सुगम पोख्रेल - चर्चित पप गायक
शिव शर्मा 'चञ्चल'
पोखरा

सुगम पोख्रेल, युवापुस्तका चर्चित पप गायक । जन्म २०३६ साल । उनका गीत सुन्नेहरु कम्मर मर्काएर ननाच्ने विरलै हुन्छन् । पूर्वको मोरङ मंगलवारे भलुवा स्थायी घर भएका सुगम अहिले राजधानीमा बसेर गायनमा तहल्का मच्चाएका छन् ।

उनलाई फेरी त्यो दिन सम्झना चाहन्न बोलको गीतले सांगितिक क्षेँत्रमा स्थापित गराउने काम गर्‍यो । हाल उनि गायन संगैसगरमाथा एफ एममा आरजेको रुपमा पनि त्यतिकै चर्चित छन् ।

अहिले सम्म सुगमको विभिन्न विद्यामा ७० वटा भन्दा बढी गीतहरु रेकर्ड भइसकेका छन् भने २० वटा गीतहरुको म्युजिक भिडियो पनि तयार भइसकेका छन् । उनी प्राय गीतको शब्द रचना देखि लिएर संगीत पनि आफै भर्ने गर्छन् । पछिल्लो पटक अहिले उनको मेरो एउटा साथी छ बोलको गीत पनि र्सवाधिक चर्चित बनेको छ । श्रीमति र एक छोरी सहित उनी काठमान्डौमा बसोबास गदै आएका छन् । अहिले का युवा ढुकढुकी गायक सुगम पोख्रेल संग लभ्लीपोखरा डटकम को कुराकानी ।


१.तपाईको सांगितिक यात्राको शुरुवात कसरी भयो ?

गाउँने त म स्कुले जीवन देखि नै गर्दर्थै । खास मेरो सांगितिक यात्राको प्रारम्भ ०५२ सालबाट भएको हो । जति बेला हाम्रो SPOX भन्ने एउटा सांगितिक ब्यान्ड पनि थियो । जुन ब्यान्डमा सुदिन पोख्रेल संग मिलेर गाउने गर्दर्थे । पहिलो गाएको गीत म माया गर्छु बोलको थियो ।


२. कसरी प्रभावित हुनु भयो क्षेत्रमा ?

रेडियो नेपालमा बज्ने गीतहरु सुनेर र क्यासेट प्लेयर हेरेर म गायन कला तर्फआकषिर्त भए । शुरुवातको क्रममा सौखको रुपमा लागे भने. विस्तारै रुची बढदै अहिले यसलाई व्यवसायिक रुपमा अगाडी बढाएको छु । संक्षेपमा भन्दा रेडियो नेपाल र क्यासेट प्लेयरबाट नै म पूर्ण रुपमा प्रभावित भएको हुँ ।


३. तपाईका अहिले सम्म बजारमा आएका एल्बमहरु कुन कुन हुन ?

शुन्य, हाइबे, सुत्र, सुगम यात्रा, स्कुल पाठशाला ।


४. अहिले सम्म तपाईले गाएका गीतहरुमा सवैभन्दा सन्तुष्ट लागेको गीतको नाम लिनु पर्दा ?

हुन न आफुले गाएका सवै गीतहरु आफुलाई त्यतिकै प्रिय लाग्छ नै । तर पनि नामै लिनु पर्दा फेरी त्यो दिन सम्झन चाहन्न बोलको गीतले अहिले सम्म पनि मलाई चरम सन्तुष्टिको अनुभूत गराएको छ ।


५. भने पछि गायन बाट सन्तुष्ट नै हुनुहुन्छ ?

सन्तुष्ट नभएको भए देखि सायद अहिले म यो क्षेत्रमा हुने नै थिइन । तर गायनबाट स्थापित नै भए भनेर म घमन्ड गर्न चाहदिन । अझै पनि मैले लामो बाटो पार गर्न बाँकी नै छ जस्तो लाग्छ । त्यो बाटोमा म अहिले हिडीरहेको छु ।


६. तपाई आफनो संगीतको गुरु कसलाई मान्नुहुन्छ ?

म सिबी क्षेत्रीलाई आफनो सागितिक गुरु मान्दछु । उहाँबाटै मैले करीव चार वर्षसंगीतको औपचारिक शिक्षा र ज्ञान बटुले ।


७.अहिले सम्म कति वटा कर्न्सट गर्नु भयो ?

