

युवायुवतिको उद्देश्य फरक फरक हुन्छ । कोही डाक्टर पाइलट पत्रकार नर्स, त कोही उद्योगी व्यापारी समाजसेवी । कुनै समय छाडा पेशामा को रुपमा लिइने विमान परिचारिका अर्थात एयर होस्टेज हिजोआज धेरै युवतिहरुको आकर्षाको पेशा बन्न पुगेको छ । र त्यतिकै इज्ज्तदार र सम्मानित पेशा पनि । अभिभावक र घरिपरिवार पनि आफना छोरीहरुलाई यो पेशा तर्फलगाउन उत्साहित हुने गरेका छन् । आकाशमा बादल संगै हवाईजहाजमा उडने चाहना कसको नहोला र - जीवनमा यो चाहना एक पटक जसको पनि हुने गरेको छ । यही चाहनालाई मूत रुप दिन युवतिहरुको एयर होस्टेज अर्थात विमान परिचारिका तर्फआकर्षा बढीरहेको छ ।
कुनै समय एयर होस्टेज पढनुलाई उति निको मान्दैन्थे । बढी ग्ल्यामर क्षेत्रको रुपमा यसलाई लिने गर्थे । तर अहिले समय त्यस्तो छैन हरेकमा नया धारणाको विकास भएको छ । र समय पनि बदलिएको छ । राजधानी संगै मोफसलका शहरहरुमा एयर होस्टेज सम्बन्धी तालिम दिने संघ संस्थाहरु पनि उतिकै तत्पर देखिन्छ्न । बग्रेल्ती खुलेका यस्ता संघ संस्थाहरुले एयर होस्टेजको उच्च स्तरीय अध्ययन पनि गराइरहेका छन् ।
धेरै युवतिहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय वागुसेवा निगममा एयर होस्टेजको रुपमा काम गर्न सक्षम पनि भएका छन् । यो देखासिकीले अरु युवतिहरुको पनि यस तर्फ चाहना बढेको हो । पोखरामा पनि एयर होस्टेज बन्न चाहने युवतिहरुको होडबाजी देखिन्छ । अहिले पल्स टु सकेका धेरै युवतिहरुलाई सोधियो भने तपाई अब के पढने हरेकको मुखबाट फयाट्टै निस्कन्छ- एयर होस्टेज । यति विद्यी यो पेशा तर्फआकर्षा युवतिहरुमा बढनु कारण यसमा भविष्य उज्जवल छ । उनिहरु यो पेशामा लागेपछि अरुमा आत्मनिर्भर बन्नु पदैन । उनिहरु आफनो खुट्टामा आफै उभिन सक्षम हुन्छन् ।
फुलबारी पोखराकी २० वषिर्या टिका तिलिजा पुनको आकाशमा उडेर बादल चुम्ने रहर सानै देखिको हो । उनि त्यतिबेला सोच्ने गर्थिन् - हवाईजहाजमा संधै उडन कसरी पाइएला - एयर होस्टेज बनेर उनि आफनो उद्देश्य परिपुर्ति गराउन यतिबेला यहा कक्षा लिन व्यस्त छिन् । पृथ्वीनारायण कलेजबाट स्नातक तह समेत उर्तिण गरेकी पुन भन्दै थिइन-'अव सानै देखिको एउटा इच्छा बल्ल पुरा होला जस्तो छ ।'
हो त आकाशमा उडन उनि जस्तै धेरै युवतिहरु यहा? एयर होस्टेजको कक्षा लिन व्यस्त छन् । एयर होस्टेजको थेउरी र प्रयोगात्मक गरेर ३ देखि ६ महिना र बढीमा एक वर्षो कोर्स हुन्छ । तीन महिनाका लागि ३६ हजार खर्च गरेपछि अन्तराष्ट्रिय स्तरको एयर होस्टेज तालिम लिन पाईन्छ । विशेषतः मोडलिङ तथा ग्ल्यामरको क्षेत्रमा लाग्ने युवतिहरु एयर होस्टेज तर्फलागी रहेका छन् । नाम र दामको कुरा त झन वेग्लै छ । सेल्रि्रेटी भित्र पर्ने हुनाले उनिहरुलाई अवसर पनि त्यतिकै छ । मोडलिङमा आफनै छुट्टै इमेज बनाएका बबिता शर्मा, सिसिलिया गुरुङ, अर्पणा श्रेष्ठ , पुजा लामा आदी अहिले विभिन्न्ा एयरवेजहरुमा एयरहोस्टेजको रुपमा काम गरिरहेका छन् । यही भएर पनि यस क्षेत्रमा इमेज बनाएका युवतिहरुको उडान आकाशमा उडने बनाउने गरेका छन् ।
