बाबुराम जमरकट्टेल - अध्यक्ष, लेखनाथ उवांसंघ
धन बस्नेत
पोखरा

'सात तालको शहर लेखनाथलाई पर्यटन शहर बनाउने उवासंघको लक्ष्य छ' - बाबुराम जमरकट्टेल

    सात तालको बैंगचा शहरको रुपमा घोषणा गरिएको लेखनाथ नगरपालिकाको उद्योग वाणिज्य संघ लेखनाथको पहिचान आफनै छ । ग बर्गमा उत्कृष्ट हुदैं वर्षोनी नेपाल उद्योग वाणिज्य महासंघबाट सम्मानित हुदैं आएको लेखनाथ उद्योग वाणिज्य संघले लेखनाथ नगरपालिकाको आर्थिक, कृषि, औद्योगिक र पर्यटन विकासको लागि महत्व  पुर्ण  भूमिका निर्वाह गर्दै आएको छ । स्थापनाको झण्डै एक दशक अवधिमा आर्थिक विकासमा समेत उवासंघले आफुलाई अग्रणी बनाएको छ । सातवटै तालहरुलाई संरक्षण र र्सवर्द्धन गर्न उवासंघले विशेष पहल कदमी गरिरहेको छ । स्थानीय उत्पादनलाई पनि बढवा दिएको छ ।

 उवासंघले विशेष गरी लेखनाथलाई पर्यटन, कृषि -माछा, मह, कुखुरा ताजा तरकारीको शहर र औद्योगिक शहर बनाउन गहनरुपमा लागिपरेको छ । त्यसैलाई    मुर्तरुप दिन उवासंघले विगत चारवर्षेखि विभिन्न मेला र महोत्सव आयोजना गर्दै आएको छ । शुरुमा सुन्तला महोत्सवबाट शुरु गरेको उवांसंघले चौथो मेलासम्म आइपुग्दा निकै समृद्धि बनिसकेको छ । उवासंघले चौथो लेखनाथ महोत्सवलाई क्षेत्रीय औद्योगिक व्यापार मेलाको रुपमा प्रष्टयाएको छ । आउँदो शुक्रबारदेखि लेखनाथ नगरपालिका वडा नं १ भण्डारढीकस्थित प्रस्तावित रंगशालामा हुने चौथो लेखनाथ महोत्सवको सर्न्दर्भमा पोखरा न्यूज डट कम डट एन्पीका लागि सम्वादाता धन बस्नेतले उवांसंघका अध्यक्ष बाबुराम जमरकट्टेलसित गरेको  कुराकानी -


१) लेखनाथ उद्योग वाणिज्य सघको अध्यक्ष हुनु हुन्छ । लेखनाथ विकासको लागि ठोस कार्यहरु के छन् ?

- लेखनाथ उद्योग वाणिज्य संघ उद्योगी व्यापारीहरुको संगठन मात्र नभैकन लेखनाथ क्षेत्रको नेतृत्वदायी साझा सामजिक संस्था हो । संघले स्थापना काल देखि नै व्यवसायिक हितका साथै यस क्षेत्रको सामाजीक विकासमा अग्रणी भुमिका निभाउदै आएको छ । संघले स्थापना कालदेखि नै स्पष्ट दृष्टिकोण तयार गरि शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रवाट लेखनाथ नगरपालिका र परिसरका गा.वि.स.लाई समेत प्रबर्द्धन गर्न सकिन्छ भन्ने सोचबाट हामी निरन्तर अगामी बर्षका छौं भने यस क्षेत्रको विकासका लागि  प्रबद्धन व्यक्ति तथा संस्थाहरुलाई समावेश गरि स्थापना गरेको लेखनाथ विकास समाजद्वारा संचालन गरिएका पहल कदमी तथा कार्यक्रमहरु यसको एक उदाहरण हो ।
आर्थिक विकास विना सामाजिक विकास हुन सक्दैन भन्ने हाम्रो मान्यता अनुरुपनै यस क्षेत्रमा आधुनिक र व्यवसायिक कृषि प्रणालीको विकासका लागि स्थानिय आर्थिक विकास कार्यक्रम र कृषिका विविध क्षेत्रहरुका माध्यमद्वारा यस क्षेत्रको पर्यटन विकासका लागि गांउ एक उत्पादन ? एग्रो टुरिजम कार्यक्रम, निरन्तर रुपमा संचालन गर्दै आएको लेखनाथ महोत्सव लेखनाथको विकासको लागि महत्वपुर्ण रुपमा लिईएको छ ।


२) बृहत पोखराको अवधारणा भनिन्छ तर पोखरा उवासंघवाट सधै उपेक्षित हुन्छ किन हो ?

