NEPALI_ARTICLES Archive
अपिस बाहिर पार्किङ गरेर राखेको लभ्लीपोखरा डटकमका प्रबन्धक ओम लामाको ग ३ प ४६१० नम्बरको १ सय ८० सिसिको कालो पल्सर मोटरसाइकल दिन दहाडै गायब भयो । करीब १५ दिन अघि हराएको मोटरसाइलको कुनै अत्तोपत्तो छैन । यस्तै पत्रकार रामकृष्ण ज्ञवालीको स्पेल्नडर र विनोद लामिछानेको वाइभिएक्स मोटरसाइकल पनि पोखराबाटै गायब भएको छ ।
विश्वप्रसिद्ध अन्नपुर्ण पदयात्रामा पर्ने विश्वकै अग्लो हिमाली भञ्ज्याङ थोराङला पास चढ्ने विदेशी पर्यटकहरू वर्षौपिच्छे बढिरहेकोमा युवापुस्ताका नेपालीहरू पनि बिस्तारै पदयात्राको आनन्द लिँदै थोराङ उक्लन आकषिर्त हुन थालेका छन् । यद्यपि लेक लाग्ने भयका कारण विदेशीहरूको दाँजोमा थोराङ चढ्ने नेपालीहरू भने अत्यन्त न्यून छन् ।
नेपालीहरुको मुख्य चाड दशै विदाको उपयोग गर्दै असोजको सुरु देखिनै मृख्य पर्यटकीय सिजनमा अन्नपुर्ण पदयात्राको मुख्य पर्यटकीय स्थल मुस्ताङ्गको विभिन्न क्षेत्र घुम्नको लागि विदेशी पर्यटक सँगसँगै नेपालीहरुको घुइचो लागेको छ ।
यतिबेला विश्व बेइजिङमा शुरु भएको २९ औ. गृष्मकालिन ओलम्पिकमा झुमेको छ । नयाँ विश्व तथा ओलम्पिक रेकर्ड कायम गर्दै स्वर्ण पदक जित्न ११ हजार खेलाडीहरुले आ आफनै इभेण्टमा प्रतिस्पर्धा गरेका छन् । नेपाली खेलाडीले पनि आफनो उपस्थिति जनाएका छन् । विश्व खेलकुदमा तातिरहेको बर्तमान अवस्थामा नेपालमा भने खेलकुद गतिविधि शुन्य प्राय हुदैं गएको छ ।
चिसो ठाँउ अनि मुटुको रोगी । हिमाली क्षेत्रको यात्रा गर्नु आफैंमा चुनौती पुण । अझ त्यसमा पनि विश्वकै उच्च हिमाली भन्ज्याङ थोराङला पास जस्तो ठाँउ । बाह्रै महिना चिसोले मुटु नै कमाउने ठन्डी । थोराङ क्रस गर्नु कुनै ठट्ट थिएन् ।
बिहान उघ्रेपछि लब्ली डाँडोमा मर्निङवाकमा उक्लनेहरूको लर्को लाग्छ। आज म पनि लर्कोमा परे'। हिजोअस्ती यतिखेर म फर्किसकेको हुन्थे'।हतारोमा डाँडो उक्लँदा स्वाँस्वाँ हुनु स्वभाविकनै भयो। छाति पनि गरुङ्गो भएर आयो। रुख नभएको पहिलो विसौनीको चौतारोमा एकछिन अल्झिए'। हिजोअस्ती म यहाँ अल्झिन्नथे' माथि थाप्लोमा पुगेर मात्र रोकिन्थेँ।
सवैलाई भन्ने गर्छन्-स्वच्छ सुन्दर हराभरा पोखरा । केही हद सम्म पोखरालाई यो नाराले र्सार्थकता प्रदान गरेको होला । तर हिजोआज पोखराको स्वरुप र ढाचामा बिल्कुलै परिवर्तन आएको छ । परिवर्तन सकारात्मक भने हैन । वातावरणमा खलल पुगेको छ । सबै भन्दा बढी खडिएको कुरा हो सवारी चाप र अव्यस्थित ट्राफिक नियम ।
