संविधानसभाको निर्वाचनको चुनौती
शिव शर्मा चञ्चल
पोखरा

संविधानसभाको निर्वाचनको मिती नजिकिदै गर्दा अराजक गतिविधी बढीरहेको छ । उम्मेदवारकै हत्या समेत भएको छ । राष्ट्रिय जनमोर्चा नेपाल बाके २ का उम्मेदवार कमल अधिकारीको हत्या भइसकेको छ । पार्टि कार्याकर्ताको हत्या अपहरण त सामान्य जस्तो भइसकेको छ ।

कुनै पार्टिले निर्वाचन प्रचारका लागि सभा गर्न लाग्यो भने त्यही जाइ लाग्ने जस्ता कृयाकलापले निर्वाचनलाई प्रभाव पारिरहेको छ । हालै सिन्धुपाल्चोकमा काग्रेस र माओवादीकै झडपलाई हेरौ । झडपकै क्रममा माओवादी कार्याकर्ताको हत्या भएको छ भने काग्रेसका उम्मेदवार बलबहादुर केसी सख्त घाइते भए । दुवै पार्टिका कार्याकर्ता उतिकै रुपमा घाइते भएका छन् । यसरी दलहरुले चुनाव प्रचारका सिलसिलामा एक अर्काको सभा बिथोल्ने कामलाई झनै आक्रमक शैलीमा अगाडी बर्ढाईरहेको पाइन्छ । माओवादीका कार्याकर्ताले यस्तो आक्रमण बढी मात्रमा गरेको अन्य पार्टिहरुको आरोप छ ।

निश्चितै रुपमा कतिपय ठाउ?मा वाइसियलले काग्रेस एमालेको चुनावी सभा र उम्मेदवार माथि अवरोध गरेका समाचारहरु दिनानुदिन संचारमाध्यमहरु पनि आइरहेका छन् । तर माओवादीका अध्यक्ष प्रचण्डले मिडियाहरुले विदेशीको पैसा खाएर माओवादीलाई बदनाम गराउने कार्यमा लागेको आरोप लगाइरहेका छन् । उनको यो आरोप र्सवत्र विरोध भएको छ । पत्रकारहरुको साझा संगठन पत्रकार महासंघले पनि प्रचण्डको यस्तो अभिव्यक्तिको खण्डन गरेको छ । मिडिया विरुद्ध उभिनु भनेको आफनो पराजित मानसिकतालाई आफैले बाहिर ल्याउनु हो । मिडियालाई मात्र दोषारोपण गर्नु भन्दा पहिला आफनो नेतृत्व भन्दा तल्लो तहका कार्याकर्ताहरुको आचारणमा सुधार ल्याउनु तर्फध्यान पुर्‍याउनु जरुरी छ । यी यस्तै क्रियाकलाप र शैलीले संविधानसभाको निर्वाचनमा प्रश्न चिन्ह खडा गराएको छ । निर्वाचन बिथोल्नका लागि सामान्ती तत्वहरु लागीरहेको बेला संविधानसभाका पक्षधर दलहरु नै एकआपसमा काटमारको राजनितिमा उर्तिए पछि त्यसको नतिजा के होला सहजै अनुमान लगाउन सकिन्छ । चुनावको घडी समिपमा आइरहदा चुनाव भाडने गतिविधीहरु त्रि्र रुपमा भइरहेका छन् । हरेक तवरले संविधानसभा विरोधीहरु जुनसुकै हालतमा पनि निर्वाचन बिथोल्नका लागि तानावाना बुनिरहेका छन् ।

 तानाशाहहरुको ध्येय नै अहिले संविधानसभाको निर्वाचनलाई जुनसुकै हालतमा पनि असफल बनाउनु हो । यो कार्यमा उनिहरु जुटीरहेका छन् । अहिले सम्म राजा पनि चुपचाप बसीरहेका छन् । राजा किन चुपचाप बसीरहेका छन् त्यसमा पनि आशंका गर्ने धेरै ठाउ?हरु छन् । राजा चुप बस्नुमा धेरै रहस्यहरु लुकेको हुन सक्छ । यस तर्फलोकतन्त्रवादी दलहरुको अलिकति सम्म पनि दृष्टि पुगेको छैन । उनिहरु केवल जीत हारको राजनितिमा फसेका छन् । यही जीत हारको राजनितिकै कारण दलहरु बीच अस्वस्थ प्रतिस्पर्धा हावी भएको छ । यस किसिमको प्रतिस्पर्धाको होडमा उनिहरु हिंसात्मक लर्डाईमा अग्रसर भइरहेका छन् । एकले अर्काको चुनावी सभा बिथोल्ने काम गरिरहेका छन् । अपहरण र हत्या समेत गर्न थालेको पाइन्छ । दलहरुको अहिलेको चुनावी प्रचारप्रसारको शैली हेर्दा उनिहरुको जीत हारको उद्देश्य केवल सत्ता प्राप्तिका लागि मात्र हो । यही सत्ताकै लागि उनिहरु झगडा गरेका त हैनन भन्ने शंका जनताले गर्न थालेका छन् । तर अहिलेको संविधानसभाको निर्वाचन दलहरुको जीत हारको राजनिति संग बिल्कुलै जोडिएको छैन ।

