


स्वदेशी तथा विदेशी पर्यटकको लागि पहिलो रोजाई हो लेकर्साईड क्षेत्र । लेकर्साईडमा पाइला राखेपछि जसको पनि मन आल्हादित हुने गर्छ । स्वच्छ र सफा वातावरण अनि रमाइलोले यहा? आएपछि हरेकलाई आकषिर्त गरिहाल्छ । यतिबेला लेकर्साईड क्षेत्रमा नयाँ चहपहल देखिन्छ । तुल ब्यानरले झकीझकाउ लेकर्साईड दुल्ही भन्दा बढी चिरिच्याट्ट सिंगारिएको छ । त्यसै त पर्यटकको र्घुइचो लाग्ने लेकर्साईड । अहिले झनै रेवान अर्थात रेष्टुरेण्ट एण्ड बार एशोसिएसन पोखराले प्रत्येक वर्षजस्तै यस पटक पनि आज देखि पुष १७ सम्म सातो सडक महोत्सव आयोजना गरेको छ ।
सडक मे खाउ, सडक मै नाचौ अनि सडकमै रमाउ महोत्सवको नारा यही हो । विशेषत आन्तिरिक तथा बाह्य पर्यटकहरुलाई पोखरा आइरहन निम्तो दिनका लागि रेवानले सडक महोत्सवलाई निरन्तरता दिदै आएको छ । अंग्रेजी नयाँ बर्ष अवसर पारेर आयोजना हुन लागेको महोत्सवले लेकसाइडको वातावरण रंगीन बन्न पुग्छ । खुल्ला आकाश मुनि सडक मै हुने महोत्सवको रमिता हेर्दा हरेकलाई रोमान्चित बनाउछ । अझ विशेष गरी विदेशी पर्यटकहरु मन्त्रमुग्ध हुने गरेका छन् । लेकसाइडको फिस्टेल गेटवाट हल्लनचोक सम्म करीव तीन किलोमिटरको दुरीमा महोत्सव झकीझकाउ भएको छ । खुल्ला सडकमा हुने महोत्सवमा खानाका परिकार दे देखि विभिन्न खेलहरु र विविध सांस्कृतिक कार्यक्रमहरुमा दर्शकहरुको सहभागिता उत्साहजक हुदै आएको छ । अघिल्लो वर्ष पनि सडक महोत्सवमा रेष्टुरा व्यवसायीहरुले व्यापार पनि राम्रो गरेका थिए ।तर व्यापार प्रवद्धनका लागि मात्र यो महोत्सव हुनु हुदैन । पर्यटकहरुलाई जति आकषिर्त गर्न सकियो त्यतिनै यो महोत्सवले र्सार्थकता ग्रहण गर्न सक्दछ । आयोजकहरुले पनि पर्यटकहरुलाई आकषिर्त गर्न र पोखरा आइरहने वातावरण बनाउन महोत्सवको आयोजना गदै आएको बताएका छन् । निश्चित रुपमा यो सराहनिय काम हो । यसले सिंगो पोखराको पर्यटन क्षेत्रलाई माथि उकासनमा ठुलो मदत गर्नेछ ।
अहिले पोखरा सडक महोत्सवले तातिएको छ । रातभर हुने महोत्सवमा रमाउन पाउ?दा हरेकको मन चंगा हुन्छ । वशेषत पोखरा र यसको सेरोफेरोमा अवस्थित कला संस्कृति एवं भेषभुषाको पहिचान गराउनु महोत्सवको उद्देश्य रहेको छ । अहिले त झन पोखरा पर्यटकमय छ । पर्यटकहरुको चाप राम्रो भएकाले महोत्सवको चहपहल पनि उत्साहजनक रहने आयोजकहरुको अनुमान छ । छोटो बर्साईका लागि पोखरा आएका पर्यटकहरुलाई महोत्सवले लोभ्याउने छ । उनिहरु बाध्य भएर आफनो बर्साई लम्ब्याउने छन् ।
