


जन्मले उनी बेलायती हुन् । बेलायती रहनसहन अनि भेषभुषाले नेपाली भनेर उनलाई बुझन र चिन्न निकै कठिनाई हुन्छ । लिम्कोक्विङ विश्वविद्यालयका निर्देशक अमोल गुरुङ पोखराको शैक्षिक क्षेत्रमा योगदान पुर्याउने उद्देश्य लिएर पोखरा आएका छन् । उनी पोखरामा भइरहेको छैटौ आहा गोल्डकपमा सहारा युकेको तर्फाट आएका हुन् । उनले सहारा युकेलाई मुख्य प्रायोजन गरेका छन् ।
रिर्टार्यट आर्मीका छोरा अमोलले बेलायतको आर्मी बोर्डिङबाट जिसिइ ओ लेभल पुरा गर्दै मलेसियाको मिडिलएक्स कलेजबाट स्नातोकत्तर पुरा गरेका छन् ।
उनले उक्त कलेजबाट मार्केटिङमा ड्रि्री गरेका हुन् । त्यसपछि बेलायत र्फकदै १ वर्षचार्टर एकाउण्ट अध्ययन गरे । चार्टर एकाउण्टसँगै अमोल बेलायतस्थित उक्त विश्वविद्यालयमा निर्देशकको रुपमा नियुक्त भए । उनले त्यहाँ मार्केटिङ,विजनेस, कोल्यावोरेशन, ब्राण्डिङ अफ युनिभर्सिटी जस्ता गतिविधिलाई आफनो कार्यक्षेत्र बनाएका छन् । हुन त उनी फुटबल पनि खेल्छन् । गोर्खा ट्राभल्सबाट फुटबल खेल्न थालेका हुन् उनले । विश्वविद्यालयको गतिविधिलाई प्रचार प्रसार गर्न सहारा युकेलाई मुख्य प्रायोजन गर्दै पोखरामा आइपुगेका हुन् । उनले पोखरामा उक्त विश्वविद्यालयको एजेन्सी नै स्थापना गर्ने लक्ष्य समेत लिएका छन् । पोखरा आएको बेला उनीसित लभ्ली पोखरा डटकमले गरेको संक्षिप्त कुराकानी -
>> पोखरा कसरी आउनुभयो ? यहाँ आउनुको मुख्य लक्ष्य ?
अमोल-खास गरेर नविन गुरुङमार्फ पोखरा आएको हो । विशेष गरी म खेलकुदको फ्यान हुँ । सहारा युकेले बेलायतमा भएको केही प्रतियोगिताहरुमा जित हासिल गरेको जानकारी पाएपछि फुटबलको फ्यान भएकोले फुटबलप्रति झुकाव बढ्यो । सहारा युकेले स्पोन्सरको लागि आग्रह गर्यो । पोखरामा सहारा क्लबले गरेको गतिविधि र प्रतियोगितामा सहभागिता जनाउन सहारा युकेले गरेके आग्रहलाई स्वीकार गर्दै पोखरामा आएको हो । सहारा क्लबले गरिरहेको प्रोजेक्टको बारेमा पनि नविन गुरुङ मार्फ जान्ने मौका पाए । पोखरामा केवल खेलकुद विशेष गरी फुटबलको लागि मात्रे नभई मेलै विश्वविद्यालयको बारेमा सूचना एवं जानकारी दिन, आवश्यक सरसल्लाहा दिने अवसरको रुपमा पोखरामा आएको हुँ ।
>> पोखराको फुटबल विकासमा सहयोग कस्तो रहन्छ ?
अमोल-खासगरी फुटबलमा भन्दा पनि पोखराका शैक्षिक क्षेत्रमा सहयोग पुर्याउने मेरा उद्देश्य छ । लिम्कोक्विङ विद्यालय विश्वका ठुला देशहरुमा स्थापना भइसकेका छन् । जसरी सहारा क्लब आफनो गन्तव्यमा दौडिएको छ त्यसरी नै नेपाली खेलकुदको लागि पनि बाहृय मुलुकको टोली ल्याउने योजना पनि छ । विशेष गरी मलेसियाको टिम ल्याएर गेम शो गर्ने विचार गरेको छु । जसले विश्वविद्यालयको बारेमा पनि चर्चा गर्न सजिलो हुने अनुमान मैले गरेको छु ।
विदेशी टिमहरुसित स्वदेशी टिम एव. पोखराको फुटबल र खेलाडील अनुभव बटुल्न सक्ने छन् । मलेसियन टिम ल्याएर पोखरामा खेलाउँदा खेलाडीले केही सिक्ने अवसर पाउँछन् भने खेलाडीले लिने अनुभवले पनि व्यवसायिक फुटबलमा थप योगदान हुन सक्छ । मलेसियाको बाहेक अन्यत्रबाट पनि विदेशी टोली ल्याएर खेलाउन सकिएको अवस्थामा झनै राम्रो हुने विश्वास लिन सकिन्छ ।
>> पोखराको शिक्षा र खेलकुद कसलाई बढी जोडदिनुहुन्छ ?
