


तपाई थकीत हुनु भएको छ , आलश्यता बढेको छ अनि जिउँ दुखेको छ भने धन्दा मान्नु पदैन । सिधै मसाज सेन्टर गएर मसाज गर्नु भयो भने यो सवै समस्याको निधान सजिलै हुन्छ । त्यही भएर त मसाज अहिले हरेकका लागि अति आवश्यक स्वास्थ्य उपचार बनिसकेको छ । यही भएर त हरेक जसो सौखिन जमात हिजोआज मसाज सस्कृति तर्फलोभिएका छन् । मसाजको मज्जा लिन मसाज सेन्टर धाउनेहरुको लहर पछिल्लो क्रममा लहर नै चलेको छ ।
अमेरिकी नागरिक ५० वषिर्या सुसनालाई पोखरा आएपछि मसाज गर्न नपाईने चिन्ताले छोपेको थियो । तर आफनो मुलुकमा जस्तै मसाजको सुविधा लेकसाइडमा पाएपछि उनि मख्खिन । उनले नियमति मसाज गर्न थालको दुइ दशक भन्दा बढी समय गुज्रिसकेको छ । त्यही भएर त उनमा बुढयौली पनको झझल्को देखिदैन ।
उनि तन्दुरुस्ती संगै अल्लारे जस्तै देखिइन । लामो समय सम्म पोखरा बर्साईको क्रममा नियमित मसाज गरेर केही समय अघि थाइल्याण्ड पुगेकी सुसनाले मसाजको अनुभव साट्दै भनिन- 'शारीरिक तन्दुरुस्तीका लागि मसाज आवश्यक छ ।' उनी जस्तै धेरै विदेशी पर्यटकहरुको चाहना परिपुर्ति गराउन फेवा नगरीमा दुइ दर्जन भन्दा बढी मसाज सेन्टरहरु तम्तयार रहेका छन् ।
जुन मसाज सेन्टरहरु अधिंकाश पर्यटकीय केन्द्र लेकसाइडमा केन्द्रित रहेका छन् । तर नेपाली जनमानसमा अझै पनि मसाज सेन्टरहरु पुगेर मसाज गर्नुपर्छ भन्ने मानसिकताको विकास भने भइसकेको छैन । यसो हुनुमा यस सम्बन्धी चेतनाको कमी नै हो । राजधानीमा रहेका केही मसाज सेन्टरहरुमा यौनजन्य क्रियाकलापहरु देखिएपछि कतिपयले मसाज सेन्टरहरुलाई नकारात्मक रुपमा पनि लिए ।
यही बिकृत सोच लिएर हामी कहा पनि आउँछन्,लेकसाइड स्थित द नेचर थेरापी एण्ड ब्युटी होम मसाज सेन्टरका राजु उप्रेतीले भने-'तर हामीले त्यस्तो विकृती फैलिन दिएका छैनौ । मसाज सम्बन्धी राम्रो ज्ञान भएका उप्रेतीले मसाज गराउने मात्र हैन विदेशीहरुलाई यस सम्बन्धी तालिम समेत दिइसकेका छन् । नेपाली मानसिकतामा मसाज अझै भिजी सकेको छैन उनि भन्दै थिए- 'यही भएर पनि मसाजलाई नकारात्मक सोचिएको हो ।'मसाज प्रति जनमानसमा सकारात्मक सन्देश प्रवाह गर्न यहाँका मसाज व्यवसायीहरु एक जुट भएका छन् । उनिहरु मसाज एशोसिएसन नेपाल कास्की गठन गरेका छन् ।
तीन वर्षयता नियमित संचालन भइरहेका यहाँका मसाज सेन्टरहरुमा अहिले सम्म नकारात्मक क्रियाकलापहरु भएको पाइएको छैन । त्यस्तो त यहाँ खुलेका अधिंकाश मसाज सेन्टरहरु पदयात्रामा निस्कने पर्यटकहरुलाई नै केन्द्रित गरेर खोलिएका छन् । स्वदेशीहरुले गरेपनि त्यो संख्या नगण्य रहेको छ । लामो तथा छोटो दुरीको पदयात्रामा निस्कने अधिंकाश पर्यटकहरु यहाँ मसाज तर्फ निकै आकषिर्त देखिएको पाइन्छ । पर्यटकहरु पदयात्रा निस्कनु अघि र पदयात्रा पुरा गरेर आएपछि मसाज गर्न उद्धत हुने गरेको यहाँका मसाज सेन्टरका संचालकहरु बताउछन् । पदयात्राबाट फर्केर पछि त्रि्र थकानको महशुस हुन्छ । यसरी थकानको महशुस भएपछि गरिने मसाजलाई 'ट्रीटमेन्ट मसाज' भनिन्छ । थकानको महशुस नभए पनि गरिने मसाज 'रिलेक्सन मसाज' हो । जोसुकैले यस किसिमको मसाज गर्न सक्छन् ।