सडक महोत्सवले विगतका वर्षरुमा पनि यसरी नै पर्यटकहरुलाई आकषिर्त गदै आएको हो । यसपाली पनिपर्यटकहरुको बर्साई लम्बिने कुरामा आयोजकहरु ढुक्क देखिएका छन् । महोत्सवको अवधिमा होटल तथा रेष्टुरा व्यवसायीहरुले पनि राहतको महशुस गर्छन् । प्रत्येक वर्ष रेवानले यसरी नै सडक महोत्सव मार्फ पर्यटकहरुलाई नेपाल आउन निम्तो दिइरहेका हुन्छन् । लेकसाइडको फिस्टेल गेटवाट हल्लनचोक सम्म करीव तीन किलोमिटरको दुरीमा महोत्सव झकीझकाउ हुने गर्छ । दुई सय भन्दा वढी रेष्टुरेन्ट व्यवसायीहरुले आफनो व्यवसाय सडक मै उतारेर आगन्तुकहरुलाई सहज वातावरण बनाइदिन्छन् । सडकमै खाने सडकमै वस्ने महोत्सवको विशेष आकर्षा रहने गर्छ । अंग्रेजी नयाँ वर्षो गन्तव्य स्थल एवं आन्तिरिक तथा वाहय पर्यटन प्रवर्द्धन गर्ने ध्येयले आयोजना गरिन लागेको महोत्सवमा साढे २ लाख पर्यटक लेकसाइड भित्राउने अपेक्षा छ ।
महोत्सवमा चितवनको थारुहरुको लट्ठी नाच, धरानका र्राई लिम्वुहरुको धान नाच, वन्दीपुरको भुजेल ना?च, पोखराको २ सय ५० वर्षपुरानो भैरव नाच, तायमचा आदी विभिन्न जनजातीका नाचहरु प्रदर्शन हुनेछन् भने वेटर रेस, टुरिष्ट रेस, डुंगा रेस का साथै खानामा ससेज मम इटिङ इत्यादी रमाइला इभेन्टहरु समावेश हुनेछन् । ख्याती प्राप्त ब्यान्डहरुको प्रस्तुती संगै मनोरञ्जनात्मक कार्यक्रम, हात्ती शयर र घोडा शयर कार्यक्रम पनि राखिएको छ । अहिले सम्म आयोजना भएको सहडक महोत्सवले पर्यटकहरुको आगमनमा बृद्धि ल्याएको कार्यक्रम संयोजक बलराम पहारीले जानकारी दिए ।
सडक महोत्सवको अवसरमा उच्छृङखल तत्वहरुले विभिन्न घटनाहरु गराउने भएकाले त्यस तर्फसुरक्षा व्यवस्था राम्रो गरिनुपर्छ । पर्यटकहरुलाई आघात पुग्ने किसिमका क्रियाकलापहरु कसैले पनि गर्नु हुदैन । पर्यटकको स्वागत सत्कारमा लाग्नुपर्छ । पर्यटकहरु माथि हाम्रो व्यवहार राम्रो भएन भने त्यसले असर पुग्छ । यसमा सवै भन्दा ठुलो प्रहरी प्रशासनले अपनाउने पर्ने शान्ति सुरक्षा पनि हो । सडक महोत्सव रातभर हुने हुनाले दिनभरको कामव्यस्तताले फुसद नपाएकाहरुलाई रमाइलो र मनोरञ्जन लिने थलो पनि हुने छ । महोत्सवकै लागि भनेर देशका विभिन्न भागबाट आउने पाउनहरु अहिले नै पोखरा आइसकेका छन् । लामो समय पोखरामै व्यतित गर्ने उद्देश्यले आएकाहरु महोत्सवको स्वाद पनि चाख्ने उद्देश्य बोकेका छन् । सडक महोत्सव पोखराको पर्यटन प्रवद्धनका लागि कोसे ढुङ्गा सावित हुदै आएको छ ।
पोखरामा समय समयमा विभिन्न महोत्सव अनि उत्सव आयोजना हुदै आए पनि सडक महोत्सवले भने विशेष महत्व राख्दै आएको छ । पर्यटकहरुलाई नै केन्द्रित गरेर आयोजना हुदै आएको सडक महोत्सवले एक पटक पोखरा आउनेहरु फेरी दोहोर्राई तेहर्राई आउने वातावरण तयार गदै आएको छ । विशेषत बाह्य पर्यटकहरुलाई आकषिर्त गर्नु पनि महोत्सवको मूल ध्येय हो । आउने दिनहरु पनि महोत्सव व्यापारमुखी नभई यस्तै उद्देश्यले आयोजना हुदै जाओस् । यसो भएमा सडक महोत्सवले पोखराको मात्र नभई समग्र नेपालकै पर्यटन विकासमा टेवा पुग्ने छ । सडक महोत्सवले धेरै भन्दा धेरै संख्यामा पर्यटक भित्राउन सकोस् हामी सवैले यही कामना गरौ ।
|
Musukka Hasera
Shradha Rai |
|
Khipima Khipi
Shradha Rai |
|
Binti Chha
Ang Nima Sherpa |
|
Aakha Bhari
Surendra Man Maharjan |
|
Neermaya
Prakash Lama |