गायक जितेन लेप्चा...
शिव शर्मा 'चञ्चल'
पोखरा



तिमीले साथ छोडी दिदाँ...........
      गायक जितेन लेप्चा...
तिमीले साथ छोडिदिदाँ मेरो के हाल भएको छ, पाइलाहरु तिमीले मोडीदिदा मेरो बेहाल भएको छ, । अहो यति मिठो गीत कसले गाएको होला । उनि अरु केही नभई माझिएका स्वरका धनी जितेन लेप्चाले गाएका हुन । उनको एक्सट्रा एल्बममा यो गीत समेटिएको छ । हो त जीतेनलाई यही गीतले चिनायो । रेडियो देखि टेलिभिजन सम्म यो घन्किरहयो । विरही गीत का पारखी जितेन मिडियामा छाउन नचाहेर नै अहिले सम्म चर्चामा नआएका हुन ।

दार्जिलिङबाट राजधानी छिरेका तन्नेरी जितेन लेप्चा अहिले राम्रो गीत गाउने गायकको रुपमा स्थापित भइसकेका छन् । उनको स्वरमा नतमस्तक नहुने विरलै छन् । तर उनलाई नजिकबाट चिन्नेहरु भने कमै होला । संगीतको कुनै औपचारिक ज्ञान विना यति सुरिलो र हद्यस्पर्शी गीत गाउँन सकिन्छ भन्ने दरिलो प्रमाण बनेका छन् उनि । उनको स्वरको तारिफ जति गरेपनि थोरै हुन्छ । दाजिर्लिङ मिरिकका स्थायी वासिन्दा जितेनको गीत नसुन्ने र मन नपराउने तन्नेरी पुस्ता कमै छन् । सस्तो प्रचारको पछाडी नलागी केही गरेर मात्र चर्चामा आएकोलाई उनि राम्रो मान्छन् । अहिले सम्म उनले ४० भन्दा बढी गीत गाइसकेका छन् । सन् २०००मा वेष्ट भोकल टुर्बोग म्युजिक बीट र २००१ मा शिखर बीट कन्टेष्टमा वेष्ट भोकलको उपाधी जितेका थिए उनले । सन् १९९९ मा उनको प्रेरणा नामक ब्यान्ड थियो । साथीहरुले समय दिन नसकेपछि ब्यान्ड निस्कृय भयो ।

पोखरा आएको मौका छोपी संगीतप्रेमी स्रोता तथा दर्शक माझ उनको चिनारी गाढा होस् भनेर लभ्लीपोखरा डटकमले गरेको जम्काभेट ।

१. कसरी छिर्नु भयो यो सांगितिक दुनियामा ?

दार्जिलिङमै रहँदा देखि नै मलाई त्यहाँको परिवेश अनि वातावरणले छोयो । बाल्यअवस्था देखि नै म गीत संगीत तर्फहोमिएको हुँ । स्कुले जीवनमा मैले थुप्रै गीतहरु गाउने मौका पाए । आफनै रुची र सांगीतिक तिर्संना मेटाउन म यो संगीतको दुनियामा पौडिन आइपुगेको हुँ । दार्जिलिङ छोडेर काठमान्डौ आएपछि होटलहरुमा गाउँन थाले ।


२. काठमान्डौ कहिले आउनु भयो ?

अव संगीत क्षेत्रमै केही गर्नुपर्छ भनेर म १० वर्षअगाडी दार्जिलिङ छोडेर काठमान्डौ भित्रिएको हुँ । काठमान्डौको माहौलमा आफुलाई समाहित गराउन शुरुमा मैले निकै कसरत गर्नु पर्‍यो । अहिले घुलमिल भएर संगीतको बारेमा बुझने प्रयास गरेको छु ।


३. किन दार्जिलिङमै बसेर पनि गर्न सकिन्थयो नि हैन र ?

हुन त हो । तर दाजिलिङको तुलनामा संगीतको क्षेत्र नेपालमा फराकिलो हुन्छ भन्ने सुनेर नै आएको हुँ । दाजिलिङबाटै धेरै गायक कलाकारहरु काठमान्डौ आएर आफनो छुट्टै इमेज बनाएका पनि छन् । केही गर्छुनै भनेर म पनि यो भीडमा आइपुगेको हुँ ।


४.  काठमान्डौ आएको १० वर्षो अवधिमा केही प्रगति गरे जस्तो लाग्छ ?

