


नविन पुन । यो नाम पोखराबासीको लागि नयाँ नाम होइन । नविन भन्ने वित्तिकै मानिसहरु वित्तिय संस्था र खेल दुवैसँगको नजिकको सम्बन्धले चिन्ने गर्दछन । नेपाल विकास बैंक लिमिटेडका अध्यक्ष र सेभेन ए साइड फुटबल फेडेरेसन दुवैको जिम्मेवारी यतिबेला ३३ वर्षा युवा पुनको काँधमा रहेको छ । व्यवस्थापनमा स्नातक सम्मको अध्ययन गरेका पुनले नेपाल सहकारी संस्था लिमिटेडलाई ८ वर्षसम्म कार्यकारी निर्देशक र ५ वर्षअध्यक्ष पदमा रही जिम्मेवारी सम्हालेर नै आजको स्थितिमा आइपुग्न सफल भएको हो । खेलको कुरा गर्ने बित्तिकै धेरैले बास्केटबलको खेलाडी रुपमा चिनिने पुन नेपाल बास्केटबल टिमका पूर्व कप्तान भई बंगलादेशमा टिमको नेतृत्व गरेर समेत पुग्नु भएको थियो । तर अहिले उहाँ सेभेन ए साइडको नाम पनि परिचित हुनुहुन्छ । २०३२ सालमा जन्मनु भएका पुनको नेतृत्वमा नै अहिले नेपालको सेभेन ए साइड फुटबल अगाडी बढीरहेको छ ।
बुबा भुतपूर्व मन्त्री उत्तम पुन र आमा मायादेवी पुनका सुपुत्र नविन पुन यतिबेला नेपाल विकास बैंक लिमिटेडको अध्यक्ष, नेपाल सहकारी संस्था लिमिटेडका संरक्षक, नेपाल सेभेन ए साइड फुटबल फेडेरेसनका अध्यक्ष तथा एसियन सेभेन ए साइड फुटबल फेडेरेसनका उपाध्यक्ष पदमा रही जिम्मेवारी सम्हाली रहनु भएको छ । पारिवारिक पूर्ण सहयोग प्राप्त गरेर नै आजको स्थितिमा आइपुग्न सफल भएको बताउने पुनसँग वित्तिय संस्था र खेलकुदको बारेमा लभ्ली पोखरा डटकमले गरेको कुराकानी :
१, पछिल्लो समयमा बैंकिङ चुनौतीहरु के-के देख्नु भएको छ ? बजारमा बैंकसँगै अस्वस्थ प्रतिस्पर्धा पनि बढेको जस्तो देखिन्छ ?
अहिलेको समयमा बैंकहरु, वित्तिय संस्थाहरु धेरै भएको हुँदा राम्रा ग्राहकहरु सबैले लिन खोज्ने हुँदा ग्राहकहरु खोज्न र दिगो सम्बन्ध राख्न सक्नु नै मुख्य चुनौती बनेको छ । अस्वस्थ प्रतिस्पर्धा भएको पाइन्छ तर खराब चीज धेरै समयसम्म चल्न सक्दैन ।
२, बजारमा बैंकहरु च्याउ उम्रे झै उम्रिरहेका छन, यस्तो अवस्थामा कसरी बैंक सञ्चालन गर्नुभएको छ ?
बैंक सञ्चालन गर्ने आ-आफ्नै तरिका हुन्छन । र्सवप्रथम त बैंकमा रहेका कर्मचारीहरु, बोर्डका डाइरेक्टरहरु एक आपसमा पारिवारिक सम्बन्ध कायम गरी चल्न सकेमा राम्रो हुन्छ । च्याउ उम्रे झै बैंकहरु उम्रनु नराम्रो भने होइन यसले आम जनतालाई नै फाइदा पुग्ने गर्दछ । तर बैंकहरुले सहि ठाँउमा लगानी गरी सही प्रतिफल कमाउन नसकेमा भने बैंकको अस्थित्व गुम्म पनि सक्छ ।
३, नेपालको आर्थिक स्थिति धराशही बन्दै गईरहेको छ, मानिसहरुले पैसा तिरेर पनि सामान पाउन सकिरहेका छैनन, मुद्रास्पिmति बढ्दो छ के यस्तो अवस्थामा आर्थिक क्रान्ति सम्भव छ ?
यदी सबैजना हातेमालो गरेर अगाडी बढेमा र त्यसमा पनि राजनैतिक पार्टीले अब देशको स्थितिलाई हेरेर आर्थिक क्रान्तिमा आठ दश बर्षकुनैपनि बहाना नबनाई लाग्ने हो भने सम्भव हुनसक्दछ । संसारका प्रायः देशहरुमा राजनैतिक अस्थिरता भएसम्म कुनै पनि व्यापार, व्यवसाय र साथसाथै विदेशी सहयोग फस्टाउन सक्दैन त्यसैको नतिजा बेरोजगारी, गरिबी बढ्दै जान्छ । अत नेपालमा आर्थिक क्रान्ति सम्भव हुनका लागि राजनैतिक अस्थिरता हट्नु पर्दछ ।
४, अर्थतन्त्रको विकास गर्नका लागि अब बन्ने संविधानले कस्तो नीति ल्याउनुपर्छ ?
