


नविन गुरुङ पोखरेलीको लागि नयाँ नाम भने होइन् । सहारा क्लबका पर्यायको रुपमा रहदैं आएका नविन गुरुङ फुटबल प्रेमीमाझ निकै लोकप्रिय भइसकेका छन् । सहारा क्लबको अनाथ तथा असहाय बाल खेलाडीहरुको लागि बेलायतमा बस्ने गुरुङले आर्थिक, भौतिक एवं नैतिक सहयोग गर्दै आएका छन् । फुटबलप्रतिको लगाव अनि सहारा क्लबको मेहनतले उनलाई पोखरासम्म तानेको हो । सहारा एकेडेमीको लागि आवास भवन बनाउन उनकै पहलमा नर्वेजियन समूहले आर्थिक सहयोग जुटाइरहेको छ । सहारा क्लबका मानार्थ सदस्य समेत रहेका गुरुङले क्लबलाई १५ लाख भन्दा बढी आर्थिक सहयोग र अन्य खेलकुदजन्य सामाग्रीहरुको सहयोग समेत गर्दै आएका छन् । उनीसँग पोखरास्थित लभ्लीपोखरा डटकमले गरेको संक्षिप्त कुराकानी ।
>> सहाराक्बलसित कसरी आवद्ध हुनुभयो ?
गुरुङ - सहारा क्लबसित आवद्ध भएको धेरै समय भएको छैन् । सहारा क्लबको बारेमा पत्रपत्रिका एवं वेभसाइडहरुबाट जानकारी पाएको थिँए । विशेष गरी बेलायतमा हुदाँ महेश गुरुङबाट सहारा क्लबको बारेमा बढी जान्ने अवसर पाँए । उहाँले भने अनुसार क्लब हेर्न पोखरा आयौं राम्रो लाग्यो अनि क्लबले अनाथको लागि फुटबल एकेडेमी नै सञ्चालन गरेको रहेछ । त्यसबाट झन प्रभावित भए । क्लब फुटबल प्रति अति नै सक्रिय त्यसमा पनि क्लबका स्वयंसेवकहरुको क्रियासिलताले सहयोग गर्ने र सम्बद्ध गाँस्ने चासो बढायो ।
>> क्लबमा आवद्धसँगै गोल्डकपमा सहभागिता पनि जुनाउनुभएको छ नि ?
गुरुङ - युवापुस्ता हिजोआज गलतकाममा प्रेरित हुदैं गएका छन् यता होस या उता । युवाहरुलाई खेलकुदप्रति आकषिर्त गर्दै स्वच्छ मनको लागि गतवर्षेखि सहाराक्लबद्वारा आयोजित आहा गोल्डकपमा सहभागिता जनाएका हौ. । पाँचौ आहा गोल्डकपमा पहिलो चरणबाटै बाहिरिदाँको पीडा भुल्ने प्रयासमा अहिले छौं । यहाँको हावापानी र आर्थिक समस्याले बढी कठिनाई भएको छ । गतवर्षो भन्दा निकै राम्रो टिम तयार पारेर ल्याएका छौं । खेल जित्न भाग्य पनि चाहिन्छ हेरौं भाग्यले कति साथ दिन्छ ।
>> आहा गोल्डकप जित्नुहुन्छ भन्ने विश्वास कत्तिको छ ?
गुरुङ - पक्कै पनि अहिले आहा गोल्डकप उचाल्ने नै छ भन्ने पूर्ण विश्वस्त छु । हुन त खेललाई मैदानले पनि प्रभाव पार्छ । एकखेल जितिसकेको टोलीसित क्वार्टरफाइनल खेल्नुपर्ने छ । आवश्यक तयारी पनि गरिरहेका छौं । खेल जित्न विशेष गरी हामीले तीनवटा रणनीति अपनाउने छौं । शारीरिक रुपमा खेलाडीहरु सक्षम छन् । टिममा दुइ जना बेलायती, एक अफ्रिकन र अन्य नेपाली खेलाडीहरु छन् । स्तरीय खेलाडीहरु छन् ।
>> सहारा एकेडेमीलाई पनि आर्थिक सहयोग जुटाउँदै हुनुहुन्छ नि ?
