


अविनास घिसिङ । हिपप शैलीका गीत गाएर युवापुस्ता माझ लोकप्रिय बनेका घिसिङलाई ल्हासाको चिसो गीतले स्थापित गरायो । सिन्धुपाल्चोकका स्थायी वासिन्दा २७ वषिर्य घिसिङ ढुकढुकी अर्वाड इमेज अर्वाड पनि पाइसकेका छन् । स्टेज कार्यकममा दर्शक नचाउन माहिर मानिने उनले एउटा कार्यक्रम गरेबापत १० देखी २० हजार सम्म पारिश्रमिक लिने गर्छन् । पोखरेली युवायुवति माझ ३७ पटक भन्दा बढी कर्न्सट कार्यक्रम गरिसकेका घिसिङ संग पोखरा आएको बेला गरिएको कुराकानीको सारसंक्षेप
१, सांगितिक क्षेत्रमा तपाइको प्रवेश ........?
? शुरुमा थानका आर्टको व्यवसायी गर्दर्थे । कलेल लाइफमा मेरो साथी कुमार लामाले गितार बजाउथ्र्यो । उसले गीतार बजाउदा मलाई बाक्क र दिक्क लाग्थ्र्यो । मलाई त्यतापट्टी खासै रुची नभएकोले मैले वेवास्ता गर्दर्थे । पछि भने बिस्तारै उनिहरुको संगतले मलाई त्यतातिर आकर्षा बढदै गयो । त्यसपछि साथीहरु संग मिलेर योङ बल्ट ब्यान्ड खोलियो र संगीत क्षेत्रमा छिरियो ।
२, त्यसपछि तपाईले गाएको गीतले चर्चा पायो अनि ?
? उतिबेला बिछोडको समयमा भन्ने गीत निकै चर्चित भयो । जसको भिडियो पनि बनेको थियो । त्यसपछि हाम्रो ब्यान्ड पनि फुट्यो । फेरी मलाई गीत रेकर्ड गराउने भूत सवार भयो । केही गर्छु नेर विशाल गुरुङ संग गितारको कक्षा लिए । डोरोनी पाठ्शालामा संगीत पनि सिके ।
३, पहिलो एल्बम कहिले निकाल्नु भयो त ?
? र्सवप्रथम मैले २०५६ सालमा च्याङबा नामक एल्बम निकाले । तर पहिलो पटक मै दातमा ढुङ्गा भनेझै एल्बम फल्प रहन गयो ।
४, दिक्क लागेर यो क्षेत्र छोडु जस्तो लागेन ?
? हरेश भने मैले कत्ति खाइन । केही नया दिन्छु भनेर फेरी संगीत सिके । थान्का आर्टको व्यवसायलाई पनि छोडिन । लोकप्रिय हुन्छु भनेर दोस्रो एल्बमको तयारी जुटे ।
५, दोस्रो एल्बम कत्तिको चल्यो त ?
? २०५९ मा जेनेरेसन एनपी भन्ने हिपप एल्बम निस्कयो । प्यारोडीको कारण यो एल्बम पहिलोको तुलनामा केही चल्यो । त्यपछि मैले २०६०मा तेस्रो एल्बम कलेक्सनको रुपमा नेक्स जेनेरेसन निकाले । यसको वेड ब्वाई भन्ने म्युजिक भिडियो निकै चल्यो ।
६, तपाईलाइ अविनास घिसिङ भनेर खास कुन गीतले चिनायो?
? ०६१ सालमा निकालेको जिरो प्वाईन्ट एल्बमको ल्हासाको चिसो गीतले मलाई चिनाएको हो । त्यसै गरी सुनको बाला, थाहा पाए त्रि्रो बानी गीतले मलाई माथि उठाउने काम गर्यो । यो एल्बम र्सवाधिक ब्रि्री पनि भयो ।
७, किन खाली हिपहप मात्रै बढी गाउनुहुन्छ ?
? मैले हिपप थाल्दा नेपालमा यो शैली अंगाल्ने गिरिस र प्रनिल मात्र थिए । यो शैलीमा स्वतन्त्रता बढी हुन्छ । फेरी अहिलेको पुस्ताले चाहेको जे छ त्यही गरेको हुँ । गाउन त म सवै खालकै गीत गाउछु ।
८ तपाईको पहाडी एल्बममा कस्तो गीत समेटिएको छ ?
? यो एल्बममा मेलोडी गीतहरु छन् । हिपप पनि छ । अहिलेका एल्बम भन्दा यसमा प्रस्तुती केही नया दिने जर्मेको गरेको छु । हरेक ठाउ र परिवेशका गीतहरु यसमा समेटिएको छ ।
९, तपाईको प्रतिस्पर्धा को संग छ ?
? सांगतिक क्षेत्रमा प्रतिस्पर्धा हुनुपर्छ तर त्यो स्वच्छ हुनुपर्छ । मेरो प्रतिस्पर्धा भनेको अरु संग हैन आफै संग हो । मेहनत गर्छु र म अरुको कपी गर्दिन ।
१०, अहिले बजारमा कस्ता गीत चलेका छन् ?
? अहिलेका पुस्ताले जे खोजेका छन् त्यस्तै गीत नै चल्ने त । अहिले बढी मात्रमा हिपप र रिमिक्स गरिएका गीतहरु बढी चलेका छन् । तर गीतमा मौलिकता हुनुपर्छ भन्ने मलाई लाग्छ ।
११, तपाई संगीत क्षेत्रमा लागेर टिक्नु भएको छ त ?
? संर्घष धेरै गर्नुपर्छ नत्र गारो छ । मेरो हकमा भन्नुपर्दा अहिले म यही क्षेत्रमा मात्र लागेको छु । पाँच वर्ष देखी म यस क्षेत्रमा लागेर बाँचीरहेको छु ।
१२, अनि थान्का आर्ट व्यवसाय छोडनु भएको हो ?
? बढी सांगीतिक क्षेत्रमा व्यस्त हुनुपरेकोले यो व्यवसाय छोडेको छु । संगीत क्षेत्रमा अव केही गरौ भन्ने लागेको छ ।
१३, तपाईको विचारमा प्रेम ?
? यो एउटा भावनात्मक सम्बन्ध हो । यो विना जीवनको रथ नै चल्दैन भन्ने मलाई लाग्छ ।
१४, कसैको प्रेमका चक्कर होला नि तपाईको ?
? कुनै समय थियो तर अहिले छैन । त्यो प्रेम केवल कोरा कागजमा मात्र सिमित रहयो ।
१५, कस्तो जीवनसाथीको खोजीमा हुनुहुन्छ ?
? म अझ ६ वर्षविहे गर्दिन । साधारण गाउदेखी शहर सम्म भिज्ने खालकी युवति होस भन्ने चाहेको छु ।
|
Musukka Hasera
Shradha Rai |
|
Khipima Khipi
Shradha Rai |
|
Binti Chha
Ang Nima Sherpa |
|
Aakha Bhari
Surendra Man Maharjan |
|
Neermaya
Prakash Lama |