मलाई अहिले सम्म खासै ठुलो प्रगति गरेको जस्तो लाग्दैन । अझै धेरै सिक्न र गर्न बाँकी नै छ । पहिलो पाइलो चाल्न सिकेको छु । अझै धेरै पाईलाहरु चाल्ने प्रयत्न गदैछु । निरन्तरताले नै प्रगतितर्फडोराउने हो । मैले प्रगति गरे भने घमन्ड गर्दिन । त्यसको मुल्याङकन आम स्रोता तथा दर्शकले गर्ने कुरा हो जस्तो मलाई लाग्छ ।


५. शुरुमा तपाईले गाएको र रेकर्ड भएको गीत र एल्बम कुन हो ?

सन् २००० मा पहिलो पटक गाएर रेकर्ड भएको गीत हो समझनाले सतायो । प्रेरणा नामक पहिलो एल्बम पनि त्यही वर्षबजारमा ल्याए । प्रेरणा पछि अर्को एल्बम एक्सट्रा निकाले ।


६. तपाईको चर्चित गीत तिमीले साथ छोडिदिदा गीतमा तपाईको आफनै जीवन गाँसिएको छ भन्छन् नि ?

(हाँस्दै) जीवन संग गाँसिएको होला । तर मैले आफनै जीवनका लागि यो गीत गाएको हैन । भावुक र भावपरक गीत गाउने मेरो सानैदेखि नै रुची हो । विरही गीतले मेरो मात्र हैन हरेकको मन छुन्छ जस्तो लाग्छ । यो मेरो मात्र हैन हरेक प्रेमी प्रेमिकाको सफल असफल जीवनमा गाँसिएको गीत हो । म स्वभावले पनि सेन्टिमेन्टल नै छु ।

७. कस्तो वियोग परेको छ तपाईको जिन्दगीमा ?

कस्तो भन्नु नि उही प्रेमको वियोग । प्रेमलाई खेलाउन सम्झनेहरुको रेर्टाईमा मेरो मेरो रेटिएको छ । छाती चिरा परेको छ । गीतको भाव भन्दा गहिरो चोट परेको छ । चोट दिनेहरुलाई के थाहा तडपिएको जिन्दगी कस्तो हुन्छ । आखिर पीडामा हाँसेर जिन्दगी बाँच्न हरेकलाई करै लाग्दो रहेछ ।


८. तपाईको तिमीले साथ छोडिदिदाका अलवा अरु चर्चित गीतहरुका नाम लिनुपर्दा ?

सम्झनाले सतायो, जसको जो हो उसैलाई, तिमी मलाई माया गर्छर्यौ आदी पनि उतिकै राम्रा छन् ।


९. यति कर्णप्रिय गीत गाएर किन तपाईको चर्चा नभएको ?

पहिलो कुरा त म क्षणिक चर्चाका लागि कहिल्यै गीत गाइन । चर्चामा आउनका लागि मिडियामा धाउनु पर्दौरहेछ । यो कुरा पनि मलाई थाहा भएन । म मिडियामा नजानुको मुल कारण जितेन को होला भनेर दर्शक तथा स्रोतामा कौतुहलता पैदा होस भनेर पनि हो ।



१०. आउने एल्बमको तयारी कस्तो छ ?

युद्धस्तरमा एल्बमको तयारी गरेको छु । अंधिकाश गीतहरु कम्पोज गरेको छु । तीन चार महिना भित्र एल्बम बजारमा आइसक्ने छ । गीत रेकर्डिङका लागि अव छिट्टै बर्म्बई जाँदैछु ।


११. किन रेकर्डिङका लागि बर्म्बई नै ?

अवको एल्बम अघिल्ला एल्बम भन्दा पृथक खालको हुनेछ । पप शैलीको एल्बम बर्म्बई गएर रेकर्ड गराएर केही उत्कृष्ठता प्रदान गरु भनेर हो । खास त्यस्तो महत्वकाक्षी योजना त केही छैन । 


१२. संगीत बाहेक पनि अरु केही पेशा छ ?

पहिला मैले लगात्तार ७ वर्षविभिन्न होटलहरुमा गजल गाए । अहिले सवै छाडेर एल्बमको पछाडी लागेको छु । होटल रेष्टुरामा गीत गाउँदा पछि परेको महशुस गरेर नै गाउन छाडेको हु । होटलमा गाउँदा एल्बममा ध्यान कम गयो । अहिले मेरो पेशा भनेकै गायन हो । यसबाहेक मेरो अरु केही छैन ।