


राजकाजी गुरुङ 'करण' माओवादीमा यो नाम नयाँ होइन् । भर्खरै सम्पन्न सविधान सभाको चुनावको संविधान सभा सदस्यमा निर्वाचित हुनुहुन्छ । कास्कीको क्षेत्र नं २ बाट निर्वाचित गुरुङ माओवादीमा जनयुद्ध शुरुहुनु अगावैदेखि आवद्ध हुनुहुन्थ्यो । बिद्यालयस्तरदेखि नै क्रान्तिकारीधार बोकेर राजनीतिमा होमिएका गुरुङ माओवादी कास्कीका जिल्ला इन्चार्ज समेत हुन् ।
२०३४ सालमा पर्वतको हुवासमा जन्मिएका गुरुङ २०५२ सालमा क्रान्तिकारी जिल्ला अध्यक्ष हुदैं सांगठनिक रुपमा आफुलाई अग्रपंक्तिमा उभिएर माओवादीमा आफनो प्रभावशाली अस्थित्व देखाएका छन् । जिल्ला अध्यक्षसँगै माओवादीको जनयुद्धमा होमिए उनी । त्यतिबेला माओवादीको पार्टी जल्ला सदस्य समेत भइसकेका थिए । जनयुद्धमा विभिन्न जिल्लालाई नजिकबाट नियालेका गुरुङ कास्कीको क्षेत्र नं २ बाट संविधान सभा सदस्यमा निर्वाचित बनेका हुन् । संविधान सभा सदस्य बनेका उनसित लभ्ली पोखरा डटकम गरेको छोटो कुराकानीको सार संक्षेप :-
१) लभ्लीपोखरा डटकम - चुनाव माओवादीको पक्षमा गएको छ । नयाँ नेपालको खाका कसरी कोरिदैं छ ?
? करण - जनताले दिएको जनादेशको आधारमा र्सवप्रथमत मुलुकलाई राजतन्त्र विहीन बनाईने छ । अब बन्ने नयाँ नेपालमा राजतन्त्रको अस्थित्व रहदैन् । राजावादीहरुले कब्जा गरेको सम्पति फिर्ता गरिन्छ । वर्गिय रुपमा भूमिहीन किसानहरुलाई जमिन समानरुपमा वितरण गर्ने छौं । किसानहरुलाई ऋण मिनाहा गर्ने छौं । संविधानमा त्यो कुरा उल्लेख गर्ने छौं । जातिय समान सहभागिताको आधारमा आत्माधिकारसहितको अधिकार, दलित अल्पसंख्यकलाई विशेष अधिकार दिइने छ । महिलालाई हरेक अगंमा सहभागिताको सुनिश्चितता,मधेशी र भेरी कर्णाली क्षेत्रका उत्पीडित बर्गलाई उत्पीडनबाट मुक्त गर्ने छौं ।
२) लभ्लीपोखरा डटकम - नयाँ नेपालमा राजतन्त्रको अस्थित्व रहदैन भन्दैहुनुहुन्छ । सडकमा र ससंदमा हुदाँको बोली माओवादीको केही फेरिएको छ नि ?
? करण - राजतन्त्रलाई माओवादीले सम्मानपूर्वक हटोस भन्ने चाहना राख्दछ । माओवादीको आग्रह नै छकि सम्मानजनक ढंगले नारायणहिटी छोडनुपर्छ । राजतन्त्रको अन्त्य गर्न सबैलाई गोलबन्द गरिने छ । हामीले राजालाई स सम्मान नागरिक बनाउने छौं । राजालाई सुध्रने अवसर माओवादीले दिएको छ त्यसो भन्दैमा माओवादी राजाप्रति झुक्न भने गएको हैन् । सम्मानपूर्वक नहटेको अवस्थामा उनको विरुद्धमा कानून तयार पारिने छ , जनताको जनादेश उनको विरुद्ध उतारिने छ । सबै शक्ति स्रोत प्रयोग गरी हटाइने त्यसको लागि सबै नागरिकलाई आहृवान गर्ने छौं । त्यसको लागि जनतासमक्ष प्रस्ताव समेत राख्ने छौं ।
३ ) लभ्लीपोखरा डटकम - माओवादीले १० वर्षभत्रमा आर्थिक बृद्धिदर २० प्रतिशतले बृद्धि गर्ने लक्ष्य लिएको छ । के यो सम्भव छ ?
