मोह अझै सत्तालिप्साकै
शिव शर्मा 'चञ्चल'
पोखरा

नैतिकताका आधारमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजीनामा दिनु पर्ने हो तर त्यो हुन सकेको छैन । सत्तामै टिकिरहने लालच अझै पनि उनमा विद्यमान रहेको छ । निर्वाचनमा पार्टीले ठुलो हारको मार खेप्नु परेको अवस्थामा सरकारको जिम्मेवारीबाट कोइराला पन्छिनु पर्ने हो । जनताले कोइरालालाई अर्थात काग्रेसलाई सरकार चलाउने म्यानडेट दिएको छैन । जुन परिणामले नै देखाएको छ । यो कुरा बुझ्दा बुझ्दै पनि सरकारमा टाँसिएर बस्नुको कुनै अर्थ राख्दैन । कोइरालाले आफनो पार्टिको चुनावी परिणामलाई मध्यनजर राखेर तत्काल राजीनामा दिनु पर्ने हो । अहिले सम्म पनि राजीनामाको कुनै संकेत देखिएको छैन । यसले काग्रेसको सत्ता मोहलाई उजगार गर्छ । त्यसो त काग्रेसले ल्याएको चुनावी परिणामले पनि उसलाई लज्जाको अनुभव मानेर सरकार छाडनु पर्ने थियो तर ठुलो पार्टि सम्झेर उ सत्तामा टेको लगाएर बसेको छ । त्यति मात्रै हैन अझै पनि सरकारको नेतृत्व गर्ने भ्रम पालेर बसेको छ । जनताको निर्णयलाई काग्रेसले मान्नु पर्ने हो तर मानेको छैन । यसपटक जनताले काग्रेस र एमालेलाई सरकारमा हैन सरकार बाहिर रहेर काम गर्ने जनादेश दिएको छ । यो जनादेशलाई बुझेर भावी राजनितिको भाग्यरेखा कोर्न उनिहरुले जिम्मेवारी वहन गर्नुपर्छ । तर काग्रेस भने त्यो जिम्मेवारीबाट पन्छिएको आभाष भएको छ । कारण काग्रेस सत्ताबाट अहिले सम्म बाहिरिएको छैन । सत्तामा रहीरहने भूत सवार भएको छ । काग्रेसको नेतृत्व गरेका कोइरालाले नै प्रधानमन्त्रीको पद त्यागेका छैनन् । यो ज्यादै नै शरमको कुरा हो ।

संविधानसभाको निर्वाचन सकिएको पनि एक महिना पुग्न आँटेको छ । मुलुकको अवस्था अझै पनि संक्रमणकालिन अवस्थाबाट गुज्रिरहेको छ । सत्ता भाडफाडको राजनितिले जडा गाडेको छ । सत्ता राजनितिको मोहमा फस्दै आएको काग्रेसका केही नेताहरु अझै पनि सत्ता छोडनु हुदै भन्ने अडानमा छन् भने अर्को थरी सत्ता त्याग्नु पर्छ भन्दै छन् । काग्रेसका यी दुइ पक्ष बीच राजनितिक धुव्रीकरण पनि शुरु भइसकेको छ । संविधानसभाको जुन रुपमा परिणाम आएपनि सबैभन्दा ठुलो पार्टि माओवादी भएको कुरालाई भने सवैले स्वीकारेका छन् । परिणाम कुन रुपमा आयो त्यसको बहस पछि गदै जाने कुरा नै हो ।

माओवादीलाई पनि यो परिणामले त्यति सहज भने बनाएको छैन । अव राज्यको लथालिङ्ग अवस्थालाई समाल्न माओवादीलाई सत्ता चलाउनु धेरै अप्ठ्यारो अवस्था छ । कुनै समय व्रि्रोही अवस्थामा रहदा बन्दुको राजनिति गर्दा राज्यलाई अवैधानिक भन्ने माओवादी अहिले आफै सत्ता संचालनको जिम्मेवारीमा पुगेको छ । अव आफूलाई वैधानिक ढंगले कसरी अगाडी बढाउने हो त्यो पनि हेर्ने बेला आएको छ । जनताले पनि माओवादीले परीक्षा लिइरहेका छन् ।