-  एकल प्रयासवाट कुनै पनि साझा उदेश्य प्राप्त हुन सक्दैन, लेखनाथ र पोखरा उद्योग वाणिज्य संघ विभिन्न कार्यहरुमा सहकार्य गर्दै एक साथ अगाडी बढेको छ, त्यसमा पनि अझ बृहत पोखराको अवधारणाका लागि र्सार्थकता दिन अरुलाई समेत समेटी सवै एक ढिक्का भएर अगाडी बढ्नु पर्द्छ ।


३) साततालको शहरको रुपमा परिचित छ, पर्यटन प्रबर्द्धन गर्ने उवसंघले कस्तो भुमिका खेलेको छ ?

-  लेखनाथ महोत्सवले साततालको बगैचा शहरको रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रीय स्तर सम्म पहिचान गराउन महत्वपुर्णर् भुमिका निर्वाह गर्दै आएको छ भने पर्यटन विकासका लागि यस क्षेत्रको प्राकृतिक, सास्कृतिक, भौगोलिक तथा ऐतिहासिक विषय बस्तुको पहिचान गराउनुको साथै स्थायी शान्ति कायम हुनु महत्वपुर्ण पक्षहो त्यसैले त्यसको लागि संघले समग्र लेखनाथको पहिचान गराउन बेभसाइडको निर्माणका साथै थुप्रै पहल गर्दै आएको छ । निर्माण गरिएको बेभसाइडले लेखनाथको बास्तविकता झल्काउँछ । लेखनाथको पहिचान दिन्छ ।


४) लेखनाथमा दिर्घकालिन पर्यटन विकासको लागि विशेष योजन केही छ की ? सात ताल जोड्ने रिङ रोड निर्माण गर्ने लेनपाको सोच छ उवासघले त्यसमा सहयोग नगर्दा शुरु हुन सकेको छैन भन्ने भनाई छ नी ?

-  लेखनाथमा दिर्घकालिन विकासका लागि एक गांउ एक उत्पादन - एग्रो टुरिजम कार्यक्रम संचालन भएको छ भने लेखनाथको पर्यटन सम्वन्धी दिर्घकालिन मास्टर प्लान तयार गर्न माग गर्दै आएको छ । सोच जसको भएपनि यस क्षेत्रको विकास महत्व पुर्ण कुरा हो, विकासकै लागि आवाज उठाउने संस्थाले सहयोग नगर्नेत कुरै छैन बरु नगरपालिका तथा सम्वन्धित निकायलागि झक्झकाई रहेको र हाम्रो सम्वन्धित निकायवाट त्यसलाई साकार रुप दिन सहयोगका लागि अनुरोध पनि गर्दछौं । अझ लेखनाथ उद्योग वाणिज्य संघ र नगरपालिका मात्र हैन यस क्षेत्रका सामाजिक संघसंस्था तथा नागरिक समाज जुन सुकै कार्यमा सरसल्लाह र समन्वय वाट अगाडी बढेको कारण जुन सुकै बृहत सामाजिक कार्यले पनि आँट गरे पछि पुर्ण सफल हुदै आएको हामीमा इतिहास साक्षी छ त्यसैले लेखनाथको एकता राष्ट्रिय रुपमानै उदाहरणीय छ यस क्षेत्रको एउटै सोच र एकता लेखनाथको सवैभन्दा ठुलो गर्व र संपक्ती हो ।


५) महोत्सव गर्दैमा बृहत पोखराको अवधारणा पुरा हुन्छ ?

