डा भरत थापा
धन बस्नेत

डा भरत थापा, पोखरेली वित्तिय संस्थाहरुमाझ प्रचलित नाम हो । भैरहवामा जन्मिनुभएका थापा करीव दुई दशकदेखि बैंक तथा वित्तिय संस्थामा संलग्न हुदै आउनुभएको छ । युक्रेन राज्यको डनेश्क स्टेट युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएका डा थापा प्रभु वित्तिय संस्थाको संस्थापक प्रमुख कार्यकारी अधिकृत समेत रहनुभइसकेको छ । नेपाल विकास बैंकको विभागिय प्रमुखको रुपमा कार्य समेत गरिसक्नु भएको छ । उहाँका आर्थिक र बैकिङ्ग क्षेत्रका समसामयिक विषयमा हजारौं लेखहरु विभिन्न पत्रपत्रिका समेत प्रकाशित भइसकेका छन् । पोखरास्थित पोखरा फाइनान्सको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत डा थापासित धन बस्नेतले लिनुभएको अन्तवार्ता प्रस्तुत गरिएको छ ।


१. पोखरामा वित्तिय संस्था थपिने क्रम बढ्दै गएको छ । यो अवस्थामा कस्तो ग्राहकलाई कस्तो सेवा प्रदान गर्दै आउनुभएको छ र उपलब्धि के के हुन -
- संस्थामा अहिले नयाझ् व्यवस्थापन आएको छ । यस टिमले संस्थालाई नयाझ् सकरात्मक परिवर्तनको अनुभुति दिलाउदै ५ नयाझ् ब्यवस्थापनलको लक्ष्य छिटो, छरितो र गणस्तरिय सेवा प्रदान गर्नु हो साथै २४ घण्टामा कर्जाको सेवा प्रदान गर्दछौं । अहिले ग्रँहक वर्ग हामी संग धेरै खुशी हुनु हुन्छ । अहिलेको उपलब्धिमा १ अर्ब १६ करोड निक्षेप संकलन र एक अर्ब भन्दा माथि कर्जा प्रवाह गर्न हामी सफल भएका छौं ।

२. तपाईको वित्तीय संस्थाले हाल के गर्दैछ ?
- अहिले हाम्रो पहिलो प्राथमिकता हकप्रद शेयर १:३ को अनुपातमा शेयर निष्कासन गर्ने हो । दोस्रो प्राथमिकता काठमाडौंमा शाखा विस्तार गर्ने हो । त्यसको साथै हामी अहिले दिर्घकालिन, मध्यकालिन र छोटो समयको योजनाहरु तर्जुमा गरिरहेका छौं ।

३. अरु पनि नयाझ् शाखा विस्तारबारे यहाझ्हरुको कुनै योजना छ कि ?
 - अहिलेलाई काठमाडौं नै हाम्रो मुल लक्ष्य हो । त्यस  पछि हामी शाखा विस्तार गर्ने लक्ष्य लिएका छौं । त्यहि क्रममा गाउझ् र शहर दुवै हाम्रो लक्षित समुह हुन ।

४. पोखरामा बैंक तथा वित्तीय संस्थाहरु थपिदै गएका छन् यसले तपाईको वित्तीय संस्था र पोखरामा कस्तो असर परेको छ । शाखा विस्तार भएकोले हो ?
- पोखरा अहिले दोस्रो राजधानी वित्तीय क्षेत्रलाई भएको छ । त्यसकारण पोखरामा बैंक तथा वित्तीय संस्थाहरुको लगभग सबैको शाखा रहेको छ भने कतिका अझै खुल्ने तैयारीमा रहेको छ । तपाईले सोधको प्रश्नमा जहासम्म हाम्रो संस्थालाई खासै असर परेको छैन । केहि असर परेको अवश्य छ तर अन्य संस्थामा यसको प्रभाव बढि छ र अस्वस्थ प्रतिस्पर्धा पनि छ । त्यसकारण सवै बैंक तथा वित्तीय संस्थाहरु बीच आपसी समभदारी कायम गरि अस्वस्थ प्रतिस्पर्धाबाटमुक्त हुनु नितान्त आवश्यक छ । अन्यथा भविष्यमा वित्तीय क्षेत्र नै दुर्घटना आउने संभावना बढी रहेको म देख्दछु ।

५. देशमा शान्तिको पुनर्बहाली पछि वाणिज्य बैंकहरु माइक्रो फाइनान्स (लघु वित्त ऋण ) को कार्यक्रम/कारोबार लिएर ग्रामीण क्षेत्र जान्छौं भन्दैछन्, त्यसमा तपाईको कम्पनी के गदछ ?
- देश अहिले आर्थिक संकटमा छ । बैदेशिक व्यापार घाटा दिन प्रति दिन बढिरहेको छ । बेरोजगारी चरम सिमामा बढिरहेको छ । देशको अधिकांश जनसंख्या अझै पनि ग्रामिण क्षेत्रमा नै बसोवास गर्दछन । त्यसकारण माइक्रो फाइनान्समा बैंक तथा वित्तीय संस्थाले लगानी गर्नु सकारात्मक कुरा हो । हाम्रो कम्पनि पनि माइक्रो फाइनान्समा कर्जा प्रवाह गर्दै आएको छ । जहा सम्म मेरो धारणा छ व्यक्तिगत विचारमा माइक्रो फाइनान्स अर्न्तगत बैदेशिक कर्जालाई समेत समेटेको छ । यो सकारात्मक हो । तर बैदेशिक कर्जाको सिमा जुन तोकिएको छ त्यो भने थोरै छ । त्यसकारण त्यो सिमालाई छ लाख पुगाउनु पर्छ भन्ने मेरो मान्यता हो । यसमा नेपाल सरकार र नेपाल राष्ट- बैंक समेतले बिचार पुर्‍याउनु पर्ने आजको आवश्यकता छ ।