हिसाब नै गर्ने हो भने पनि अहिले सम्म २ सय भन्दा बढी भइसकेका छन् ।


८. अहिले सम्म गीत गाउँन नेपालको अलवा विदेशका कुन कुन ठाउँमा पुग्नु भयो त ?

बेलायत, अष्ट्रेलिया, कोरिया, हङकङ, कतार र भारतका विभिन्न भागमा कर्न्सट गरेको छु ।


९. एउटा कर्न्सटमा गाए वापत पारिश्रमिक कत्ति सम्म लिने गर्नु भएको छ त ?

सामान्यतः १० देखि ५० हजार सम्म हो । विदेशमा गाएको १ देखि २ लाख सम्म लिने गरेको छु ।


१०. गीत गाएर काठमान्डौमा घर बनाइसक्नु भयो होला नि ?

(ठटयौली पारामा ) आम्मै के भन्नु भएको छैन कहाँको बनाउनु नि डेरामै बस्दै आएको छु । घर नबनाए पनि गाडी किन्दै छु ।


११. गीतको भिज्युअलमा तपाई आफै नै मोडल बन्नुको कारण ?

म आफै गीतमा भिज्युअल कहाँ गर्छु । साथीहरुको आग्रह र म्युजिक भिडियो कम्पनी तथा डाइरेक्टर ज्युले तपाई पनि बस्नु पर्‍यो भन्नु हुन्छ त्यही भएर हो । तर म मोडल बनेको चाही पक्कै हैन ।


१२, तपाईलाई हेन्डसम देखेर होला नि त ?

कहाँ उति सारो हेन्डसम हुनु र म ? औसत रुपमा ठिक्कै छु , त्यस्तो हेन्डसम छैन ।


१३. जिन्दगीमा प्रेम कति जना संग चल्यो ?

पाँच कक्षामा पढ्दा पहिलो प्रेम भयो भने ७ कक्षामा दोस्रो प्रेम र १२ कक्षामा पढ्दा तेस्रो संग प्रेम भयो । यो तेस्रो प्रेम नै वैवाहिक जीवनमा रुपान्तरण भयो ।


१४. अनि विहे चाही कहिले भयो ?

०५९ सालमा म बेहुला बने ।

१५. सेक्स के हो ?

प्राकृतिक आवश्यकता हो । जीवन कै महत्वपूर्ण अंग हो जस्तो मलाई लाग्दछ ।


१६. जीवनलाई कुन रुपमा लिनु भएको छ ?

वुझन खोज्दै छु । केही पन्ना पढीसके । अव ५० वर्षो पुगेपछि सोध्नु होला ।


१७. के पप गायक भएपछि कानमा कुण्डल र कपाल पाल्ने पर्ने हो ?

यसलाई नकारात्मक रुपमा नलिदा हुन्छ । कपाल पाल्दैमा कुन्डल लगाउदैमा कोही नराम्रो हुदैन । मुख्य कुरा व्यवहार राम्रो हुनु पर्‍यो । फरक गेटअपका लागि हो । म भन्दा सिनियरले पनि त यस्तो गेटअप गर्नु भएको छ । यसलाई फेसनको रुपमा लिदाँ फरक पदैन ।


१८. गायकहरुलाई सिनेमामा हिरो बनाउने एउटा लहर चलेको छ कतै तपाईलाई पनि अफर आएको त छैन ?

आउन त आएको छ । तर आफुलाई उपयुक्त लाग्नु पर्‍यो । मनोज पण्डित जीले चलचित्र लक्ष्य मा मलाई अफर गर्नु भएको हो ।


१९. फिल्ममा पनि गीत गाउनु भएको होला नि ?

राम लक्ष्मण र लक्ष्यमा गाएको थिए । पछि सिनेमा मा गीत गाएर खासै सन्तुष्टिको महशुस भएन र पछि सिनेमामा गाउन छाडीदिए ।


२०. अन्त्यमा के भन्न चाहनुहुन्छ ?

पोखरा सगीतको राजधानी हो । पोखराले हामी कलारकारहरुलाई धेरै माया र हौसला दिदै आएको छ । झनै तपाईहरुको लभ्लीपोखरा डटकमले कलाकार र विभिन्न क्षेत्रका स्रष्टाहरुलाई ठाउँ दिदै आएको छ । भविष्यमा पनि यसले निरन्तरता पाइरहोस । नेपाली संगीत र कलाकारलाई माया गरौ म यही भन्न चाहन्छु ।