NEPALI_ARTICLES Archive
राजनितिक सहमतिको बाटोबाट पर सदै फेरी आठदलको सहमति विखण्डन तर्फउन्मुख हुदै गइरहेको छ । राजनितिक अस्थिरताले अर्कोतिर मुलुकमा खतराको संकेत दिइरहेको छ । असहमित र असमझदारीकै कारण व्यवस्थापिका-संसदको बैठक सुचारु हुन सकेको छैन । रोष्टम घेर्ने र बैठकमै नाराबाजी गर्ने शैलीले दलहरु बीचको मतभेदलाई र्छलङ्ग पारीदिएको छ ।
जति रमाए पनि मन अघाउदैन घान्द्रुकमा , त्यहाँ पुग्नेहरु प्राय यही भन्ने गर्छन् । कति सुन्दर छ कास्कीको पर्यटकीय गाउँ घान्द्रुक । स्वदेशी मात्र हैन धेरै विदेशी पर्यटकहरुको लागि घान्द्रुक रमणिय स्थल वनेको छ । पहिलो पटक पुग्ने मात्र हैनन् बारम्वार पुग्नेहरु पनि यसरी नै मख्ख पर्छन् यहाँको रमणियतामा लुटपुटिन पाएपछि । हो त यहाँ पुगेपछि मनै चंगा बन्छ ।
  लोकतन्त्र दिवस त मनाइयो । औपचारिकता पुरा गर्न गणतन्त्र प्रति प्रतिवद्धता जाहेर गर्ने काम राजनितिक दलहरुले गरे । गणतन्त्रको नारा ओराल्दैमा लोकतन्त्र बलियो हुदैन । नारा भाषणमा सिमित हुदै गएको लोकतान्त्रिक गणतन्त्रको सपना साकार हुने समय कुर्दा कुदै एक वर्षबितिसकेको छ ।
माओवादी पनि राजनितिको मूलप्रवाहमा आए पछि मुलुकमा अग्रगामी परिवर्तन आउने अपेक्षा राखिएको थियो । त्यो अपेक्षा माओवादी अन्तिरम सरकारमा सामेल भए पछि परिपुर्ति भएको महशुस भइरहेको बेला फेरी मुलुकमा हत्या हिंसाका श्रृखलाहरु दोहोरीन थालेका छन् । जनतान्त्रिक तर्राई मुक्ति मोर्चाले हिंसात्मक कार्यहरु अगाडी बढाउन थालेको छ ।
सुन्दरी प्रतियोगिता जब नजिकिदै जान्छ त्यस पछि विरोधका स्वरहरु गुन्जन थाल्छन् । प्रत्येक वर्ष आयोजना हुने मिस नेपाल प्रतियोगिता कारणवशः गत वर्षहुन सकेको थिएन । यस वर्षहुन लागेको मिस नेपाल प्रतियोगिताको अहिले पनि विरोध भएको थियो  । अहिले मिस नेपाल रोक्नुपर्छ भनेर गणतन्त्रवादी महिला मञ्चले सरकारलाई समेत ज्ञापन पत्र बुझाइएको थियो ।
राजा ज्ञानेन्द्रले फेरी चहलखेलको रोल खेल्न सुरु गरेका छन् । अधिकारविहीन भइसकेका राजाले प्रजातन्त्र दिवसको अवसरमा दिएको भ्रामक अभिव्यक्तिले मुलुक र मुलुकवासीलाई पुनः एक पटक गम्भीर भएर सोच्न बाध्य तुल्याएको छ ।
खेलकुद भनेपछि हुरुक्क नहुने पोखरेलीहरु कमै छन् । खेलकुदमा पनि फुटवल भनेपछि त झन सवैको रोजाइ हुने गरेको छ । फुटवलमा पनि आहा गोल्ड कप सवैको बहुप्रतिक्षारत प्रतियोगिता हो । सहारा क्लव पोखरा र आहा गोल्ड कप प्रतियोगिता एक अर्काका पर्याय हुन । राजधानी खाल्डो वाट टाढा रहेर पनि सहारा क्लव पोखराले फुटवलमा स्वदेशमा मात्र हैन विदेशमा समेत ख्याति आर्जन गरको छ ।
नेपाल सरकार र माओवादीबीच शान्ति सम्झौतामा हस्ताक्षर हुनु सबैका लागि खुसीको कुरा हो । सम्झौता हुनु जति कठिन छ अझै त्यसलाई कार्यान्वयनको दिशामा लैजानु त्यो भन्दा पनि कठिन छ । सरकार र माओवादी बीचमा शान्ति सम्झौतामा भएको हस्ताक्षरले मुलुकलाई नयाँ दिशातिर लैजानेमा आम नेपाली जनता विश्वश्त छन् ।
मंगलवार सात दल र माओवादी बीच भएको साझा सहमतिले मुलुकमा नया आशाको संचार भएको छ । लामो गृहकार्य पछि दल र माओवादी यो विन्दुमा पुगेका हुन । जनआन्दोलन भाग दुइको सफलता संगै सात दल सरकारमा पुगेर सात महिनाको लामो अन्तराल पछि भएको यो ऐतिहासिक समझदारी हो ।
निंरकुशसत्ताको पिल्र्साईवाट दलहरु किनारा लाग्ने संभावना वढदै गयो । राजा र राजावादीहरु जसरी हुन्छ संसदवादी शक्तिहरुलाई ठेगान लगाउने खेल खेल्न थाले । त्यसपछि सात राजनितिक दलहरुले पनि राजाको चालावाजीलाई नजरअन्दाज गर्न पुगे । उनिहरुले अव हामी चुपचाप वस्नु हुदैन । निरंकुशताले अठ्याउन सक्छ भन्ने कुरा उनिहरुले मनन् गरे । हुन त दलहरुले सडकमा राजाको प्रत्यक्ष शासन शुरु भएपछि आन्दोलन नगरेका हैनन् । तर ति आन्दोलनले राजालाई कुनै असर पुगेन ।
नेपाने आधा बाँच्यो र आधा बग्यो भुरुङदीको भेलमा । नाति र बाजेको भोलिपल्ट बारीको मेलामा जाने, माइत गएकी चेलीको गाउँ घुम्ने र बुहारीहरुको सखारै कपडा किन्न पोखरा झर्ने सपना टुंगिदा रातीको एक बजेको थियो । न्रि्राको रात्रि सपना देखेको बेला दिउँसो सोचेको सपना र जिन्दगी टुंगिएको कतिले भेउ पाए कि पाएनन् कुन्नि ।
 मैले अचेल अनौठो देख्दै छु । सत्य असत्य के हो पहिचान गर्न छाडीसके । समय परिवर्तन भयो, युग परिवर्तन भयो तर मान्छेको व्यवहारमा विल्कुलै परिवर्तन आएन । मान्छेमा परिवर्तन केले ल्याउछ त्यसको जवाफ मसंग छैन ।वस मलाई यति मात्र थाहा छ परिवर्तन शान्तिले ल्याउछ अशान्तिले होइन ।