नैतिकताका आधारमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजीनामा दिनु पर्ने हो तर त्यो हुन सकेको छैन । सत्तामै टिकिरहने लालच अझै पनि उनमा विद्यमान रहेको छ । निर्वाचनमा पार्टीले ठुलो हारको मार खेप्नु परेको अवस्थामा सरकारको जिम्मेवारीबाट कोइराला पन्छिनु पर्ने हो ।
फेवानगरीमा खेलकुदको आकर्षण तिब्रतर रुपमा बढीरहेको छ । खेलकुदमा पनि धेरैको रोजाई बनेको छ फुटबल । फुटबलको मज्जा लुटन पाएपछि खेलप्रेमी पोखरेलीहरु दंग नपर्ने कुरै भएन । अरु काम छाडेर भए पनि फुटबल खेल हेर्न खेलप्रेमीहरु पोखरा रंगशालामा धुइरिने गर्छन् ।
संविधानसभाको निर्वाचनको मिती नजिकिदै गर्दा अराजक गतिविधी बढीरहेको छ । उम्मेदवारकै हत्या समेत भएको छ । राष्ट्रिय जनमोर्चा नेपाल बाके २ का उम्मेदवार कमल अधिकारीको हत्या भइसकेको छ । पार्टि कार्याकर्ताको हत्या अपहरण त सामान्य जस्तो भइसकेको छ ।
साहित्य कला र संस्कृतिमा जसरी पोखरा धनी छ खेलुकदमा पनि उतिकै धनी छ । यहा हप्ता बिराएर खेलुकद प्रतियोगिताहरु हुने गरेका छन् । जुन प्रतियोगिताहरु जिल्ला, क्षेत्रिय र राष्ट्रिय स्तरका नै किन नहुन । ती प्रतियोगिताहरुले राष्ट्रिय स्तरमा उतिकै महत्व राख्ने गरेका छन् । यही यस्तै नियमित खेलप्रतियोगिताकै कारण पोखराको खेल पर्यटनको संभावनालाई बढावा दिएको छ ।
युवायुवतिको उद्देश्य फरक फरक हुन्छ । कोही डाक्टर पाइलट पत्रकार नर्स, त कोही उद्योगी व्यापारी समाजसेवी । कुनै समय छाडा पेशामा को रुपमा लिइने विमान परिचारिका अर्थात एयर होस्टेज हिजोआज धेरै युवतिहरुको आकर्षाको पेशा बन्न पुगेको छ । र त्यतिकै इज्ज्तदार र सम्मानित पेशा पनि । अभिभावक र घरिपरिवार पनि आफना छोरीहरुलाई यो पेशा तर्फलगाउन उत्साहित हुने गरेका छन् ।
पोखरा संगै जोडिएको लेखनाथ नगरपालिका । धेरैले लेखनाथलाई पोखरा भन्दा टाढाको नगरपालिका भनेर पनि सोच्ने गर्छन् । तर यथार्थ त्यो भने अवश्य हैन । लेखनाथ भनेको समग्र पोखरा उपत्यका हो भन्ने मलाई लाग्दछ । वास्तविकता पनि हो भन्ने मेरो ठम्याई पनि छ । लेखनाथलाई पनि विभिन्न उपमाले चिनिए पनि त्यसको कार्यान्वयनमा सम्बन्धित पक्षको ध्यान भने अहिले सम्म पुग्न सकेको छैन ।
प्रत्येक वर्षजस्तै अहिले पनि पोखरामा फुटबलको मेला लागेको छ । तामझामका साथ पोखरा रंगशालामा आहा गोल्ड कपको मज्जा लुटन खेलप्रेमीहरुको बाक्लो उपस्थिति देखिन्छ । सहारा क्लब पोखराले बिगत ६ वर्षदेखि यहाँ अन्तराष्ट्रिय स्तरको फुटबल प्रतियोगिता गदै आएको छ । यो ज्यादै नै सराहनिय कार्य हो । केन्द्रिकृत राज्यमा समेत हुन नसकेको यस किसिमको खेलपद्धतिलाई सहाराले निरन्तरता दिदै आइरहेको छ ।
