राजनितिक सहमतिको बाटोबाट पर सदै फेरी आठदलको सहमति विखण्डन तर्फउन्मुख हुदै गइरहेको छ । राजनितिक अस्थिरताले अर्कोतिर मुलुकमा खतराको संकेत दिइरहेको छ । असहमित र असमझदारीकै कारण व्यवस्थापिका-संसदको बैठक सुचारु हुन सकेको छैन । रोष्टम घेर्ने र बैठकमै नाराबाजी गर्ने शैलीले दलहरु बीचको मतभेदलाई र्छलङ्ग पारीदिएको छ । मधेशी र माओवादी सांसदको माग पुरा नगरेको भन्दै मधेशी सांसद र माओवादी सांसदले दुइ साता लामो समयको अन्तराल पछि बस्न लागेको संसद फेरी अवरुद्ध गरे ।
संसद चल्न नसक्नु, मुलुमा अशान्ति बढदै जानु र नागरिक हकको कुनै ग्यारेन्टी नहुनुले थप आशंका मात्र जन्माउने काम भएको छ । आठ दल बीचको टुटफुट र अविश्वासले गर्दा नै अहिले मुलुकले थुप्रै समस्याहरु भोग्नु परिरहेको छ । सुरक्षा व्यवस्था फितलो बनिरहेको छ । दिनदहाडै सरकारी कार्यालयहरुमा तोडफोड मात्र हैन प्रशासक माथि प्रहार भइरहेको छ ।
र्सवसाधारण व्यक्ति हत्या अपहरणका घटनाले झनै व्यापकता पाईरहेको छ । जिउधनको सुरक्षा फिटिक्कै छैन । लोकतन्त्र आयो अव त केही होला भनेर विश्वास गर्ने जनतालाई अहिले दिनहु? भइरहेका घटनाका श्रृखलाहरुले विगत र अहिलेको राज्य व्यवस्थामा कुनै अन्तर देख्न छाडीसकेका छन् । सरकारी उदासिनताले अरु अमान्य तत्वहरुले आफनो सक्रियता बढाइरहेका छन् । तर दलहरु यस तर्फथोरै मात्रमा पनि सचेत भएको पाइएको छैन । एउटाले अर्कोलाई आरोप प्रत्यारोप गदै समय खेरा गइरहेको छ । दलहरु बीच देखिएको यो असमझदारीले विदेशी शक्तिहरु पनि चलमलाउन थालीसकेका छन् । यो दुर्भाग्यको भार आम जनताले खेपीरहेका छन् ।
उता अमेरिकाले आफना नागरिकहरुलाई नेपाल आउन समेत प्रतिबन्ध लगाइरहेको छ । कारण के त उसले अझै पनि माओवादीलाई आतकवादको सुचीमा राखिरहेको छ । तर अहिले माओवादी राज्य पक्षमा रुपान्तरण भइसकेको छ । अमेरिकाले माओवादीलाई पहिलाकै अवस्थामा राख्नु यो मुलुकका लागि नै दुखदायी क्षण हो । एक त यो अमेरिकी साम्राज्यवादको नाङ्गो हस्तक्षेप पनि हो । साथै अर्कोको आन्तिरिक मामिलामा माथिको उसको गिद्धे दृष्टि पनि हो । नेपालको मामिलामा पटक पटक अमेरिकाले यस अघि पनि हस्तक्षेप गदै आएको हो । तर अमेरिकालाई मात्र हामीले दोष थुपारेर हुदैन । माओवादीले पनि अहिले आएर पहिलाको जस्तो केही व्यवहारहरु देखाइरहेको छ । पछिल्लो पटक माओवादीको कार्यशैली पनि उदण्डको पराकाष्ठ नाघीरहेको छ । खास गरी माओवादीको भातृसंगठन वाइसियल ले मच्चाएको अराजकतालाई देखेर अमेरिकाले त्यो आरोप लगाएको हुन सक्छ । वाइसियल कै नाममा प्रहरी प्रसासकहरुले दुख भोग्नु परेको छ । एउटा बलियो राजनितिक शक्तिको रुपमा खडा भइसकेको माओवादीलाई यस्तो गर्न अहिले सुहाउने कुरा हैन । किनकी माओवादी अहिले आफै सरकारमा पनि सहभागी रहेको छ । वाइसियलको यो कार्यशैली परिवर्तन गरेर अग्रगामी राजनितिक निकास तर्फआफुलाई समाहित गराउनु अपरिहार्य देखिन्छ । वाइसियलले राम्रो काम पनि गरेको छ तर केही नराम्रो कामले राम्रो काम ओझेलमा परेको छ ।