अहिले सिजन संगै बढेको पर्यटकीय संख्याले यहाँका मसाज सेन्टरहरु भरिभराउन हुने गरेका छन् । पर्यटकहरुको चापले मसाज संचालकहरुलाई भ्याई नभ्याई छ । मसाजको फाईदा बुझेका स्वदेशीहरु पनि स्वस्थ्य शरीरका लागि मसाज सेन्टर धाउने गरेका छन् । मसाज सेन्टरमा भेटिएकी एक महिला भन्दै थिइन-'बुढ्यौली पन कम गराउन यहाँ आएकी हुँ ।' उनले भने झै मसाज गर्नाले बुढ्यौली पन कम गर्राई तन्दुरुस्त बनाउने त छदै छ नै । मसाजबाट रक्तसंचार प्रकृया, श्वासप्रश्वास तथा पाचनप्रणालीको प्रकृयालाई पनि फाइदा पुर्याउछ । मानसिक रुपमा पनि मसाजले स्फूति बढाउछ । एक वर्षदेखि मसाज व्यवसाय अंगालेकी सरिता घिमिरेले भनिन-'विदेशी महिलाहरुले मसाज निकै मन पराएका छन् ।' उनिहरुमा अधिंकाशले बडी मसाज मन पराएको उनले जानकारी दिइन । त्यसो त यहाँका मसाज सेन्टरहरुमा मसाज गर्न आउनेहरुमा विदेशी युवतिहरुको संख्या अधिक रहेको छ । नेपाली युवायुवतिहरुको संख्या भने अति न्युन रहेको घिमिरेले जानकारी दिइन ।
स्वास्थ्य शरीरका लागि त मसाज भयौ नै । आनन्द र फुर्तिलो शरीरका लागि पनि मसाज उतिकै आवश्यक भइसकेको छ । राजधानीमा जस्तो मसाज कल्चरको विकास यहाँ हुन नसके पनि विस्तारै यस तर्फचासो भने देखिएको छ,नेचुरल हेल्थ होम मसाज सेन्टरका केबी लामा भन्छन्-केही वर्षयता पोखरामा मसाज गर्नुपर्छ भन्ने धारणा जनमानसमा विकसित भएको छ । यही भएर पनि यहाँ मसाज व्यवसायिक रुपमा अग्रसर तर मसाजको नाममा विकृति भित्राउनेहरु प्रति खबरदारी गर्नु पर्ने उनले बताए । श्रीमान श्रीमति मिलेर खोलेको उनको मसाज पारिवारिक पृष्ठभुमिको भएकाले मसाजकर्ताहरु सकारात्क तरिकाले नै आउने गरेका छन् । थाई जापनिज र हर्बल तरीकाका मसाज धेरैले मन पराउने गरेका छन्, लामाले साप्ताहिक संग भने । त्यसो त ब्युटीपार्लरहरुमा पनि मसाजको सुविधा हुने गरेको छ । तर पार्लरमा गरिने छोटो समयावधिको मसाज केवल रिफ्रेसका लागि गरिएको पाईन्छ । यसरी गरिने मसाज न्युनतम १० देखि १२ मिनेट मात्र हुन्छ । तर मसाज सेन्टरहरुमा आधा देखि एक घण्टा बढी समय सम्म मसाज गराइएको पाईन्छ । सामान्तः मसाज गरेको न्युनतम ५ सय देखि एक हजार रुपैया सम्म तिर्नुपर्छ । तर मूल्य संग भन्दा स्वास्थ्य र आनन्द संग मसाजप्रेमीहरुले सम्झौता गर्छन् ।
साभार कान्तिपूर साप्ताहिक
|
Darshanla
Avinash Ghising |
|
China Jana
Karma Bomzan |
|
Thaki Saken
Vibez |
|
Timle Bhantyau
Rahul Baidhya |
|
Jhar Jhar Jhari
Mantra |
|
Wallpaper
Sapana Gururng |
|
Wallpaper
Sapana Gururng |
|
Wallpaper
Sapana Gururng |
|
Sunita Gurung
Sunita Gurung |
|
Poonam Lama
Poonam Lama |