


प्रत्येक वर्षजस्तै अहिले पनि पोखरामा फुटबलको मेला लागेको छ । तामझामका साथ पोखरा रंगशालामा आहा गोल्ड कपको मज्जा लुटन खेलप्रेमीहरुको बाक्लो उपस्थिति देखिन्छ । सहारा क्लब पोखराले बिगत ६ वर्षदेखि यहाँ अन्तराष्ट्रिय स्तरको फुटबल प्रतियोगिता गदै आएको छ । यो ज्यादै नै सराहनिय कार्य हो । केन्द्रिकृत राज्यमा समेत हुन नसकेको यस किसिमको खेलपद्धतिलाई सहाराले निरन्तरता दिदै आइरहेको छ । केन्द्रमा बसेर खेलकुदको विकास गर्नुपर्छ भनेर ठुला ठुला गफ हाक्नेहरुलाई यो प्रतियोगिताले दरिलो पाठ सिकाएको छ ।
मोफसलमा बसेर यति ठुलो प्रतियोगिताको चाजोपाजो मिलाएर निरन्तरता दिदै आउनु चानचुने कुरा भने प क्कै हैन । भारत बगलादेशका टिमलाई जुटाएर प्रतियोगिता गर्नु भनेको यहाँको खेलकुदलाई अन्तराष्ट्रियकरण गर्नु नै हो । वर्षरीको बहुप्रतिष्ठित खेलहरुमा पर्ने आहा गोल्डकप फुटबलले खेलप्रेमीहरुको निरन्तर रुपमा ध्यान केन्द्रित गदै आएको छ ।
समाजिक क्लबको रुपमा स्थापना भएको सहारा क्लब अहिले फुटबलको चर्चित क्लब बन्न पुगेको छ । यसो हुनुमा आम खेलप्रेमी पोखरेली, बेलायतमा रहेका नेपालीहरु र क्लबमा रहेका पदाधिकारीहरुको मेहनत र लगाबकै कारण सहारा क्लबले अहिले आएर फुटबलमा यो उचाई ग्रहण गरेको छ । यसैको फलस्वरुप क्लबले प्रत्येक वर्षउत्साहपूर्वक प्रतियोगिता आयोजना गदै सफलतापूर्वक सम्पन्न गदै आएको छ । फुटबलको निरन्तरता संगै प्रतियोगिता पनि व्यवस्थित बन्न पुगेको छ । आहा फुटबलको बढ्दो लोकप्रियता संगै क्लबलाई सहयोग गर्नेहरुको ओइराले पनि लागीरहेको छ । प्रायोजन गर्नेहरुको झुण्ड पनि कम्ति देखिदैन । प्रतियोगितालाई आयोजकहरुले निरन्तर अगाडी बढाएकै कारण क्लब अहिलेको अवस्थामा आइपुगेको हो भन्ने कुरालाई भने कदापी नर्कान मिल्दैन । अन्य सामाजिक काममा सहाराको स्थान रहे पनि पछिल्लो क्रममा सहारा क्लब फुटबल क्लबको रुपमा परिचित बन्न पुगेको छ । क्लबलाई खेलकुदको क्षेत्रमा स्थापित गराउने काम आहा गोल्डकपले नै गरेको हो ।
पुषको चिसो मौसम संगै यतिबेला आहा गोल्डकपको रन्कोले खेलजगत तातिएको छ । खेलको मज्जा लुट्न रंगशाला परिसर भरिभराउन बन्न पुगेको छ । खेल हेर्नका लागि उत्साहपूर्वक खेलप्रेमीहरुको जमघटले रंगशालामा चहपहल बेग्लै छ । स्थानिय मात्र हैनन राजधानी देखि समेत फुटबलको तिर्सना मेटन खेलप्रेमीहरुको आगमन भएको छ । र्सवत्र यतिबेला चर्चा परिचर्चा यही आहा गोल्डकपकै छ । प्रतियोगिता हेर्नका लागि सवै तह र तप्काका व्यक्तिहरुको उपस्थिति रहेको छ । पुष २९ सम्म करीब दुइ हप्ता सम्म प्रतिस्पर्धात्मक रुपमा संचालन भइरहेको खेलमा ४ देशका १२ क्लब समुहका खेलाडीहरुको भिडन्त भइरहेको छ । यसरी संचालन भएको आहा गोल्डकपलाई धेरैले खेलकुदको सवैभन्दा ठुलो मेलाकै रुपमा परिभाषित गर्ने गरेका छन् ।
निश्चित रुपमा आहा गोल्डकप वर्षा आयोजना हुने खेलकुदहरुमा र्सवाधिक चर्चित र ठुलो खेल प्रतियोगिता हो । यस मानेमा पनि यो खेलकुदको ठुलो मेला नै हो । मेला हेर्न हजारौको उपस्थित हुने गरेको छ ।