फेरी तर्राईतिर गोइत, ज्वालासिंह, मधेशी जनअधिकार फोरमले एकलौटी शासन कायम गरिरहेका छन् । यि समुहहरुले अनावश्यक रुपमा र्सवसाधारण माथि जाइलागिरहेका छन् । हत्या र अपहरणको शैली अपनाइरहेका छन् । ज्वाला र गोइत समुह त झन बन्दुकको भरमा तर्राईमा आतंक फैलाइरहेको छ । पहाडीया भएकै आधारमा दुख दिने काम भइरहेको छ तर्राईमा । अहिले तर्राईको अवस्था अत्यन्तै नाजुक मोडमा पुगेको छ । राज्यले पनि मधेशीको समस्यालाई सहजतापूर्वक ग्रहण गर्न सकेको छैन । यही कारण पनि मधेशमा अस्थिरता कायम भएको हो । बलेको आगोमा तेल थप्ने तत्व तथा अन्य हिंसा भडकाउने गिरोहहरु झनै लागिपरेका छन् । यो अवस्थाको फाइदा लुटन भारतीय अपराधिक गिरोहहरु पनि सल्बलाएका छन् । तर्राईमा बलेको आगो अझै निभ्न सकेको छैन । दुलो भित्र छिरेका निरंकुशवादीहरु पनि खुल्लम खुला निस्केर हिडन थालेका छन् । लोकतन्त्रवादी भन्नेहरुकै कमीकमजोरीले यो सवै भएको हो भन्नेमा कुनै सन्देह छैन । आठदल आपसमा सहमत हुन नसकी पटक पटक संसद अवरुद हुनु , काग्रेस विशेष गरी गिरिजाप्रसाद कोइराला गणतन्त्रको पक्षमा जान हिच्किचाउनु, एमालेको गणतन्त्र बोलीमा सिमीत रहनु तथा माओवादीले पुरानै कार्यशैली देखाउनु जस्ता कारणले राजालाई बल पुगेको छ । यस्तै कारणले मुलुकमा गणतन्त्रको नारा केवल नारामा मात्र सिमित रहेको छ ।
गणतन्त्रमा जाने कुरा त छदैछ अहिले सम्म जनआन्दोन दवाउने राजालाई कुनै किसिमको कार्वाही गरिएको छैन । काग्रेस त झन फाल्ने पक्षमा देखिएको छैन । विदेशी दवावमा कोइराला फसेका छन् । राजालाई फाल्ने बितिक्कै कम्युनिष्ट हालीमुहाली हुने डरले काग्रेसको सातो गएको हुन सक्छ, एक बुझक्क भन्दै थिए-यो पाराले आठ दल मिलेर फेरी राजालाई सत्ता सुम्पन कत्ति बेर छैन । हुन पनि अहिले सम्मको स्थिति हेदै यस्तै भइरहेको छ । नत संविधानसभाको निर्वाचन तोकिएको मितिमा नै हुने भयो । यी यस्तै ढिलासुस्ती कै कारण अराजक तत्वहरुलाई चहलखेल गर्न सजिलो भएको छ । खास रुपमा भन्दा अहिले सम्म लोकतन्त्रको सहज उपयोग जनताले गर्न पाएका छैनन् । लोकतन्त्रको शासन जनतालाई भने पनि त्यो बोलीमा मात्र सिमित रहेको छ । असुरक्षा , अस्थिरता, तथा राजनितिक गतिरोधले अहिले यही कुराको बोध आम जनताले गरिरहेका छन् । आठ दलबीचको विभेद र मुलुकको यो अत्यन्त नाजुक मोड देख्दा निमुखा जनताको मुखबाट मात्र यही वाक्य फुस्कन्छ- 'यो कस्तो विडम्बना हो ।'
|
Musukka Hasera
Shradha Rai |
|
Khipima Khipi
Shradha Rai |
|
Binti Chha
Ang Nima Sherpa |
|
Aakha Bhari
Surendra Man Maharjan |
|
Neermaya
Prakash Lama |