फेवानगरीमा खेलकुदको आकर्षण तिब्रतर रुपमा बढीरहेको छ । खेलकुदमा पनि धेरैको रोजाई बनेको छ फुटबल । फुटबलको मज्जा लुटन पाएपछि खेलप्रेमी पोखरेलीहरु दंग नपर्ने कुरै भएन । अरु काम छाडेर भए पनि फुटबल खेल हेर्न खेलप्रेमीहरु पोखरा रंगशालामा धुइरिने गर्छन् ।
सहारा क्लबको आहा गोल्ड कप हुदै अघिल्लो महिना मात्र नेपाल र पाकिस्तानको मैत्रीपुर्ण खेलको मज्जा लिएक खेलप्रेमीहरु पोखरेलीहरुले । फेरी पनि आम खेलप्रेमी पोखरेलीहरुको चाहनालाई मध्यनजर राखेर नै नेपाल सेभेन ए साइड फुटबल महासंघले भोलि शनिवार देखि पोखरा रंशालामा प्रथम पेप्सी अन्तराष्ट्रिय सेभन ए साइड अन्तरक्लब स्तरीय फुटबल प्रतियोगिता गर्न लागिरहेको छ । हरेकको ध्यान फेरी यस फृटबल तर्फखिचिएको छ ।
फुटबल खेललाई स्वच्छ तुल्याउन आयोजकहरु दिनहु रंगशालाको मर्मत संम्भार तथा नियमित पानी हाल्ने काम गरिरहेका छन् । त्यसो त फुटबल प्रतियोगिता गराउनका लागि पोखरा रंगशाला देशकै एउटा नमुना रंगशाला जस्तो भएको छ । सेभेन ए साइड फुटबल प्रतियोगिताको सवै तयारी समेत पुरा भइसकेको आयोजकहरुले बताएका छन् ।
नेपालमै पहिलो पटक हुन लागेको यो प्रतियोगिताको ध्यान स्थानियमा मात्र हैन राष्ट्रिय स्तरमै केन्द्रित भएको छ । फुटबललाई नै मूल विकास आधार बनाएको सेभेन ए साइड महासंघले यस अघि पनि फुटबल प्रतियोगिताहरु गदै आएको थियो । तर यस पटक भने आफनै आँगनमा अन्तराष्ट्रिय स्तरकै फुटबल प्रतियोगिता गर्न गइरहेको छ ।
राजधानी पछि खेलकुद गतिविधी बढी हुने पोखरामा यस किसिमको खेल आयोजना हुनु सवैका लागि हर्षो कुरा हो । आफनै आँगनमा बसेर अन्तराष्ट्रिय खेल हेर्न पाउँदा खेलप्रेमी पोखरेलीहरु पनि उत्साही देखिएका छन् । खेलप्रेमीहरुको चाहना परिपुर्ति गराउन सेभेन ए साइड आइपुगेको छ । प्रतियोगितामा हङकङ, बेलायत, भारतीय टिमका साथ नेपाली गरी १६ क्लबका टिमहरु भिडने भएका छन् । जस अर्न्तर्गत प्रतियोगितामा हेरिक ब्वाइज क्लब युके, लृधियाना फुटबल पन्जाब, त्रिनीटी क्बल वालिङ, पोखरा ए र बी, धरान सेभेन ए साइड, काठमान्डौ जिल्ला फृटबल एशोसिएसन, एडिडास नेपाल काठमान्डौ, मोरङ सेभेन ए साइड ,इन्डिया सेभेन साइड, आरसिटी काठमान्डौ, राष्ट्रिय जागृति क्लब इटहरी, काल्र्सवर्ग मनाङ मर्स्याङदी, रुपन्देही फुटबल एशोसिएसन, टाटा स्टल भारत तथा भारत र हङकङले फुटबलको उपाधी जित्नेका लागि भिडदैछन् ।
विदेशी नेपाली टिमहरु पनि प्रतियोगिताका लागि पोखरा आइसकेका छन् । तर यो प्रतियोगितामा नेपालका विभागिय टिमहरुको भने सहभागिता छैन । प्रंतियोगिता नकआउटका आधारमा खेलाइने छ । भोलि शनिवार देखि २१ गते सम्म लगात्तार हुने फुटबल प्रतियोगितामा दर्शकहरुको सहभागिता उल्लेख्य हुने देखिएको छ । नेपाल बाहिरबाट समेत फुटबल खेल्नका लागि आउने भएपछि दर्शकहरु सेभेन ए साइड फुटबल खेल प्रति आकषिर्त भएका छन् । टन्टालपुर घाम र बर्षातको समेत पर्वाह नगरी खेलप्रेमीहरु फुटबलमा एकचित्त हुन्छन् ।