६. विश्व बैंकको रिपोर्ट अनुसार नेपालका कुल ऋण मध्ये १५ प्रतिशत मात्र बैंक सम्म आइपुग्छन्, अरु घरायसी ऋण आदि बाट पूरा हुन्छन् ।
- विश्व बैंकको रिपोटले दिएको तथ्याड्ढ कुल ऋण मध्ये १५ प्रतिशतले मात्र बैंकको कर्जा उपभोग गर्दैछ भनि नेपाल सरकारलाई आझ्खा खोल्न निर्देशन दिएको हो । हाम्रो देशमा अझै २६ प्रतिशत जनताहरुले मात्र बैंक तथा वित्तीय सेवा प्राप्त गरि रहेका छन् । त्यस कारण बाझ्की ७४ प्रतिशत जनतालाई कसरी बैंकिङ्ग क्षेत्रको दायरामा ल्याउने हो त्यो चुनौती सरकारको हो । घरायसी ऋणाबाट आफ्नो आवश्यक कार्य पुरा गर्नेहरु पिडित जनता हुन ।

७. देशको औधोगिक उत्पादन बढ्न सकेको छैन, निर्यात घटेको छ, कृषि उत्पादन नाजुक छ, तर पनि बैंकहरुको कमाई राम्रो छ । ४ देखि ४.५ प्रतिशत ग्राहस्थ बृद्धि छ तर वित्त बजारको बृद्धि ४० प्रतिशत छ यो कसरी ?
- तपाईले भन्नुभएको कुरा सहि हो । देश आर्थिक संकटमा छ । तर संसारको सबै बैंकहरु नाफामा नै छन् । जुन बैंक घाटामा गयो त्यो बैंक कोल्याप्स् भएको उदाहरणहरु अहिले विश्वमा धेरै छन् । त्यसकारण नेपालमा पनि बैंकहरुको मुनाफा राम्रो नै छ । नेपालमा जुन दिन बैंकहरु घाटामा जान्छ त्यो दिन ति बैंकहरु टाट पल्टन शुरु हुन्छ ।

८. अर्थविदहरु देशको अर्थतन्त्रको आकार हेरेर वित्तीय संस्थाहरुको संख्या धेरै भयो र यसले वित्त बजारमा अस्वस्थ प्रतिस्पर्धा र वित्तीय दुर्घटना निम्त्याउन सकछ ?
- अर्थविदहरुले यस्तो भनेको हो भन्ने कुरामा म विश्वास गर्न सक्दिन । किनकी अर्थविदहरु तथ्याड्ढको आधारमा तर्क पेश गर्दछन् । तथ्याड्ढलाई हेर्ने हो भने २६ प्रतिशत जनताहरुले मात्र बैंक तथा वित्तीय सेवा प्राप्त गरेका छन् भने कुल ऋण मध्ये १६ प्रतिशतले मात्र बैंकमा ऋण लिने तथ्यांक विश्व बैंकले प्रस्तुत गरेको छ । त्यसकारण बैंकको परिधिभित्र नपरेका जनतालाई कसरी बैंकिङ्ग क्षेत्र भित्र पार्ने हो त्यो भने सरकारले नै विचार पुर्‍याउनु पर्ने चुनौति छ ।

९. नेपालका अधिकांश बैंकहरुले इन्टरनेशनल बैंकिङ्ग नर्मसहरुको पालना गर्दैनन् भन्ने आक्षेप छ ?
 - इन्टरनेशनल बैंकिङ्ग नर्मसलाई पालना गर्नु पर्ने आवश्यकता मैले पनि देखेको छु । तर जुन संस्थाले बैंकिङ्ग नर्मस पालना गर्दैन त्यो संस्था भविष्यमा अवश्य टाट पल्टने छ ।

१०.  बैंकहरुको बढ्दो संख्याको कारणले यस क्षेत्रमा मानव संसाधनको कमी भएको छ तर कुनै पनि बैंक तथा नेपाल राष्ट बैंकले मानव संसाधन विकासको लागी कुनै काम नगरेको देखिएको छ नि ।
- सही हो , मानव संसाधन अहिले बैकिङ्ग क्षेत्रमा निकै कम छ । बैकिङ्ग मानव संसाधनको विकास आज निकै आवश्यक र आपूर्तिको खाझ्चो छ । यस क्षेत्रमा अहिले गुणस्तरीय कर्मचारीको अभाव छ । अझै खासै भन्ने हो भने प्रमुख कार्यकारी अधिकृतको निकै अभाव यस क्षेत्रमा देखा परेको छ । त्यसकारण यसको विकासको लागी सरकारले अन्तराष्टिय स्तरको तालिम केन्द्रको निर्माण गर्नु पर्ने आवश्यकता छ । अहिले नेपाल राष्ट्र बैंकको थापाथलिमा भएको तालिम केन्द्र अपर्याप्त छ ।