- महोत्सवले सवै कुरा पूरा गर्ने भन्ने होईन र सवै उदेश्य एकै चोटी पुरा हुन पनि सक्दैन महोत्सवले यसकालागि वातावरण तयार गर्दछ माहौल सृजना गदर्छ । सम्वन्धित निकायको ध्यानाकर्षा गराउदछ । बास्तवमा लेखनाथमा आयोजना गरिने महोत्सवले लेखनाथको मात्र होइन पोखराको पनि विकासमा सघाउ पुर्‍याएको छ । मान्नोस कि महोत्सवले आन्तरिक पर्यटन प्रबर्द्धन गर्दछ । आन्तरिक पर्यटनले लेखनाथलाई मात्र नभई पोखरालाई पयर्टन क्षेत्रको रुपमा झन बढी चिनाउँछन् । लेखनाथमा पर्यटनको लागि आवश्यक    पुर्वाधार विकास गर्नुपर्ने खाँचो छ । तर पोखरामा भने पर्यटकको लागि आवश्यक    सम्पुर्ण सुविधाहरु केहीहदसम्म छ । पर्यटनको मात्र नभई स्थानीय उत्पादनले पनि सहजीकरण गरेको छ ।


६) महोत्सवले स्थानीय उत्पादन र किसानहरुलाई प्रोत्साहित गर्छक भन्ने नारा दिईन्छ तर सामान सवै आयातित हुन्छन् जसले झनै निरुत्साहित गराउदैन र । साथै महोत्सवमा नयांपन के छ ?

- सामान आयातित हुदैमा निरुत्साहित गर्छ भन्ने होईन आयातित तथा नयां नयां बस्तु एकै चोटी सवैं स्थानिय रुपमा उत्पादन हुन्छ भन्ने होईन ती बस्तुहरु हेरेर हामीले त्यस किषिमको औद्योगिक सोच र उत्साह बढाउन सघाउदै छ । जहां सम्म स्थानिय उत्पादनको कुरा छ के कुखुरा, माछा, मौरी, ताजा तरकारी, जैविक विविधता यस क्षेत्रको उत्पादन हैन र अझ यसलाई विषेश उत्प्रेरित गर्न महोत्सवमा हर तवर वाट सुविधा दिएका छौं । तपाई मुल्यांकन गर्नुहोस् अघिल्ला सालहरु भन्दा यस क्षेत्रको सुन्तला उत्पादन र किसानको सिथिलता र निरन्तर रुपमा सुन्तला    परदर्शनी र महोत्सव आयोजना पछि हालको सुन्तलाको पहिचान तथा कृषकको नविनतम् सोच र उत्साह । सुन्तलाको जसरी नै हामी अन्य उत्पादनमा पनि नयां आधुनिक र व्यवसायिक कृषि प्रणाली र ओद्योगिक सोचको विकास गराउनु महोत्सवको उदेश्य पनि छ ।


७) महोत्सव स्थल अघिल्ला वर्षरुमा भन्दा तीन किलोमिटर पर छ यसले कत्तिको प्रभाव पार्छ जस्तो लाग्छ?

- जहासम्म पोखरादेखि टाढा भन्ने कुरा छ त्यो अवश्य हो तर दर्शकहरुका लागि पोखरा र विभिन्न क्षेत्रवा६ महोत्सव स्थल सम्म आउन जान यातायातको राम्रँ प्रवन्ध मिलाएका छौं सफलताको विषयमा लेखनाथ महोत्सव उद्योग वाणिज्य संघको मात्र होईन यस क्षेत्रको साझा उत्सव हो । यसमा हामीले यस क्षेत्रका सवै क्षेत्रलाई र आम नागरिकलाई समावेश गरेका छौ त्यसैले सवैको सहयोग भएका लक्ष्य पुरा नहुने त प्रश्नै छैन ।


८) अन्त्यमा

- महोत्सव हामी सवैको हो त्यसैले सकारात्मक सोच लिएर सवैले सहयोग गर्नु हुन्छ भन्नेमा पुर्ण विश्वस्त छु ।