सहारा क्लबले गर्ने आहा गोल्ड क्लब संगै अहिले हुन लागेको सेभेन ए साइड फुटबल प्रतियोगिताले पर्यटकीय नगरी पोखरालाई खेल पर्यटन शहरको रुपमा विकास गर्न खेलप्रेमीहरु लागिपरेका छन् । यहाँ वर्षोनी हुने फुटबल प्रतियोगिताहरुले खेल पर्यटनको रुपमा पोखरालाई चिनाउन मदत गरेको छ । यही क्रममा सेभेन ए साइड बिस्तारै लोकप्रियताको संघारमा उभिएको छ । यस्ता खेलहरुलाई संस्थागत रुपमा विकास गरिनुपर्छ । खेललाई केवल फाइदा मुखी रुपमा मात्र नहेरी व्यवसायिक विकासका लागि हेरियो भने निश्चित रुपमा पोखरा खेल पर्यटनको केन्द्र बन्न सक्छ ।
सेभेन ए साइड फुटबल प्रतियोगिताले पोखराको खेल पर्यटनलाई निश्चितै रुपमा टेवा पुर्याउने छ, सेभेन ए साइड फेडरेसनका अध्यक्ष नविन पुन भन्दै थिए । स्वस्थ्य नागरिक र राष्ट्रिय पहिचानको लागि खेलकुद भन्ने नारा लिएर अघि बढेको महासंघले अव यस्तो खालको प्रतियोगितालाई निरन्तरता दिने भएको छ । यो आम खेलप्रेमीहरुका लागि ज्यादै नै खुशिको कुरा हो । त्यसो त खेलकुद जति मात्रमा भयो त्यति नै खेलकुदको विकास संभव हुन्छ । अधिंकाश खेलकुद गतिविधीहरु केन्द्रिकृत भइरहेको बेला सेभेन ए साइड महासंघले गतिलो कामको शूरुवात गरेको छ । यसमा सवैले हो मा हो मिलाउनुपर्छ । यस्तो खेलले विकेन्द्रीकरणको अवधारणलाई प्रश्रय दिने छ । सेभेन ए साइडले पहिलो पटक यस्तो प्रयासको थालनी गरेर देखाएको छ ।
प्रतियोगितामा उपाधी जित्नेहरुलाई पनि आकर्ष पुरस्कारहरुको पनि व्यवस्था गरिएको छ । प्रतियोगिताको कप उचाल्ने टोलीले ७५ हजार नगदका साथमा रनिङ कप र प्रमाण पत्र पाउने छ भने दित्तिय हुने टिमले पनि ५० हजार नगद संग कप र प्रमाण पत्र पाउने छ । उत्कृष्ट खेलाडी, म्यान अफ दी म्याच, र अनुशासित टोलीलाई विशेष पुरस्कारको समेत व्यवस्था गरिएको छ । प्रतियोगितालाई सम्पन्न गर्न महासंघका अध्यक्ष नविन पुनको संयोजकत्वमा १०५ सदस्यीय मुल आयोजक समिति गठन गरेर खेललाई बृहत तुल्याइएको छ ।
सेभेन ए साइड फुटबल महासंघले अन्तराष्ट्रिय स्तरको यस्तो खेलको थालनी गरेपछि मोफसलको शहर पोखरा अब खेलकुदकै राजधानी बन्ने तर्फअग्रसर भएको छ । अव अन्य खेलकुदका संस्थारुले पनि यस्तै किसिमका खेलकुदहरु स्थानिय स्तरमै आयोजना गदै जाने हो भने राजधानीवादको अन्त्य हुन बेर लाग्ने छैन ।
|
Musukka Hasera
Shradha Rai |
|
Khipima Khipi
Shradha Rai |
|
Binti Chha
Ang Nima Sherpa |
|
Aakha Bhari
Surendra Man Maharjan |
|
Neermaya
Prakash Lama |