एक वर्षअघि मिस पश्चिमाञ्चल पोखरा ब्युटी कनेटष्टमा सहभागी भएर सेकेन्ड रनर अप बनेकी भद्रकाली चोक पोखराकी १९ वषिर्या रोजीना गुरुङको एकाएक नर्स बन्ने चाहना बदलिएको छ । उनले अहिले धेरै युवतिहरु नर्सिङको अध्ययन तिर लागेको देखिन । रोजीनालाई आकर्ष शारीरिक बनोट र उचाईले पनि एयर होस्टेजका लागि सक्षम देखाएको छ । मोडलको रुपमा समेत चिनिएकी रोजीनाले भनिन- 'स्कोप देखेर म एयर होस्टेजको अध्ययनमा जुटेकी हु? ।' अर्कोतिर उनि कन्या क्याम्पसमा स्नातक तहमा पनि अध्ययन गरिरहेकी छिन् । एयर होस्टेज तालिम हुने अंधिकाश युवतिहरु कलेज लेबलमा अध्ययन गरिरहेका नै छन् । त्यसो त एयर होस्टेजका लागि उमेरको हकमा १८ देखि २६ वर्षउमेर तोकिएको छ । ग्ल्यामर पनि अनिवार्य रहेको तालिम दिने प्रशिक्षकहरु बताउछन् ।
पछिल्लो क्रममा आएर नर्सिङमा जस्तै एयर होस्टेज तर्फपनि युवतिहरुको आकर्षा बढदो क्रममा छ । आकर्षा किन बढ्यो त राम्रो पारिश्रमिक, संसार घुम्न पाइने र नया व्यक्तिहरु संग भेटघाट आदी कारणले पनि युवतिहरु एयर होस्टेज तर्फतानिएका हुन । इज्जत संगै कमाइ पनि राम्रो हुने हनाले आफनो खुट्टामा आफै उभिन सकिन्छ पा?च महिना देखि तालिम लिइरहेकी बुद्धचोककी कृति राना मगरले भनिन- 'यो सब अवसर देखेर नै एयर होस्टेज बन्न कस्सिएकी हु? ।' उनको चाहना अन्तराष्ट्रिय एयरवेजमा काम गर्ने रहेको छ । यो चाहना उनको मात्र हैन उनि जस्तै एयरहोस्टेजको तालिम लिने युवतिहरुको पनि हो ।
एयर होस्टेज बन्छु भनेर त्यति सजिलै बन्न भने सकिदैन । यसका लागि आकर्ष शारीरिक बनोट, कम्तीमा ५ फिट २ इन्च उचाई र ग्ल्यामर पनि आवश्यक छ योर्स एजुकेसनल एकेडेमीका प्रबन्ध निर्देशक वसन्त कार्की भन्छन्- एयर होस्टेज बन्न सौर्न्दर्य संगै टयालेन्ट पनि उतिकै आवश्यक पर्छ । पोखरामा एयर होस्टेज सम्बन्धी तालिम दिने संस्था योर्स एजुकेसनल एकेडेमी मात्रै हो । ३० जना दक्ष जनशक्ति उत्पादन पनि भइसकेका छन् ।
तीन वर्षदेखि एयर होस्टेज सम्बन्धी कक्षा संचालन गदै आएको संस्थामा अध्ययनरत १५ जना युवतिहरुले अन्तराष्ट्रिय स्तरको वायु सेवा निगममा विमान परिचारिका बनिसकेका छन् । अन्तराष्ट्रिय स्तरको एयर होस्टेज सम्बन्धी अध्ययन हुने यो नेपालको दोस्रो हो, प्रबन्ध निर्देशक कार्कीले भने- 'हामीले प्रयोगात्मक कक्षा पनि त्यतिकै गराउछौ ।' यही भएर पनि एयर होस्टेजका लागि युवतिहरु बढी से बढी तालिममा अभ्यस्त हुन पुगेका छन् । नेपालमा अहिले एयर होस्टेज बन्नेहरुको संख्या त्रि्रतर रुपमा बढेको छ । संख्यात्मक वृद्धि संगै यो पेशामा प्रतिस्पर्धा पनि बढेको छ । अहिले धेरै युवतिहरुले अरु पेशाको तुलनामा एयर होस्टेजमा रुची देखाएका छन् । अन्तराष्ट्रिय स्तरमै पुग्नका लागि यसको भविष्य उज्जवल रहेकोले पनि चाहना बढेको हो ।
|
Musukka Hasera
Shradha Rai |
|
Khipima Khipi
Shradha Rai |
|
Binti Chha
Ang Nima Sherpa |
|
Aakha Bhari
Surendra Man Maharjan |
|
Neermaya
Prakash Lama |