


प्रशान्त तामाङ, नेपाली मुलका तेस्रो इन्डियन आइडल । अहिले सवैतिर उनको चर्चा छ । दार्जिलिङका यी २४ वर्षौ तन्नेरी इन्डियन आइडल घोषित भएपछि नेपाली माझ पहिलो कर्न्सट गर्न आइपुगेका हुन । काठमान्डौ र पोखरामा कर्न्सट गर्न आइपुगेका प्रशान्तको क्रेज निकै देखियो । पोखरामा कर्न्सट सकिएपछि आयोजकहरुको दवाब बीच होटल सांग्रिलामा मुस्किलले प्रशान्त तामाङ संग लभ्लीपोखरा डट कमका संवाददाता शिव शर्माले गर्नुभएको कुराकानी
१, इन्डियन आइडलमा भाग लिने इच्छा कसरी जाग्यो ?
- इन्डियन आइडलको अडिसन खुलेको छ भन्ने सुनेपछि साथीहरुले मलाई भाग लिन कर गरे । मैले भने त्यसतर्फखासै ध्यान दिइरहेको थिइन । मेरै पुलिस फोर्सका साथीहरुले एसएमएस मार्फ अडिसनका लागि सहभागिता जनाइदिए । जसको फलस्वरुप मैले अडिसन लिन पाए ।
२, अडिसन मा पर्छुजस्तो लागेको थियो तपाईलाई ?
- कत्ति पनि लागेको थिएन । बिहान ९ बजे देखि अडिसनका लागि बस्दा बस्दै रातीको ९ बजे बल्लतल्ल अडिसनका लागि अवसर पाए । भोक भोकै केही खाएको थिइन । मलाई अडिसनमा पर्छुजस्त पटक्कै लागेन । मनबाट गीत गाए र भाग्यले अडिसनमा परे ।
३ सानो दाजिर्लिङ शहरबाट सहभागिता जनाउनु भएको थियो टप टेनमा पर्छु भन्ने लागेको थियो ?
- टप टेनमा पुग्छु भनेर सोचेको थिइन । तर मलाई टयालेन्टले भन्दा पनि भाग्यले साथ दियो । त्यही माथि भगवान र आमजनताको पनि साथ रह्यो । अन्ततः म टप टेनमा पुग्न सफल पनि भए । यसपछिको मेरो इन्डियन आइडलको यात्रा सबल बन्दै गयो ।
४, तपाईलाई जर्जहरुले पनि त्यति सर्पौट नगरेको देखिएको थियो नि ?
- त्यस्तो भन्न मिल्दैन । सवै जना जर्जहरु राम्रै हुनु हुन्थयो । सवैको सहयोगकै कारण मैले इन्डियन आइडलमा सहभागी हुन पाएको हुँ ।
५, तर अनु मल्लिकले तपाई प्रति गरेको व्यवहार शुरुमा त्यति राम्रो थिएन त ?
- जर्जहरुले कमेन्ट गर्नु स्वभाविक नै हो । मलाई त्यो कमेन्टले झनै अगाडी बढने मौका मिल्यो । उहाँले गर्नु भएको कमेन्ट मलाई सुधार गर्नका लागि दिएको सुझाव सम्झे । नराम्रो दृष्टिकोणले मैले हेरिन किनकी उहाँले मेरो लागि नै भन्नु भएको हो ।
६, तपाईलाई इन्डियन आइडलका आफना प्रतिस्पर्धिहरुमा सवैभन्दा राम्रो लागेको प्रतिस्पर्धी को थियो ?
- मलाई सवै भन्दा राम्रो अभिषेक लाग्यो । किनकी उ मेरो शुभचिन्तक र होस्टेमा हैसे थप्ने साथी थियो ।
७, अन्तत इन्डियन आइडल नै बन्न भयो कस्तो लागीरहेको छ ?