अब बन्ने संविधानले व्यापार, व्यवसाय, उद्योग, कृषिलाई विशेष ध्यान दिनुपर्दछ । जब हाम्रो देशका अधिकांश नेपालीहरु अझै कृषि पेशामा नै आबद्ध छनभने कृषिलाई प्राथमिकता नदिए सम्म त अर्थतन्त्रको समग्र विकास हुनु आवश्यक छ । कृषि उपजको राम्रो मुल्य सहित बजार सम्म पुर्याउनका लागि यातायात र सडकको तुरुन्तै निर्माण गरिनुपर्छ । रोजगारसँग आवद्ध उद्योग, व्यापार, व्यावसाय, यातायात आदिमा हडताल हुन भएन भएपनि बन्द, जाम जस्ता कार्यहरु बन्द नै गर्नुपर्दछ ।
५, (प्रशङ बदलौं) नेपालमा सेभेन ए साइड फुटबल भित्र्याउने सोच कसरी आयो ? छोटो समयमा नै यसले निकै सफलता पाउदै गएको छ, कसरी सम्भव भयो सफलता ?
देशको भौगोलिक दृष्ट्रिकोणले हेर्दापनि हाम्रो देशमा विशेष पहाडी क्षेत्रमा सानो सानो मैदान हुन्छ, त्यसमाथि पनि फुटबल खेल्न वा पेशा बनाउन पनि सबैलाई काठ्माडौं, पोखरा बस्नु सम्भव हुदैन । अत स-सानो मैदान हुने गाँउगाँउबाट पनि राम्रा खेलाडीहरु जन्माउनका लागि यसले सहयोग गर्दछ । खासमा गाँउगाँउमा फुटबल खेलको विकास गर्नका लागि नै यसलाई नेपालमा भित्र्याइएको हो । नेपालमा सेभेन ए साइड फुटबलले प्राप्त गरेको सफलता यसका सदस्यहरुको योगदान नै हो । र उनीहरुकै सहयोगका कारण अझै यसले थुपै्र सफलताहरु हात पार्दै जानेछ ।
६, सरकारले सेभेन ए साइड फुटबललाई सहयोग नगरेको वा महत्व नदिएको जस्तो देखिन्छ, किन यस्तो ? राष्ट्रिय खेलकुद परिषदको सहयोग कत्तिको पाउनु भएको छ ?
सरकारले महत्व नदिएको होइन तर एकैचोटी कुनै पनि संस्थालाई पूर्ण रुपमा सहयोग भने गर्न सक्दैन । कुनैपनि संस्था सञ्चालनको लागि स्वीकृति प्राप्त गर्नु जरुरी छ, जसमा सरकारले सहयोग गरेको छ । राष्ट्रिय खेलकुद परिषदको पनि सहयोग प्राप्त भएको छ, आर्थिक सहयोग नभएपनि स्वीकृति दिने र कार्यक्रममा सहभागी भई सहयोग गरिनै रहेको छ ।
७, नेपाली फुटबल दर्शकहरु फुटबलमा जस्तो सेभेन ए साइडमा मोहित भएको देखिदैन नी ?
यो विल्कुलै गलत कुरा हो किनभने पोखरामा मात्र वर्षोनी २०/२५ वटा नै सेभेन ए साइड फुटबल प्रतियोगिता हुने गर्दछ र अर्को कुरा सेभेन ए साइड अन्तराष्ट्रिय रुपमा बल्ल एक चोटी दर्शकहरुले हेर्नुभयो । जसमा दर्शकहरुको उपस्थिति राम्रो थियो र फाइनल खेलमा त दर्शकहरु खचाखच रहेका थिए । यो खेल नयाँ भएकाले कतिपय दर्शकहरु खेल चिन्नका लागि मात्र पनि आएका थिए तर आगामी दिनमा यस खेलमा दर्शकहरुको उपस्थिति बढ्दै जानेमा हामी विश्वस्त छौं ।
८, घरेलु खेलाडीहरु कै प्रयोग गरेर सफलता हात पारिरहनु भएको छ, भर्खरै श्रीलंकाबाट जितेर पनि र्फकनु भएको छ तर त्यसको चर्चापरिचर्चा खासै छैन नी ?
हामी मोफसलमा भएको हुनाले पछिको भविष्य सुनिश्चित गर्नका लागि पनि उनीहरु मेहेनतका साथ खेल्ने गर्दछन र खेलाडीको बारेमा हामीहरुलाई राम्रोसँग थाहा हुने कारणले गर्दा पनि उनीहरु मेहेनत गर्न बाध्य हुन्छन । हामीहरु पनि उनीहरुसँग भएको पुरै खुबी बाहिर निकाल्न सफल भएका छौं, जसले गर्दा भर्खरै पनि हामीले श्रीलङ्काबाट पनि विजयी भएर फर्केका छौं । जुन चर्चापरिचर्चाको कुरा छ त्यो जति मात्रामा हुनुपर्ने थियो त्यती मात्रामा भने भएको छैन । यसको मुख्य कारण मलाई लाग्दछ की हामी मोफसलमा खोलिएको पहिलो केन्द्रिय कमिटी हो साथै देशको राजनैतिक अस्थिरताका कारण पनि खेलकुदलाई चासो नदिनुले पनि यस्तो भएको हो ।
९, आँउदा दिनमा सेभेन ए साइड फुटबलको विकासको लागि के कार्यक्रमहरु ल्याउदै हुनुहुन्छ ?
