Feature Photo Archive
काठमाण्डौंको चोभार स्थित संचालन भएको चौंधौ एसियाली माउण्टेन बाईक च्याम्पेनसिप २००८ डाँडाको धिस्कोमा चडी नियाल्दै दर्शकहरु। सोहि दर्शकहरुको पछाडि देखिएको चन्द्रमाले गर्दा यो दृश्य एकदम कलात्मक देखिएको छ। तस्विर : गणेश खड्का
सकियो छठ : छठ पर्वको अवसरमा उदाउदै गरेको र्सुयलाई अर्घ चढाउदै भक्तालु । पोखराको फेवाताल किनारा र सेति नदि किनारामा छट पर्वका ब्रतालुहरु घुइचो लागेको थियो । कात्तिक शुक्ल षष्ठीका दिन निराहार व्रत बसी अस्ताउँदो र्सुयलाई अर्घ दिई सप्तमीका दिन बिहान र्सुयलाई अर्घ दिए पछि छटको विदिवत समाप्ती हुन्छ । तस्वीरः सागर राज तिमिल्सिना
३ हजार २ सय मिटर अग्लो स्थान पुनहिलबाट देखिने अन्नपुर्ण हिमश्रृङ्खला | तस्विर- सञ्जय शाक्य
तालमा नौका विहार : पोखरको ट्रेडमार्क पर्यटकीय फेवातालमा नौका विहार गर्दै विदेशी पर्यटकहरु । फेवातालमा वर्षोनी पर्यटन सिजनमा विदेशी पर्यटकहरु नौकाविहार गर्ने गरेका छन् । तस्वीर दिपक भण्डारी
ग्राहकको प्रतिक्षा : राजधानीको कलंकी स्थित चक्रपथमा पर्किङ् गरिएको ट्रकमा वोत लिई ग्राहकको प्रतिक्षामा एक खसी व्यापारी । तस्विर : गणेश खड्का
मौसमको खरावीका कारण विहानको समयमा पोखरा - जोमसोमको उडान भर्न नसकेको सिता यअरको विमान दिउसो ३ बजे पछि आफ्नो उडन भर्दै। प्राय जसो जोमसोममा १२ बजे पछि उच्च हावाको वेगका कारण विहानको समयमा मात्रै उडान भर्ने गरिन्छ। तस्वीर : गणेश खड्का
सुनसान पर्यटकीय शहर : मध्यरातसम्म व्यस्त रहने पर्यटकीय नगरीको यो लेकसाईड १० नबज्दै सुनसान हुन लागेको छ।शान्ति सुरक्षा कडा बनाउने गृहमण्त्रीको एक पक्षिय निर्देशनले गर्दा यहाको पर्यटन व्यवसाय धरासय भएको छ भने आन्तरिक तथा वार्‍य पर्यटकहरु १० नबज्दै होटलमा थन्कन वाध्य छन्।तस्विर : गणेश खड्का
सवारी जामः पोखराको व्यस्त वजार चिप्लेढुङ्गा-महेन्द्रपुलको बीच सडक खण्डमा देखिएको दृष्य । साँघुरो सडकमा दोहोरो पाकीङ्ग गरिदाँ सवारी आवागमनमा कठिनाई भएको छ । सानो सडकमा जथाभावी ट्याक्सीहरु पार्किङ गर्दा सवारी दुघटनाको समस्या समेत बद्दै गएको छ । ट्राफिक व्यास्थापन नहुदाँ पैदल यात्रीलाई समेत अप्ठ्यारो भएको छ । तस्विरः धन बस्नेत
नजिकियो तिज : नारीहरुको महान पर्व हरितालिका तिजले नेपाली नारीसँगसँगै विदेशीहरुलाई पनि तानिरहेको छ । तिजको आगमनसँगै पोखरामा रातो साडी, रातो चुरा र हरियो पोतेमा सजिएकी विदेशी महिला । तिज भन्ने बित्तिकै रातो साडी र रातो चुरालाई सम्भिने गरिन्छ ।धन बस्नेत
सडकमा डुलिहिड्ने सडक बालक चुरोटको सर्को तान्दै । सडक बालकहरु नशालु पदार्थ सेवन गरी कुलतमा फसेका छन् । बालकहरुले चुरोटसगै जुक्ता टाल्ने गम, पेट्रोल लगायतका वस्तुहरु सुँघेर लठठीन्ने गरेका छन् । तस्बिरः धन बस्नेत
क्या आनन्दको निन्द्रा : बिना कुनै पिरको यो जिन्दगी साच्चै क्या मज्जाको छ । अहिले खायो भरे के खाने भन्ने पिर भएपनि जे पर्ला त्यहीँ र्टला भन्ने सोचका साथ खुला आकाशको छानो मुनि र धर्तिको विछ्यौनामा आनन्दको निन्द्रामा । साच्चै नै निन्द्राको लागि मँहगो विछ्यौना र आलिसान बंगला नचाहिदो रहेछ । -संजय शाक
हि..हि.. कस्तो रमाईलो : मजदुर कुटीएको विरोधमा अखिल नेपाल यातायात मजदूर संघ नगर बस मूल इकाई कमिटिले पोखरामा गरेको चक्का जाममा परेको स्कुल बस । घर कति बेला जान पाईएला भन्दै एता उता हेर्दै साना स्कुले वाल-वालिकाहरु। तस्वीरः गणेश खड्का
मै ठूली भएछु रेः क्यामरा अगाडि पोज दिदै एक बालिका तस्वीरः अशेष शाक्य
नेपालको अत्याधिक पानी पर्ने पोखराको महेन्द्रपुलमा स्कुलबाट र्फकदै गर्दा पानी परे पछि भिज्दै स्कुले बालिका । तस्बीरः सञ्जय शाक्य
गर्मीमा पौडीको मज्जा लिदै बिरौटाको कुलोमा एक बालक । तस्बीरः सञ्जय शाक्य
मेरो मोवाइलद्धारा पोखराको प्रदर्शनी केन्द्रमा आयोजित मेरो मोवाइल लाइभ कर्न्र्सटमा राष्ट्रिय गान तथा राष्टिय झण्डासहित गणतान्त्रिक नेपाललाई स्वागत गर्दै कलाकारहरु ।
२५५२ औँ बुद्ध जयन्ती तथा महापरिनिर्वाण दिवसको उपलक्ष्यमा पोखराको नदीपुर स्थित महाविहारबाट निकालिएको पदयात्रामा सहभागिता जनाउदै सहभागी भिक्षु तथा भक्तजनहरु। तस्विर: सञ्जय शाक्य
विश्वो रेडक्रस दिवसको उपलक्ष्यमा जुनियर रेडक्रस सर्कल पोखराको लागि आर्थिक सहयोग संकलन गर्दै विद्यार्थीहरु । तस्वीर: सञ्जय शाक्य
वाईसीएल र क्रान्तिकारी विघार्थीद्धारा आयोजित रक्तदान कार्यक्रममा सभासद राजकाजी गुरुङ्गलाई रक्तझोला हस्तान्त्रण गर्दै रक्त सञ्चालनका कर्मचारी । तस्विर : सञ्जय शाक्य
पोखरा रगंशालामा सञ्चालन भईरहेको सेभेन ए साइड अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा मनार्ङ मस्याङदी क्लव र रुपन्देही फुटबल एसोसीयसनका खेलाडी बल खोस्ने प्रयासमा । उक्त खेलमा मनार्ङ मस्याङदी ७-१ ले विजयी भयो ।