LIFESTYLE Archive
तपाई थकीत हुनु भएको छ , आलश्यता बढेको छ अनि जिउँ दुखेको छ भने धन्दा मान्नु पदैन । सिधै मसाज सेन्टर गएर मसाज गर्नु भयो भने यो सवै समस्याको निधान सजिलै हुन्छ । त्यही भएर त मसाज अहिले हरेकका लागि अति आवश्यक स्वास्थ्य उपचार बनिसकेको छ ।
पोखरा आएपछि माइनफ्रेस र रोमान्सका लागि कुन ठाउँ रोज्ने - यसको जवाफ दिइरहनु पदैन सवैले सहजै भनिहाल्छन् फेवाताल । मन बहकाउने देखि युगल जोडीहरु सुस्ताउने एउटा गन्तव्य नै बनेको छ फेवाताल । स्वदेशी हुन या विदेशी फेवातालको कञ्चन पानीमा जलविहार नगरी र्फकदैनन् ।
पोखराको सुन्दरता एकातिर छदैछ अर्कोतिर यहाँको थरी थरीका परिकारको स्वादको विविधता झन बेग्लै छ । त्यसमा पनि हरेक लागि पहिलो रोजाई हुने गर्छ लठ्ठ पार्ने थकाली परिकार । विदेशीहरु झन ज्रि्रो फड्कारेर थकाली परिकारमा मग्न हुन्छन् । 
लाहुरे बन्नका लागि तन्नेरी युवा मात्र अग्रसर हुने गर्थे । तर यस वर्षदेखि युवतिहरु पनि लाहुरे बन्नका लागि कसरत गदैछन् । बेलायत सरकारले सन् २००९ देखि नेपाली युवतिहरुलाई पनि भर्ति गर्ने निति बनाएपछि यतिबेला लाहुरे बन्न पोखरा रंगशालामा तालिम लिने युवतिहरुको हूल बाक्लिएको छ ।
सुजित र शितलको प्रेम फक्रिएको पनि एक वर्षवितिसकेको छ । उनिहरु दुवै जना आजभोलि डेटिङका लागि सराङकोट पुग्ने गर्छन् । मुसुक्क्क मुस्कुराएको सेतो हिमाल हेदै उनिहरु मायाको भिन्नै संसारमा रमाइरहेका हुन्छन् ।
पोखरा-आहा कति झलल्ल । उज्यालोमा के हुन्थ्यो यस्तो । डान्स डिस्को र रमाइलो त रातमै गजव । रात्री जीवनमा अलौकिक आनन्द लिन पाए पछि यसै भन्छन् युवायुवतिहरु पनि ।