वद्री पगेनी
चर्चित युवा लोक तथा दोहोरी गायक
जन्म २०३९ रामपुर पाल्पा
ससुरालीमा ,व्युटी नम्वर वान, फोटो फिर्ता लेउ, पिएन क्याम्पस तानसेन खस्यौली उनका लोकदोहोरी गीतका एल्वम हुन । उनका यी सवै एल्वमले नाफा कमाए । उनि नेपाल टेलिभिजन वाट प्रसारण हुने सुसेली कार्यक्रमका सञ्चालक पनि हुन । हिट्स एफएम अर्वाड देखि दर्जनौ संघ सस्थावाट सम्मानित भइसकेका छन् । निरमाया रोधी क्लवका निर्देशक र राष्ट्रिय लोकदोहारी गीत प्रतिष्ठानका केन्द्रिय सदस्य समेत हुन । छोटो समयमै उनले लोक तथा दोहोरीगीतमा आफनो भिन्नै पहिचान वनाइसकेका छन् ।
उनि धेरै भन्दा थोरै गीत गाएर स्तरीयतलाई ख्याल गर्छन् ।राजधानीवाट पोखरा आएको वेला उनि संग गरिएको कुराकानी -
? तपाईको ससुरालीमा वोलको गीतले व्यापक चर्चा वटुल्नुको रहस्य ?
समयको माग अनुरुप यो गीत मैले रचे र सोही स्वर लय र तालको समिश्रण भयो । गीतमा साली र भेनाको ठटयौली छ । यो सवैको कारक हुन सक्छ ।
? कति बिक्री भयो यो एल्वम ?
२ लाख ५० हजार ।
? भने पछि मनग्गे कमाउनु भयो यो एल्वमवाट ?
मैले अरु नकमाए पनि दर्शक स्रोताको माया भने मनग्गे कमाए ।
? तपाईले कति वर्षे उमेेर देखि गीत गाउन थाल्नु भएको हो ?
मैले गाउन थालेको सात वर्षो उमेर देखि नै हो ।
? स्टेजमा उभिएर पहिलो पटक कुन गीत गाउनु भयो ?
रातो रिवन अन्याय सहेर वित्यो जीवन हो । जुन २०४६ सालको कुरा हो ।
? यतिको मिठो स्वर भएर पनि एल्वम निकाल्न अलि ढिलो गर्नु हुन्छ नि किन ?
महिनै पिच्छे एल्वम निकालेर सस्तो प्रचारमा रमाउन मलाई मनपदैनन । ढिलोहोस् वरु राम्रो होस् भन्ने मान्यता म राख्दछु ।
? पिएन क्याम्पस गीतलाई क्याम्पसको वेइज्जत भयो भनेर व्यान्ड गरिएको हल्ला थियो नि । के यो साचो हो ?
विल्कुलै गलत हो । मैले क्याम्पसको मान मर्दन गर्नका लागि यो गीत गाएको होइन । पश्चिमाञ्चलको ठुलो क्याम्पसलाई आधार वनाएर यो गीत वनाएको थिए मैले । गीतले चर्चा पाए पछि विरोधीहरु यसो भनेका होला सायद ।
? तपाई प्राय सिन्धुमल्ल संगै गीत गाउनु हुन्छ नि ?
उहाको स्वर मिठो छ । सिन्धु मल्ल संग मेरो गीतको भावना मिलेर पनि होला ।
? तपाईले देश वाहिर कति ठाउमा कार्यक्रम गर्नु भयो ?
१४, १५ ठाउमा पुगिसकेको छु ।
? लोकगीत के हो ?
नेपालको पुरानो र सरल संगीत हो । जुन गीतलाई ४-५ वर्षदेखि ८० वर्षा वृद्धले पनि सजिलै वुझन सक्छन् ।
? तर अहिले पप गीतको टे्रनले लोकगीतलाई खायो भन्छन् नि ?
पपगीतकेा आफनै स्थान छ त्यसैगरी लोकगीतको । कसैले कसैलाई खान सक्दैन ।
? तपाईको अरु के पेशा छ ?
दोहोरी गीत नै मेरो पेशा हो । म यसैवाट नै वाचेको छु ।
? स्टेजमा गीत गाए वापत कति पारिश्रमिक लिन गर्नु भएको छ ?
५ हजार देखि १५ हजार सम्म लिने गरको छु ।
? विवाह कहिले गर्नु भएको हो ?
चार वर्षभयो ।
? कस्तो विवाह हो ?
आठ वर्षलामो प्रेम विवाहमा परिणत भएको हो ।
साभार साप्ताहिक
|
Musukka Hasera
Shradha Rai |
|
Khipima Khipi
Shradha Rai |
|
Binti Chha
Ang Nima Sherpa |
|
Aakha Bhari
Surendra Man Maharjan |
|
Neermaya
Prakash Lama |