- एकदमै खुशि लागेको छ । यो खुशिलाई शब्दमै व्यक्त गर्न पनि मलाई बहुत मुस्किल भएको छ । टप टेनमा पर्ने साथीहरुमा कतिपय म भन्दा राम्रो गाउनेहरु पनि थिए । मैले आफुलाई सुधार गदै लगे । आम नेपाली र दार्जिलिङ सिकिम जनताको ठुलो साथ पाए । मलाई भारतीय जनताले पनि खुल्ला दिलले सर्पोट गरेकै कारण आज म इन्डियन आइडल बनेको हुँ ।
८ जोन अब्रहामले अन्तयमा इन्डियन आइडलको टाइटल घोषणा गर्न लाग्दा मैले नै जित्छु जस्तो लागेको थियो ?
- त्यतिबेला मलाई मैले जित्ने नजित्ने बारेमा केही सोचिन । मलाई त मेरो र्समर्थकहरुको बारेमा चिन्ता बढी लागिरहेको थियो । जसले मलाई इन्डियन आइडल बनाउनका लागि अहोरात्र लागिपर्नु भयो । उहा?हरुले मलाई के भन्नु होला भनेर सोचिरहेको थिए ।
९, जोन अब्रहामले हात उठाएर इन्डियन आइडल भएको घोषणा गर्दा कसलाई सम्झनु भयो ?
- र्सवप्रथम मैले भगवानको नाम पुकारे । आमा र दिदीलाई सम्झे । त्यपछि आम नेपाली र मलाई भोट दिएर जिताउने करौडौ जनतालाई सम्झे ।
१०, इन्डियन आइडल नै बन्छु भनेर सोच्नु भएको थियो त ?
- बिल्कुलै सोचेको थिइन । मलाई भाग्यले ठुलो साथ दियो । भगवानको आर्शिवाद र सवै जनताको सहयोगले म इन्डियन आइडल बने ।
११, नेपालीको सर्पोट पाउछु जस्तो लागेको थियो ?
- शूरुमा यसरी इन्डियन आइडलमा नेपालीको सहयोग होला भनेर कल्पना गरेको थिइन । पछि यहाँ एक दुई वटा पत्रिकामा पढेपछि भने नेपालीले म प्रति गरेको सहयोग थाहा पाउदा ममा हर्षो सिमा रहेन । मलाई तमाम नेपालीले स्वीकार गर्नु भयो । त्यसपछि मैले मेरो लागि नभएर सवैको लागि गाउनुपर्छ भनेर प्रतियोगितामा अझ मेहनत गरे ।
१२, नेपालमा तपाईको क्रेज सुन्दा कस्तो लाग्यो तपाईलाई ?
- नेपालीहरुले नेपालबाट भोटिङ गर्ने व्यवस्ता नभए पनि भारत र दार्जिलिङमा आएर मलाई भोट दिनु भयो । नेपालीहरुले इन्डियामै आएर मलाई सर्पोट गर्दा मेरो छाती गर्वले फुलेर आएको थियो ।
१३, पहिले र अहिलेको प्रशान्तमा के फरक छ ?
- पहिला र अहिलेको प्रशान्त एउटै हो । फरक यति मात्र हो पहिला मलाई कमैले चिन्थे अहिले धेरैले चिन्छन् त्यही हो । पहिलाको सामान्य प्रशान्तलाई अहिले धेरैले चिन्न लागेका छन् त्यही फरक हो ।
१४, तपाईलाई नेपाली र हिन्दीमा कुन गीत बढी गाउन मनपर्छ ?
- दुवै उतिकै हो । नेपाली गीत पनि नगाईकन म बस्नै सक्दिन । मेरो नेपाली गीत प्रतिको माया तपाईलाई थाहै होला । म हिन्दी र नेपाली गीत उतिकै गाउछु ।
१५, आम नेपालीले तपाई प्रति दर्शाएको मायालाई कुन रुपमा हेर्नु भएको छ ?