नेपाल सेभेन ए साइड फुटबल फेडेरेसनले आगामी वर्षभत्र घटीमा पनि १८ जिल्लामा यसको साखा गठन गर्नेछौं । त्यस्तै काठमाडौं लगायत अन्य जिल्लामा पनि विद्यालयस्तरमा, नेशनल लेभलमा र सम्भव भएसम्म अन्तराष्ट्रिय टुर्नामेन्ट पनि गर्ने सोच लिएका छौं । खेलसँगसँगै रेफ्रीहरुलाई पनि विगतमा जस्तै अन्तराष्ट्रिय तालिममा मात्र सहभागि गराउने छौं ।
१०, नेपालमा अन्य खेलको तुलनामा सेभेन ए साइड फुटबलका भविष्य कस्तो देख्नु हुन्छ ?
यसको भविष्य निकै उज्जवल छ । हामीले अहिलेसम्म तीन पटक भन्दा धेरै पटकसम्म अन्तराष्ट्रिय देशहरुमा नेपालको प्रतिनिधित्व गर्दै क्रमशः तृतिय, प्रथम, प्रथम स्थान हात पार्न सफल भएका छौं । त्यस्तै हरेक वर्षक्लबस्तरीय २०/२५ वटा, नेशनल तथा अन्तराष्ट्रिय एक एक वटा गरेर मोफसलमा मात्रै वर्षा करिब २८/३० वटा प्रतियोगिताहरु सम्पन्न हुने गर्दछ । यसरी एक वर्षा नै यतिधेरै प्रतियोगिता सम्पन्न हुनु, अन्तराष्ट्रिय खेलमा सफलता प्राप्त हुदै जानु र दिनप्रतिदिन मानिसहरु यसप्रति आकषिर्त हुनाले नेपालमा सेभेन ए साइड अझै राम्रो हुदै जानेमा हामी विश्वस्त छौं ।
११, अखिल नेपाल फुटबल संघ, नेपाल फुटबल संघ । यसरी एउटै खेलको लागि दुई दुई वटा संस्था जन्मनुले के फुटबलको विकास हुन्छ ?
यो राम्रो कुरा होइन, तर के गर्ने । सायद खेलाडीहरुको भविष्य अन्धकारमय हुँदै जादै छ । यदि दुवै संस्था बिच समझदारी गरी, व्यक्तिगत स्वार्थ भन्दा पारदर्शिता देखाउँदै चुनाव गरेर फुटबलको विकासमा लागेमा राम्रो हुन्छ ।
१२, खेल र व्यवसाय दुवैमा व्यस्त रहनुहुन्छ कसरी समय मिलाइराख्नु भएको छ ?
मैले बिहानको समय अधिकांश खेलकुदलाई र दिनभर व्यवसायलाई र बाँकी रहेको समय परिवारलाई दिन्छु ।
१३, तपाईले खेल तथा व्यवसायका क्रममा देश विदेश दुवै देख्नु भएको छ । नेपालबाट विदेशिने युवाहरुलाई के भन्न चाहनुहुन्छ ?
हुनत विदेशिनु युवाहरु इच्छा होइन बाध्यता हो जस्तो मलाई लाग्छ । तैपनि म युवाहरुलाई स्वदेशमा नै रोजगारीका लागि पहल गर्नुहोस भन्न चाहन्छु तर त्यो भन्दा पहिले सरकारले नै रोजगारका विकल्पहरु तयार गर्नु पर्दछ । जब विकल्पहरु हुन्छन तब युवाहरुले रोजगारको मौका पाउने गर्दछन ।
१४, अन्त्यमा तपाईको भावी योजना ?
म संर्घषको बाटोमा अगाडी बढीरहेको छु । पारिवारिक सहयोगका साथमा आफ्नो बुबाको सोचलाई साकार पार्नका लागि अगाडी बढी नै रहेको छु, अझै धेरै गर्न बाँकी छ । जसरी नेपाल सेभेन ए साइड फुटबल अन्तराष्ट्रिय जगतमा परिचित बन्न सफल भएको छ त्यसैगरी नेपाल विकास बैंकलाई पनि नेपालका साथसाथै अन्तराष्ट्रिय क्षेत्रमा चिनाउने काममा म लागि रहने छु ।
|
Musukka Hasera
Shradha Rai |
|
Khipima Khipi
Shradha Rai |
|
Binti Chha
Ang Nima Sherpa |
|
Aakha Bhari
Surendra Man Maharjan |
|
Neermaya
Prakash Lama |