यता बमविस्फोट उता हत्या मारपीट । जता गयो उतै असुरक्षा । हतियार लिएर खुल्लम खुला हिडनेहरुलाई उस्तै छुट । कहिले तर्राई बन्द कहिले के बन्द । दिनदहाडै मान्छे मारिदा पनि सुरक्षा निकायको मौनता । हैन जनताले चाहेको लोकतान्त्रिक अधिकार यही हो । अहिले मुलुकमा सवै भन्दा कमजोर मानिएको सुरक्षा व्यवस्थाको नजरअन्दाज गर्ने गृहमन्त्रीबाट फिटिक्कै भएको छैन ।
फितलो सुरक्षा व्यवस्थाकै कारण हिंसात्मक गतिविधीहरु दिनहुँ जसो मौलाएर गएका छन् । वेरोकतोक जसले जे गरेको पनि भएको छ । माओवादी सरकारमा सामेल हुनु अगावै गृहमन्त्री कुष्णप्रसाद सिटौला शान्ति सुरक्षा कायम गराउन असफल भएको आलोचनाहरु त्रि्र रुपमा आएकै हुन । यति मात्र नभई उनको राजीनामा माग पनि गरिएको थियो । तर माओवादी सहितको सरकारमा सिटौला पुन गृहमन्त्री नै बने । अहिले पनि उनि सवैतिरबाट आलोचना कै पात्र बनेका छन् । अत्यन्त कमजोर हुदै गएको शान्ति सुव्यवस्थालाई ध्यानमा राखेर चाल्नु पर्ने नया कदम तर्फगृहमन्त्रीको गंभीर ध्यानआकर्षा हुनु पर्ने हो त्यो हुन सकेको छैन । यही भएर त गृहप्रशासन अहिले शान्ति कायम गर्न नसकेको भन्दै चारतिरैबाट आलोचित बनेको हो ।
एमाले महासचिव माधव कुमार नेपाल अञ्चल स्तरीय कार्यकर्ता प्रशिक्षण भेलाको उदघाटनका लागि जनकपुर पुगेका बेला उनलाई लक्ष्ति गरी बम विस्फोटन गराइएको थियो । तर्राई जनतान्त्रिक मुक्तिमोर्चा ज्वाला सिंहका कार्यकर्ताले जनकपुरका विभिन्न भागमा बमबिस्फोटन गराएका थिए । आफु प्रति लक्ष्ति गरी मधेश विरोधीहरुले बमबिस्फोटन गराएको घटना अत्यन्त आपत्तिजनक भएको भन्दै उनले गृहप्रशासन शान्ति सुरक्षा कायम गराउन पूर्ण रुपमा असफल भएकोले गृहमन्त्रीले तुरुन्त राजीनामा दिनु पर्ने माग गरे । यो एउटा माधव नेपालको मात्र सुरक्षाको माग हैन आम र्सवसाधारण नेपालीको हो । निश्चित रुपमा अहिले र पहिलाको अवस्थामा कुनै विभेद पाइएको छैन । लोकतन्त्र प्राप्ति पछि अवस्था झन जटिल बन्दै गएको छ । यो सवैको मुल कारक भनेकै असुरक्षा हो । सुरक्षाको ग्यारेन्टी दिन गृहप्रशासन असक्षम भइसकेको छ । यसैको फाईदा उठाउदै हिंसा विरोधीहरुको जगजगी बढेर गएको छ । लुटपाट डकैतीले त झन र्सवसाधारणलाई धेरै पिरोलेको छ अहिले ।
जनताको जनधनको सुरक्षाको व्यवस्था हुदैन भने अव जनताले कस्तो लोकतन्त्रको कल्पना गर्ने ? यही हो नेताहरुले भनेको लोकतन्त्रका मालिक जनता हुन । मुखले मात्र बोलेर हुने भए अहिले सम्म के के भइसक्थ्यो । अहिले जनता हैन सत्तामा बस्नेहरु मालिक भएका छन् । जनता संधै उनिहरुको दास नै भइरहेका छन् । जुन व्यवस्था आएपनि जनता संधै हेपिएरै बस्नु परेको छ । अव त दलहरुले सुध्रिए केही गर्लान की भनेर