स्वदेशी तथा विदेशी पर्यटकको लागि पहिलो रोजाई हो लेकर्साईड क्षेत्र । लेकर्साईडमा पाइला राखेपछि जसको पनि मन आल्हादित हुने गर्छ । स्वच्छ र सफा वातावरण अनि रमाइलोले यहा? आएपछि हरेकलाई आकषिर्त गरिहाल्छ । यतिबेला लेकर्साईड क्षेत्रमा नयाँ चहपहल देखिन्छ ।
पोखरा- छयाङै खुलेका सेता हिमाल र रमणीय दृश्य आहा पोखरा, यहाँ आउने स्वदेशी विदेशीको मुखवाट यही वाक्य निस्कन्छ । फेरी आफनो गन्तव्यमा फर्केपछि अरुलाई पनि एक पटक जाउँ है पोखरा भन्ने निम्तो उनिहरु नै बाँढछन् । यतिबेला निम्तो स्वीकार्दै पोखरा भित्रने पाहुनाहरु हवात्तै बढेका छन् । पोखरामा अहिले मौसम पनि उस्तै खुलेको छ । आन्तरिक तथा वाह्य पर्यटकहरुको आगमनमा पनि ओइरो लागेको छ ।
गर्मीको मौसम । डुंगामा बस्दै तालको बीचमा शितल हावा खाँदै माछा मार्ने रहर कसको नहोला । फराकिलो तालमा डुंगामा कावा खादैं बल्छी थापेर माछा मार्नुको आनन्द नै बेग्लै हुन्छ । धित मरुन्जेल बल्छी थाप्दै माछा मार्न भने इजाजत पत्र लिनुपर्छ । लिएको इजाजतले पर्यटकीय फेवातालमा मात्रै होइन अन्य तालमा समेत माछा मार्न पाइन्छ ।
असारको महिना त्यसै त किसानहरुका लागि व्यस्त महिना । यतिबेला कामको चटारोले किसानहरुलाई भ्याइ नभ्याई छ । मानो खाएर मुरी उब्जाउने समयको रुपमा लिदै किसानहरु यतिबेला खेतबारी व्यस्त देखिन्छन् । जेठको अन्तिम हप्तादेखि नै रोपाइ शुरु भए पनि यस पटक भने असार महिना लागेपछि नै रोपाईको काम थालिएको छ । यहाँ पाइला राखेपछि विदेशी मात्र हैन स्वदेशीको पनि मन प्रफुल्ल हुन्छ ।
यता बमविस्फोट उता हत्या मारपीट । जता गयो उतै असुरक्षा । हतियार लिएर खुल्लम खुला हिडनेहरुलाई उस्तै छुट । कहिले तर्राई बन्द कहिले के बन्द । दिनदहाडै मान्छे मारिदा पनि सुरक्षा निकायको मौनता । हैन जनताले चाहेको लोकतान्त्रिक अधिकार यही हो । अहिले मुलुकमा सवै भन्दा कमजोर मानिएको सुरक्षा व्यवस्थाको नजरअन्दाज गर्ने गृहमन्त्रीबाट फिटिक्कै भएको छैन ।
राजनितिक सहमतिको बाटोबाट पर सदै फेरी आठदलको सहमति विखण्डन तर्फउन्मुख हुदै गइरहेको छ । राजनितिक अस्थिरताले अर्कोतिर मुलुकमा खतराको संकेत दिइरहेको छ । असहमित र असमझदारीकै कारण व्यवस्थापिका-संसदको बैठक सुचारु हुन सकेको छैन । रोष्टम घेर्ने र बैठकमै नाराबाजी गर्ने शैलीले दलहरु बीचको मतभेदलाई र्छलङ्ग पारीदिएको छ ।