


मौसमी गुरुङ चर्चित पपगायिका । नेपालमा महिला गायिकाको संख्या हेर्नेको भने अति नै न्युन रहेको छ । संख्या थोरै भए पनि स्तरीय गीत गाउनेहरु नै छन् । ओखलढुङ्गा रुमजाटार पुख्यौली थलो भएकी मौसमी अहिलेकी लोकप्रिय गायिका हुन ।
उनी पछिल्लो समयमा च्याङबाँ ओई च्याङबाँ गीतले र्सवाधिक चर्चामा आइन । मौसमीले अन फरगेटेवल र पल गरी दुई एल्बम बजारमा ल्याइसकेकी छिन् । पोखरा आएको बेला उनि संग लभ्लीपोखरा डकटमले गरेको कुराकानी ।
१. किन एल्बम निकाल्न कन्जुस्याई गर्नु भएको ?
? एल्बम निकालेर मात्र हुदैन । स्तरीयतालाई पनि ख्याल गर्नु पर्यो नि । संख्या बढाएर मात्र भएन दर्शक तथा स्रोताले चाहेको स्वाद पस्किनुपर्छ । मैले कन्जुस्याई गरेर ननिकालेको हैन ।
२. तर तपाईको एल्बम धेरै वर्षो अन्तरालपछि निक्लयो नि त ?
? हो मैले मेरो पहिलो एल्बम २०६० मा निकाले । त्यसपछि केही गेप गरेर ०६४ मा निकाले । म बीचको समयमा हराएको त बिल्कुलै थिइन । त्यो समयमा मैले केही सिनेमा र अरुको एल्बममा गीत गाएर सांगीतिक यात्रालाई अगाडी बढाउने प्रयास गरे ।
३. तपाईका चर्चित गीतहरुको नाम लिनु पर्दा ?
? मेरो मन चोरी लाने, म नेपाली, च्याङबा ओई च्याङबा, माछी मारन, र हालसालै निस्केको एल्बम पलमा समावेश भएको लाउन त, चोरेर लग्यो आदी हुन ।
४. सिनेमामा कतिवटा गीत गाउनु भयो त ?
? अहिले सम्म १६ वटा गीत नेपाली सिनेमामा गाइसकेको छु । अझै पनि गाउने अफरहरु आइरहेको छ । तर स्तरीयतालाई हेरेर मात्र अव गाउने बिचार गरेकी छु ।
५. कसरी आउनु भयो गायनमा ?
? रहर गरेर आएको थिए तर अहिले व्यवसायिक भएको छ । म संगीत क्षेत्रमा पल्स टु सकेर लागे । गायन पेशामा लागेको पनि ७ वर्षभन्दा बढी भइसकेछ मलाई हिजै जस्तो लाग्छ ।
६. अनि शिक्षिका पनि हुनुहुन्छे रे नि ?
? शिक्षिका भएर ६ वर्षकाम गरे । अहिले शिक्षण पेशा छाडेको पनि २ वर्षभएको छ ।
७. किन छाडनु भएको शिक्षण ?
? स्वच्छ रुपमा एउटै पेशामा लागौ भनेर यो पेशालाई छाडीदिए । एकातिर मात्र हात हाल्दा सफल होला भन्ने सोचेर अहिले संगीतमा मात्र लागेकी छु ।
८. अनि सफल हुनु भयो त ?
? म सफल भए भइन यो मैले मूल्याङकन गर्ने कुरा हैन । त्यो दर्शक तथा स्रोताले भन्ने कुरा हो । म सफल भए भनेर घमन्ड गर्न चाहदिन । मैले अझै संगीत क्षेत्रमा नयाँ दिनु पर्छ भन्ने लागेको छ ।
९. तपाई मोडल पनि हो ?
? मेरो नयाँ एल्बमको गीतमा मोडलिङ गरेकी हुँ । साथीहरुको आग्रहमा मैले गरेको हो । तर मलाई मोडलिङ तिर कत्ति पनि आकर्षा छैन । मलाई अफर पनि नआएका हैन । तर मैले त्यतातिर खासै ध्यान दिइन । म मोडल हैन गायिका हो ।
१०. अहिले सम्म कति गीत गाउनु भयो त ?
? ७० वटा भन्दा बढी गीतहरु गाइसकेकी छु । जिंगल र एडहरुमा पनि उतिकै मात्र गाएको छु ।
११. कत्तिको सन्तुष्ट हुनुहुन्छ यो क्षेत्रबाट ?
? म सन्तुष्ट नै छु भन्नुपर्छ । यस क्षेत्रमा लाग्ने अविवाहित नारीहरुलाई जिउन गारो छैन । ममी पापा संग बस्छौ । हामीलाई परिवार चलाउन कुनै मुस्किल छैन ।
१२. देशबाहिर कहाँ कहा पुग्नु भएका छ गीत गाउन ?
? बेलायत, जापान, कोरिया, हङकङ, सिंगापुर, ब्रुनाई, अष्ट्रेलिया, अमेरिका जर्मन बेल्जियम आदी धेरै छन् ।
१३. बढी कमाई हुने भएकाले नेपाली कलाकार विदेश धाउन थालेका हुन ?
? नेपालको तुलनामा पारिश्रमिक राम्रै हुन्छ । नेपालमा गाएर विदेशमा जति पाईदैन । निश्चित रुपमा तपाईले भने जस्तै हुनुपर्छ ।
१४. तपाईलाई बढी चिनाएको गीत कुन हो ?
? च्याङबा र परेलीले हो ।
१५ अव एल्बम कहिले निकाल्नु हुन्छ ?
? म बढी एल्बम निकाल्ने तिर जोड गर्दिन । तर स्तरीय र उत्कृष्ठ गीत दिने तर्फभने हरदम लागिरहने छु ।
१६. मौसमी नाम कसरी रहयो नि ?
? शूरुमा मेरो नाम मौसम थियो । यो नाम डेडीलाई राम्रो लागेन । फेरी मस्याङ नाम राखियो । यो नाम पनि बिगारेर मौसमी राखिएको हो ।
१३. तपाईलाई नेपालको मन पर्ने ठाँउ कुन हो ?
? पोखरा नि ।
१४. प्रेमलाई कसरी परिभाषित गर्नुहुन्छ ?
? भावनाको संगम हो । अनि दुई आत्मको मिलन ।
१५. तपाईको को संग प्रेम मिलन भएको छ त ?
? म प्रेममा फस्न चाहदिन म एकपटकमा विहे गर्छु ।
१६. भनेपछि अव छिट्टै बिहे गर्नुहुन्छ ?
? गरे भने छिट्टै गर्छु नत्र म कहिल्यै गर्दिन ।
|
Musukka Hasera
Shradha Rai |
|
Khipima Khipi
Shradha Rai |
|
Binti Chha
Ang Nima Sherpa |
|
Aakha Bhari
Surendra Man Maharjan |
|
Neermaya
Prakash Lama |