- आफनै मान्छेले गरेको म प्रतिको माया हो । यस्तो माया नपाएको भए म यहाँ सम्म आउन सक्ने थिइन होला । यस्तो माया आजीवन रहीरहने छ भन्ने आशा गरेको छु ।
१६, तपाईलाई नेपाली गायकहरुमा को को मनपर्छ ?
- अनिल सिंह, निमा रुम्बा र एड्रीन प्रधान । एड्रीन र निम्बा संगै कर्न्सटमा गीत गाउन पाउदा म झनै खुशि भएको छु ।
१७, भविष्यको योजना के छ ?
- अहिले नै योजना बनाइसकेको छैन । भर्खर मात्र इन्डियन आइडल भएको छु । गीत संगीतमै लागेर केही नया गरौ भन्ने सोचाई छ हेरौ पछि के हुन्छ ।
१८ नढाटी भन्नुहोस त तपाईलाई प्रेम प्रस्ताव कतिले राखेका छन् ?
- हास्दै ल......ल .......ल के सोध्नु भएको यस्तो ? साच्चिकै अहिले सम्म कसैले त्यस्तो प्रस्ताव राखेको छैन ।
१९, अनि इन्डियन आइडलकी प्रतिस्पर्धी चारु र तपाईको प्रेम सम्बन्धको चर्चा साचो हो ?
- यो बिल्कुलै गलत हो । चारु मेरो एउटा राम्रो साथी मात्र हो । उनि मलाई सर्पोट गर्छिन् त्यति मात्र हो ।
२०, तपाईको गलफ्रेण्ड त हेला नि ?
- जीवनमा एक पटक गलफ्रेण्ड थियो तर अहिले छैन ।
२१, विहेको बारेमा के सोचाई छ ?
- त्यो बारेमा केही सोचेको छैन । पहिला केही गरौ त्यपछि विहे भन्ने कुरा भइहाल्छ नि ।
२२, प्रहरी सेवामा कति वर्षभयो र अव यो पेशालाई निरन्तरता दिनेमा के सोचाई छ ?
- म पुलिस फोर्समा काम गरेको पाँच वर्षभएको छ । पुलिस फोर्सका साहवहरुवाट म आज यो स्थिति सम्म आइपुगे । गीत संगीत संगै म यो पेशालाई निरन्तरता दिने छु ।
२३, सोनी च्यानलले बजारमा ल्याउन लागेको तपाईको एल्बममा नेपाली गीत पनि समावेश गरिने कुरा साँचो हो ?
- मैले कुरा राखेको छु । उहाँहरुले हुन्छ त भन्नु भएको छ , हेरौ के हुन्छ ।
२४, नेपाल पछि तपाईको कर्न्सटको कार्यक्रम कहाँ छ ?
- यो अहिले म भन्न सक्दिन । सोनीको कन्ट्रयाक हो उसले जहा भन्छ त्यही जानुपर्छ ।
५, तपाईका रुचीहरु के के हुन ?
- फुटबल खेल्ने, गीत गाउने र रमाइलो ठाउको भ्रमण ।
२६, अन्त्यमा आम नेपालीहरुलाई के भन्न चाहनु हुन्छ ?
- मेरो पहिल्यै देखिको एउटा इच्छा थियो नेपाल आएर एउटा एल्बम निकाल्ने । जुन मैले आफनो आर्थिक दुरावस्थाले सकीरहेको थिइन । अहिले मलाई नेपालीकै मायाले यहाँ सम्म डोराएर ल्यायो । मलाई सहयोग गर्ने नेपाली प्रति म आजीवन ऋणी छु । सवै नेपालीलाई एकताको मालामा उनिन अनुरोध गर्दछु ।
|
Musukka Hasera
Shradha Rai |
|
Khipima Khipi
Shradha Rai |
|
Binti Chha
Ang Nima Sherpa |
|
Aakha Bhari
Surendra Man Maharjan |
|
Neermaya
Prakash Lama |