गायक नविन के भट्टर्राई
शिव शर्मा 'चञ्चल'
पोखरा



साझ पख एकान्तमा, तिमीलाई म दोवाटोमा, आँखामा तिमीलाई आदी गीत सुन्ने वितिकै दर्शक तथा स्रोताले उनलाई चिनिहाल्छन् गायक नविन के भट्टर्राई भनेर । २०३० सालमा काठमान्डौमा जन्मेका गायक भट्टर्राई ले आफना कणप्रिय गीतहरुका माध्यमवाट स्वदेशी तथा विदेशमा रहेका नेपालीहरुको मन जित्न सफल भएका छन् । अहिले सम्म उनले रहर, जिन्दगी, आवाज, स्मृति, सम्झना, र्समर्पण, नविन ब्लु स्मृति, रिलोडेड जी मेजरएल्वमहरु वजारमा ल्याईसकेका छन् । अमेरिका अष्टे्रलिया,जापान, हङकङ आदी देशहरुमा पटक पटक गरी आफना गीतहरु पस्कीसकेका छन् । आजभोलि उनि धेरै विदेशको कार्यक्रममा वढी व्यस्त देखिएका छन् ।  पछिल्लो समयमा चर्चा भन्दा वाहिर रहेका गायक भट्टर्राई संग पोखरामा गरिएको जम्काभेट-

१. पछिल्लो समयमा आएर तपाईको चर्चा अलि कम भयो नि ?

मैले चर्चाका लागि कहिल्यै पनि गाइन । अहिले पनि गाइरहेको छ । पहिला जस्तो थिए अहिले पनि त्यस्तै हो । ममा केही परिवर्तन छैन । अहिले म वढी देशवाहिरका कार्यक्रमहरु व्यस्त भए सायद त्यसैले पनि हुन सक्छ । तर मेरो गीत संगीतमा सक्रियता जस्ताको त्यस्तै छ ।


२.  तपाईले आफनो गाउने शैली परिवर्तन नगरेर हो भन्छन् नि ?

अरुले के भन्छन् त्यो मलाई थाहा छैन । फेरी भन्नेको पछि म लाग्दीन पनि । खास भन्दा म शैली परिवर्तन नगरेर नै अहिले सम्म टिकीरहेको छु । यही शैलीलाई स्रोता दर्शकले मन पराउनु भएको छ । शैली परिवर्तन गरे भने मत डुविहाल्छु नि ।


३.  तर अहिले तपाई भन्दा पछि आएकाहरु पनि हिट भएका छन् त ?

हिट हुनु नराम्रो होइन । पहिलेको तुलनामा अहिले चर्चा पाउन सजिलै छ । गीत हिट नभए पनि म्युजिक भिडियो वनाए पछि चर्चा भइहाल्छ ।


४. उसो भए अहिले पपगीतमा चर्चा कमाउन सजिलो छ ?

अहिले धेरै सजिलो छ । पहिलो एल्वम हिट हुन लाई ८० हजार क्यासेट विक्री हुनुपथ्र्यो । अहिले ५ हजार व्रि्री नभए पनि हिट हुन्छ । गीतको एउटा म्युजिक भिडियो हिट भएपछि सवै हिट हुने परम्परा छ ।


५. तपाईलाई प्राय कस्तो गीत गाउँदा आनन्द लाग्छ त ?

भावपरक भावुक शैलीका गीतहरु म रोज्ने गर्छु जसले मलाई मात्र होइन स्रोतालाई पनि आनन्द दिलाओस् । प्राय सुखका गीतहरु भन्दा दुखका गीतहरुले हरेक को मन छुन्छ ।


६. के पाउनु भयो अहिले सम्म यो क्षेत्रमा लागेर ?

मुख्य कुरा आत्मसन्तुष्टि नै हो । अहिले सम्म यो क्षेत्रमा लागेर नाम कमाए । मुख्य कुरा त स्रोता दर्शकको माया पाए । यो भन्दा ठुलो हाम्रो लागि अरु कमाई के हुन सक्छ र । शहरमा मात्र होइन विकट गाउमा पनि चिनिन पाएको छु ।


७. तपाईलाई शुरुमा चिनाउने गीत कुन हो ?

आँखा तिमीलाई वोलको गीत चर्चित भयो र मलाई यही गीतले नै चिनायो ।


८. आफु भन्दा पछि आउनेले उछिने जस्तो लाग्दैन तपाईलाई ?

मलाई त्यस्तो लाग्दैन । अरु आएर पछि परेको छैन । मेरो आफनो इमेज आफनो ठाउँमा छ ।


९.  तपाईका संगीतका गुरु को हुन ?

शास्त्रीय गुरु प्रभुराज ढकाल हुनुहुन्छ । त्यसै गरी डयाईनियल वर्च र गेट मेथस मेरा संगीतका गुरु हुन ।


१०.  संगीत वाहेक अरु पनि पेशा छ की ?

संगीत नै मेरो जीवन हो । यो वाहेक अरु केही छैन ।


११. तपाईको पहिलो रेकर्ड गीत कुन हो ?

२०५१ सालमा गोपाल योञ्जन दाईको संगीतमा पहिलो पटक जिन्दगी वहेको खोला वोलको गीत ।


१२.  जीवनमा सुख र दुखको क्षण ?

सुख मात्र जीवन होइन । जीवनमा सुख र दुखको क्षण त आइहाल्छ ।