मै ठुली भईछु रे.............यो गीत सुनेपछि धेरैलाई अनुमान लगाउन गारो पदैन उनि को हुन भनेर । हो त अहिले पछिल्लो क्रममा चलेको गीत की गायिका हुन रेश्मा सुनुवार । दुइ एल्बम बजारमा ल्याईसकेकी रेश्मालाई अहिले गायन क्षेत्रमा स्थापित बनाएको छ । ओखलढुङ्गा खिजी चण्ढेश्वरीबाट ०४७ सालमा राजधानी भित्रिएकी गायिका सुनुवार अहिले महिला गायिकामा आफनो नाम लेखाएकी छिन् । संगीतमा स्नातक गरेकी गायिका समाजशास्त्रमा स्नातकोत्तर गरिरहेकी छिन । पोखरामा सांगितिक कार्यक्रममा आएको बखत लभ्लीपोखरा डट कम सँग गरिएको कुराकानी -
१. के देखेर गायन क्षेत्रमा आउनु भयो ?
खास त शुरुवातमा मैले गायनलाई रहर र सौखको रुपमा लिए । सौख बिस्तारै निरन्तर गायन तर्फबदलियो । संगीतमै केही गर्छु भनेर पदमकन्या कलेजबाट संगीतमा स्नातक पनि गरे । संगीत सम्बन्धी ज्ञान लिएर नै म यो क्षेत्रमा आएकी हुँ । गुणस्तरीय दिन सके यो क्षेत्रमा पनि भविष्य देखेकी छु ।
२. गीत रेकर्ड गरेर एल्बम चाही कहिले निक्लयो ?
पहिलो रेकड ०५६ सालमा भएको हो । जुन गीत मैले संयुक्त रुपमा सुनिल सुनुवार संग गाएकी थिए । गीतको बोल थियो- मलाई मायाले बेर । एल्बमको रुपमा ०५९ मा रेश्मा आएको थियो ।
३. तर तपाईको पहिलो एल्बमले खासै चर्चा पाएन त ?
निश्चित रुपमा मेरो पहिलो एल्बम चलेन । कारण एल्बम निकालेको मुनलाईट कम्पनी नै बन्द भयो । कम्पनी नै बन्द भएपछि एल्बम चल्ने कुरा पनि भएन । पहिलो एल्बम नै यस्तो हुदाँ मलाई नरमाइलो लाग्यो ।
४. अनि गायन पेशा नै चटक्कै छाडु जस्तो लागेन ?
ममा फसटेसन त भयो । तर पनि मैले हिम्मत हारिन । केही गर्छु भनेर निरन्तर लागिरहे । फेरी अर्को एल्बमको तयारीमा जुटे । अनि ०६४को मध्यमा आएर मै ठुली भईछु रे एल्बम निकाले । यही एल्बमले मलाई गायिकाको रुपमा चिनायो पनि ।
५. छोटो समयमा नै तपाई गायिकाको रुपमा चिनिनु भयो त ?
म क्षणिक लोकप्रियताका लागि गायन क्षेत्रमा आएकी हैन । मैले धेरै लगाव र परिश्रम गरेकी छु । झण्डै एक दशक यो क्षेत्रमा व्यतित गरीसकेकी छु । सर्घषका धेरै पाटाहरु छन् । सायद त्यसैले नै मलाई गायिकाको रुपमा चिनाएको हुन सक्छ ।
६. संगीत क्षेत्रमा एक दुइटा गीत चलेपछि हराउने प्रवृत्ति छ नि ?
त्यसको लागि स्रोता तथा दर्शकको मनोभावना बुझेर गीतहरु गाइरहनुपर्छ । एक शैलीको गीत सुनिरहने चाहना कसैलाई हुदैन । शैली परिवर्तन नभएर हुन सक्छ । म गायिका बनेर हैन स्रोत बनेर पनि गीत सुन्छु अनि बजार कस्तो छ बुझ्छु । म त्यसरी हराउने छैन ।
७. अहिले नेपाली गीतको एल्बमको बिक्री घटेको हो ?
मलाई त्यस्तो लाग्दैन । राम्रो र स्तरीय दिन सकियो भने ब्रि्री नहुने प्रश्नै आउदैन । मेरो मै ठुली भइछु रे एल्बमको बिक्री राम्रै छ । विश्वास नलागे द्योलागिरी क्यासेट सेन्टरलाई सोध्नु भए हुन्छ ।
८. तपाईलाई मन पर्ने गीतको शैली ?
स्लो रक मेरो मन पर्ने शैली हो । तर म गाउनलाई आधुनिक लोक सवै खाले गीत गाउछु । त्यसो त मेरो पहिलो एल्बम आधुनिक थियो ।
९. गायन बाहेक अरु के गर्नुहुन्छ ?
पहिला म फिल्ड वर्कको काम गर्थे । तर अहिले अध्ययन र गायन मात्र छ । मुल पेशा न गायन नै भएको छ ।
१०. तपाई आफुलाई पुरानै गायिका मान्नुहुन्छ ?
म गायिका पुरानै हो । तर संर्घष गरेर आएकी नया नायिका भने हुँ । विना संर्घष यहाँ सम्म आउन पनि त सकिदैनथ्यो होला ।
११. आफनो गीतको म्युजिक भिडियोमा देखिनु पर्ने हो र ?
पछिल्लो पटक गीतको ट्रेन बदलिएको छ । पहिला गीत सुन्ने मात्र गरिन्थयो अहिले हेरेर सुन्ने जमाना आएको छ । गीत गाउने गायिका लाई स्रोता तथा दर्शकको हेर्ने चाहना हुन्छ । यही भएर पनि गायक गायिकाले भिज्युअलमा आफुलाई देखाउनु परेको हो ।
१२. अवको तयारी के छ तपाईको ?
अहिले त म एल्बमकै प्रमोशनमा लागिरहेकी छु । यो एल्बमको मै ठुली गीतको चर्चा संगै अरु गीतहरु पनि राम्रो चर्चा पाइरहेका छन् । अनि आफनो अध्ययनलाई पनि अगाडी बढाइरहेकी छु ।
-
|
Musukka Hasera
Shradha Rai |
|
Khipima Khipi
Shradha Rai |
|
Binti Chha
Ang Nima Sherpa |
|
Aakha Bhari
Surendra Man Maharjan |
|
Neermaya
Prakash Lama |