विकासको लागि सही पुर्वाधारहरुको खाँचो - रोशन
धन बस्नेत
पोखरा



रोशन केसी २६ सानै उमेरमा पोखरा होम्सका निर्देशक बनेका हुन् । उद्योगी पिता र्सुयबहादुर केसी र माता तिलकुमारी केसीको कोखबाट १९८३ मा जन्मिनु भएका रोशन परिवारका कान्छा हुन् । उनको देहरादुनस्थित क्याम्ब्रियन हलबाट स्कुल लेवल पुरा गर्नुभएको थियो भने पाटनस्थित पुल्चोक इन्जियिनरिङबाट बी ई उत्तीण गर्नुभएको छ । पोखरा होम्सको निर्देशक रोशनसित लभ्ली पोखरा डटकमले गरेको संक्षिप्त कुराकानी
 

लभ्ली - तपाँई सानो उमेरमै पोखरा होम्सको निर्देशक भएर कार्यभार सम्हाल्नुभएको छ । कस्तो अनुभव गर्नुभएको छ ?

रोशन -  हेर्नुस काम गर्ने जोश र जागँर भए पुग्छ, उमेरले छेक्छ जस्तो मलाई लाग्दैंन । तपाईलाई जानकारी गराउँ म काम गर्दा रमाउँने स्वभावको ब्यक्ति हुँ । अहिले यस पोखरा होम्सको निर्देशकको हिसाबले काम गर्दा निकै राम्रो अनुभव गरिरहेको छु ।
 

लभ्ली - पोखरामा पहिलो पटक हाउजिङको व्यवस्था गर्नुभएको छ । प्रतिक्रिया कस्तो पाउनुभएको छ ?

रोशन - कुनै पनि काम कहीं न कहीं कसैं न कसैंले त शुरु गर्छ नैं, सौभग्य भनौं पोखरामा हाउजिङ्ग ब्यवसाय शुरु गर्ने काम हामीबाट भयो । प्रतिक्रिया निकैं राम्रो पाएको छु ।
 

लभ्ली - व्यवस्थित हाउजिङको लागि आवश्यक पुर्वाधार के हुन जस्तो लाग्छ ?

रोशन - निकैं राम्रो प्रश्न गर्नु भयो, जहाँसम्म पुर्वाधारको कुराहरु छ । यो के हुन्छ कि कुनै पनि चिजको विकासको लागि त्यसका पुर्वाधारहरु सही हुनु जरुरी हुन्छ । व्यवस्थित हाउजिङ्गको लागि सबैभन्दा पहिले त सयौंबर्षपछि सम्मको अवस्थाको कल्पना गरिकन एउटा दीर्घकालिन योजनाको जरुरी हुन्छ । त्यसभित्र अव भनौं व्यवस्थित बाटोघाटो, अण्डर ग्राउण्ड बिजुली, केवुल, टेलिफोन र चौंबिसै घण्टा शुद्ध खानेपानीको व्यवस्था र राम्रो सुरक्षाको व्यवस्था यी नैं मुख्य पुर्वाधारहरु हुन ।
 

लभ्ली - हाउजिङ व्यवसायमा तपाँईको व्यक्तिगत धारणा के छ ?

रोशन - हाउजिङ्ग व्यवसाय पट्टी मेरो धारण एकदम सकारात्मक छ । पोखरामा जुन किसिमले अहिले शहरीकरण भैरहेको छ त्यो हिसाबमा हेर्दा यो एउटा कोशेढुङ्गा सावित हुने कुरामा म ढुक्क छु । किनकी हाम्रो पोखरामा प्राकृतिक हिसाबमा जति सुन्दर छ हामीले यसको सुन्दरतालाई नव्रि्रने हिसाबले यस्ता व्यवसाहिक हाउजिङ्गहरु प्लान गर्नुपर्ने देखिन्छ ।
 

लभ्ली - पोखरामा हाउजिङको व्यवसाय गर्ने सोच कसरी पैदा भयो तपाँईसमक्ष ?

रोशन - पोखरामा प्राकृतिक सुन्दरता जुन छ त्यसलाई देखेर म सानैदेखि दंगदास पर्थे र त्यहाँ कता एउटा सुन्दर घर बनाँउने कल्पना गर्थे, फल स्वरुप अहिले पोखरा होम्सले युरोपियन मापदण्डका घरहरु निर्माण गरीरहेको छ ।


लभ्ली - हाउजिङमा र्सवसाधारणो पहुँच पुर्‍याउन केही नयाँ सोच अघि सार्नुभएको छ ?