उता पार्टिको अपेक्षीत परिणाम र आफनो समेत हार भएपछि एमाले महासचिव माधव नेपालले आफनो पदबाट राजीनामा दिएर ठुलो नैतिकताको पर््रदर्शन गरेका छन् । यो महासचिनव नेपालको ठुलो राजनितिक त्याग हो भन्न सकिन्छ । यति मात्र हैन आफनो पार्टिबाट सरकारमा मन्त्री बनेकाहरुले समेत सरकारबाट राजीनामा दिइसकेको अवस्था छ । एमालेको यो कार्यलाई जनताले पनि प्रशंसा गरेका छन् । जनताले नै यसपटक एमालेलाई सत्तामा जान आदेश दिएका छैन । जनताकै आदेशलाई शिरोपर गरेर एमालेले त्यो इमान्दारिता देखाएको छ । सवै भन्दा ठुलो कुरा त महासचिव नेपालले आफनो पदबाट राजीनामा दिएर पार्टिको चुनावी परिणामको र्सवैले जिम्मेवारी आफैले लिएका छन् । राजनितिमा यो नै सबैभन्दा ठुलो नैतिकता हो । तर प्रधानमन्त्री बनेका काग्रेसका पार्टि सभापति गिरिजाप्रसाद कोइरालाले नत पार्टि सभापतिबाट नै राजीनामा दिए नत प्रधानमन्त्रीको पदबाट नै । अझै पनि कर्ुर्सि मोहले कोइरालालाई छाडेको रहेनछ भन्ने संकेत यसले दिन्छ । अहिलेको अवस्थालाई दृष्टिगत गरेर कोइरालाले पदबाट राजीनामा दिनु पर्ने ठाउँमा कार्यबहाक सभापति सुशिल कोइरालाले दिएको राजीनामा लाई समेत अस्विकृत गरेका छ्न । जब की पार्टिको परिणाम सन्तोषजनक नआएको र त्यसको जिम्मेवारी लिदै सुशिल कोइरालाले राजीनामा दिएका थिए । वंश राजनिति गरेका कोइरालालाई सुशिलको राजीनामाले धक्का लाग्ने महशुस गरी राजीनामा अस्विकृत गरेको हुन सक्छ । यसको सन्देश जनमानसमा सकारात्मक गएको छैन । जनताले यो कुरा पनि राम्रो संग बुझेका छन् । काग्रेस र विशेष गरी कोइरालाको विगतदेखिको सत्तामोह अहिले सम्म पनि यथावत रहेको स्पष्ट हुन्छ ।

अहिले सत्तामा बस्ने जनादेश माओवादीले पाएको छ । चुनावी परिणामले पनि त्यही देखाएको छ । जनताले पनि पटक पटक जिताउदै आएका काग्रेस र एमालेलाई सत्ता बाहिर रहन लगाएको छ । यो हैन की एमाले र काग्रेस पूर्ण रुपमा पन्छिएर माओवादीलाई असहयोग गर्न का लागि सत्ता बाहिर रहोस् । नया संविधान निर्माणका लागि काग्रेस र एमालेको सहकार्य पनि उतिकै आवश्यक छ । अहिलेको निर्वाचन भनेकै नया संविधान निर्माणका लागि भएको हो । सत्ताका लागि भएको हैन । फरक यति मात्र हो सवैभन्दा ठुलो पार्टिले नैतिकताका आधारमा सत्ता संचालन गर्न पाउछ । अहिले मुलुककै ठुलो पार्टि माओवादी भएकाले सरकारको नेतृत्व पनि उसैले गर्न पाउनुपर्छ । यसमा कसैको पनि विमति छैन । चुनावी परिणामले पनि काग्रेस र एमाले माओवादी सरकारमा नजानु कै अहिलेका लागि उत्तम देखिन्छ । सरकार बाहिर रहेर सहकार्यको वातावरण भने बनाउनुपर्छ । जनताले खोजेको पनि अहिले यही नै हो । अहिले नेपाली काग्रेस भित्र देखिएको सत्ता मोहले जनतालाई वाक्क बनाएको छ । झनै गिरिजाप्रसाद कोइरालाको पदीय लिप्तताले झन सत्ताको लालचा र्छलङ्ग भएको छ । नैतिक दायित्व निर्वाहृ गरेर कोइरालाको राजीनामा नआउनुले काग्रेसको राजनितिको भविष्यको संकेतलाई यसले झनै जनमानसमा धुमिल बनाएको छ । यो वास्तविकता बुझन नसुक्नु कोइराला र काग्रेसलाई यहाँ भन्दाको ठुलो दुर्भाग्य अरु केही हुन सक्दैन ।