वसुन्धरा भुषाल । नेपाल चलचित्रकी अभिनेत्री । जन्म २००७ साल क्षेत्रपाटी काठमान्डौ । चलचित्र क्षेत्रमा लागेर उनले चार दशक भन्दा वढी समय विताइसकेकी छिन् । नेपाली चलचित्रकी उनि पहिलो हास्य अभिनेत्री पनि हुन् । रंगमञ्चवाट उनि चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । हास्य, चरित्र अभिनेत्री देखि खल पात्रको भुमिका उनले चलचित्र मा अभिनय गदै आएकी छिन् । ५३ वषिर्या भुषालको चलचित्र मा खेल्ने मोह अहिले सम्म पनि जस्ताको त्यस्तै छ ।
प्रस्तुत छ उनि संग गरिएको कुराकानी कुराकानी-
? तपाईलाई चलचित्रमा आउन के ले आकषिर्त गर्यो ?
गर्वमा नै लेखेर नै आएको जस्तो लाग्छ । स्कुलमा पनि नाच्ने गाउने गर्दर्थै । चलचित्रमा अभिनय गर्नका लागि नै मेरो जन्म भएको जस्तो लाग्छ ।
? चलचित्रमा नआएको भए के गर्नु हुन्थयो ?
सायद खेलाडी हुन्थे होला। किन की खेलकुदमा पनि मेरो उतिकै लगाव थियो ।
? अरु पेशा पनि त गर्न सक्नुहुन्थयो नि ?
सायद अरु पेशामा लागेको भए म दुखि हुन्थे होला । सिने क्षेत्रमा लागेको ले राम्रो फल पाए जस्तो लाग्छ ।
? चलचित्रमा आउन कसले अभ्रि्रेरित गर्यो तपाईलाई ?
नेपालको पहिले सिने निर्दैशक हिरासिंह खत्रीले मलाई चलचित्रमा जन्म दिनु भयो र प्रकाश थापाले कर्म दिनु भयो । त्यसै गरी रंगमञ्चमा सिता थापा र चलचित्रमा अभिनेत्री भुवन चन्दको पनि ठुलो प्रेरणा पाए ।
? घरपरिवारको सर्पौट कस्तो थियो उति वेला ?
वावा आमाले त चलचित्रमा नाच्दा छोरी व्रि्री भनेर यस क्षेत्रवाट छुटाउन चाहनु हुन्थयो । कतिपटक त सिस्नोपानी लगाएर पनि चुटनु भयो ।
? भने पछि संर्घष थुप्रै गर्नु भयो ?
मैले आफनो कर्तव्य पथलाई छोडिन । दुखमा नआतिनु र सुखमा न मात्तिनु भन्ने भनाइलाई लिएर म अगाडी वढे ।
? अहिले सम्म तपाइले अभिनय गरेका चलचित्रका सख्या कति पुगे ?
एक सय भन्दा वढी पुगिसकेका छन् ।
? चंखे र नक्कलीको जोडी छुटयो नि आजभोलि ?
गोपाल जी संग काम गर्दा हाम्रा सिनेमाहरु प्राय सवै हिट हुने गर्दथे । विचमा उहा विरामी हनु भयो । त्यस पछि उहा? संग काम गर्ने अवसर गुमेको हो ।
? नायिका वन्ने चाहना राख्नु भएन ?
नायिका वनेको भए अहिले सम्म कुन कुनामा थन्किसक्थे । चरित्र अभिनेत्री भएर नै अहिले सम्म चलचित्र उधोगमा टिकीरहेकी छु ।
? ए रातै , नक्कली भनेर वाटो हिडनेले जिस्काउदा कस्तो लाग्छ ?
पहिला पहिला ज्ािस्काउदा रिस उठथ्र्यो । आजभोलि दर्शकले वुझेर जिस्काउने हुदा खुशि नै लाग्छ ।
? पारिश्रमिक कति लिने गर्नु भएको छ एउटा चलचित्रको ?
रोल अनुसार एउटा चलचित्रमा ७५ हजार भन्दा वढी लिने गरेकी छु ।
? अहिले चलचित्रमा लागेर वाच्ने अवस्था छ त ?
निकै कठिन छ । अहिले जुन क्षेत्र हेरे पनि यस्तै डामाडोल छ ।
? (प्रसंग मोडौ) विवाह कहिले गर्नु भएको हो ?
२०२४ सालमा विवाह भएको हो ।
? कस्तो विवाह हो ?
प्रेमविवाह भनौ भने प्रेम गरिएन मागी विवाह भनौ भने वाजा वजाइएन । मन मिल्यो विवाह भयो ।
? श्रीमान के गर्नु हुन्छ नि ?
उहा नेपाल प्रहरीको कार्यावहाक एसपीवाट रिटायर्ड भइसक्नु भएको छ ।
? श्रीमान् वाट कस्तो रेसपन्स् पाउनु भएको चलचित्रमा लाग्न ?
उहा?कै प्रेरणा र सहयोगले गर्दा नै अहिले सम्म यस क्षेत्रमा टिकीरहेकी छु ।
? उसो भए तपाइ गृहणी की कलाकार ?
सुटिङमा हिडदा कलाकार र घरमा हुदा आमा र गृहणीको भुमिका निर्वाह गरेकी छु ।
? घरमा के के काम गर्नु हुन्छ ?
घरमा खाना पकाउने देखि घर सफा गर्नै सवै काम गर्छू ।
? खानामा के मन पर्छ ?
टिपीकल नेपाली खाना मन पर्छ । गुन्द्रुक, मस्यौरा र कालो दाल औधी मन पर्छ ।
? छोरा छोरी कत्ति छन् ?
दुइ छोरी र एक छोरा
? के के गर्छन् उनिहरुले ?
एउटा छोरा र एउटा छोरीले अमेरीकामा कम्पयुटर साइन्स पढदै छन् । ठुली छोरीको विवाह भइसकेको छ ।
? अव तपाइ कहिले सम्म चलचित्रमा खेल्नु हुन्छ ?
अन्तिम अवस्थामा सम्म । जहिले सम्म सास र आश रहन्छ ।
? अफर आउन छाडयो भने नि ?
अफर आउछ कि नआउनु । आमाको रोलमा नआए पनि हजुरआमाको रोल आउछ । कहिल्यै रिर्टार्यड हुदिन जस्तो लाग्छ ।
? अन्तयमा के भन्न चाहनु हुन्छ ?
नेपाली चलचित्र भनेको हाम्रो आफनै सस्कृति र भाषा हो । यसको संरक्षण गर्न का लागि सवैलाई नेपाली चलचित्रलाई माया गरिदिन अनुरोध गर्दछु ।
साप्ताहिकमा प्रकाशित
साभारः साप्ताहिक
|
Musukka Hasera
Shradha Rai |
|
Khipima Khipi
Shradha Rai |
|
Binti Chha
Ang Nima Sherpa |
|
Aakha Bhari
Surendra Man Maharjan |
|
Neermaya
Prakash Lama |