


पोखरा संगै जोडिएको लेखनाथ नगरपालिका । धेरैले लेखनाथलाई पोखरा भन्दा टाढाको नगरपालिका भनेर पनि सोच्ने गर्छन् । तर यथार्थ त्यो भने अवश्य हैन । लेखनाथ भनेको समग्र पोखरा उपत्यका हो भन्ने मलाई लाग्दछ । वास्तविकता पनि हो भन्ने मेरो ठम्याई पनि छ । लेखनाथलाई पनि विभिन्न उपमाले चिनिए पनि त्यसको कार्यान्वयनमा सम्बन्धित पक्षको ध्यान भने अहिले सम्म पुग्न सकेको छैन ।
लेखनाथलाई वृहद पर्यटकीय स्थलको रुपमा विकास गर्न सरकारले पनि विशष तदारुकता देखाउनु पर्ने हो तर त्यो हुन सकेको छैन । निश्चितै रुपमा आन्तिरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षा गर्ने खालका मनेरमस्थलहरु संगै प्राकृतिक सौर्न्दर्यको लागि पनि लेखनाथ उतिकै धनी मानिन्छ । लेखनाथको यही समग्र पहिचानलाई मध्यनजर राखेर अहिले लेखनाथ महोत्सव शुरु भएको छ । महोत्सवस्थल यतिबेला झकीझकाउ छ । महोत्सवको रन्कोले लेखनाथवासीलाई मात्र हैन बाहिरबाट आउने पाहुनाहरुलाई पनि छोएको छ । यसरी आयोजना भएको महोत्सव पहिलो भने हैन । यस अघि तीनपटक लेखनाथ महोत्सव सम्पन्न भइसके को छ । चौथो पटक शुरु भए को महोत्सवले भिन्न विशेषता बोकेर आएको छ ।
पोखरा उपत्यकाको आर्थिक तथा सामाजिक विकासका उद्योग, व्यपार, शिक्षा स्वास्थ्य कृषि र पर्यटन क्षेत्रको प्रर्वर्द्धनमा गर्ने उद्देश्य बोकेर शुरु भएको महोत्सवमा स्थानिय कला र संस्कृति को पनि सम्बर्दन हुने विश्वास आयोजकहरुले गरेका छन् । बृहत पोखरको अवधारणालाई अंगीकार गरी आयोजना भएको महोत्सवमा केवल आर्थिक फाइदालाई मात्र प्राथमिकता दिइनु हुदैन । आर्थिक फाइदा मात्र हेरियो भने महोत्सवले कुनै विशेष महत्व राख्ने छैन ।
आर्थिक फाइदालाई हेरियो भने महोत्सव केवल महोत्सवका लागि मात्र हुनेछ । पछिल्लो क्रममा महोत्सव आयोजना हुने क्रममा बाढी आइरहेको बेला यस्तो उद्देश्य राखियो भने महोत्सवको निर्दिष्ट उद्देश्य पर पुर्ती हुन सक्दैन । फेसन को रुपमा आइरहे को महोत्सवको सिलसिलालाई लेखनाथ महोत्सवले गतिलेा सवक सिकाउने अपेक्षा गर्न सकिन्छ ।
अहिले लेखनाथ महोत्सवको चर्चापरिचर्चा जहातही चलिरहेको छ । महोत्सवमा रमाउन बालक देखि बृद्ध सम्मका दर्शकहरु उत्साहि देखिएका छन् । यो उत्साही बनाउने काम भने लेखनाथ उद्योग वाणिज्य संघले गरेको छ । महोत्सवमा राखिएका प्रर्दर्शनी र मनोरञ्जनात्मक कार्यक्रमले पनि लेखनाथ महोत्सवको गरिमालाई उच्च बनाएको छ । फुड फेस्टिबल, सुन्तला प्रर्दर्शनी, माछा प्रर्दर्शनी, कुखुरा प्रदशनी, मह प्रर्दर्शनी, जैविक विविद्यता प्रर्दर्शनी, कफि प्रर्दर्शनी, ताजा तरकारी, अटो एक्सपो तथा औद्योगिक तथा व्यापारिक मेलाले महोत्सवमा रंग थपे को छ ।