? करण - असम्भव भन्ने केही छैन् । मुलुकमा तरल रकम छ । राजतन्त्रले कब्जा गरेको सम्पति फिर्ता गरी आर्थिक विकासमा लगानी गर्ने छौं । राजतन्त्रको सम्पतिले नै मुलुकमा ठुला उद्योगहरु स्थापना गरी युवाहरुलाई रोजगारी दिलाउन सकिने अवस्था छ । त्यतिमात्रै नभई व्यास्त भ्रष्टाचारलाई नियन्त्रण गरी चुहावट कम गरी राजस्व संकलन गरेर पनि आर्थिक क्षेत्रमा लगानी गर्न सकिन्छ । भ्रष्टचारलाई पार्टी जरैदेखि निर्मूल गरी स्वच्छ तरीकाले राजस्व असुली गर्ने छौ। राजस्व समेत बृद्धि गर्ने नयाँ बाटाहरु खोजिने छ । विदेशबाट आएको सहयोगलाई इमान्दारीताका साथ खर्च गरिने छ । भएका स्रोत र साधनलाई बढी भन्दा बढी उपयोग गरी आर्थिक उपार्जनमा प्रयोग गरिने छ । लगानीको अवसरहरु सृजना गरेको अवस्थामा आर्थिक क्रान्तिको जग बस्छ जस्तो मलाई लाग्दछ ।
४) लभ्लीपोखरा डटकम - देशको आर्थिक विकासको मेरुदण्डलाई कसरी सबल बनाउने भन्नेबारेमा माओवादीको धारणा कस्तो छ ?
? करण - जबसम्म आर्थिक सम्बृद्धि हुदैन तबसम्म मुलुक सक्षम हुदैन् । आर्थिक विकासको मेरुदण्ड भनेको नै आर्थिक बृद्धि र पूर्ण रोजगारीता नै हो । रोजगारीको अवसर सृजना गर्न सकिएको अवस्थामा र्सबसाधारण आत्मनिर्भर हुन्छन् । आत्मनिर्भर भएको अवस्थामा अन्य लगानीको अवसरहरु निस्कन्छन् । जति अवसरहरु निस्कन्छ त्यसलाई सही ढंगले परिचालन गरी आर्थिक विकासमा योगदान गरिने छ । माओवादीले मुलुकको भविष्यसँगै आर्थिक विकास गर्न युवालाई जतिसक्दो परिचालन गरी विभिन्न क्षेत्रमा उद्योग कलकारखाना, सरकारको तर्फाट आर्थिक नीति उदारिकरण खालको तय गरिने छ । बैदेशिक लगानीलाई पनि अवसर सृजना गरिने छ ।
५) लभ्लीपोखरा डटकम - पोखरा पर्यटकीय शहर, पर्यटन विकासको लागि कस्ता खाले योजना छन माओवादीसित ?
? करण - आर्थिक विकासको महत्वपूर्ण पाटो नै पर्यटन हो । पर्यटकीय शहरको पहिचान गरी आवश्यक होटल, रिसोर्टहरु निर्माण गर्ने पार्टीले योजना छ । ठुला पर्यटकीय होटलहरु निर्माण गर्दै पर्यटन प्रवर्द्धन गर्न विविध गतिविधि सञ्चालन गरिने छ । पोखराको हकमा भन्ने हो भने फेवाताललाई संरक्षण गर्न सकिएको अवस्थामा पनि पर्यटन प्रवर्द्धन हुन्छ । फेवातालको संरक्षणको लागि तालको वरिपरि पैदल मार्ग बनाउँदै संरक्षण अभियान थाल्नुपर्छ । अहिले फेवातालको सौर्न्दर्यलाई मिचेर दुरुपयोग गरिरेहका छौं । फाष्ट ट्रयाक र गार्डेन जस्ता निर्माण अपरिहार्य छ । कुमारी हिमाल माछापुच्छ्रे फेदीसम्म सडक निर्माण गरी पर्यटकलाई घुमाउन सकिन्छ । पूर्वाधार तयार पार्न सकिए वाषिर्क २० लाख पर्यटकले भ्रमण गर्ने माओवादीको दावी छ जुन साकार पार्न तर्फकेन्द्रीत रहेको छ ।
६) लभ्लीपोखरा डटकम - ठुला होटल र रिसोर्ट बनाउँदैमा पर्यटन प्रवर्द्धन हुन्छ र ?
? करण - पक्कै हुदैन् । यद्यपि पर्यटन प्रवर्द्धन गर्न ठुला होटल र रिसोर्टको पनि उत्तिकै खाँचो छ । पोखरा त्यस्तो ठाँउ जहाँबाट आठहजारभन्दा अग्ला हिमालहरु सजिलै देख्न सकिन्छ । साहसिक पर्यटन प्रवर्द्धन गर्न हिउँमा खेल्ने पूर्वाधार तयार पार्नु अति नै जरुरी छ । हिमालको फेदीमा रिसोर्ट निर्माण गरिए पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास छ । तर त्यस्तो भिजनतर्फकसैको ध्यान अझसम्म जान सकेको छैन् ।
७) लभ्लीपोखरा डटकम - मुलुकमा बेरोजगारी दैनिक बढेको छ । बेरोजगार हल कसरी गर्न सकिन्छ ?
? करण - बेरोजगारी समस्या समाधान हुने वित्तिकै नेपालीको प्रतिव्यक्ति आम्दानी र क्रयशक्तिमा समेत बृद्धि हुने छ । पछिल्लो समयमा हाम्रो देशमा शैक्षिक बेरोजगारी सृजना भएको छ । अध्ययन गरेर पनि काम नपाउनु बाध्यता छ । बेरोजगारी समाधान गर्न त विभिन्न ठाउँमा ठुला उद्योगहरु नै स्थापना गर्नुपर्छ । ठुला विद्युत गृहहरु स्थापना गरी विद्युत विक्री गरेर पनि उद्योगहरु स्थापना गर्न सकिन्छ । स्थापित उद्योगमा युवा परिचालन गर्दै उत्पादनमा बृद्धि गर्दै निकासी गर्न सकिन्छ । जसले आर्थिक विकासमा मुलुकले विस्तारै फड्को मार्दै जाने छ र रोजगारी समेत समाधान हुने विश्वास लिन सकिन्छ ।
८) लभ्लीपोखरा डटकम - माओवादी भित्रपनि नातावादको हावी छनि कसरी हेर्नुहुन्छ यसलाई ?