रोशन - अवश्य छ, र्सवसाधारण पहुँचको लागि बैंकिङ्ग सुविधा (किस्तावन्दी) समेत राखेका छौं । किस्ताबन्दीमा व्यवस्था र्सवसाधारणको आकर्षाक बढ्दै गएको छ ।


लभ्ली - हाउजिङमा विशेष गरी धनाढ्य व्यक्ति मात्रै बसोबास गरेको पाइएको छ । पैसा नभएका व्यक्ति त हाउजिङको पहुँचबाट परै रहने भए हैन ? याने कि पुँजपतिका लागि मात्रै हाउजिङ उपयुक्त हुन्छ हैन र ?

रोशन - हैन, हैन अवश्य हैंन । अव तपाई नैं भन्नुहोस धनाड्य व्यक्ति भनेर कसलाई भन्ने - म तपाईलाई उदाहरण दिऊ हामीकहाँ ब्रिट्रीस आर्मीतिर जागीर गर्ने, जापानतिर काम गर्नेहरु पनि हुनुहुन्छ । के छ भने एउटा घर तयार गर्नलाई कम्तीमा एक-डेढ वर्षत लाग्छ नै र त्यो बनाउनलाई आफैं बसेर सुपरभिजन गर्न नसकेमा राम्रो क्वालिटी नहुन सक्छ, अव हेर्नुस् एक-डेढ वर्षा उस्तै परे एउटा घर बन्ने पैंसा उहाँहरुले त्यहाँ कमाउन सक्नुहुन्छ ।
 

लभ्ली - अन्य कुनै ठाउँमा पनि हाउजिङको व्यवस्था गर्ने लक्ष्य/योजना छ कि ?

रोशन - अवश्य छ । म आफैं पनि एउटा इन्जिनियर हुँ, मेरो परिवारिक वातावरण पनि त्यही प्रकारको छ र आजको आवश्यकता भनेको पनि व्यवस्थित शहरीकरण नै हो, यसको लागि राम्रा राम्रा हाउजिङ्गहरु खोल्न जरुरी छ हामी छिटै नै पोखरा होम्स Phase II र पोखरा होम्स Phase III जुन मितेरी गाँउ भनेर चिनीन्छ शुरु गर्दैछौ ।


लभ्ली - तपाँई एउटा टेनिस खेलाडी पनि हुनुहुन्छ । टेसिन खेलको विकास गर्न नयाँ सोच अघि सार्नुभएको छ कि ?

रोशन -  हेर्नुस मलाई अन्य केही कुराको सोख छैन, शिवाय खेलकुदको अझ विशेष गरिकन लन टेनिस । र यसको विकासको लागि हामीले हाम्रो यस पोखरा होम्स प्रा.लि मा पनि प्रत्येक १/१ वर्षा टुर्नामेण्ट नियमित गराँउदैं छौं जुनियर र सिनियर गरि टुर्नामेण्ट राख्दैंछौं आर्कषक पुरस्कार पनि राखने योजना छ । 


लभ्ली - पोखरामा टेनिसको व्यवसायिकताको लागि एउटा खेलाडीको हैसियतले के गर्नुपर्छ जस्तो लाग्छ ?

रोशन -  पोखरामा टेनिस खेलको ब्यवशायिकताको लागि स्कुल स्तर र क्यामपस स्तरमा वाषिर्क क्यालेण्डर राखी टुर्नामेण्टहरु गराँउन सकिन्छ । यसको लागि स्कुल अर्गनाइजेसन्स र खेलकुद परिषदको तालमेल हुनुपर्छ ।


लभ्ली - टेनिसको भविष्य कास्तो देख्नुभएको छ । विशेष गरी पोखरामा अनि समग्र नेपालमा ?

रोशन - पोखरामा खेलकुदको माध्यमवाट प्रशस्त पर्यटक ल्याउन सकिन्छ त्यसको लागि निजिक्षेत्रमा खेलप्रेमी र सरकारको सकारात्मक सोच पलाउनु पर्छ, यसको भबिष्य सुन्दर छ ।


धन्यवाद