


पोखरामा गुरुङ चलचित्र निर्माण शुरु भएको डेढदशक पुग्नै आँटेको छ । डेढ दशक अवधिमा झण्डै ५ दजर्नको हाराहारीमा गुरुङ चलिचत्र बनिसकेका छन् ।
हिमाली र पहाडी जनजीवनसँगै गुरुङहरुको सँस्कृतिलाई उजागार गर्ने मुख्य अभियानसहित चलचित्र निर्माण हुदैं आएका छन् । त्यसो त डेढदशकको अवधिमा चलचित्र निर्माणको क्रमम पनि परिवर्तन हुदैं आएको छ । शुरुमा सस्कृतिसँगमात्रै जोडिएको फिल्म बन्थे भने पछिल्लो समयमा शहरी जनजीवन एवं आधुनिक शैलीमा चलचित्र निर्माण गर्ने बढेको छ । आधुनिक तर्फढल्कदै गएपछि लगानीको हिसाबले पनि चलचित्र डेढदशकै अगाडिको स्थितिमा छ । डेढदशक अघि निर्माण गरिएको चलचित्रको लागत र अहिलेको लागत उस्तै छ । प्राविधिक रुपमा सबल बन्दै गएको छ भने गुरुङ चलचित्रको कथापनि आधुनिक बन्दै गएको छ । गुरुङ चलचित्र निर्माणमा झण्डै ३ करोड रुपियाँ लगानी भइसकेको गुरुङ फिल्म एशोसियसनका अध्यक्ष माओत्से गुरुङ बताउँछन् ।
गुरुङ चलचित्रको आन्तरिक भन्दा बाहृय बजार बढी छ । आधुनिकता तर्फपाइला चाल्दै गरेको गुरुङ चलचित्र हेर्ने स्थानीय दर्शकको अभाव सधैं देखिने गरेको छ भने विदेशमा हुने च्यारिटी शोले लगानी उठाउन योगदान गरेको छ । 'गुरुङ चलचित्रको आन्तरिकमा भन्दा बाहृय बजार राम्रो छ ।' अध्यक्ष माओत्से भन्छन-'एउटै चलचित्र थुप्रै देशमा च्यारिटी शो हुन्छ ।' पोखरामा निर्माण भएको कृपा, पछिल्लो समयमा बनेको ङै जिन्दगी, आजी, सै न्होर्वे म्रुस्यो, ङै ङहो, चों लगायता अधिकांश गुरुङ चलचित्र विदेशमा प्रदर्शन हुने गरेका छन् । हङकङ, बेलायत, अमेरिका, जापान, मकाउ, सिंगापुर, क्यानडा, हल्याण्ड लगायतका देशमा च्यारिटी शो हुदैं आएका छन् ।
कृपा स्थानीय बजारमा सबैभन्दा धेरै चलेको गुरुङ चलचित्र हो । पाँच दिनसम्म पोखराको हलमा चलेको कृपा क्यानडाका भएको अन्तराष्ट्रिय आदिबासी चलचित्र महोत्सवमा सहभागि हुदै पुरस्कार समेत थापेको छ भने काठमाडौं सम्पन्न अन्तराष्ट्रिय पर्वतीय चलचित्र महोत्सवमा दर्शक छनोट पुरस्कार प्राप्त थियो । ङै जिन्दगी आन्तरिक बजारमा आउन नपाउँदै अमेरिकामा प्रदशनीको तयारीमा रहेको छ । क्रमु र नानु २ बेलायतमा प्रदर्शन भएका छन् । 'विदेशमा नदेखाइएको गुरुङ चलचित्र कमै छन् ।' अध्यक्ष माओत्से थप्छन । २०५२ सालमा पाते टेलिचलचित्रबाट शुरुभएको हो । पहिलो भिडियो चलचित्रको रुपमा न्हाम्स्यो न्होरी निर्माण गरिएको थियो । गुरुङ चलचित्र निर्माण बन्न शुरुगरेयता ५५ वटा चलचित्र बनिसकेका छन् । विदेशमा बस्ने गुरुङ समुदायको आग्रहमा चलचित्रहरु च्यारिटी शो गरिदैं आएको एशोसियनले जनाएको छ । 'सानो लागतमा निर्माण गरिन्छ । त्यही अनुरुपको आम्दानी पनि भएको छ ।' माओत्से भन्छन । गुरुङ चलचित्र ५ लाखकै लागतमा तयार हुदैं आएका छन् । चलचित्रको अन्तरिक बजार काठमाडौं, बुटबल, चितवन हुन् ।
गुरुङ चलचित्र हेन र्सवसाधारणहरु हलसम्म धाउँदैनन् । हलमै टिकट काटेर हेर्ने दर्शक औंलामा गन्न सकिने अवस्थामा रहेको स्वयं गुरुङ फिल्म एशोसियसन स्वीकार्छ । 'स्व स्फूत रुपमा हलमा आएर हेर्ने नेपाली दर्शक नै छैनन् ।' उनी भन्छन-'घरघरमा टिकट थमाँए मात्रै हेन आँउछन् ।' निर्माणको शुरुवातमा दर्शकको आकर्षा निकै थियो तर पछिल्लो समयमा दर्शक च्वाइस बढ्दै गएको छ । 'पहिला फिल्म ठेट बन्थ्यो । अहिले आधुनिक हुदैं गएको छ ।' गुरुङ फिल्म एशोसियसनका अध्यक्ष माओत्से गुरुङ भन्छन-'सस्कृतिलाई रियालिष्टिक ल्याउन प्रयास अपरिहार्य छ ।'
|
Musukka Hasera
Shradha Rai |
|
Khipima Khipi
Shradha Rai |
|
Binti Chha
Ang Nima Sherpa |
|
Aakha Bhari
Surendra Man Maharjan |
|
Neermaya
Prakash Lama |