

भगवान भण्डारी । युवापुस्ताका लोकप्रिय लोक तथा दोहोरी गायक । जन्म २०३० साल रत्नपुर स्याङजा । खैरेनीमा गेट, फुलमा भमरा, वनमा काँढा छ , कोठी गालैमा, त्यो मन कस्तो छ, र्राईफल भिरेर, विग्रियो चाल पनि, गयौ धोका दिएर आदी चर्चित लोकदोहोरी गीतका एल्वमका गीतहरु गाउने गायक यिनै हुन । उनले ०५५ मा स्वः अधिराजकुमारी श्रृति भिजिट नेपाल पुरस्कार पाएका थिए ।
यतिका एल्वमहरु वजारमा ल्याईसकेका लोक तथा दोहोरी गायक भण्डारी को माधुय स्वर लहरी गाउँ देखि शहरमा वस्ने सवै स्रोता माझ कणप्रिय वनेको छ । ठुलो संर्घषका खातिर आज उनले लोक दोहोरी गायनको क्षेत्रमा आफनो भिन्नै प्रभाव छाड्न सफल भएका छन् ।
सरल सरस शब्दको प्रयोग गर्ने गायक भण्डारी गीत मात्र गाउदैनन आफै गीत को लय र शब्द संक्लन समेत गर्छन् । उनि पोखरा आगमन भएको वेला लोक तथा दोहोरीगीतको विषयमा केन्द्रित रहेर उनि शिव शर्माले गरेको कुराकानी -
१, तपाईलाई चिनाउने र वढी आम्दानी गराउने गीत को नाम लिनुपर्दा कुन गीतलाई लिनुहुन्छ ?
? खैरनीमा गेट वोलको गीतले मलाई लोकदोहोरी गीतको फाँटमा भगवान भण्डारी भनेर चिनाउने काम गर्यो । यो गीतवाट मैले अधिक स्रोताहरुको माया वटुले । त्यस्तै वनमा काँढा छ वोलको एल्वम मेरो सवै भन्दा वढी व्रि्री भयो । जुन एल्वम १ लाख ९० हजारको हाराहारीमा व्रि्री भयो ।
२, शुरुमा त एल्वमहरु नचलेर निराशा पैदा भएर तपाई विदेश जानु भयो नि ?
? शुरुमा मैले निकालेको तीन वटा एल्वमहरु चलेनन् । आर्थिक समस्या भएर पैसा कमाउन भनेर दुवई गएको थिए ।
३, फेरी विदेश गएको मान्छे तीन महिना नपुग्दै र्फकनु भयो नि ?
? म विदेश जाने वेलामा मैले मेरो चौथो एल्वम खैरेनीमा गेट वजारमा पठाएर गएको थिए । जुन गीतले छोटो समय मै चर्चा पायो । त्यस पछि केही गर्नुपर्छ भनेर म स्वदेश फर्के ।
४,यो एल्वमले यति चर्चा पाउला भनेर आशावादी हुन्थ्यो ?
? आफुले लगाएको वाली सफि्रएर जाला भन्ने आशा त जसलाई पनि हुन्छ नै । यस भन्दा अघिका एल्वमहरुले मलाई निराश वनाए पनि यसवाट केही अपेक्षा राखेको थिए । तर मैले सोचे भन्दा पनि सफलता पाए खैरेनीमा गेट एल्वमले ।
५,अव विदेश जाने सपना देख्नु भएको छ की छैन ?
? हाँस्दै छैन खैरेनीमा गेट एल्वमले मलाई विदेश जाने चक्कर मारिदिएको छ । संघर्षवाट भाग्नु हुदैन सफलता एक दिन अवश्य मिल्छ भन्ने सन्देश त्यो क्षण वाट मैले पाठ सिकेको छु ।
६, तपाईको वनमा काँढा छ वोलको एल्वमले धेरै आम्दानी गरायो भन्छन् नि । कति कमाउनु भयो ?
? आर्थिक हिसावले वढी कमाएको एल्वम यही हो । यसवाट मैले १५ लाख कमाए ।
७, भनेपछि मनग्गे कमाई भएको छ दोहोरी वाट ?
? खाना लाउन राम्रै छ । कमाउनलाई स्रोता दर्शकको माया कमाईयो हामी कलाकारहरुका लागि यो नै ठुलो हो ।
८, भने पछि राजधानीमा घर वनाउने हैसियतमा पुग्नु भएको छ ?
? घर वनाउने हैसियत छ तर त्यो भन्दा म आफनो कलाको घर निर्माणमा लागेको छ ।
९, तपाईको पहिलो रेकर्ड गीत कुन हो ?
? ०५५ मा कोठी गालैमा वोलको गीत रेकर्ड भएको हो ।
१०, देश वाहिर कहाँ कहाँ पुगियो कार्यक्रम लिएर ?
? अमेरिका, कोरिया, मलेशिया, वहर्राईन, कुवेत, कतार आदी ।
११, स्टेजमा उभिएर गीत गाएको तपाई कति लिने गर्नुहुन्छ ?
? नेपालको हकमा १० हजार र विदेशमा ५० हजार देखि १ लाख सम्म लिने गरेको छु ।
१२, समग्रमा भगवान भण्डारी को हो ?
? आफनो मुल्याङकन आफैले गर्न गारो छ । म एक सामान्य लोकगायक हुँ ।
१३, अहिले धेरै लोकगीत कोठे गीत भएका छन् नि ?
? गाउँले परिवेश खोज्न गाउँमै जानुपर्छ भन्ने मान्यता ममा छैन । सृजना भन्ने कुरा आत्मवाट प्रष्फुटित हुने हो । गाउँघर नडुल्दैमा सवै गीत कोठे गीत हुन्छ भन्न मिल्दैन । कलाकारहरुको भावनामा पनि त त्यो परिवेश हुनसक्छ ।
१४, लोकगीत गाउँमा मात्रै सुनिने गीत भनिन्छ नि ?
? पहिला त्यस्तो थियो होला तर अहिले लोकगीत र्सवव्यापी भएको छ । अहिले शहरमा पनि लोकगीत नै वढी चलेको छ । लोकगीत लोकले सुन्ने गीत हो । यसकारण यो एक क्षेत्रमा मात्र सिमित छैन ।
१५, तपाई त फिल्ममा हिरो वन्ने हल्ला थियो नि ?
? नारायण पुरी दाईले भन्नु भएको थियो । तर ममा आत्मविश्वास नभएर आँटन सकिन ।
१६, हेन्डसम हुनुहुन्छ युवतिहरु पछि लाग्छन् होला है ?
? गीत मनपराएर गीत को पछि लागे होलान् मान्छेको पछि चाही लाग्दैन र लागेका छैनन ।
१७, तपाईको परिवारमा गाउने तपाई मात्र हो ?
? हैन अलि अलि श्रीमतिले पनि गाउछिन् । भाई खेम भण्डारी पनि गाउछन् ।
१८, अन्त्यमा केही भन्नु छ ?
? लोकगीत हाम्रो जनवोली हो । यसलाई माया गरौ र संरक्षण गरौ ।
|
Musukka Hasera
Shradha Rai |
|
Khipima Khipi
Shradha Rai |
|
Binti Chha
Ang Nima Sherpa |
|
Aakha Bhari
Surendra Man Maharjan |
|
Neermaya
Prakash Lama |