आहा गोल्डकपले पुषको चिसो समेत भगाउने खेलप्रेमीहरुको अनुभव छ । शरीरमा स्फूति अनि शरीर तताउन पनि आहा कप अवलोकन गर्नेहरुको जगजगी हुने गर्छ । हरेक वर्षखेलप्रेमीहरुले आहा कपलाई यसरी नै अवलोकन गरेर साथ दिदै आएका छन् । विना दर्शक आहाकपको रौनकता हुने पनि थिएनन । पोखरामा थुप्रै प्रतियोगिता हुन्छन् तर आहा कपमा जस्तो दर्शकको उपस्थिति अरु प्रतियोगितामा हुने गरेको छैन । प्रतियोगिताको देश विदेशमा छाएको लोकप्रियताकै कारण आहा गोल्डकपले उल्लेख्य दर्शक बटुल्न सफल भएको हो । यो लामो अवधिको खेलक्रममा आहा गोल्डकपले केन्द्रिय खेलकुद प्रतियोगितालाई समेत ओझेलमा पारिदिन्छ । मोफसलमा रहेर यति ठुलो प्रतियोगिताको चाजोपाजो मिलाउनु चानचुने कुरा पक्का पनि हैन । सहारा क्लबले धर्ैयता र सहासका साथ विभिन्न चुनौतीहरुलाई पन्छाएर प्रतियोगिता संचालन गदै आएको हो ।
आहा कप फुटबल प्रतियोगिता मार्फ क्लबले असहाय अनाथहरुका लागि संचालन गदै आएको सहारा एकेडेमीका लागि सहयोग समेत जुटाउदै आएको छ । तर आहा गोल्ड संचालन धेरै खर्चिलो पनि छ । तर पनि प्रकृयागत ढंगले संचालन हुदै आएको प्रतियोगिताले नाफा घाटा भन्दा पनि खेलकुदको विकासलाई बढी ध्यान दिइएको क्लबका अध्यक्ष व्रि्रम थकालीको भन्छन । सहारा एकेडेमीका रहेका बालकहरुले फुटवलको प्रशिक्षण लिदै आएका छन् । सहाराले उनिहरुलाई निशुल्क खाने बस्ने र फुटबलको प्रशिक्षण दिदै आएको छ । सहारा क्लबको यो दौड संग फुटलबमा उचाई चुमीसकेको छ । आहा गोल्डको लोकप्रियता संगै यसलाई अझै वृहत रुपमा अन्तराष्ट्रिय स्तरको प्रतियोगिता बनाउने धुनमा क्लब लागेको छ ।
आहा गोल्ड विजेताको पुरस्कार राशी पनि र्सवाधिक नै मान्नुपर्छ । यस पटक उत्कृष्ठ खेलाडीलाई मोटरर्साईकलको व्यवस्था समेत गरिएको छ । पुरस्कार संगै खेलको स्तरवृद्धिले आहा गोल्डकपलाई प्रगतिपथमा लम्काएको छ ।
आहा गोल्डको उद्देश्य केवल फुटवलको मनोरञ्जन लिनु मात्र हैन । प्रतियोगिताको उद्देश्य आन्तिरिक तथा बाहय पर्यटन प्रवद्धन गर्नु पनि रहेको छ । आहा फुटवल प्रतियोगिताले खेलपर्यटनको विकासमा पनि अग्रणी भुमिका निर्वाह गदै आएको छ । त्यसो त पोखरा खेलपर्यटनका लागि प्रचुर सभावना भएको ठाउ हो । आहा गोल्ड कपले त्यो संभावनालाई परिपुर्ति गदै आएको पनि छ । भविष्यमा पनि आहा गोल्ड कपको निरन्तरताले त्यो संभावनालाई पूर्ण रुपमा परिपूर्ति गर्ने आशा गर्न सकिन्छ । अहिले जमेको फुटवलको रन्को र खेलप्रेमीहरुको उत्साहले सवैलाई उमंगीत बनाएको छ ।
सहारा र आहा गोल्ड कप अहिले हरेकको रोजाई बनेको छ । खेलप्रेमी पोखरेलीहरुले चाहेको फुटवलको स्वाद सहाराले मेर्टाई दिएको छ । आउने दिनहरुमा पनि क्लबले यस्तै स्वाद दिलाउने अपेक्षा खेलप्रेमीहरुले गरेका छन् । सहारा त्यो अभियानमा सदैव लागोस हामी सवैको कामना ।
|
Musukka Hasera
Shradha Rai |
|
Khipima Khipi
Shradha Rai |
|
Binti Chha
Ang Nima Sherpa |
|
Aakha Bhari
Surendra Man Maharjan |
|
Neermaya
Prakash Lama |