गुरुङ - हो क्लबले गरेको कामहरुमा सवैभन्दा उत्कृष्ट र निस्वार्थ भावनाले एकेडेमी सञ्चालन गरेको छ । निस्वार्थ रुपमा सञ्चालन गरेको एकेडेमीलाई नर्वेजियन ग्रुपले एकेडेमीको लागि आवास गृह बनाइने बचन समेत दिएको छ । आवास गृहको लागि बेलायतमा सविन र्राईको च्यारिटी शो गर्दै पाँच लाख संकलन गरिसकेका छौ । त्यो रकम भोलि हस्तान्तरण गर्दै छौं । एकेडेमीका बाल खेलाडीलाई खेलकुद सामाग्री पनि हस्तान्तरण गर्ने योजना छौं । एकेडेमीको आवास गृह निर्माण गर्न ६० देखि ७० लाख खर्चहुने अनुमान गरिएको छ । त्यो सम्भवत एक वर्षभत्रमा विभिन्न कार्यक्रम मार्फ आर्थिक संकलन गरेर जुटाउने छौ ।
>> सहाराको एकेडेमीलाई सहयोग गर्नुपर्ने कारण के छ ?
गुरुङ - मैले पहिले नै भनेकि निस्वार्थ भावनाले काम गरेका छन् । अध्यक्ष क्लबको बेन हो भने स्वयं सेवक शरीरका अगंहरु । सहारा क्लब पोखरामा आवद्ध सम्पूर्ण साथीभाइहरु निस्वार्थ भावनाले पोखराको फुटबल विकासमा जुट्न भएको छ । अनाथहरुलाई लिएर एकेडेमी सञ्चालन गर्नुभएको छ । त्यसैले निस्वार्थ भावले क्रियासिल भएको संस्थालाई हामीले पनि केही सहयोग गर्न सक्यौं भने फुटबल विकास हुने सम्भावना र सामाजिक सेवा हुने थियो भन्ने अभ्रि्रायले एकेडेमीलाई आर्थिक एवं अन्य सहयोग गर्ने योजना बनाएका हौं । क्लबले गरेको कामलाई फिफाले आँउदो फेब्रुअरीमा डकुमेन्ट्री नै बनाउन पोखरा आउँदै छ । भोलि भविष्यमा व्यवसायिक खेलाडी उत्पादन हुनगर्न महत्वपूर्ण भूमिका खेल्छ ।
>> सहारा क्लब र एकेडेमीलाई मात्रै सहयोग रहन्छ कि नेपाली अन्य क्लबलाई पनि ?
गुरुङ - विशेष गरेर फुटबल र सामाजिक सेवाभावले सहारा क्लबलाई मात्रै सहयोग गर्दै आएका छौ. । हुन त अन्य नेपाली क्लबहरुलाई खेलकुद सामाग्रीहरु सहयोग गरिरहेका छौ. । सहारा क्लबलाई जसरी अरुलाई भने सहयोग गर्न सक्दैनौं । विशेष गरेर सहारालाई १५ लाख रुपियाँभन्दा बढी आर्थिक सहयोग, मोटरसाइकल एवं खेलाडीलाई खेलसामाग्री प्रदान गर्दै आएका छौ ।
>> अन्त्यमा केही भन्नुपर्ने ?
गुरुङ - विशेष गरी धन्यवाद लभ्लीपोखरा डटकमलाई । सहारा क्लब जुन ठाउँमा पुगेको छ त्यो सवै संयुक्त प्रयासले हो । स्वयं सेवक, मिडिया लगायत अन्य साथीभाइले आ आफनो ठाउँमा सहयोग गर्दै आउनुभएको छ । क्लबलाई भविष्यमा पनि सहयोग गर्दै जाने छौं । १० वर्षछि नेपाली खेलाडी पनि इङ्गलिस प्रिमियरसिपमा सहभागि गराउने लक्ष्य राखेका छौं ।'
|
Musukka Hasera
Shradha Rai |
|
Khipima Khipi
Shradha Rai |
|
Binti Chha
Ang Nima Sherpa |
|
Aakha Bhari
Surendra Man Maharjan |
|
Neermaya
Prakash Lama |