


साझ पख एकान्तमा, तिमीलाई म दोवाटोमा, आँखामा तिमीलाई आदी गीत सुन्ने वितिकै दर्शक तथा स्रोताले उनलाई चिनिहाल्छन् गायक नविन के भट्टर्राई भनेर । २०३० सालमा काठमान्डौमा जन्मेका गायक भट्टर्राई ले आफना कणप्रिय गीतहरुका माध्यमवाट स्वदेशी तथा विदेशमा रहेका नेपालीहरुको मन जित्न सफल भएका छन् । अहिले सम्म उनले रहर, जिन्दगी, आवाज, स्मृति, सम्झना, र्समर्पण, नविन ब्लु स्मृति, रिलोडेड जी मेजरएल्वमहरु वजारमा ल्याईसकेका छन् । अमेरिका अष्टे्रलिया,जापान, हङकङ आदी देशहरुमा पटक पटक गरी आफना गीतहरु पस्कीसकेका छन् । आजभोलि उनि धेरै विदेशको कार्यक्रममा वढी व्यस्त देखिएका छन् । पछिल्लो समयमा चर्चा भन्दा वाहिर रहेका गायक भट्टर्राई संग पोखरामा गरिएको जम्काभेट-
१. पछिल्लो समयमा आएर तपाईको चर्चा अलि कम भयो नि ?
मैले चर्चाका लागि कहिल्यै पनि गाइन । अहिले पनि गाइरहेको छ । पहिला जस्तो थिए अहिले पनि त्यस्तै हो । ममा केही परिवर्तन छैन । अहिले म वढी देशवाहिरका कार्यक्रमहरु व्यस्त भए सायद त्यसैले पनि हुन सक्छ । तर मेरो गीत संगीतमा सक्रियता जस्ताको त्यस्तै छ ।
२. तपाईले आफनो गाउने शैली परिवर्तन नगरेर हो भन्छन् नि ?
अरुले के भन्छन् त्यो मलाई थाहा छैन । फेरी भन्नेको पछि म लाग्दीन पनि । खास भन्दा म शैली परिवर्तन नगरेर नै अहिले सम्म टिकीरहेको छु । यही शैलीलाई स्रोता दर्शकले मन पराउनु भएको छ । शैली परिवर्तन गरे भने मत डुविहाल्छु नि ।
३. तर अहिले तपाई भन्दा पछि आएकाहरु पनि हिट भएका छन् त ?
हिट हुनु नराम्रो होइन । पहिलेको तुलनामा अहिले चर्चा पाउन सजिलै छ । गीत हिट नभए पनि म्युजिक भिडियो वनाए पछि चर्चा भइहाल्छ ।
४. उसो भए अहिले पपगीतमा चर्चा कमाउन सजिलो छ ?
अहिले धेरै सजिलो छ । पहिलो एल्वम हिट हुन लाई ८० हजार क्यासेट विक्री हुनुपथ्र्यो । अहिले ५ हजार व्रि्री नभए पनि हिट हुन्छ । गीतको एउटा म्युजिक भिडियो हिट भएपछि सवै हिट हुने परम्परा छ ।
५. तपाईलाई प्राय कस्तो गीत गाउँदा आनन्द लाग्छ त ?
भावपरक भावुक शैलीका गीतहरु म रोज्ने गर्छु जसले मलाई मात्र होइन स्रोतालाई पनि आनन्द दिलाओस् । प्राय सुखका गीतहरु भन्दा दुखका गीतहरुले हरेक को मन छुन्छ ।
६. के पाउनु भयो अहिले सम्म यो क्षेत्रमा लागेर ?
मुख्य कुरा आत्मसन्तुष्टि नै हो । अहिले सम्म यो क्षेत्रमा लागेर नाम कमाए । मुख्य कुरा त स्रोता दर्शकको माया पाए । यो भन्दा ठुलो हाम्रो लागि अरु कमाई के हुन सक्छ र । शहरमा मात्र होइन विकट गाउमा पनि चिनिन पाएको छु ।
७. तपाईलाई शुरुमा चिनाउने गीत कुन हो ?
आँखा तिमीलाई वोलको गीत चर्चित भयो र मलाई यही गीतले नै चिनायो ।
८. आफु भन्दा पछि आउनेले उछिने जस्तो लाग्दैन तपाईलाई ?
मलाई त्यस्तो लाग्दैन । अरु आएर पछि परेको छैन । मेरो आफनो इमेज आफनो ठाउँमा छ ।
९. तपाईका संगीतका गुरु को हुन ?
शास्त्रीय गुरु प्रभुराज ढकाल हुनुहुन्छ । त्यसै गरी डयाईनियल वर्च र गेट मेथस मेरा संगीतका गुरु हुन ।
१०. संगीत वाहेक अरु पनि पेशा छ की ?
संगीत नै मेरो जीवन हो । यो वाहेक अरु केही छैन ।
११. तपाईको पहिलो रेकर्ड गीत कुन हो ?
२०५१ सालमा गोपाल योञ्जन दाईको संगीतमा पहिलो पटक जिन्दगी वहेको खोला वोलको गीत ।
१२. जीवनमा सुख र दुखको क्षण ?
सुख मात्र जीवन होइन । जीवनमा सुख र दुखको क्षण त आइहाल्छ ।
|
Musukka Hasera
Shradha Rai |
|
Khipima Khipi
Shradha Rai |
|
Binti Chha
Ang Nima Sherpa |
|
Aakha Bhari
Surendra Man Maharjan |
|
Neermaya
Prakash Lama |