यसै गरी महोत्सव रमाइलो र मनोरञ्जनपुर्ण तुल्याउन खुल्ला रत्यौली प्रतियोगिता, राष्ट्रिय दोहोरीगीत प्रतियोगिता, सांस्कृकि तथा भेषभुषा प्रर्दर्शनी, जिल्ला स्तरीय विद्यालय नृत्य प्रतियोगिता, चर्चित राष्ट्रिय कलाकारद्धारा स्टेज शो, हास्य प्रहसन र चर्चित पप गायकहरुको बेजोड प्रस्तुती झनै महोत्सवको रोचक पक्ष रहे को छ । लेखनाथ जाऔ, महोत्सवमा रमार्औ भन्ने अवधारणालाई यस किमिसका प्रर्दर्शनी र मनोरञ्जनपुर्ण कार्यक्रमहरुले नलोभ्याउने कुरै भएन । लेखनाथ नगरपालिकाको थप पहिचान दिलाउन महोत्सवले सहयोग पुर्याउदै आएको छ ।
महोत्सवमा बढी भन्दा बढी आन्तिरिक संगै बाह्य पर्यटकहरुलाई अवलोकन गराउने आयोजकहरु लक्ष्य रहेको छ । यसैले पनि महोत्सवलाई अवलोकनिय बनाउन आयोजकहरु कम्मर कसेर जुटीरहेका छन् । सुन्तला महोत्सवबाट शुरु भएको लेखनाथ महोत्सव चौथो पटक सम्म आइपुग्दा भने औद्योगिक व्यापार मेलाको रुपमा विकसित हुन पुगे को छ । अर्को अर्थमा महोत्सवको रुप बिस्तार भएको छ ।
९ दिन सम्म संचालन हुने महोत्सवमा ४ सय वटा विभिन्न स्टलहरु समावेश गरिएका छन् । महोत्सवमा दुइ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र १० करोड बराबरको आर्थिक कारोबार हुने दावी गरिएको छ । लेखनाथ नगर क्षेत्रको उद्योग व्यापार तथा पर्यटन क्षेत्र संगै समग्र आर्थिक विकास होस भन्ने हेतुले आयोजित महोत्सवमा रमाउन देशका विभिन्न भागबाट आउने क्रम पनि त्यतिकै बढे को छ ।
महोत्सवमा आउने आन्तिरिक पर्यटकहरुलाई क्षेत्रिय होटल संघले विशेष प्याकेजको व्यवस्था पनि गरेको छ । लेखनाथ उद्योग वायिज्य संग सम्झौता भए अनुरुप् ३५ प्रतिशत छुट दिने निर्णय क्षेत्रीय होटल संघले गरेको हो । यसैले पनि महोत्सवमा बढी भन्दा बढी पर्यटकहरु को आगमन हुनेमा आयोजकहरु विश्वस्त देखिएका छन् ।
यस पटक महोत्सव स्थल पनि परिवर्तन भएको छ । राजमार्ग आडैमा भण्डारढिकमा महोत्सव रहे कोले यहाँ आउनेहरुलाई पनि सहज वातावरण बनेको देखिन्छ । चिसो मौसमलाई महोत्सवको रन्कोले तातो बनाउने अपेक्षा गरिएको छ । यही भएर महोत्सवमा रमाउन सवै आतुर देखिएका छन् । लेखनाथ महोत्सव व्यापारमुखी नभएर विकासमुखी हुन सकोस् । महोत्सवले र्सवत्र सकारात्मक सन्देश प्रवाह गर्न सकोस् । तव मात्र महोत्सवले र्सार्थकता पाउन सकोस् । पर्यटन पर्वर्द्धन र लेखनाथका पहिचानको लागि भएको लेखनाथ महोत्सवले यही सन्देश प्रवाह गर्नेछ भन्नेमा शंका नहोस् , लेखनाथ जाउ, महोत्सवमा रमाउँ ।
|
Musukka Hasera
Shradha Rai |
|
Khipima Khipi
Shradha Rai |
|
Binti Chha
Ang Nima Sherpa |
|
Aakha Bhari
Surendra Man Maharjan |
|
Neermaya
Prakash Lama |