जनआन्दोलनको आँधीबेरी सृजना गरेर निरंकुश राजालाई जनताकै बलले ढलाए तर दुर्भाग्य आज जनताले चाहेको शान्ति मुर्दा शान्तिमा परिणत भएको छ । नूतन परिवर्तन केही पाएका छैनन् अहिले जनताले । राजा रमिते बनेर हेरेका छन् । थाहा छैन कुन दिन फेरी पटक पटक मौका दिदा पनि राजनितिक दलरुले सिन्को नभाचेको ले फेरी जनताको शासन जनतालाई भन्दै सत्ता हत्याउने दाउमा उनि छन् । त्यो सामार्थ्य राजामा छैनन भनेर बस्नु दलहरुको मुर्ख्याई मात्र हुनेछ । यही अवस्था रही रहयो भने एक दिन यो विशाल दुर्घटना हुने प्राय निश्चित छ । त्यो गल्ती अहिले आठ दलले गरिरहेका छन् ।
अहिले सवै भन्दा लाजमर्दो के भएको छ भने आठ दलको संयुक्त बैठक बस्ने सकेको छैन । पटक पटक संसद अवरुद भएर अहिले सम्म संसदको वैठक समेत बस्न सकीरहेको छैन । दलहरु आपसमा झगडा गदै ठिक्कै छ । मुलुकको चिन्ता भन्दा पनि आपसी मनमुटावमा दलहरु फसिरहेका छन् । थारै भएपनि शान्ति सुरक्षाको अवस्था के छ त्यस तर्फध्यानआकृष्ट हुन सकेको छैन । प्रधानमन्त्री कोइराबाट केवल निर्देशन दिने काम काम भएको छ । त्यसको कार्यान्वयन तर्फकुनै पहल हुन सकेको छैन । गणतन्त्रको कुरा आइरहेको बेला अझै प्रजातन्त्र प्रति प्रतिवद्धता व्यक्त गर्ने काम भएको छ । यसले झनै मुलुक र मुलुकवासीलाई चिन्तित बनाएको छ । एकातिर शान्ति सुरक्षा कायम हुन नसक्नु अर्कोतिर गणतन्त्रलाई छायामा पादै लगिनुले शंका उब्जाएको छ ।
कडा नियम र कानुन नवनाई शान्ति सुरक्षा सुदृढ हुन सक्दैन । नियम र कानुन फितलो भएकै कारण पनि मनपरी गर्नेहरुले ब्रम्हलुट मच्चाइरहेका छन् । राज्यको जिम्मेवारी यसमा कस्तो हुनु पर्ने हो त्यो बिल्कुलै पाइएको छैन । सरकारभवन देखि प्रहरी चौकी सम्म दिनदहाडै तोडफोड र आगजानी भइरहेका छन् । क्याम्पस प्रमुख माथि आक्रमण भइसक्दा पनि राज्यले अझै पनि अपराधी पत्ता लगाउन सकेको छैन । यस्ता घटनाहरु नघटेका कुनै दिन छैनन् । तर त्यसलाई रोक्न राज्य पूर्ण कमजोर भइसकेको अवस्था छ । यस्तो अवस्था कहिले सम्म रहीरहने हो भने र्सवसाधारण अत्तालिएका छन् । लोकतन्त्र ल्याउनका लागि जनता र्सर्वै सुम्पेर किन लागे त - मुलुकमा शान्ति होला र दलहरु मिलेर नया दिशा निर्दैश गर्ला भनेर नै हो । तर अहिले त्यस्तो महशुस जनताले गर्न पाएका छैनन् । यस तर्फआठ दलहरु गंभीर भएर शान्ति सुरक्षाका लागि अग्रगामी पहल गर्ने तर्फअझै पनि नसोच्ने हो भने मुलुकले ठुलो क्षति ब्होर्नु पर्ने छ । बेलैमा यस तर्फकदम चाल्नु अहिलेको टडकारो आवश्यकता हो ।
|
Musukka Hasera
Shradha Rai |
|
Khipima Khipi
Shradha Rai |
|
Binti Chha
Ang Nima Sherpa |
|
Aakha Bhari
Surendra Man Maharjan |
|
Neermaya
Prakash Lama |