? करण - त्यसलाई गलत अर्थमा लिनु हुदैन् । माओवादी बरिष्ट नेता हिसिला यमीले भौतिक तथा योजना निर्माण मन्त्रालयमा आफना नातागोतालाई हाल्नुभएको छ त्यो साँचो हो । तर माओवादीका आफन्त हुदैमा दक्ष जनशक्ति होइनन भन्न मिल्दैन् । दक्षतालाई हेरी सबल क्यान्डीडेटलाई मन्त्रालयमा प्रवेश गराइएको हो यसलाई अन्यथा लिनुपर्ने आवश्यकता छैन् ।
९) लभ्लीपोखरा डटकम - मुलुकको शैक्षिकस्तर बढाउन नीति नियम कस्तो खालको हुनुपर्छ ?
? करण - अहिलेको जल्दोबल्दो समस्या नै शैक्षिक क्षेत्र हो । शिक्षा क्षेत्रमा देखिएको असमानतालाई माओवादीले हटाउने छ । सरकारी र नीजि क्षेत्रको पर्ढाईमा देखिएको असमनता र शुल्क लिने शैलीलाई पनि समानता ल्याउन माओवादी तयार छ । गरिबले पढन नपाउने र ठुला धनाढ्यले बोर्डिङमा पढ्ने परिपाटीको अन्त्य गर्नुपर्छ । शिक्षालाई निशुल्क गराउनुपर्छ गर्नुपर्छ । माओवादीले शिक्षासम्बन्धी ठोस योजना बनाएर अगाडि बढने छ ।
१०) लभ्लीपोखरा डटकम - खेलकुद क्षेत्रको विकासलाई पनि माओवादीले अगाडि सारेको छ नि ?
? करण - खेलकुद मुलुकको शिर ठाडो गर्ने महत्वपूर्ण पाटो हो । माओवादीले खेलकुदलाई सबैको पहुँच पुर्याउन 'सबैका लागि खेलकुदको नारा अगाडि बढाएको छ । खेलकुदमा लागेका खेलाडीहरुलाई खेलेर बाँच्न सकिने अवसर सृजना गरिदिनुपर्छ । खेलबाटै खेलाडीहरुको जीवनको ग्यारेन्टी हुनुपर्छ त्यसबाट उसका सन्ततीले पनि खेलकुदमा लाग्न प्रेरणा मिलोस । खेलकुदलाई पनि शहरदेखि गाउँसम्म पुर्याउने पर्ने आवश्यकता छ ।
११) लभ्लीपोखरा डटकम - जातिय स्वायत्ताको माग माओवादीले नै उठाउँदै आएको छ । जातिय स्वायत्ताले विखण्डन त ल्याउँदैन ?
? करण - जातिय स्वात्तताले विखण्डन पक्कै ल्याँउदैन् । जायित स्वायत्ताले दलित भावनालाई उठ्याउने महत्वपूर्ण कडि हो जस्तो मलाई लाग्दछ । अर्काको भावनालाई गाँज्ने काम भएको छ त्यसलाई उजागार मात्रै गर्न खेाजिएको हो । एउटा जातिको प्रदेश हुदैमा अरुजातिको भूमिकालाई, अस्थित्वलाई समाप्त होइन समान रुपमा अगाडि लैजानुपर्छ । सबैलाई सम्मान व्यवहार गर्नुपर्छ । जातिय एकता सुदृढ बनाउँदै जान्छ जस्तो लाग्छ ।
१२) लभ्लीपोखरा डटकम - अन्त्यमा मनमा लागेका केही अभिव्यक्ति छ कि ?
? करण-एक युगमा एक पटक आउने चुनावमा जनताले सहभागिता जनाएर माओवादीको पक्षमा जनवाद सृजना गरिदिएकोप्रति नेपाली जनतासमक्ष आभार प्रकट गर्न चाहन्छु । माओवादी नयाँ नेपालको संकल्प सहति अगाडि बढने छ, त्यसको लागि हरदम जनताको सहयोग रहने विश्वास माओवादीले लिएको छ ।
प्रस्तुती
|
Darshanla
Avinash Ghising |
|
China Jana
Karma Bomzan |
|
Thaki Saken
Vibez |
|
Timle Bhantyau
Rahul Baidhya |
|
Jhar Jhar Jhari
Mantra |
|
Wallpaper
Sapana Gururng |
|
Wallpaper
Sapana Gururng |
|
Wallpaper
Sapana Gururng |
|
Sunita Gurung
Sunita Gurung |
|
Poonam Lama
Poonam Lama |