अमोल-पक्कै पनि म अहिले शिक्षा क्षेत्रलाई सहयोग गर्ने योजना बनाएको छु । शिक्षा क्षेत्रको लागि मात्रै मैले १ जना विद्यार्थीलाई विश्वविद्यालयमा अध्ययन गर्नको लागि छात्रबृत्ति प्रदान गर्ने निर्ण्र्ाासमेत गरेको छु । पोखरा विशेष गरी पर्यटन शहरको रुपमा रहेको छ । विद्यार्थी यस्तो होस जो शिक्षा र खेलकुद मानौकि फुटबलमा पनि योग्य होस । त्यस्ता विद्यार्थीलाई विश्वविद्यालयले आवश्यक छात्रबृत्ति दिने योजना नै बनाएको छ । विश्वविद्यालयले अहिले एक जना विद्यार्थीको लागि १५ हजार पाउण्ड छुट्टायाएको छ । उक्त छुट्टायाएको रकमले विद्यार्थीलाई अध्ययन गर्न कुनै समस्या नपरोस भन्ने चाहना छ । विश्वविद्यालयले स्नातक तह (डिप्लोमा) अध्ययन गर्नलाई छात्रबृत्ति दिने घोषणा गरेको हो । तमु प्रतिष्ठान मार्फ उक्त छात्रबृत्तिको घोषणा गरिएको छ । भविष्य अझ धेरै विद्यार्थीलाई छात्रबृत्ति दिने विश्वास दिलाउँछौं । पोखरामा विश्वविद्यालयको एजेन्सी नै स्थापना गरेपछि छात्रबृत्तिको संख्या बढाइने छ । त्यसको लागि हामीले आवश्यक परामर्श गरिरहेका छौ. । सम्भव भएसम्म केही महिनामै एजेन्सी स्थापना गरेर थप विद्यार्थीहरुलाई छात्रबृत्ति दिने प्रयत्न गर्ने छौं ।
>> पोखराको सहारा क्लबलाई सहयोग गर्ने कस्तो योजना छ ?
अमोल-अहिले तत्काललाई केही पनि छैन् । निस्वार्थ भावनाले जसरी काम गरेको छ त्यसलाई सरहाना गर्नुपर्छ । ठुलै प्रोजेक्ट सञ्चालन गरिरहेको छ । फुटबल विकासमा जुटिरहेको अवस्थामा विश्वविद्यालयले अहिले केवल शिक्षा क्षेत्रलाई मात्रै जोड दिएको छ । क्लबलाई बेलायतमा बस्ने अन्य नेपाली दाजुभाइले आर्थिक लगायत विभिन्न सहयोग गर्दै आउनुभएको छ । खास गरी नविन गुरुङ, मुक्षेत्र गुरुङ, शेरा गुरुङ, महेश गुरुङ, मीन गुरुङ लगायतले सहयोग गर्नुभएको छ । विश्वविद्यालयले सहारा युकेलाई मुख्य प्रायोजन गरी पोखरासम्म आइपुगेका छौं । सहारा युके मार्फ भविष्यमा क्लबको कामप्रति प्रेरित भएर सहयोग गर्ने योजना बनाएको छु।
>> अन्त्यमा ....
अमोल-विशेष धन्यवाद लभ्ली पोखराडटकमलाई । पोखराको क्षेत्रमा केही गर्ने योजना अनुरुप छात्रबृत्ति १ जनालाई दिएका छौं । शैक्षिक क्षेत्रसँगै अन्य क्षेत्रमा पनि विश्वविद्यालयले सहयोग पुर्याउने विश्वास दिलाउन चाहन्छु । फुटबल विकासको लागि पनि विदेशी टोली ल्याउने योजनामा छ ।
|
Musukka Hasera
Shradha Rai |
|
Khipima Khipi
Shradha Rai |
|
Binti Chha
Ang Nima Sherpa |
|
Aakha Bhari
Surendra Man Maharjan |
|
Neermaya
Prakash Lama |