ना धारणा राख्नुपर्छ र कुन सिद्धान्त  र बाटोमा अघि बढ्नुपर्छ भन्ने मार्गलाई छलफल गरेर अघि लैजानुपर्छ ।
सशस्त्र सङ्र्घषमा रहेको नेपाल कम्युनिष्ट पार्टी माओवादी र सरकारबीचसुरु भएको उच्चस्तरीय वार्ता राजनीतिक सहमतिका लागि सकारात्मक मानिएको छ । अन्तरिम संविधान, अन्तरिम संसद, अन्तरिम सरकार, संविधानसभाको निर्वाचन र राजतन्त्रको भूमिकाका विषयमा सातदल र माओवादीका उच्च नेताबीच छलफल भएको छ ।
हँसिलो अनुहार र होचो तर फुर्तिलो कदका विक्रम थकाली युवावस्थामै पोखरेली फुटबल ड्राराईभिङ सिटमा बसेका छन् । सात वर्षअघिसम्म उनी आफै फुटबल खेल्दै थिए । उनी अहिले सहारा क्लबका अध्यक्ष छन्