इतिहासमै पहिलो पटक हुन लागेको यो स्वणिर्म अवसर हो । आखिर जसले जीत पनि यसले मुलुकमा अग्रगामी परिवर्तन आउने हो । लामो समय देखिको निरंकुश शासनको अन्त्य हुने हो । यति मात्र हैन मुलुकमा सविधानसभाको निर्वाचन पछि युगकान्तकारी परिवर्तन आउने छ । तर यो वास्तविकतलाई चटक्कै बिर्सेर दलहरु सत्ता कब्जा गर्ने शैलीमा चुनावी वातावरण बनाइरहेका छन् । जनआन्दोलनको भुमिकालाई बिर्सेर आपसी मनमुटावमा लागेर दलहरु पानी बाराबारको स्थितिमा पुगेका छन् । अहिले निर्वाध रुपमा आफनो चुनावी प्रचार प्रसारमा जुटन पनि जटिल अवस्था उत्पन्न भइरहेको छ । सवै भन्दा जटिल तर्राई क्षेत्रमा देखिन्छ । तर पनि उम्मेदवारहरु घरदैला कार्यक्रममा निस्केका छन् । यस्तो विषम परिस्थितिका बीच हुन लागेको निर्वाचन स्वंय लोकतन्त्रवादी दलहरु नैआपसमा काटाकाट र मारमार गरिरहेका छन् । यसको फाइदा उल्टै सशस्त्र समुह देखि मुलुकमा परिवर्तन नचाहने तत्वहरुलाई भएको छ । संविधानसभाको निर्वाचनलाई असर पुग्ने खालका गतिविधीहरु बढीरहेको अवस्थामा स्वयं दलहरु नै अराजक गतिविधीमा लाग्ने हो भने निर्वाचन सफल हुन निकै अप्ठ्यारो परिस्थिति आउन सक्छ । अहिले परिस्थिति त्यस्तै आइरहेको छ ।

 निर्वाचन आचारसंहितालाई दलहरुले परिपालन गरेको पाइदैन । ठाउ? ठाउ?मा उनिहरुले आचारसंहिताको त्रि्र उल्ल्ङघन गरेका छन् । इन्सेक पश्चिमाञ्चलका अनुसार सवैभन्दा बढी निर्वाचन आचारसंहिता उल्लङघन गर्ने मा माओवादी रहेको छ । एमाले र काग्रेसले पनि केही आचारसंहिता उल्लङघन गरेका छन् । तर उनिहरुको तुलनामा माओवादीको संख्या उल्लेख्य रहेको छ । यस्तै गतिविधीले निर्वाचनलाई प्रभावित पार्छ । यस्तो कुरा जान्दा जान्दै पनि दलहरु स्वयं नै यस्ता क्रियाकलापमा लागेका छन् । जतिसुकै नारा र भाषणमा एक दलले अर्को दलको चुनावी कार्यक्रममा अवरोध सृजना नगरिने बताए पनि व्यवहारमा त्यसको एक रती पनि लागु हुन सकेको छैन । झनै दलहरु बीच युद्ध चर्किएको छ ।

पछिल्लो घटनाक्रमले निर्वाचनको माहौललाई प्रभाव पारेको छ । दुई दुई पटक मिति र्सार्वजनिक भएर पनि स्थगीत भइसकेको संविधानसभाको निर्वाचन यस पटक पनि त्यही हबिगत भयो भने मुलुकको अवस्था डामाडोल हुनेछ । यर्सथ दलहरुकै कारण संविधानसभाको निर्वाचन ज्यादै कठिनपूर्ण मोडमा पुगेको छ । अझै पनि दलहरुले आचरण सुधारेनन भने निर्वाचनको प्रकृया अवरुद्ध हुनेछ । असुरक्षाका बीच हुन लागेको निर्वाचनमा भाझो हाल्ने गुट हावी भइरहेको बेला दलहरु नै आपसी कल र वैमस्यमा लागेका छन् । यी याव्त चुनौतीलाई चिरेर सहज वातावरण बनाउनु अहिलेको आवश्यकता हो । यसो हुन सकेन भने संविधानसभाको निर्वाचन माथि नै प्रश्न चिन्ह खडा हुनेमा आशंका छैन ।